Author: महेन्द्रनगर पोष्ट

धनगढी : प्रधानमन्त्री कप राष्ट्रिय कृकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेश स्तरीय छनोटमा दोश्रो चरणको पहिलो खेलमा कंचनपुरले विजयी शुरूवात गरेको छ । अत्यन्तै प्रतिस्पर्धात्मक भएको खेलमा कंचनपुर १ विकेटले विजयी भएको हो । कैलालीले दिएको १८६ रनको लक्ष्य पछ्याएको कंचनपुरले निर्धारित ओभरको एक बल अगाबै अर्थात ३४.५ ओभरमा लक्ष्य पूरा गर्‍यो । कंचनपुरका लागि प्रकाश पाण्डेयले उत्कृष्ट अर्धशतक प्रहार गर्ने ६९ बलको सामना गरेका पाण्डेयले ७ चौकाको मद्दतले ५० रन बनाए । त्यस्तै किरण कुमार ठगुन्नाले पनि उत्कृष्ट पारी खेले । ३८ बल सामना गरेका ठगुन्नाले १ चौका र ३ छक्काको मद्दतले ४२ रन जोडे । कंचनपुरका लागि कप्तान अभिषेक…

Read More

धनगढी : नागरिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औं साधारण सभा सम्पन्न भएको छ ।शनिबार धनगढीमा आयोजना गरिएको सहकारीको साधारण सभाको सुदूरपश्चिम प्रदेश सभा सदस्य धर्मराज पाठकले उद्घाटन गरेका हुन् । सो अवसरमा नागरिक बचत तथा ऋण सहकारीका अध्यक्ष दिप्ती शाहीले वार्षिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन ।अध्यक्ष शाहीका अनुसार सो सहकारीले गत आर्थिक वर्षमा पाँच करोड, ४९ लाख ३७ हजार १६६ रुपियाँ निक्षेप संकलन गरेकोमा सात करोड, ४२ लाख २९ हजार ९११ रुपियाँ लगानी गरेको बताइन । नागरिक बचत तथा ऋण सहकारीले गत आर्थिक वर्षमा १८ लाख ९ हजार ५६ रुपियाँ खुद नाफा गरेको छ । सो संस्थाको…

Read More

बैतडी : बैतडीमा शुरू प्रधानमन्त्री कप पुरूष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनौट अर्थात इलाइट च्याम्पियनसिपको खेलमा बैतडीले विजयी शुरूवात गरेको छ। सुखद शुरूवात गर्ने क्रममा बैतडीले बझाङमाथि १८१ रनको विशाल जित निकाल्यो । जितका लागि पाएको २८१ रनको लक्ष्य पन्छाएको बझाङ १७।५ ओभरमा ९९ रनमा अलआउट भयो। उसका सनम बुढाथोकीले सर्वाधिक २६ रन बनाए। बैतडीका कप्तान रिसिकेश बोहराले ४,हिक्मत महराले ३,सन्तोश चन्दले २ विकेट लिए । यसअघि दशरथचन्द क्रिकेट मैदान,सुन्दरखालीमा टस हारेर पहिला ब्याटिङ गरेको बैतडीले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २८० रन बनायो ।जसमा प्रदीप चन्द र आयुश चन्दले अर्धशतक हिर्काए। प्रदीप ८३ र आयुश ५९…

Read More

धनगढी : कैलालीको लम्कीचुहा नगरपालिकास्थित एक सडक कालोपत्र गरेको ६ दिनमै घाँस उम्रिएको छ। निर्माण कम्पनीको बदमासी र नगरपालिकाको बेवास्ताका कारण अघिअघि सडकमा कालोपत्रेको काम हुँदैछ भने पछि कालोपत्र माथि घाँस उम्रिन थालेको हो। लम्की चुहा नगरपालिका ३ स्थित व्यवस्थित नगरमा कालोपत्र गरेको ६ दिनमै घाँस उम्रेपछि कालोपत्रको काम कमसल भएको भन्दै स्थानीयहरु आक्रोशित भएका छन्। घरै अगाडिको सडक कालोपत्र भएपछि स्थानीय हरि भण्डारी खुसी भएका थिए। तर उनको खुसी छ दिनमै निराशामा बदलियो। विकासको नाममा आँखामा छारो हाल्ने काम मात्रै भएको भन्दै भण्डारीले आक्रोश पोखे। त्यस्तै अर्का स्थानीय खगेन्द्र प्रसाद बजगाईँले नयाँ कालोपत्र सडकमा घाँस उम्रेपछि र केही ठाउँमा…

Read More

सिरहा : सिरहामा चुरे उत्खननको लागि सिफारिस गरेको आरोपमा वडाध्यक्ष पक्राउ परेका छन्। चुरे तथा वन क्षेत्रमा अवैध रुपमा ढुङ्गा, गिट्टी र बालुवा उत्खनन गर्न ठेकेदारलाई सिफारिस दिएको आरोपमा डिभिजन वन कार्यालय लहानले कर्जन्हा नगरपालिका–१ का वडाध्यक्ष फणीन्द्रप्रसाद पोखरेललाई शुक्रवार हिजाे पक्राउ गरेको हाे। यही पुस ७ गते कर्जन्हा–१ बल्टियामा रहेकाे चुरे वन क्षेत्रभित्रको कमला नदीको बगरमा डोजर प्रयोग गरी अवैध रुपमा ढुङ्गा, गिट्टी, बालुवा उत्खनन कार्यमा ऐन, कानुन विपरीत सिफारिस सहयोग गरेको प्रमाण भेटिएपछि वनले वडाध्यक्ष पोखरेललाई पक्राउ गरेको हाे। डिभिजन वन कार्यालयका सूचना अधिकारी राधेश्याम चौधरीले पक्राउ परेका अध्यक्ष पोखरेललाई थप अनुसन्धानका लागि डिभिजन वन कार्यालयको हिरासतमा राखिएको जानकारी दिए। यसै मुद्दामा…

Read More

बझाङः बझाङमा विषादी सेवन गरेर एक महिलाको मृत्यु भएको छ। विषादी सेवन गरेर घाइते खप्तड छान्ना गाउँपालिका–६ पुजारीगाउँकी १९ वर्षीया राजकुमारी खड्काको उपचारको क्रममा मृत्यु भएको हो। बिहीबार राति विषादी सेवन गरेकी उनलाई आफन्तले राति नै जिल्ला अस्पताल पुगाएका थिए। त्यहाँ उपचार सम्भव नभएपछि उनलाई धनगढी रिफर गरिएकोमा बिच बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। उनको डेढ वर्षकी छोरी छन्।

Read More

धनगढी : ट्रकको ठक्करबाट सुदूरपश्चिमका उसु खेलाडी निता खड्काको मृत्यु भएको छ। कैलालीको धनगढी उपमहानगरपालिका–१२ जुगेडाकी १८ वर्षीया निता खड्का आज मृत्यु भएको हो। मकवानपुरको हेटौडामा सम्पन्न प्रथम अन्तर प्रदेश स्तरीय राष्ट्रिय उसु प्रतियोगितामा सहभागी भएर फर्किदै गरेको सुदूरपश्चिमका उसु खेलाडीहरुको गाडीलाई आज बिहान ट्रकले ठक्कर दिएको थियो। कपिलवस्तुको चन्द्रौटाबाट करीव १५ किमी पश्चिम स्थित चोरखोलामा राति एक बजे उसु खेलाडीहरु चढेको सुप यातायात सुप यातायातको ३३९२ नम्बरको बसलाई ट्रकले ठक्कर दिएको थियो। ट्रकको ठक्करबाट घाइते भएकी खड्कालाई उपचारका लागि तत्काल बुटवलस्थित लुम्बिनी प्रदेश अस्पताल लगिएको थियो। जहाँ उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए। उक्त गाडीमा नितासँगै ११ जना सवार…

Read More

काठमाडौं : प्रधानमन्त्री कप महिला टी-२० प्रतियोगितामा सुदूरपश्चिम प्रदेशसँग पराजित हुँदै गण्डकी प्रदेश प्रतियोगिताबाट बाहिरिएको छ । कीर्तिपुरस्थित त्रिवी मैदानमा भएको खेलमा गण्डकीलाई सुदूरपश्चिम प्रदेशले २४ रनले पराजित गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ६ विकेट गुमाएर १२७ रन बनाएको थियो । १२८ रनको लक्ष्य पछ्याएको गण्डकीले निर्धारित २० ओभरमा २ विकेट गुमाएर १०३ रनमात्रै बनापछि सुदूरपश्चिम २४ रनले विजयी भयो । गण्डकीकी सुमन खतिवडाले सर्वाधिक ४९ रनमा अविजित रहिन् । उनले ४८ बलमा ४ चौका र १ छक्का प्रहार गरिन् । ओपनर सिर्जना पौडेल र सिमाना केसीले क्रमश १५ र १९ रन बनाए । ज्योत्सनिका मरासिनीले…

Read More

काठमाडौं : सरकारले बालकुमारी घटनामा संयमता कायम नगरेको भन्दै सातदोबाटोका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) उमेश जोशी र मन्त्री प्रकाश ज्वालाका पिएसओ प्रहरी नायब निरीक्षक (सई) बोधराज दनुवारलाई निलम्बन गर्ने निर्णय गरेको छ। शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित बसेको सुरक्षा अधिकारीहरूको बैठकले उनीहरूलाई कारबाही गर्ने निर्णय गरेको हो। गृहमन्त्री श्रेष्ठका अनुसार फिल्डमा खटिएका प्रहरी नायब उपरीक्षक, भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाका पिएसओलाई निलम्बन गर्ने निर्णय भएको छ। यस्तै, ललितपुरका एसएसपी शिद्धिविक्रम शाहलाई प्रहरी हेडक्वार्टर र सीडीओ रूद्रप्रसाद पण्डितलाई थप सोधपुछका लागि गृह मन्त्रालय तानिएको छ। यस्तै, इपिएस शाखाका निर्देशक गुरूदत्त सुवेदीलाई सरूवा गर्ने निर्णय पनि सरकारले गरेको…

Read More

काठमाडौ : बालकुमारी घटनामा ज्यान गुमाएका व्यक्तिको परिवारलाई सरकारले १०/१० लाख रूपैयाँ दिने भएको छ।  आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री नारायणकाजी श्रेष्ठ सहित बसेको  सुरक्षा अधिकारीहरूको बैठकले मृतकका परिवारलाई १०/१० लाख रूपैयाँ दिने निर्णय गरेको गृहमन्त्री नारायणकाजी श्रेष्ठले जानकारी दिए।  शुक्रबार इपिएस भाषा परीक्षाको विषयलाई लिएर आन्दोलित भएकाहरूले बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री चढ्ने सरकारी गाडीमा आगजनी गरेका थिए। त्यसपछि तनावग्रस्त बनेको ग्वार्को क्षेत्रमा प्रहरीले लाठी चार्ज, अश्रुग्यास र गोलीसमेत चलाएको थियो। घटनामा दैलेखका २३ वर्षीय सुजन रावत र अछामका २२ वर्षीय वीरेन्द्र शाहको मृत्यु भएको थियो।

Read More