Author: महेन्द्रनगर पोष्ट

कञ्चनपुरः कञ्चनपुरको लालझाडी गाउँपालिकाका बासिन्दालाई दोदा नदी तर्न काठको फड्के प्रयोगबापत शुल्क तिर्नुपर्ने बाध्य रहेको छ। सो नदी वारपार गर्न पक्की पुल नहुँदा स्थानीय काठको अस्थायी पुलबाट शुल्क तिरेर ओहोरदोहोर गर्ने गरेका छन्। शुक्लाफाँटा नगरपालिका–११ देखतभुलीकी प्रेमा राना लालझाडी गाउँपालिका–२ स्थित सिद्धबैजनाथ माध्यमिक विद्यालयको शिक्षण गर्छिन्। दैनिक दोदा नदी तर्न काठे पुल प्रयोग गर्ने उनले त्यसबापत शुल्क तिर्ने गरेको बताइन्। ‘वर्षौँदेखि नदी तर्न काठे पुलकै प्रयोग गर्दै आएका छौँ। यो पुल पनि अब जीर्ण बन्दै गएको छ’, उनले भनिन्, ‘बर्खामा ओहोरदोहोर गर्न झनै समस्या हुन्छ।’ वर्षौँदेखि काठे पुलको भरमा रहेका लालझाडीवासी बर्खामा ट्युबमार्फत जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। ‘पक्की पुल निर्माण…

Read More

बारा : भारतीय ‘सार्प सुटर’ सुजित सिंहलाई बारा प्रहरीले मंगलबार राति ९:३० बजे नियन्त्रणमा लिएको छ। सुजित सिंह भारतको मोतिहारी जिल्लास्थित दर्पा थाना–१, सुक्लहियाका हुन्। सिंहलाई बारा प्रहरीले एक थान पेस्तोल र ५ थान गोली सहित पक्राउ गरेको हो। जिल्लाको बिश्रामपुर गाँउपालिका-३ मा देखिएका उनलाई प्रहरीले पक्राउ गर्न खोजेपछि भागेकोमा खुट्टामा गोली प्रहार गरी पक्राउ गरिएको एसपी सुरेशकाफलेले बताए। सिहको दुवै खुट्टामा गोली लागेको छ। गत असोजको दोश्रो हप्ता बाराको सदरमुकाम कलैयामा दुई मोटरसाईकलमा आएका चार जनाको अज्ञात समुहले बाल एकता बोर्डिङका प्रधानाध्यापक रुपेश स्वर्णकारलाई दिन दहाडै गोली प्रहार गरी हत्या गरेका थिए। सुजित सिंहसहित अन्य ३ जना मिलेर स्वर्णकारको…

Read More

धनगढी: सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्टले द्वन्द्व प्रभावितहरुको उत्थानमा सबै तहका सरकारले काम गर्नुपर्ने बताएका छन्। हिजो धनगढीमा सम्पन्न गैरसरकारी संस्था महासंघको समन्वयमा थारु महिला उत्थान केन्द्र बर्दियाद्वारा आयोजित “लैङ्गिक न्याय प्रति जवाफदेहिता” सम्बन्धी प्रदेश सरकार, स्थानीय सरकार, नागरिक समाज र द्वन्द्व प्रभावित समुदायका प्रतिनिधिहरुबिच प्रदेश स्तरीय शान्ति संवाद कार्यक्रममा उनले यस्तो बताएका हुन्। यस्तै उनले लैङ्गिक हिंसाका सवालहरुमा पनि प्रदेश सरकार काम गरिरहेको र द्वन्द्व पीडितलाई न्याय दिलाउने कुरामा सकारात्मक रहेको बताए। यस्तै अर्का कृषि मन्त्री रामेश्वर चौधरीले पनि आवश्यक कानुन र अधिकारहरु नबन्दा द्वन्द प्रभावितका समस्या समाधानमा सकस भएको बताए। उनले सरकारले समन्वय गरेर…

Read More

काठमाडौं* नेपाल प्रहरीले आफूखुसी कार्यालयको सम्पर्कमा नरहेका २१ प्रहरी कर्मचारीलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ। जसमा डोटी घर भएका लक्ष्मणबहादुर थापा पनि रहेछन् ।  प्रहरी प्रधान कार्यालय नक्शालले गैरहाजिरी रहेका आफूखुसी कार्यालयमा गैरहाजिर रहेको र खोजतलास गर्दा/गराउँदा समेत उपस्थित नहुने २१ प्रहरीलाई सात दिनभित्र हाजिर हुन निर्देशन दिएको हो। हेर्नुहोस् सूचना

Read More

काठमाडौँ- हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।कोशी, बागमती  र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राति कोशी र बागमती प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। देशभरिको तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक उपायहरू अपनाउन महाशाखाले  अनुरोध छ ।

Read More

भजनी : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले कर्णाली नदीमा उत्खनन सँगसँगै गरेको तटबन्धको कुनै औचित्य नहुने बताएका छन् । राष्ट्रिय गौरवको आयोजना रानीजमरा कुलरीया सिँचाइ आयोजनाको आज स्थलगत अनुगमनका क्रममा उनले कर्णाली नदी नियन्त्रणका लागि भएको तटबन्ध कमजोर हुनुको कारण नदीजन्य पदार्थको उत्खनन रहेको बताएका हुन् । “अर्बौंको लगानीको संरक्षण नहुँदा पनि कर्णाली नदीको जोखिम कम गर्न सकिएको छैन, त्यसका लागि उत्खनन मापदण्डअनुसार मात्रै गर्न आवश्यक छ”, मन्त्री बस्नेतले भने, “नदी नियन्त्रणका लागि तटबन्ध गर्दै जाने उता उत्खनन पनि हुँदै जाने हो भने त्यहाँ तटबन्धको औचित्य छैन ।” आयोजनाले नदीमा गरेको तटबन्ध कर्णाली नदीले वर्षेनी बगाउँदै लगेको छ ।…

Read More

काठमाडौँ: नेकपा एमाले सुदूरपश्चिम प्रदेश सम्पर्क कमिटीको दोस्रो सम्मेलनले सुरत खत्रीलाई अध्यक्षमा निर्वाचित गरेको छ। सोमबार पार्टीको केन्द्रीय कार्यालय च्यासलमा सम्पन्न निर्वाचनमा निवर्तमान सचिव रोसन देव पन्त र सुरत खत्रीबीच निर्वाचन भएको थियो। उपाध्यक्षमा वीरसिंह धामी, सचिवमा इन्जिनियर खगेन्द्रकुमार साउद, उपसचिवमा पार्वती कडायत र नरेश धमेना निर्विरोध निर्वाचित भएका छन्। त्यस्तै सदस्यहरूमा रुपेश साउद, सत्यकुमारी कुँवर, दीपेन्द्र सिंह ऐरी, किरण सिंह विष्ट, उर्मिला साउद, सिङ्गलाल बोहरा, दिनेशबहादुर धामी, नवराज श्रेष्ठ, पालुराम चौधरी, नविनराज गिरी, कर्णसिंह विष्ट, पवित्रा साउद, गीता महर, कुन्तिदेवी धामी र रमा कुँवर निर्विरोध निर्वाचित भएका छन्।

Read More

धनगढीः कैलालीको धनगढीबाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन्। जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मिलनचोकबाट पाँच सय २० मिलिग्राम लागुऔषधपिहत दुई जना पक्राउ परेका हुन्। सुदूरपश्चिम प्रदेश प्रहरी, कार्यालय, धनगढीका अनुसार कैलालीको गोदावरी नगरपालिका वडा नम्बर २ का १९ वर्षीय आरिक अन्सारीसहित दुई जना पक्राउ परेका छन्।

Read More

धनगढीः बाजुरामा एक घरमा आगलागी भएको छ। जिल्लाको त्रिवेणी नगरपालिका वडा नम्बर ५ किम्नीका रामबहादुर बुढाको तीन तले घरमा आगलागी भएको हो। बुढाको घरमा विद्युत् लाईन सट भएर आगलागी भएको बाजुरा प्रहरीले बताएको छ। मङ्गलवार बिहान खाना पकाउने क्रममा विद्युत् लाईन सट भएर घरमा आगलागी भएको हो। स्थानीयले आगो नियन्त्रणमा लिएका थिए। उनको घरमा भने पूर्ण क्षति भएको छ। घरमा रहेका लुगा कपडा, भाडाकुडाँ, अन्नपात लगायत सबै जलेर नष्ट हुँदा १८ लाखसम्मको क्षति भएको छ। आगलागीबाट मानवीय क्षति एको छैन।

Read More

डोटी : जिल्ला प्रहरी कार्यालय डोटी परिसरमा नवनिर्मित भवनहरूको उद्घाटन गरिएको छ। मङ्गलवार प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरले नवनिर्मित कार्यालय भवन, कार्यालय प्रमुख निवास, सिनियर प्रहरी अधिकृत आवास, ब्यारेक, हिरासत कक्ष तथा मेश भवनहरूको उद्घाटन गरेका हुन्। नवनिर्मित भवनहरूको निरीक्षण गर्दै कुँवरले भवन निर्माण कार्यमा सहयोग पुर्‍याउनेलाई प्रशंसा–पत्र प्रदान गरे । कुँवरले समाजमा देखा पर्ने चुनौती र त्यसले समग्र समाजको शान्ति सुरक्षामा पार्ने असर न्यूनीकरण प्रहरी तयार रहेको बताए। उनले विपद्का घटनाबाट उत्पन्न हुन सक्ने प्रतिकूल परिस्थिति र परिणामको अध्ययन, विश्लेषण गरी उपयुक्त सुरक्षा योजना तयार गरी प्रहरी जनशक्ति हरदम तयारी रहेको समेत बताए।

Read More