Author: महेन्द्रनगर पोष्ट

अछाम : अछामका बलात्कारको घटना गाउँमै मिलाउन खोजेपछि पीडित किशोरीले आत्महत्याको प्रयास गरेकी छिन्। जिल्लाको तुर्माखाँद गाउँपालिकाकी पीडित १६ वर्षीया किशोरीले आत्महत्या प्रयास गरेकी हुन्। यही पुस ७ गते तुर्माखाँद बजारबाट घर जाने क्रममा २९ वर्षका सर्प विकले उनलाई हातपातसहित बलात्कार गरेका थिए। तर किशोरीका आमा घटनास्थल पुगेपछि उनी भागेका थिए। त्यसपछि आफूबाट गल्ती भएको भन्दै उनले माफीसहित गाउँका ठालु व्यक्तिसँग घटना मिलाउन दबाब दिएका थिए। जनप्रतिनिधि, केटा पक्ष र किशोरीका आफन्तसहित गाउँलेहरु बसेर घटना गाउँमै मिलाउनुपर्ने भन्दै दबाब दिएपछि पीडित किशोरीले अन्याय भएको महसुस गर्दै गोठमा झुण्डिएर आत्महत्याको प्रयास गरेकी हुन्। घरमा आमा र ती किशोरी मात्रै बस्ने भएकाले…

Read More

काठमाडौं : कास्कीको पोखरामा कारको ठक्करबाट दुई पैदलयात्रीको मृत्यु भएको छ। पोखरा महानगरपालिका ५ प्रस्याङमा बा १३ च ३७२१ नम्बरको कारले गएराती ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो। कारको ठक्करबाट बागलुङका २० वर्षीय ढालेन्द्र छन्त्याल र अर्का नाम नखुलेका पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी श्रवणकुमार विकले जानकारी दिए। ठक्करबाट गम्भीर घाइते दुवै जनाको उपचारको क्रममा गण्डकी अस्पतालमा मृत्यु हो। ठक्कर दिने कारलाई नियन्त्रणमा लिइएको र कार चालक फरार रहेको प्रहरीले जनाएको छ।

Read More

कञ्चनपुर: कञ्चनपुरमा लागुऔषधसहित एक युवक पक्राउ परेका छन्। बेलौरी नगरपालिका-६ नकैयाबाट ०.३४ ग्राम खैरो हेरोइनसहित कैलालीको धनगढी उपमहानगरपालिका-३ मिलनचोक बस्ने २५ वर्षीय पुष्कर चौधरी सोमबार दिउँसो पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा चौधरीको साथबाट लागुऔषध फेला पारी पक्राउ गरेको बताएको छ। यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ।

Read More

कैलाली : कैलालीको धनगढी उपमहानगरपालिका-३ मिलनचोकबाट ५२० मिलिग्राम लागुऔषध खैरो हेरोइनसहित गोदावरी नगरपालिकाका दुई युवक पक्राउ परेका छन्। गोदावरी नगरपालिका-२ का १९ वर्षीय आरिक अन्सारी र गोदावरी नगरपालिका-३ का २२ वर्षीय योगेन्द्र जोशी सोमबार दिउँसो पक्राउ परेका हुन्। लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा निजहरुको साथबाट लागुऔषध फेला पारी पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ। 

Read More

बैतडी : बैतडीको पाटन नगरपालिका ८ खोड्पेमा ट्रमा सेन्टरको भवन निर्माण भएको भएपनि सञ्चालनमा आउन सकेको छैन। चार वर्षअघि संघीय सरकारले खोड्पेमा ट्रमा सेन्टर निर्माणका लागि ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो। दार्चुला, बैतडी र बझाङको समेत केन्द्र रहेको खोड्पेमा सडक दुर्घटनाका घाइते तथा अन्य विपद्मा परेर घाइते भएकाहरुको आकस्मिक उपचारका लागि ट्रमा सेन्टर निर्माण गरिएको हो। भवन निर्माण भएको एक वर्ष बितिसक्दा समेत आवश्यक उपकरण र जनशक्तिको अभावमा ट्रमा सेन्टर सञ्चालनमा आउन सकेको छैन। संघीय सरकारको ५० लाख र नगरपालिकाको १० लाख गरेर ६० लाखको लागतमा भवन निर्माण गरिएको भएपनि आवश्यक उपकरण र जनशक्तिको अभावमा ट्रमा सेन्टर सञ्चालनमा…

Read More

डोटी: डोटीमा उद्योग बाणिज्य संघले प्रत्येक महिनाको दुई दिन बजार बन्द गर्ने निर्णय गरेको छ। उद्योग बाणिज्य संघकाअनुसार हरेक  महिनाको १० र २५ गते व्यापार व्यवसाय बन्द हुनेछ। सोमवार डोटी उधोग बाणिज्य संघको आव्हानमा बसेको बैठकमा व्यापारीहरूको आम भेलाले बजार बन्द गर्न दबाव दिएको थियो। डोटी उद्योग बाणिज्य संघका अध्यक्ष बिक्रम साउँदले आम व्यापारी बजार बन्दका लागि एकमत भएपछि आउँदो २५ गतेबाट पूर्ण कार्यान्वयन हुने गरि संघले निर्णय गरेको बताए। पसलमा काम गर्ने संचालक, मजदुर एवम कामदारलाई आराम तथा मनोरञ्जनको आवश्यकता महसुस गरिएकाले महिनामा २ दिन बजार बन्द गरिएको हो। संघले होटल, अस्पताल, मेडिकल, पेट्रोल पम्प , तरकारी पसल जस्ता…

Read More

धनगढी : कैलालीमा एक वृद्धको आगोमा जलेर मृत्यु भएको छ। जिल्लाको घोडाघोडी नगरपालिका–१० अम्बैयाका ७९ वर्षीय खडक बडुवालको जलेर मृत्यु भएको हो। बडुवालको आफ्नै घरको आगनमा आगोमा परेर जलेर मृत्यु भएको प्रहरीले जनाएको छ।

Read More

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज (मंगलबार) साँझ पाँच बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। तेस्रोपटक प्रधानमन्त्री बनेका प्रचण्डले आफ्नो कार्यकाल एक वर्ष पूरा गरेको यो पहिलोपटक हो। प्रधानमन्त्री प्रचण्डले सरकारको एक वर्षे उपलब्धिसहित राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले सरकार एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री प्रचण्डले मंगलबार राष्ट्रको नाममा सम्बोधन गर्न लागेको बताए। यसअघिका कार्यकालमा उनले नौ/नौ महिनामात्रै सरकारको नेतृत्व गरेका थिए।

Read More

काठमाडौँ : हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशको कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। तराईका थोरै स्थानहरूमा हुस्सु लागेको छ । आज दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशको कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।  सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रहनेछ। साथै देशभरिको तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक उपायहरू अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

Read More

धनगढी: सेती प्रादेशिक अस्पतालमा एमआरआई सेवा सुचारु हुने भएको छ। एमआरआई सेवा सुचारु गर्न सेतीले हिजो मेसिन ल्याएको हो। अब चाँडै मेसिन जडान गरेर सेवा सुचारु गर्ने अस्पतालका अध्यक्ष नरबहादुर शाह ‘निर्मल’ले जानकारी दिए। सुदूरपश्चिमको खस्थायी मुकाम धनगढीमा अवस्थित अस्पतालमा एमआरआई सेवा नहुँदा बिरामीले समस्या भोग्दै आएका थिए। एमआरआई उच्चस्तरको प्रविधि हो। यसले स्नायु, मेरुदण्ड, हाडजोर्नी, टाउको, शरीरका विभिन्न नसाको अवस्था पत्ता लगाउन सजिलो हुन्छ। त्यसले सही रूपमा रोग पत्ता लगाई उपचार गर्न सजिलो हुन्छ। ढाड वा कम्मर दुख्ने, घुँडाका रोगी, हाडमा लागेको सङ्क्रमण वा ट्युमरको विशेष जानकारी लिन पनि एमआरआई गर्ने गरिन्छ। मस्तिष्क र मेरुदण्डको ट्युमरको परीक्षण र उपचारका…

Read More