Author: महेन्द्रनगर पोष्ट

धनगढी: कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा क्यामेरा ट्रयापिङ विधिबाट बाघको गणना गर्ने काम जारी छ। नेपालमा हरेक चार वर्षमा बाघको राष्ट्रिय गणना गरिँदै आएको छ। तीन सय ५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्जलाई २-२ वर्गकिलोमिटरका ९२ ग्रिडमा विभाजन गरिएको छ। हरेक ग्रिडमा बाघ हिँडने बाटो पहिचान गरी एक-एक जोडी स्वचालित क्यामेरा जडान गरिएको छ। १५ दिनसम्म जडान गरिएको क्यामेराका नियमित अनुगमन तथा रेखदेख गर्ने काम भइरहेको छ। बाघको अनुगमनका लागि जडान गरिएको क्यामेराको स्विच अन गरेर राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डाक्टर सिन्धुप्रसाद ढुंगानाले औपचारिक रुपमा अनुगमन गरेका हुन्। हरेक ग्रिडमा बाघ हिँडने क्षेत्र पहिचान गरी क्यामेरा जडान गरिएको…

Read More

काठमाडौं : समाजवादी मोर्चाले नेपाल कम्युनिष्ट पार्टीसँग गरिएका तीन बुँदे सम्झौता कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ। समाजवादी मोर्चाका संयोजक माधवकुमार नेपालले सोमबार विज्ञप्ति जारी गरेर नेपाल कम्युनिष्ट पार्टीसँग सरकारले गरेको तीन बुँदे सम्झौतालाई पूर्ण रूपमा कार्यान्वयन गर्न माग गरिएको छ। संयोजक नेपालले जारी गरेको विज्ञप्तिमा सम्झौता कार्यान्वयन गर्न सरकार र सम्बद्ध पक्षलाई आह्वान गरिएको छ। जिल्ला अदालत काठमाडौंले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) र खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) लगायतलाई पक्राउ पुर्जी जारी गरेको थियो। अदालतले जारी गरेको आदेशप्रति समाजवादी मोर्चा नेपालको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ। नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र नेपाल…

Read More

डडेल्धुरा : डडेल्धुराका युवा समाज सेवी सुरत तमोलीले आफ्नो जन्मदिन रक्तदान र आर्थिक सहयोग गरेर मनाएका छन्। अमरगढी–१ बस्दै आएका उनले आज विहान रेडक्रसको ब्लड बैंकमा गएर रगत दान गरेका थिए। त्यस्तै अमरगढी नगरपालिका–७ की क्यान्सर पीडित जानकी कैनीलाई उनले केही आर्थिक सहयोग गरेका छन्। उनलाई छाक टार्न सहज होस् भनेर केही रकम सहयाृग गरेको तमोलीले बताए।

Read More

धनगढी : कुनैबेलाको चर्चित नाम, तक्की दाई अर्थात् तक्की खानको निधन भएको छ। सोमबार राति ८० वर्षको उमेरमा तक्कीको निधन भएको हो। कैलालीको धनगढी उपमहानगरपालिका–१ पशुपति टोल निवासी तक्कीको सोमबार राती निधन भएको हो। भारोत्तोलन र कुस्तीका पूर्वराष्ट्रिय खेलाडी समेत हुन्, तक्की। मुस्लिम समुदायका खानलाई पश्चिम नेपालमा प्रायःले चिन्छन्। कुनै समय भीमकाय शरीर, लामो दारी हेर्दै डर लाग्ने खानलाई सडक बजारमा आयो भने तक्की आयो, तक्की दाई आयो भनेर हेर्नेको भीड लाग्थ्यो। धनगढीको त्रिनगर स्कुलमा ५ सम्म पढेका खानले २०२३ सालतिर सुदूरपश्चिममा सडक विभागको डोजर चलाउने काम गरेका थिए। सो समयमा उनी मात्रै सुदूरपश्चिमका एक्ला डोजर चालक रहेका थिए। उनले…

Read More

धनगढी : कैलालीको चुरे गाउँपालिकाले सिमामा बोर्ड लगाएको छ। चुरेले गौरीगंगा नगरपालिकासँग जोडिएका सिमामा बोर्ड लगाएको हो। चुरे गाउँपालिका– ४ को सिमाक्षेत्रका विषयमा गौरीगंगा नगरपालिका र चुरे गाउँपालिकाबीच विगतदेखी नै विवाद रहदै आएको थियो। उक्त वडामा रहेका खोलानालाहरुबाट गौरीगंगा नगरपालिकाले नदीजन्य पदार्थ उत्खनन गर्दै आएको थियो। खोलानालाहरुबाट अवैध रुपमा हस्तक्षेपकारी ढंगले गौरीगंगाले नदीजन्य पदार्थ उत्खनन गरीरहेको र त्यसले चुरे क्षेत्रको दोहन तथा भुक्षय भई बस्ती विनास हुने समस्या आउन सक्ने भन्दै चुरे गाउँपालिकाले सर्वोच्च अदालतमा मुद्धा समेत दायर गरेको थियो। उक्त मुद्दा हेर्दै अदालतले गत वर्ष पुष ४ गते चुरे गाउँपालिकाको पक्षमा अल्पकालिन अन्तरिम आदेश दिएको थियो। सोही आदेश पश्चात…

Read More

बझाङ : बझाङबाट गर्भवती महिलाको हेलिकोप्टर मार्फत उद्धार गरिएको छ। जिल्लाको जयपृथ्वी नगरपालिका–११ बस्ने धनबहादुर थापाको श्रीमती ३२ वर्षिया सुनिता थापाको सोमबार हेलिकोप्टर मार्फत उद्धार गरिएको हो। हिजो आइतबारदेखि उनलाई सुत्केरी बेथा लागेर अत्याधिक रक्तश्राप भएपछि आज बिहान ११ बजे नेपाली सेनाको हेलिकोप्टर मार्फत सुर्खेत लगिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक भरत शाहले जानकारी दिए।

Read More

धनगढी: नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलकाे कार्यालयले जाजरकोट भूकम्पपीडितलाई सहयाेग गरेको छ। प्रदेशसभाका ९ जना सांसद र उनीहरूका स्वकीय सचिवबाट रकम संकलन गरेर साेमबार जिल्ला प्रशासन कार्यालयबाट हस्तान्तरण गरेकाे हाे। एमाले संसदीय दलका नेता राजेन्द्र रावलले प्रदेशसभाका सदस्यबाट १० हजार र स्वकिय सचिवबाट पाँच हजारका दरले रकम संकलन गरेर पीडितलाई हस्तान्तरण गरिएको जानकारी दिए। रावलकाअनुसार कुल संकलित एक लाख ३५ हजार रूपैयाँ एकमुष्ट जिल्ला प्रशासन कार्यालय मार्फत हस्तान्तरण गरिएको हाे। रावलले उक्त रकम थाेरै भएपनि विपद्का बेला पीडितलाई राहत तथा एकताकाे सन्देश दिन सहयोग राशि प्रदान गरिएको बताए।

Read More

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको जवाफ फर्काएका छन्। ललितपुर महानगरको १०५ औं स्थापना दिवसमा मेयर शाहले फोहोर व्यवस्थापन, काठमाडौंको खोला अतिक्रमणलगायको विषयमा संघीय सरकारबाट अपेक्षित सहयोग नपाएको गुनासो गरेका थिए। प्रधानमन्त्री दाहाल बोल्नुअघि काठमाडौंका मेयर बालेनले कुरा राखेका थिए। आफ्ना कुरा राखेर मेयर शाह कार्यक्रमबाट निस्किए। मेयर शाहले आफ्ना कुरा राख्ने तर अरूका कुरा नसुन्ने गरेको भन्दै कार्यक्रमकै मञ्चबाट प्रधानमन्त्री दाहालले यसो गर्दा आफूलाई खिन्न बनाउने बताए। ‘अघि बालेन्द्रजी गइहाल्नुभयो, मलाई फेरि पहिला बोलेर हिँड्नेसँग पनि अलिअलि इरिटेसन हुन्छ,’ प्रधानमन्त्री दाहालले भने, ‘आफूले भन्ने कुरा जे-जे भनिहाल्ने अनि त्यसको जवाफ सुन्नका लागि बस्दै…

Read More

काठमाडौँ : पूर्वराजा ज्ञानेन्द्र शाह आगामी हप्ता भैरहवा जाने भएका छन्। पूर्वराजा शाह पश्चिम क्षेत्र र मध्य क्षेत्रको भ्रमणको सिलसिलामा आगामी हप्ता भैरहवा जाने भएका हुन्। शाहका संवाद सचिव डा. फणिराज पाठकले सोमवार एक सूचना जारी गर्दै पूर्व राजासँगै पूर्वरानी कोमल राज्यलक्ष्मी देवी शाह पनि भैरहवा जाने बताएका छन्। पूर्वराजा शाहले पश्चिम र मध्यपश्चिमका केही जिल्लाको भ्रमण गर्ने कार्यक्रम रहेको पाठकले जानकारी दिएका छन् ।

Read More

काठमाडौं : त्रिभुवन विश्वविद्यालयको ४९ औँ दीक्षान्त समारोहलाई गिनिज बुक अफ द वर्ल्डले अवलोकन गर्दैछ। सोहीका लागि अवलोकन गर्न प्रतिनिधि टोली काठमाडौँ आएको हो। धेरै विद्यार्थीलाई एकैपटक दीक्षित गराउने दाबीसहित त्रिविले गिनिज बुकलाई रेकर्डका लागि अनुरोध गरेको थियो। टोलीले आजको दीक्षान्त समारोहको अवलोकन गर्नेछ । त्यसपछि वर्ल्ड रेकर्डका लागि अघि बढ्ने त्रिविले जनाएको छ। आजको दीक्षान्त समारोहमा १२ हजार ४१५ जनाले अनलाइनमार्फत आवेदन भरेका थिए। गत वर्ष त्रिविबाट ७३ हजार बढी विद्यार्थी पास आउट भएका थिए।

Read More