Author: महेन्द्रनगर पोष्ट

धनगढी : कैलालीको धनगढीमा जग्गा प्लटिङ सम्बन्धी नयाँ मापदण्ड लागु हुने भएको छ। धनगढी उपमहानगरपालिकाले ‘जग्गा प्लटिङ सम्बन्धी कार्यविधि २०८०’ ल्याउँदै सोमबारदेखि नयाँ मापदण्ड लागु गरेको हो। शहरी विका तथा भवन निर्माण मापदण्ड, बस्ती विकास शहरी योजना तथा भवन निर्माण सम्बन्धी आधारभूत मापदण्ड र स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ को उपदफा ५ को खण्ड क अनुसार नयाँ कार्यविधि बनाएर लागु गरिइको उपमहानगरपालिकाले जनाएको छ। उक्त कार्यविधिअनुसार अब जग्गाको प्लटिङ गर्दा सडकको चौडाई कम्तिमा पनि १० मिटरको अनिवार्य हुनुपर्नेछ भने सो सडकमा कम्तिमा पनि १५ सेन्टिमिटर मोटाईको पानी पिच गर्नुपर्ने व्यवस्था गरिएको छ। सडकको दुवैतर्फ पानी बग्ने गरि…

Read More

काठमाडौं : काठमाडौं महानगरपालिकामा आजदेखि सुर्तीजन्य पदार्थ बिक्री, प्रयोग र कारोबारमा प्रतिबन्ध लगाइएको छ। महानगरले ३२ वटै वडामा सुर्तीजन्य पदार्थको बिक्रीमा पूर्ण निषेध गरिएको महानगरपालिका स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलले जानकारी दिए। उनका अनुसार आजदेखि प्लास्टिकमा प्याक गरिएका सुर्तीजन्य पदार्थको बिक्री, भण्डारण तथा प्रयोगलाई पूर्ण रूपमा निषेध गरिएको छ। प्लाष्टिकमा प्याक गरिएका कच्चा सुर्ती, खैनी, बिँडी, तम्बाखु, सुल्फा, गुट्खा, पानपराग वा यस्तै प्रकृतिका मुखमा राखेर रस लिने सुर्तीजन्य पदार्थको भण्डारण, बिक्री र प्रयोग गर्न नपाइने भन्दै महानगरपालिकाले यही मङ्सिर १२ गते सार्वजनिक सूचना जारी गरेको थियो। कसैले बिक्री वितरण गरेको पाइए नगर प्रहरीमार्फत त्यस्ता किसिमका सामग्री जफत गरी कारबाही गरिने…

Read More

काठमाडौ : संघीय संसद सचिवालयको महासचिवको जिम्मेवारी प्रतिनिधिसभाका सचिव पद्मप्रसाद पाण्डेयलाई दिइएको छ। राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँगको परामर्शपछि सभामुख देवराज घिमिरेले सचिव पाण्डेयलाई महासचिवको जिम्मेवारी तोकेका हुन्। प्रशासनिक नेतृत्व नहुँदा संघीय संसद दिवसका सन्दर्भमा गर्नुपर्ने कतिपय काममा प्रभाव परेको, लोक सेवाबाट सिफारिस भएर आएका कर्मचारीको नियुक्तिलगायतमा प्रभाव परेको भन्दै सभामुख घिमिरेले कार्यवाहक महासचिवको जिम्मेवारी तोकेका हुन्।

Read More

काठमाडौं :  माओवादी पूर्वलडाकु रहेका डायमण्ड सी म्याग्देली हाल रुसी सेनामा भर्ती भएका छन् । उनले पहिले सशस्त्र युद्धमा लागेकोमा र अहिले रुसी सेनामा सहभागी हुनुपरेकोमा पश्चाताप नभएको बताएका छन् । अहिलेको यात्रामा पाइला–पाइलामा जोखिम भए पनि हार नमानेको उनले जनाएका छन् । उनले पुटिनको सिपाहीको रूपमा बन्दुक बोकेको प्रति कुनै गुनासो नरहेको स्पष्ट पारेका छन् । त्यस्तै उनले रसिया भर्ती हुन आउन खोज्नेहरूलाई अहिले भर्ती बन्द रहेकाले दलालहरूको भ्रममा नपर्न आग्रह पनि गरेका छन् । यस्तो छ उनको फेसबुक पोष्ट: प्रिय साथीहरू सार्वजनिक रूपमा एउटा जानकारी:- म रसियन सेनामा भर्ती भएको भन्ने जानकारी पाएपछि नेपाली मूलधारका मिडिया (कान्तिपुर,अनलाइनखबर, रातोपाटी,…

Read More

सुर्खेत: सुर्खेतस्थित सिम्ता गाउँपालिकाका कांग्रेस सभापति वीरेन्द्र रावतलाई बलात्कार आरोप लागेको छ । ५५ वर्षीया महिलाले आफूलाई बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिएकी छन् । तर १५ दिन भइसक्दा पनि आरोपी पक्राउ नपरेको पीडितले गुनासो गरेको छ । यसअघि उनले ईलाका प्रहरी कार्यालय छिन्चुमा उजुरी दिँदा प्रहरीले दर्ता गर्न मानेको थिएन । जिल्ला प्रहरी कार्यालय सुर्खेतले उजुरी दर्ता भएको भन्दै अनुसन्धानकै क्रममा रहेको जनाएको छ । प्रमाण जुटाएर अदालत पठाउने तयारी भएको प्रहरी प्रवक्ता एवम डिएसपी लक्ष्मणबहादुर शाहीले बताए ।

Read More

काठमाडौं : काठमाडौं महानगरपालिकाको नगर प्रहरी बलले गाडीमा मदिराको विज्ञापन गरी ब्रिकी वितरण गरेको भन्दै जरिवाना तिराएको छ । नगरप्रहरीले पि एण्ड ई मार्केटिङ प्रालिलाई ५१ हजार जरिवाना तिराएको हो । गाडीमा मदिराजन्य विज्ञापन राखी दृश्य प्रदुषण गरेबापत जरिवाना तिराएको नगरप्रहरीले जनाएको छ । उक्त गाडीले मदिराको विज्ञापन गर्नुको साथै मदिरा ब्रिकी गरिरहेको प्रहरीले जनाएको छ ।

Read More

दार्चुला : जिल्ला अस्पताल दार्चुलाले पहिलो पटक हाडजोर्नी विशेषज्ञ डाक्टर पाएको छ । अस्पतालले डा. प्रह्लाद थापालाई पहिलो हाडजोर्नी विशेषज्ञका रूपमा पाएको हो ।  प्रदेश सरकारको अनुदानमा जिल्ला अस्पताल दार्चुलाले करारमा नियुक्ति गरेका हाडजोर्नी विशेषज्ञ डा. थापालाई मङ्गलवार एक कार्यक्रमका बीच स्वागत गरेको छ । स्वागत कार्यक्रममा डा. थापाले आफूमा भएको ज्ञान, सीप, र क्षमतालाई भरपूर प्रयोग गरी जनसेवामा खटिने प्रतिबद्धता गरेका छन् । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दीपकराज जोशीले अस्पतालमा आवश्यक उपकरणको व्यवस्थापन गरी छिट्टै सेवा प्रवाह गरिने बताए । लामो समयको सङ्घर्षपछि हाडजोर्नी विशेषज्ञ डाक्टर ल्याउन सफल भएको जिल्ला अस्पताल दार्चुलाका प्रमुख एवम् निमित्त मेसु संजिव श्रेष्ठले बताए…

Read More

डडेल्धुरा : महाकाली करिडोर भएर डडेल्धुरादेखि कञ्चनपुरसम्म आवतजावत गर्न सकिने भएको छ । कञ्चनपुरको ब्रह्मदेवदेखि डडेल्धुराको सिमल्टासम्म ट्याक खोल्ने काम सम्पन्न भएसंगै करिडोरको डडेल्धुरा–कञ्चनपुर खण्डमा मोटर चलेको हो । करिडोरअन्तर्गत ब्रह्मदेवदेखि डडेल्धुराको करालीसम्म १५ किलोमिटर ट्याक खोल्ने जिम्मा दिवा/शनिदेव जेभीले पाएको थियो ।  ०७८ असार २८ गते ठेक्का सम्झौता भएकोमा सोमबार ट्याक खोल्ने काम सम्पन्न भएपछि मोटर चलेको हो । महाकाली करिडोरका योजना प्रमुख लक्ष्मणदत्त जोशीले १५ किलोमिटर ट्याक खोल्ने काम सम्पन्न भएसंगै अब ब्रह्मदेवदेखि डडेल्धुराको सिमल्टासम्म ३८ किलोमिटर सडकमा मोटर चलेको जानकारी दिए । उनका अनुसार महाकाली करिडोरअन्तर्गत डडेल्धुरामा मात्रै अझै ३१ किलोमिटर ट्याक खोल्न बाँकी छ । ‘भागेश्वर गाउँपालिका…

Read More

कञ्चनपुर : कञ्चनपुरको लालझाडी गाउँपालिका–४ दोदा नदीमा आठ वर्ष अघि पक्की पुल निर्माण थालिएको हो । यस अवधिमा पुलका तीन पिलर मात्रै ठडिएका छन् । विसं २०७२ पुस २६ गते तीन वर्षभित्र सक्नेगरी लुम्बिनी राजेन्द्र कुमार श्रेष्ठ जेभी कम्पनीसँग पक्की पुल निर्माणको सम्झौता भएको थियो । त्यसपछि पटक–पटक म्याद थप हुँदा पनि अहिलेसम्म पुल निर्माणले गति लिन सकेको छैन । तीन पिलर पनि मापदण्ड विपरित निर्माण गरिएको  पाइएपछि पुलको डिजाइन नै फेरिएको छ । “पुलको कामले गति लिएको छैन । निर्माण कम्पनीलाई बारम्बार ताकेता गर्दैआएका छौँ”, सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी इन्जिनियर तारानाथ सिग्देलले भने । विसं २०७८ साउनमा…

Read More

काठमाडौँ : हाल नेपालमा पश्चिमी वायुको प्रभाव  रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली  रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ। तराईका थोरै स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी पहाडी भूभागमा आंशिक बदली रही तराई भूभागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राति भने…

Read More