Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बालकुमारीमा मन्त्रीको गाडी जलाइनु अराजकता भएको टिप्पणी गरेकी छिन् । बिहीबार मन्त्रालयमा मन्त्रिपरिषद्ले गरेका निर्णयहरु सार्वजनिक गर्ने क्रममा बोल्दै मन्त्री शर्माले बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडी आन्दोलनकारीहरुबाट जलाइनु अराजकता भएको टिप्पणी गरेकी हुन् । उनले उक्त घटनामा प्रदर्शनकारीको मृत्यु हुनुलाई दुखद भनेकी छिन् । ‘भौतिक पूर्वाधार मन्त्रीको गाडी जलेको, त्यहाँ वैदेशिक रोजगारमा जानेहरुको आन्दोलन भइरहेको र त्यहाँ मन्त्रीज्यु काम विशेषले त्यो बाटो हिँड्नु हुँदा गाडी जलाइएको भन्ने सुनिएको छ । त्यसको यथार्थ विवरण आउन बाँकी छ । यथार्थ विवरण आएपछि सबै जानकारी गराउँला । तर जे…

Read More

काठमाडौं : नेकपा एमालेले बालकुमारी घटनाको निष्पक्ष छानबिन गर्न माग गरेको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) आवेदन फाराम भर्न नपाएको भन्दै आन्दोलनमा उत्रिएका युवा र प्रहरीबीचको झडपमा दुई जनाको मृत्यु भएकोप्रति एमालेले दुःख व्यक्त गरेको हो । एमालेका महासचिव शंकर पोखरेलले सरकारलाई संयमता नगुमाउन आग्रह गरेका छन् । उनले भनेका छन्, ‘बालकुमारी घटना अत्यन्त दुःखद । सरकार समयम् नगुमाउ । बल प्रयोग समस्याको समाधान होइन । घटनाको निस्पक्ष छानबिन गर ।’

Read More

काठमाडौं : फागुन १ गतेलाई जनयुद्ध दिवसका रुपमा राष्ट्रिय पर्व मनाउने र सार्वजनिक विदा दिने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ । प्रचण्ड प्रधानमन्त्रीत्वको सरकारले गत वर्ष फागुन १ गतेदेखि जनयुद्ध दिवस मनाउने र सार्वजनिक विदा दिने निर्णय गरेको थियो । द्वन्द्वकालमा पिता मारिएका माओवादी पीडित तथा अधिवक्ता रामेछापका ज्ञानेन्द्रराज आरण र कल्याण बुढाथोकीसहितले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै अदालतले फागुन १ लाई जनयुद्ध दिवस मानेर सार्वजनिक बिदा दिने निर्णयमा रोक लगाएको हो । न्यायाधीश आनन्दमोहन भट्टराई र महेश शर्मा पौडेलको संयुक्त इजलासले शुक्रबार सो आदेश दिएको हो । रिट निवेदकले माओवादीले युद्ध थालेको दिनलाई राष्ट्रिय दिवस…

Read More

काठमाडौं : रोजगारी अनुमति प्रणाली (इपीएस) परीक्षाको विषयलाई लिएर शुक्रबार केही युवाहरु बालकुमारी सडकमा आन्दोलन गर्न उत्रिए । आन्दोलनमा भौतिक पूर्वाधकार तथा यातयात मन्त्री प्रकाश ज्वालाको गाडी जलाईयो । त्यसपछि घटनाले उग्ररुप लियो । सुरक्षाकर्मीको तैनाथ गरियो । आन्दोलनलाई साम्य बनाउन प्रहरीले बल प्रयोगसँगै गोली चलायो ।सोही क्रममा दैलेखको महाबु गाउँपालिका– ६ का २३ बर्षीय सुजन राउत माथि बज्रियो प्रहरीको लाठि । गत वर्ष उच्च रक्तचापका कारण बुवाको मृत्युपछि परिवारको जिम्मेवारी धान्न सुजन काठमाडौं आएका थिए । काठमाडौं आएर उनी कोरिया जान भाषा परीक्षा पढ्न थाले । गाउँबाट ऋण काढेर काठमाडौं आएका उनको सपना विधवा आमालाई खुशी बनाउनु थियो ।…

Read More

काठमाडौं : काठमाडौंको कागेश्वरी मनहरास्थित गोठाटारमा रहेको एउटा सोफा फ्याक्ट्रीमा आगलागी भएको छ । उक्त साेफा हव इन्द्र थपलियाले सञ्चालन गर्दै आएका थिए ।करिब दुई घन्टा अगाडिदेखि आगलागी सुरु भएको हो । अहिले तीनवटा दमकलले आगो निभाउने प्रयासमा छन् । क्षतिको विवरण आइसकेको छैन ।

Read More

काठमाडौं : रोजगारी अनुमति प्रणाली (इपीएस) परीक्षाको विषयलाई लिएर आन्दोलनमा उत्रिएका दुई विद्यार्थीको निधन भएसँगै विद्यार्थी सङ्गठनहरूले प्रदर्शन गरेका छन् । शुक्रबार काठमाडौंको बालकुमारीमा इपीएस परीक्षाका लागि आन्दोलन गर्ने क्रममा प्रहरीसँगको मुठभेडमा दुई विद्यार्थीको निधन भएसँगै उनीहरूले प्रदर्शन गरेका हुन् । अमृत साइन्स क्याम्पसलगायतका विद्यार्थीहरू आन्दाेलित भएका हुन् । उनीहरूले प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग गरेका छन् । आन्दोलनमा प्रहरीसँग झडप हुँदा दैलेख घर भएका २३ वर्षीय सुजन राउत र डोटी घर भएका २२ वर्षीय वीरेन्द्र शाहले ज्यान गुमाएका छन् । सोही प्रकरणमा शुक्रबार साँझ अनेरास्ववियुका विद्यार्थीहरूले प्रदर्शन गरेका हुन् ।

Read More

बैतडी : बैतडीमा जारी प्रधानमन्त्री कप पुरूष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनौट अर्थात प्लेट च्याम्पियनसिपको उपाधि बझाङले हात पारेको छ। उपाधिसंगै बझाङ इलाइट च्याम्पियनसिपका लागि पनि छनौट हुन सफल भएको छ। प्लेट च्याम्पियनसिपको अन्तिम खेलमा शुक्रबार डोटीलाई ६ विकेटले हराउदै बझाङ छनौट भएको हो। जितका लागि पाएको १८६ रनको लक्ष्य बझाङले २९ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो। जसमा सनम बुढाथोकीले अर्धशतकीय पारी खेल्दै ७२ रनको योगदान गरे। सनम खेलका म्यान अफ द म्याच घोषित भएका स्कोरर दीपेन्द्रबहादुर बोहराले बताए। यसअघि दशरथचन्द क्रिकेट मैदान सुन्दरखालीमा टस हारेर ब्याटिङको निम्ता पाएको डोटी ८ विकेटको क्षतिमा १८५ रन बनायो ।…

Read More

काठमाडौं : भौतिक पूर्वाधार तथा यातायात मन्त्री गाडी आगजनी भएको घटनाको छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ। शुक्रबार दिउँसो मन्त्री ज्वाला चढ्ने ब २ झ ५८६१ नम्बरको गाडी ललितपुरको बालकुमारीमा आगजनी भएको घटनामा दुई जनाको मृत्यु भएपछि छानबिन गर्न उपत्यका प्रहरी कार्यालयका डिआइजी लालमणी आचार्यको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको गृह मन्त्रालयको सचिवालयले जानकारी दिएको छ। समितिमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवार र राष्ट्रिय अनुसन्धा विभागका उपनिर्देशक बासु सिग्देल छन्। कोरियन भाषा परीक्षाको विषयलाई लिएर आन्दोलित समूहले दिउँसो मन्त्रीको गाडीमा आगजनी गरेपछि दुई घन्टाभन्दा बढी समय ग्वार्को क्षेत्र तनावग्रस्त बनेको थियो।

Read More

काठमाडौं : भारतको कर्नाटकस्थित गुरुगामल्ला गाउँको एक सरकारी विद्यालयकी महिला प्रधानाध्यापकलाई यतिबेला ‘मर्नु न बाँच्नु’ भएको छ। आफ्नै पुरुष विद्यार्थीसँग रोमान्टिक पोजमा खिचेका तस्वीरहरु भाइरल भएपछि उनलाई तनाव भएको हो। कक्षा १० का विद्यार्थीसहित ती प्रधानाध्यापिका शैक्षिक भ्रमणमा गएकी थिइन्। त्यही अवसर पारेर उनले नाबालक विद्यार्थीसँग रोमान्टिक तस्वीरहरु खिचाएकी थिइन्। भाइरल भएको तस्वीरमध्ये एउटामा विद्यार्थीले प्रधानाध्यापिकाको साडी तानेका छन् भने अर्कोमा गालामा चुम्बन गरेको देखिन्छ। त्यस्तै, अर्को तस्वीरमा विद्यार्थीले उनलाई आफ्नो अंगालोमा उचालेका छन्। साडीमा सजिएकी ‘गुरुआमा’सँग रोमान्स गर्ने ती विद्यार्थीले भने जिन्सको पाइन्ट र कुर्ता लगाएका छन्। यी तस्वीरहरु भाइरल भएसँगै विद्यार्थीका अभिभावकहरुले आक्रोश पोख्दै प्रधानाध्यापिकालाई कारवाहीको माग गरेका…

Read More

धनगढी : ललितपुरको बालकुमारीमा भएको आन्दोलनका क्रममा ज्यान गुमाउने युवक दुबै युवकको सनाखत भएको छ। मृत्यु हुनेमा अछामको चौरपाटी गाउँपालिकाका-१ का २३ वर्षीय वीरेन्द्र शाह र दैलेखको महाबु गाउँपालिका-६ का २३ वर्षीय सुजन रावत रहेको नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले पुष्टि गरे। कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएपछि प्रदर्शनकारीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरेपछि तनाव सिर्जना भएको थियो। प्रहरीले आन्दोलनकारीमाथि अश्रुग्यास र गोलीसमेत चलाएको थियो। प्रहरीले चलाएको गाली लागेर गम्भीर घाइते भएका शाहको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। राउतको इमाडोलस्थित किष्ट अस्पतालमा मृत्यु भएको थियो। राउतको गोली लागेर मृत्यु…

Read More