Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : काठमाडौंको नागढुंगाबाट प्रहरीले दुई किलो सुन बरामद गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंले नागढुंगबाट दुई किलो सुन बरामद गरेको एसएसपी सोमेन्द्रसिंह राठौरले बताए । उनका अनुसार, यो सुन रसुवा नाकाबाट काठमाडौं तर्फ ल्याइँदै थियो । विशेष सूचनाका आधारमा खटिएको टोलीले सुन बरामद गरेर तीन जनालाई नियन्त्रणमा लिएको उनले बताए । प्रहरीले पक्राउ पर्नेहरुको नाम सार्वजनिक गरेको छैन । गएराति मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुबईबाट आएको १४ किलो सुन बरामद भएको थियो । उपत्यका अपराध अनुसन्धान कार्यालयले दुई दिनअघि पनि न्यूरोडको सुन पसलमा छापा मारेर झण्डै ८ किलो अवैध सुन बरामद गरेको थियो ।

Read More

धनगढी: इजरायलमा हमासले गरेको आक्रमणपछि बेपत्ता भएका विपिन जोशीको परिवारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आफ्नो छोरा फर्काइदिन बिन्ती गरेका छन् । प्रधानमन्त्री प्रचण्डले आज बिहान कैलालीको धनगढी विमानस्थलमा जोशी परिवारलाई भेटेका थिए । भेटमा विपिनका अभिभावकले विपिनको उद्धारको पहलबारे जानकारी लिदै छिटो उद्धार गरिदिन आग्रह गर्दै छोरा फर्काइदिन बिन्ती गरे । प्रचण्डले विपिनको सकुशल रिहाइका लागि अधिकतम कूटनीतिक पहल जारी राखेको बताएका थिए । प्रधानमन्त्री प्रचण्ड सुदूरपश्चिम महोत्सव उदघाटन कार्यक्रममा सहभागी हुन आज बिहान कैलाली पुगेका छन् । सोही क्रममा उनले जोशी परिवारसँग भेटघाट गरेका हुन् । सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान संकायमा अध्ययनरत विपिन सहितका ४९ विद्यार्थीहरु ‘लर्न एण्ड अर्न’…

Read More

बैतडी : गत असोजमा बेपत्ता भएकी बैतडीको सुर्नया गाउँपालिकाकी कल्पना महराको शव भेटिएको छ। सुर्नया गाउँपालिका ८ घर भएकी २० वर्षीया महराको शव सोही वडाको कैलपाल सामुदायिक वनभित्र फेला परेको हो। असोज २५ गते घरबाट गोठालो गएकी कल्पनाको स्थानीय तथा प्रहरीले खोजी गरिरहेका थिए। कल्पना रुखमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। बुधबार कल्पनाको शव फेला परेको र पोष्टमार्टमपछि आफन्तको जिम्मा लगाइसकेको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ। यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

धनगढी: काठमाडौंबाट नेपालगञ्जका लागि उडेको बुद्ध एयरको जहाज धनगढी पुगेर फर्केको छ। मौसम खराबीका कारण नेपालगञ्जका लागि उडेको जहाज धनगढी पुगेर अवतरण गराइएको हो। तर अहिले भने सो जहाज पुनः धनगढीबाट नेपालगञ्जका लागि उडेको बताइएको छ। नेपालगन्जमा अवतरण हुनु नसकेपछि सो जहाज धनगढी आएको थियो। तर अहिले भने मौसममा समस्या नभएका कारण अन्य जहाजहरु नेपालगञ्जमै अवतरण भैरहेको जनाइएको छ।

Read More

धनगढी: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ धनगढी आइपुगेका छन्। सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्न उनी यहाँ आएका हुन्। उनी विमानस्थलबाटै धनगढी उपमहानगरपालिका- १६ स्थित भादामा आयोजित पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी हुन जानेछन्। प्रशिक्षण तथा कार्यकर्ता भेटपछि उनले महोत्सव उद्घाटन गर्ने कार्यक्रम छ।

Read More

एजेन्सी : भारतीय कांग्रेसका राज्यसभा सांसद धीरज साहूको घर तथा कार्यालयमा आयकर विभागको टोलीले छापा मारेर २०० करोड भारु बरामद गरेको छ । उनका विभिन्न स्थानमा रहेका घर र कार्यालयमा विभागले छापा मारेको हो । ९ वटा दराजमा राखिएका दुई सय करोड भारु बरामद गरिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । गन्ती जारी रहेकोले पैसा अझै बढ्न सक्ने समाचारमा उल्लेख छ । बरामद रकम ट्रकमा भरेर बैंकमा पठाइएको अमर उजालाले जनाएको छ । । उनी भारतका ठूलो उद्योगपतिसमेत हुन् ।

Read More

काठमाडौं : काठमाडौं महानगरपालिकाले प्लास्टिकका क्रिसमस ट्रि प्रयोग गर्न निषेध गरेको छ। तिहारमा प्लास्टिकका फूलमाला बिक्रीवितरण गर्न रोक लगाएको काठमाडौं महानगरपालिकाले प्लास्टिकका क्रिसमस ट्रि पनि प्रयोग गर्न रोक लगाएको हो । महानगर प्रहरीले भाटभटेनी सुपरमार्केट लगायतका विभिन्न सपिङ मलमा राखिएका क्रिसमस ट्रि हटाएको छ। क्रिसमस डेको अवसरमा क्रिसमस ट्रिलाई सजाएर राख्ने चलन छ।

Read More

धनगढी: नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालको कैलाली इन्चार्ज उमेश तुलाचन तोकिएका छन्। युवा संघको केन्द्रीय कमिटीले तुलाचनलाई कैलाली इन्चार्जको जिम्मेवारी दिएको हो। यस्तै अछाम जिल्लाको इन्चार्ज बखतबहादुर शाही बनेका छन्। केन्द्रीय सदस्यद्वय तुलाचन र शाहीलाई केन्द्रिय कमिटीको निर्णयबाट जिम्मेवारी दिइएको हो।

Read More

धनगढी: सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्री झपट बहादुर साउँदले हिजो(बिहिवार) एक बुटिकको उद्घाटन गरेका छन्। उनले कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ४ बसपार्कमा रहेको रोयल कम्प्लेक्समा सञ्चालन गरिएको यू लाइक बुटीक एण्ड सप्लायर्सको मन्त्री साउँदले उद्घाटन गरेका हुन्। उक्त बुटिक उर्मीला कुँवर र ललित साउँदले सञ्चालनमा ल्याएका हुन्। उद्घाटनमै दिन जाने भयो भनेर यतिबेला उनको चर्को आलोचना भइरहेको छ।

Read More

कैलाली: कैलाली उद्योग वाणिज्य संघको आयोजनामा आजदेखि धनगढीमा सुदूरपश्चिम महोत्सवको १७ औं संस्करण सुरु हुने भएको छ। २ पुससम्म चल्ने महोत्सवका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ। हिजो बिहीबार धनगढीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा संघका अध्यक्ष पुष्प कुँवरले दिउँसो साढे १२ बजे प्रधानमन्त्री दाहालले महोत्सवको औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको बताए। प्रधानमन्त्री दाहाल शुक्रबार बिहान बुद्ध एयरको विमानमार्फत धनगढी आउनेछन् भने उनी शुक्रबार साँझ काठमाडौँ फर्किने छन्। महोत्सवमा १० करोड बराबरको कारोबार हुने अनुमान गरिएको कुँवरले बताए। झण्डै २ करोडको लगानीमा सञ्चालन हुने महोत्सव ५ लाख जनाले अवलोकन गर्ने उद्योग वाणिज्य संघले जनाएको छ। महोत्सवमा…

Read More