Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : नेपालका लागि श्रीलंकाका नवनियुक्त राजदूत तथा वायुसेनाका पूर्व प्रमुख काठमाडौं आइपुगेका छन् । अवकाशप्राप्त एअर चिफ मार्शल एसके पाथिरना हालै राजदूतमा नियुक्त भएका हुन् । उनीसँगै पीसीडी पाथिरना श्रीलंकन एअरलाइन्सको उडान नम्बर युएल १८१ मा आज दिउँसो १ बजे कोलम्बोबाट काठमाडौं आइपुगेका छन् । राजदूत पाथिरनाले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र बुझाएपछि कार्यभार सम्हाल्नेछन् ।

Read More

दार्चुला : दार्चुलामा भीरबाट लडेर एक महिलाको ज्यान गएको छ । जिल्लाको लेकम गाउँपालिका –४ रातामाटा स्थित देवलपाती भिरबाट लडेर महिलाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । प्रहरी कार्यालय दार्चुलाका अनुसार रातामाटास्थित देवपाती भिरमा घासकाट्ने क्रममा लडेर ५५ वर्षीया तुलसी पाठकको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवम सुचना अधिकारी ज्ञानेन्द्र बहादुर सिंहले जानकारी दिए । घटनास्थलमै मृत्यु भएकी महिला ६० मिटर तल खसेपछि उनको ज्यान गएको उनले बताए । घटना आइतबार दिउसो साढे ३ बजेतिर घटेको हो । घटनाको बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

Read More

काठमाडौं : नेपाल मेडिकल काउन्सिलले लिएको विशेषज्ञ दर्ता प्रमाणपत्र परीक्षामा ८९ जना डाक्टर अनुतीर्ण भएका छन्। काउन्सिलले लिएको २७ औं विशेष परीक्षामा कूल सहभागीमध्ये करिब ४९ प्रतिशत अर्थात् ८९ जना अनुतीर्ण भएका हुन्। काउन्सिलले आज सार्वजनिक गरेको नतिजामा ९४ जना परीक्षार्थी उत्तीर्ण भएको उल्लेख छ। एक सय ८३ जना परीक्षार्थी सहभागी परीक्षामा ५१ दशमलब ३६ प्रतिशत उत्तीर्ण भएका हुन्। यसअघि गत मंसिर १२ गते लिइएको विशेषज्ञ दर्ता प्रमाणपत्र परीक्षामा ४८ दशमलब ३३ प्रतिशत सहभागी उत्तीर्ण भएका थिए। परीक्षामा उत्तीर्ण परीक्षार्थीले विशेषज्ञ प्रमाणपत्रका लागि सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र अनलाइन आवेदन दिनुपर्ने काउन्सिलले जनाएको छ। त्यस्तै, नतिजामा चित्त नबुझे परीक्षार्थीले…

Read More

काठमाडौँ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित रूपमा अन्तर्राष्ट्रिय उडान गर्ने जहाजलाई प्रत्येक उडानमा ५ लाख रुपैयाँ प्रोत्साहन पुरस्कार दिनेगरी सरकारले कार्यक्रम ल्याउन लागेको बताएका छन्। नेपाल एसोसिएसन अफ ट्राभल्स एण्ड टुर एजेन्ट (नाट्टा) लुम्बिनी प्रदेशको एक प्रतिनिधि मण्डलसँग आइतबार मन्त्रालयमा भएको छलफल पश्चात् मन्त्री किराँतीले उक्त कुरा बताएका हुन्। ‘भैरहवा र पोखराबाट जतिसक्दो छिटो अन्तर्राष्ट्रिय उडान गर्ने गरी हामी लागिरहेका छौँ। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा र पोखरा विमानस्थलबाट जसले नियमित उडान गर्छ त्यसलाई इनाम स्वरूप प्रत्येक उडानमा ५ लाख रुपैयाँ दिने तयारी गर्दैछौं, मन्त्री किराँतीले भने। मन्त्री किराँतीले नेपाल वायुसेवा निगमको जहाज…

Read More

काठमाडाैं : नेपाली सेनाका वरिष्ठ उपरथी अशाेकराज सिग्देललाई  रथी पदमा बढुवा सिफारिस गरिएको छ।नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले आइतबार सिग्देललाई रिक्त रथी पदमा बढुवा सिफारिस गरेका हुन्। प्रधानसेनापति शर्माले रथी(तीन तारे जर्नेल)मा बढुका लागि सिफारिस गरेपछि सिग्देल सामान्य अवस्थामा नियमित प्रक्रियाद्वारा नेपाली सेनाकाे ४५औं प्रधानसेनापति बन्ने निश्चित जस्तै भएकाे छ। उपरथी सिग्देलकाे बारेमा कुनै कैफियत नरहेकाे र विराेधमा उजुरबाजुर पनि नपरेकाले रिक्त रथी पदका लागि रक्षा मन्त्रालयमार्फत नेपाली सेनाले नेपाल सरकार समक्ष बढुवा सिफारिस गरेकाे नेपाली सेनाकाे स्राेतले जनायो। सिग्देल २०८१ साउन २४ गते कायममुकायम प्रधानसेनापति बन्दै २०८० भदाै २४ गतेबाट औपचारिक रूपमा नेपाली सेनाकाे ४५औं प्रधानसेनापतिकाे कार्यभार सम्हाल्ने निश्चित…

Read More

डडेल्धुरा : नेकपा (एमाले)को ‘झुलाघाट-चिवाभन्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ मा स्कुले बालबालिकाको प्रयोग भएको छ। आइतबार अछामको पञ्चदेवल विनायक नगरपालिकामा पुगेको एमालेको संकल्प यात्रामा स्कुले बालबालिकाको प्रयोग भएको पाइएको हो। विद्यामन्दिर नमूना माध्यमिक विद्यालय पञ्चदेवल विनायक नगरपालिका-३ विनायका विद्यार्थीले लाइनमा उभिएर ‘केपी बा हाइहाइ, अरू सबै बाइबाइ’ भनेर नारा लगाएको भिडिओ सामाजिक सञ्जालमा भाइरल छ। अबोध बालबालिकालाई राजनीति दलको कार्यक्रममा नारबाजी गर्न लगाएको भनेर अहिले विद्यालय परिवार र एमाले अध्यक्ष ओलीको चर्को आलोचना भइरहेको छ। विद्यालयलाई सरकारले शान्ति क्षेत्र र राजनीतिक दलको कार्यक्रम निषेधित क्षेत्र घोषणा गरेको छ। तर, यता विद्यामन्दिर नमूना माध्यमिक विद्यालयका प्रधानाध्यापक पहलसिंह नेपालीले एमालेका नेताहरू गइरहेको…

Read More

धनगढी : कैलालीको जानकी गाउँपालिकामा कार्यरत सर्वेक्षक रमण बम भारतमा मृत फेला परेका छन्। भारतको बेलरायाँमा शनिबार उनको शव फेला परेको आफन्तले बताएका छन्। आफन्तका अनुसार घरबाट औषधाेपचार गर्न भनी उनी केही दिनअघि भारत गएका थिए। यसअघि पनि उनी उपचारका लागि वेलावेला भारत जाने गरेका आफन्त महेन्द्र बमले बताएका छन्। मृत्युको कारण थाहा हुन नसकेको उनले बताए। वर्षीय रमणको शव भारतको लखिपुरमा पोस्टमार्टमपछि शनिबार राति कैलाली ल्याएर आइतबार अन्तिम संस्कार गरिएको छ। सर्वेक्षक बमको निधनको शोकमा जानकी गाउँपालिकाले आइतबार शोक बिदा दिएको छ। कर्मचारीको निधनको शोकमा गाउँपालिका र सबै वडा कार्यालयमा बिदा दिइएको जानकी गाउँपालिका अध्यक्ष गणेश चौधरीले जानकारी दिए।

Read More

धनगढीः धनगढीमा घर ज्वाइँ बसेका बझाङका एक जना भरुवा बन्दुकसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा बझाङको केदारस्युँ गाउँपालिका–६ का ३७ वर्षीय वीरबहादुर धामी छन्। उनी कैलालीको चुरे गाउँपालिका–३ सल्लेरीमा ससुरालीमा बस्दै आएका थिए। शनिबार साँझ एकथान भरुवा बन्दुकसहित सल्लेरीबाट वीरबहादुरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय प्रहरीले जनाएको छ। धामीले भरुवा बन्दुक लुकाइराखेको भन्ने सूचनापछि प्रहरी टोली खटिएको थियो। प्रहरी टोलीले तलासी गर्ने क्रममा उक्त बन्दुकसहित फेला पारी पक्राउ गरेको जनाइएको छ।

Read More

अछाम : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मान्छे मारेर चुनाव जित्ने कुरा घिनलाग्दो भएको बताएका छन्। अछामको विनायकमा आइतबार पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष ओलीले मानिसमाथि आक्रमण र हत्या गरी चुनाव जित्ने कुरा घिनलाग्दो भएको बताए। आफू सरकारमा रहँदा यस्ता कुरालाई हतोत्साही गरेको उनको भनाइ थियो। तर अहिलेको सरकारले हत्याराहरुलाई माफी दिने, मुद्दा चलाउन नमान्ने, चलाइहाले मुद्दा फिर्ता लिने, अदालतले सर्वश्वसहित जन्मकैद गरे तुरुन्त मुद्दा फिर्ता लिने गरेको उनले बताए। ‘०७९ जेठ १७ गते विनोद शाहजस्ता होनहार युवाको जसरी हत्या भयो, त्यसको म विरोध गर्न चाहन्छु। अत्यन्तै घिनलाग्दो कुरा हो, मानिसको हत्या गर्नु, मानिसमाथि आक्रमण गर्नु, हत्याको संस्कृति आफूजस्तै मान्छेलाई मारेर एउटा…

Read More

काठमाडौं : अर्थ मन्त्रालयले सडक बत्तीको महसुल बक्यौता सम्बन्धित पालिकाबाटै असुलउपर गर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ। अर्थ मन्त्रालयको गत २२ कात्तिकको निर्णयबाट सडक बत्तीसहित विभिन्न सरकारी निकायबाट प्राधिकरणलाई भुक्तानी हुन बाँकी बक्यौता रकम सम्बन्धित कार्यालयबाट नै असुलउपर गर्न निर्देशन दिएको हो। सरकारी कार्यालयमध्ये सबैभन्दा बढी विद्युत् महसुल बक्यौता सडक बत्तीको छ। कूल तीन सय ३१ पालिकाको गत असारसम्मको सडक बत्तीको बक्यौता रकम ६ अर्ब आठ करोड बराबर छ। अधिकांश पालिकाको बक्यौता २०७४ साल पछिको हो। प्राधिकरणले आफ्नो तेस्रो वित्तीय पुनःसंरचनाको एउटा प्रस्तावमा सडक बत्तीसहित सरकारी कार्यालयको नाममा रहेको महसुल बक्यौता सरकारसँगको हिसाबमा मिलान गर्ने उल्लेख थियो। प्राधिकरणका कार्यकारी…

Read More