Author: महेन्द्रनगर पोष्ट

बुटवल : नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले पार्टीको महाअधिवेशन समयमा गर्न आग्रह गरेका छन् । लुम्बिनी प्रदेश नेपाली काँग्रेसको उद्घाटन सत्रमा बोल्दै नेता कोइराला पार्टीको महाधिवेशन समयमा सम्पन्न गरे पार्टीले आगामी चुनाव जित्ने ठोकुवा गरेका हुन् । उनले भने, ‘त्यो पार्टीको अधिवेशन हामीले गर्न सक्यौँ भने २०८४ निर्वाचन हामी जित्ने छौँ । आगामी चुनावमा नेपाली का‌ंग्रेस एक्लै लड्न तयारी अवस्था रहनुपर्छ ।’ कांग्रेस वार्ड, गाउँ, नगर, प्रदेश हुँदै सङ्घसम्म चुनाव जित्नको लागि पार्टी एक ढिक्का भएर जानु पर्ने उनले बताए । उनले भने, ‘हामी एक ढिक्का भयो भने हामीले कसैको सहारा लिनुपर्दैन।’ त्यस्तै नेपाली कांग्रेसलाई संघीयता विरोधी भएको आरोप…

Read More

दार्चुला : दार्चुलाको गोकुलेश्वर विमानस्थलमा माटो भर्ने सिल्याब कल्भर्ट र ग्याभिन जाली राख्ने काम सकिएको छ । डेढ वर्ष अघि देखि केएस कन्सट्रक्सन प्राली धनगढीले विमानस्थल पुनः निर्माण गरेपछि अहिले धावनमार्गमा सिल्याब कल्भर्ट र ग्याभिन जाली राख्ने काम सकिएको कम्पनीका साइट इन्चार्ज राजेन्द्र सिह ऐरले जानकारी दिए । तीन करोड ५८ लाख बजेटमा ठेक्का सम्झौता भएर विमानस्थल पुनःनिर्माण गरिएको उनले बताए । ठेक्का सम्झौताको काम सम्पन्न भएपछि अब विमानस्थलमा ग्राभील र पिच गर्ने काम बाकी रहेको बताइएको छ । विमानस्थलमा माटो भर्ने सिल्याब कल्भर्ट र ग्याभिन जाली राख्ने काम सकिएपछि अब कालोपत्रेको काम सुरु हुने आयोजनाले जनाएको छ । यसका…

Read More

कञ्चनपुर : जिल्लाको बेलौरी नगरपालिकाका १० का कृषि सडक मर्मत नभएको वर्षौं हुदा बाली भित्र्याउन किसान सकस हुन थालेको छ । बेलौरी नगरपालिका -१० भुडाका किसानका खेतसम्म जाने बाटोमा १ फिटभन्दा बढी खाल्डा पर्दा किसानलाई बाली भित्याउन सकस परेको हो । गर्मीयाममा किसानका खेतसम्म जाने बाटो पानी भरिएर नदि बन्न पुगेको थियो । अहिले भने उक्त बाटोमा किसानले खेतमा लगाएको लाही गहुँमा चार्न लगाएको पानी पसेको छ । स्थानीयहरुले पटकपटक जनप्रतिनिधिलाई बाटो मर्मतको लागी पहल गर्दा वेवास्ता गर्ने गरेको बताउछ्न । अहिले उक्त सडकबाट किसानहरुले उखु मिलसम्म पुर्याउन सकस भएकोले जनप्रतिनिधिहरुलाइ पुन : बाटो मर्मतको लागी गुहार गर्न थालेका छन…

Read More

कञ्चनपुर : स्थानीय तहसँगको सहकार्यमा कञ्चनपुरमा सामुदायिक छाडा पशु व्यवस्थापनका लागि गौशाला संरचना निर्माण गरिने भएको छ । जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रले स्थानीय तहसँगको साझेदारीमा रु दुई करोडको लागतमा चार स्थानमा गौशाला निर्माणका लागि कार्यक्रम सञ्चालन गरेको हो । कार्यालयको आव २०८०/८१ को वार्षिक स्वीकृत कार्यक्रमअनुसार सामुदायिक पशुको व्यवस्थापनका लागि ‘गौशाला निर्माण व्यवस्थापन कार्यविधि’अनुरुप सुदूरपश्चिम प्रदेशको ७५ प्रतिशत र स्थानीय तहको २५ प्रतिशत लागत साझेदारीमा गौशालाका संरचना निर्माण हुन लागेको केन्द्रका सूचना अधिकारी खडकबहादुर पाण्डेले जानकारी दिए । “स्थानीय तहबाट कार्यपालिकाको निर्णयसहित गौशाल निर्माणका लागि साझेदारी प्रस्ताव ३० दिनभित्र पेस गर्न सार्वजनिक सूचना प्रकाशित गरेका छौँ,” उनले…

Read More

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वव्यापी उत्सर्जनमा नेपालको भूमिका शून्य प्रायः भएपनि जलवायु परिवर्तनको प्रत्यक्ष एवम् हानिकारक असर भोगिरहेको बताएका छन् । संयुक्त अरब इमिरेट्स (युएई)मा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–२८)को कन्फ्रेन्स अफ पार्टिजलाई सम्बोधन गर्दै उनले भने, ‘हामीमाथि भएको डरलाग्दो अन्यायका कारण हाम्रा नागरिक बाढी पहिरो, डढेलो, हिमनदी विस्फोट, खडेरीजस्ता जलवायुजन्य सङ्कटबाट नराम्ररी प्रभावित भएका छन् ।’ आफू तीन करोड नेपालीको सन्देश लिएर यस सम्मेलनमा सहभागी भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले विश्वव्यापी रुपमा बढ्दो तापक्रमले हाम्रा हिमाललाई यातना दिइएको बताए । उनले भने, ‘तिनीहरुलाई पहिले बचाउनुहोस् ।’ जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी संयन्त्र (आइपिसिसी)ले दिएको प्रतिवेदनबाट आफूलाई सबैभन्दा…

Read More

वीरगञ्ज : आफूलाई नेपाल प्रहरीको घुमुवा भन्दै व्यापारीसँग रकम उठाइरहेको अवस्थामा प्रहरीले वीरगञ्जबाट एक जनालाई पक्राउ गरेको छ । गैरकानुनी गतिविधि गरेको अभियोगमा बाराको आदर्शकोतवाल गाउँपालिका–८ लक्ष्मीटोल निवासी ५५ वर्षीय गोविन्द महतो कोइरीलाई पक्राउ गरिएको हो । ‘मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरबाट बारा, पर्सा र रौतहट जिल्लामा घुमुवा प्रहरीको जिम्मेवारीमा रहेको’ बताउँदै निजले वीरगञ्ज महानगरपालिका–२३ हरपतगञ्जस्थित व्यापारीहरुसँग मासिकरुपमा रकम उठाइरहेको सूचनाका आधारमा प्रहरी टोलीले कोइरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Read More

बैतडी : बैतडीमा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । पाटन नगरपालिका-३ गुजौड बस्ने २१ वर्षीय राजेश लुहारलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । लुहारले ती किशोरीलाई मङ्सिर १० गते राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय पाटनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Read More

काठमाडौं : खानेपानीमन्त्री महिन्द्रराय यादव खानेपानी आयोजना निरीक्षणका लागि मेलम्ची पुगेका छन् । बाढीका कारण क्षति पुगेको मेलम्ची आयोजनाको मुहानलगायत क्षेत्रमा अनुगमनका लागि उनी त्यहाँ पुगेका हुन् । खोला तर्दै गर्दा मन्त्री यादव भने काठमाडौँवासीलाई चाँडो पानी पुर्‍याउनुपर्छ है भन्दै निर्देशनसमेत दिन थालेका थिए । मन्त्री यादवले काठमाडौँवासीलाई चाँडो पानी पुर्‍याउन आयोजनाका कर्मचारीलाई निर्देशन दिनुभए पनि बाढीले मुहानलगायत क्षेत्रमा निकै ठूलो क्षति गरेकाले कहिले काठमाडौँमा पानी आउँछ भन्ने यकिन समय भन्न नसकिने अवस्थामा रहेको छ । मन्त्री यादव पानी काठमाडौँ चाँडो पठाउने विषयमा छलफल गर्न भन्दै आज पनि त्यतै बसेका छन् । जस्तोसुकै परिस्थितिको सामना गरेर भए पनि पानी काठमाडौँ…

Read More

चितवन : उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जोताहा भूमिहिन किसानका समस्या समाधान गर्न सरकार प्रतिवद्धत रहेको बताएका छन् । शनिबार चितवनको नारायणगढमा भएको राष्ट्रिय भूमि अधिकार मञ्च नेपालको छैटौँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै श्रेष्ठले समृद्ध र सामाजिक न्यायलाई मूल कार्यभार बनाएर सरकार अघि बढिरहेको भन्दै जोताहा भूमिहिन किसान, कमलरी, हरुवाचरुवा, गुठी जग्गाको समस्या लगाएतका समस्या समाधान गर्न सरकार प्रतिवद्ध रहेको बताएका हुन् । उनले अहिले नै सरकारले गुणात्मक फड्को मार्न नसकेपनि कार्यभारलाई पुरा गर्न सम्पूर्ण ध्यान केन्द्रीत गरिरहेको जिकिर गरे । सरकारले सुशासनको क्षेत्रमा भ्रष्टाचारबिरुद्ध ठूला–ठूला अभियान सञ्चालन गरेको उनले बताए । गृहमन्त्री श्रेष्ठले मिटरव्याज पिडितहरुलाई न्यायदिने गरि प्रक्रिया अघि…

Read More

बैतडी : स्थानीय सरकारले क्रिकेट खेललाई प्राथमिकता दिनुपर्ने नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बताएका छन्। बैतडीको दशरथचन्द क्रिकेट मैदान,सुन्दरखालीमा २०औँ संस्करणको बिडिसिए कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उद्घाटन समारोहमा बोल्दै स्थानीय सरकारले क्रिकेट खेललाई प्राथमिकतामा नराखेको बताएका हुन्। देशको नम्बर १ खेल क्रिकेट बनिसकेको अवस्थामा पनि स्थानीय सरकारले अझै यो खेलको विकासका लागि स्थानीय तह सक्रिय नरहेका चन्दको भनाइ छ। उनले भने, ‘स्थानीय तहहरूले क्रिकेट  खेलमा लगानी गरिरहेका छैनन्। यसले खेल र खेलाडीप्रति अपमानको महसुस भएको छ।  युवाहरूको चाहना क्रिकेटमा छ। तर यो खेलप्रति लगानी छैन।’ देशका उच्चस्तरका नेता क्रिकेट जित्दा बधाई  मात्रै दिने गरेका भए पनि यसको विकासमा ध्यान…

Read More