Author: महेन्द्रनगर पोष्ट

कञ्चनपुर : कञ्चनपुरको बेलडाँडी र बेलौरीबाट लागूऔषधसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। बुधबार दिउँसो बेलडाँडी गाउँपालिका–४ बैवाह कालिपुलियाबाट १ दशमलव ९३० ग्राम अवैध लागूऔषध खैरो हेरोइनसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा बेलडाँडी गाउँपालिका–२ बस्ने १८ वर्षीय किशोर, कृष्णपुर नगरपालिका–५ बस्ने १९ वर्षीय शिवराज भट्ट र शुक्लाफाँटा नगरपालिका–११ बस्ने २३ वर्षीय अर्जुन रावत रहेका छन्। इलाका प्रहरी कार्यालय बेलडाँडी र प्रहरी चौकी झिलमिलाबाट खटिएको प्रहरीले साइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो। यसैगरी, बुधबार साँझ कञ्चनपुरकै बेलौरी नगरपालिका–७ पौलाहबाट ७७ मिलिग्राम अवैध लागू औषध खैरो हेरोइन सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा कृष्णपुर…

Read More

कञ्चनपुर: कञ्चनपुरमा भारतबाट ल्याएइएको अवैध माछा बरामद गरिएको छ। बिहिवार ईलाका प्रहरी कार्यालय बाट खटिएको टोलिले बेलौरी नगरपालिका– ५ रामनगरमा भारतबाट भन्सार छली अवैध रुपमा नेपाल ल्याउँदै गरेको करिब ४५ हजार रुपैँया बराबरको १५० केजी माछा बरामद गरेको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ। बरामद गरेका माछा पशु क्वारेन्टाईन चेक पोष्ट बेलौरी, बेलौरी उद्योग बाणिज्य संघका प्रतिनिधि र स्थानीयको रोहबरमा नष्ट गरिएकोे छ।

Read More

अछाम : अछाम र सुर्खेतको सिमानामा पर्ने जङ्गलघाटमा ठेक्का लगाइएको पुलको निर्माण कार्य अगाडि बढ्ने भएको छ। बुधबार अछाम क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य पुष्पबहादुर शाह तथा अछाम र सुर्खेतका नागरिकबिच जङ्गलघाटमा भएको अन्तरक्रिया कार्यक्रममा शाहले अब तोकिएकै स्थानमा पुल बन्ने बताएका छन्। जङ्गलघाटमा ठेक्का लगाएको पुल निर्माण कार्य अगाडि बढाउन मन्त्रीस्तरिय निर्णय भएको जानकारी गराउँदै उनले अब तोकिएको स्थानमा नै पुल बन्ने कुरा सुनिश्चित भएको बताएका छन्। अछाम र सुर्खेतको सिमानामा बन्न लागेको बेतन कर्णाली हाइड्रोपावरले जङ्गलघाटमा बन्न लागेको पक्की पुल हाइड्रोपावरका कारणले डुबानमा पर्ने समस्या देखाउँदै पुलको उचाइ बढाउनुपर्ने वा पुल अन्यत्र निर्माण गर्नुपर्ने बताउँदै आएको…

Read More

काठमाडौं: संघीय संसद सचिवालयका एक उपसचिवले आफ्नै महिला सहकर्मीलाई झापड हानेका छन्। उपसचिव रामप्रसाद गैरेले आफ्नो नाम छुटेको विषयलाई लिएर शाखा अधिकृत सिर्जना तण्डुकारलाई झापड हानेका हुन्। उक्त घटना मंगलबार भएको हो। मंगलबार बिहान करिब पौने ११ बजेतिर उपसचिव गैरेले विवरण शाखाभित्र छिरेर ‘मैले गरेको काम बिगार्ने तैं होइनस्’ भन्दै झापड हानेको एक अधिकारीले बताए आफूमाथि हातपात भएको भन्दै अधिकृत तण्डुकारले उपसभामुख इन्दिरा रानालाई जानकारी गराइसकेकी छन्। यस विषयमा सभामुख देवराज घिमिरेले पनि दुवै कर्मचारीलाई बोलाएर छलफल गरेका छन्। घटनापछि स्वास्थ्य परीक्षण गर्दा तण्डुकारमाथि हातपात भएको देखिएको स्रोतले जानकारी दिएको छ ।

Read More

काठमाडौं: प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर अष्ट्रियाको भियनामा सम्पन्न इन्टरपोलको ९१ औं महासभामा सहभागी भई बिहीबार स्वदेश फर्किएका छन्।  अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) महा सचिवालयको आयोजनामा मंसिर १२ देखि १५ गतेसम्म सञ्चालित उक्त महासभामा प्रहरी महानिरीक्षक कुँवरसँगै सहभागी भई इन्टरपोल शाखाका प्रमुख प्रहरी उपरीक्षक अनुपम शमशेर जबरासहितको टोलीसमेत स्वदेश फिर्ता भएको हो। उक्त टोलीलाई प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायब महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा स्वागत गरे।

Read More

काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न ६ जना कारागारबाट रिहा भएका छन्। उच्च अदालत पाटनले तोकेको धरौटी बुझाउने ५ जना र साधारण ताखेरमा छाड्न आदेश भएका एक जना छुटेका हुन्। रिहा हुनेमा पूर्व उप–प्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीसहित शमशेर मियाँ, नरेन्द्र केसी, हरिभक्त महर्जन, रामशरण केसी र साधारण ताखेरमा छाड्न आदेश भएका आशिष बुढाथोकी रहेको केन्द्रीय कारागारका जेलर ललित बस्नेतले बताए। उच्च अदालतका न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले मङ्सिर १५ मा सन्दीप सहितका ६ जनालाई धरौटीमा छाड्न आदेश गरेको थियो। धरौटीमा छाड्न आदेश भएका भुटानी शरणार्थी नेता टेकनाथ रिजालचाहिँ थुनामै छन्। उनलाई अदालतले १५ लाख…

Read More

धनगढी : कैलालीको धनगढीमा अवैध समान बरामद गरिएको छ। बुधबार धनगढी उपमहानगरपालिका-५ हसनपुर क्षेत्रबाट स्कारपियोसहित २३ लाख बराबरको अबैध समान बरामद गरेको हो। वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक जनकराज ढुंगाना नेतृत्वको टोलीले बुधवार भारतबाट भन्सार छली गरी ल्याइएको खेलकुदका सामान, हार्वयर, स्टेशनरी तथा कपडा समेत बरामद गरिएको कैलाली प्रहरीले जनाएको छ। विशेष सूचनाका आधारमा चेकजाँचका क्रममा डडेल्धुराको गन्यापधुरा गाउँपालिका बस्ने ३५ वर्षीय राजु देउवाले चलाएको ग २ च १७७ नम्बरको स्कारपियोमा अवैध सामान भेटिएको हो। स्कारपियोसहित भन्सार छली गरेर ल्याइएको २३ लाख ८ हजार ५ सय २० रुपैयाँ बराबरको सामान आवश्यक कारबाहीका लागि कैलाली भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।

Read More

धनगढी : एमाले अध्यक्ष केपी शर्मा ओलीले काँग्रेस सभापति शेरबहादुर देउवालाई डडेल्धुराबाट गरेको फोन संवादका क्रममा देउवाले बालकृष्ण खाँणलाई छुटाइदिन आग्रह गरेको खुलेको छ। मध्यपहाडी लोकमार्गअन्तर्गत बैतडीको झुलाघाटबाट अगाडि बढ्दै डडेल्धुरा पुगेपछि ओलीले देउवालाई फोन गरेका थिए। ओली र देउवाबीचको कुराकानीको भिडियो ओलीले सामाजिक सञ्जाल फेसबुकमा हालेका थिए। सामाजिक सञ्जालमा फोनवार्ताको ४२ सेकेण्डको भिडियो राख्दै ओलीले देउवाले काठमाडौंबाट डडेल्धुरामा स्वागत गरेको उल्लेख गरेका थिए। ‘जय नेपाल’ भन्दै कुराकानीको सुरुवात गरेका उनले देउवासँग फोनमा भनेका थिए, ‘यहाँ गन्यापधुराको छेवैबाट फोन गरेको। गन्यापधुरा भन्दा अलि पर्तिर यहाँ डडेल्धुरा बजारभन्दा अलि तल्तिर बसेका छौँ।’ उनले देउवालाई भनेका छन्, ‘राम्रो छ यतातिर। तपाईंको जिल्लामा…

Read More

धनगढी : प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) भोलि कैलालीको धनगढी आउने भएका छन्। धनगढी उप–महानगरपालिका–१, पशुपतिटोलमा आयोजित ‘सुदूरपश्चिम महोत्सव–२०८०’ मा सहभागी हुन उनी धनगढी आउन लागेका हुन्। कैलाली उद्योग वाणिज्य संघको आयोजनामा हुन लागेको महोत्सवको उद्घाटन प्रधानमन्त्री प्रचण्डले गर्नुहुने उनका स्वकीय सचिव रमेश मल्लले बताए। संघका पदाधिकारीहरुले हिजो उनलाई भेटेर कार्यक्रमको उद्घाटनका लागि निमन्त्रणा दिएको थियो। संघले हरेक वर्ष ‘सुदूरपश्चिम महोत्सव’ को आयोजना गर्दै आएको छ। १७ औं संस्करणको महोत्सव भोलिदेखि शुरु भएर पुस २ गते समापन हुनेछ।

Read More

बाजुरा: जिल्लाको बुढीनन्दा नगरपालिकामा भीरबाट खसेको ढुङ्गा लागेर एक महिलाको बिहीबार मृत्यु भएको छ। मृत्यु हुनेमा सोही नगरपालिका–३ बडालाकी ३७ वर्षीया धर्मा विष्ट रहेकी छन्। बिहीबार गाउँनजिकै रहेको देउपानी मेलामा घाँस काट्न गएको बेला भीरबाट ढुङ्गा खसेर टाउकोमा लागेपछि उनकाे मृत्यु भएको वडा नम्बर ३ का वडाअध्यक्ष जंगवीर रोकायाले जानकारी दिएका छन्। घाँस काट्दै गरेको बेला एक्कासी भीरबाट ढुंगा खसेर टाउकोमा चोल लागेपछि विष्ट घाइते भएकी थिइन्। घाइते भएकी विष्टको उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र कोल्टी लैजादै गर्दा बीच बाटोमा मृत्यु भएको वडाध्यक्ष रोकायाले बताएका छन्।

Read More