Author: महेन्द्रनगर पोष्ट

बैतडी : बैतडीमा जंगली बँदेलको आक्रमणबाट एक जना घाइते भएका छन्। मेलौली नगरपालिका –२ का अन्दाजी ३५ बर्षीय रामबहादुर चन्दलाई जंगली बँदेलले आक्रमण गरी घाइते बनाएको हो।  चन्दलाई बुधबार साँझको समयमा गाउँमै पसेको बँदेलको बथानले आक्रमण गरेको बताइएको  छ। स्यालढुंगा भन्ने गाउँमा जंगली बँदेलको बथान आएको र चन्दको बँदेलको आक्रमणबाट घाइते भएका स्थानीयहरुले बताएका छन्।  बँदेलको आक्रमणबाट घाइते भएका चन्दको खुट्टामा गहिरो घाउ छ भने शरीरका अन्य भागमा समेत चोट रहेको छ। घाइते चन्दको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि डडेल्धुरा अस्पताल पठाइएको पाटन प्राथमिक स्वास्थ्य केन्द्रका जनस्वास्थ्य निरीक्षक प्रेमसागर भट्टले जानकारी दिए।

Read More

कञ्चनपुरः संविधानमा भएका दलितसम्बन्धी व्यवस्था पूर्णरुपमा कार्यान्वयन गराउनका लागि कञ्चनपुरमा दबाबमूलक अभियान सञ्चालन गरिएको छ। ‘हामी हाम्रा लागि पटक–पटक लड्यौँ, अरूका लागि अब उठौँ लडौँ’ भन्ने मुल नारासहित कञ्चनपुर जिल्लाव्यापी अभियान सञ्चालन गरिएको छ। निर्णायक तहमा दलित समुदायको प्रतिनिधित्व सुनिश्चित गर्नका लागि जिल्लाका नौवटै स्थानीय तहमा अभियान सञ्चालन गरिएको दलित अगुवा शिवी लुहारले बताए। ‘अभियानअन्तर्गत नौवटै स्थानीय तहमा समिति गठनको कार्य अगाडि बढाएका छौँ’, उनले भने, ‘पालिकास्तरमा समिति गठनको कार्य पूरा भएपछि जिल्ला समिति र प्रदेशस्तरीय समिति गठन गर्छौ।’ उनका अनुसार पालिकास्तरमा गठन भएका समितिले दलित समुदायको हकअधिकारका लागि जागरण ल्याउन बैठक, छलफल, अन्र्तक्रियासँगै दबाबमूलक कार्यक्रम सञ्चालन गर्ने छन्। पालिकामा गठन…

Read More

धनगढी : कैलालीको धनगढीमा लागुऔषध दुर्व्यसनीलाई राख्न आसरा सुधार केन्द्र सञ्चालनमा आएको छ। कैलाली र कञ्चनपुरका २२ वटा स्थानीय तहहरूको सहयोगमा फूलबारीमा आसरा सुधार केन्द्र सञ्चालनमा बुधबारदेखि आएको हो। केन्द्रको प्रहरी महानिरीक्षक वसन्त कुँवरले उद्‍घाटन गरेका थिए। उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीका अन्य सुधार केन्द्र जस्तै यस शाखाले पनि आफ्नो विशिष्ट र प्रभावकारी पहिचान बनाउँदै सामाजिक सेवामार्फत नेपाल प्रहरीको पहिचानलाई अझै प्रगाढ बनाउन थप मद्दत पुर्‍याउने बताए। लागूऔषध दुर्व्यवसनीले व्यक्ति, परिवारसँगै समुदायलाई नै असर गर्ने उल्लेख गर्दै लागूऔषधको प्रयोगमा संलग्न व्यक्तिलाई रचनात्मक दिशातर्फ अग्रसर गराउन समाजका सबै तहतप्का र वर्गको साथ र सहयोग आवश्यक रहेको उनले…

Read More

काठमाडौँ : नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजी) सरुवा गर्न छलफल सुरु गरिएको छ। समय नपुग्दै प्रदेश प्रहरी कार्यालयका प्रमुख सहितका डीआईजीहरु सरुवा गर्नेगरी छलफल भइरहेको हो। गण्डकी प्रदेशका डीआईजी बुद्धिराज गुरुङ र कर्णाली प्रदेशका डीआईजी भीम प्रसाद ढकाल बाहेक अन्यको कार्यावधि ९ महिना मात्रै भएको हो। तर, आईजीपी वसन्त कुँवरले कार्यावधि पूरा नहुँदै प्रदेशका डीआईजी सरुवा गर्न प्रस्ताव अघि बढाउन लागेका छन्। आईजीपीको प्रस्तावमा गृहमन्त्रीले डीआईजीको सरुवा सम्बन्धी निर्णय गर्ने कानुनी व्यवस्था छ। १३ वैशाखमा भरत बहादुर बोहरालाई सुदूरपश्चिम प्रदेशमा पदस्थापन गरिएको थियो। पदस्थापन गरेको ९ महिनामा नै उनीहरूलाई हटाउन लागिएको छ। सुदूरपश्चिम प्रदेशमा सुरेन्द्र प्रसाद मैनालीलाई पठाउने बारे छलफल भइरहेको…

Read More

काठमाडौं- नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक (डीआईजी) महेशविक्रम शाह भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्। २० फागुन, २०७६ मा रकम हिनामिना गरेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उनीसहित चार जनाविरूद्ध दर्ता गरेको मुद्दामा विशेष अदालत काठमाडौंले उनलाई दोषी ठहर गरेको हो। शाह सिन्धुलीको दुधौली तालिम केन्द्रका तत्कालीन समादेशकसमेत हुन्। मध्यक्षेत्रीय तालिम केन्द्र दुधौली, सिन्धुलीमा रहँदा उनीसहित चार जनाले प्रहरी जवानको तलब भत्ता कीर्ते दस्तखत गरी हिनामिना गरेको आरोप लागेको थियो। यो प्रकरणमा लेखापाल एवम् पूर्वप्रहरी नायव निरीक्षक दिपेन्द्रप्रसाद पनेरु, केशव सिंह ऐरी र कोष तथा लेखा नियन्त्रक कार्यालय सिन्धुलीका तत्कालीन लेखापाल सन्जीव बिशंखेलाई अदालतले दोषी ठहर गरेको हो। यससँगै…

Read More

काठमाडौँ- हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। राति कोशी र बागमती प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

Read More

धनगढी : सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्टले सङ्घ र प्रदेशबिच समन्वय नहुँदा प्रहरीलाई समस्या भइरहेको बताएका छन् । नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग र प्रदेश प्रहरी कार्यालयले आज संयुक्त रूपमा धनगढीमा आयोजना गरेको प्रदेश स्तरीय अपराध अनुसन्धान गोष्ठीलाई सम्बोधन गर्दै मन्त्रीले प्रहरी समायोजन हुन जरुरी रहेको बताएका हुन् । प्रदेश सरकारले प्रदेश प्रहरी ऐन बनाए पनि प्रहरी समायोजन नभएको भन्दै समायोजनका लागि सङ्घमा पहल गर्न सबैलाई आग्रह गरे । यसैगरी, मन्त्री भट्टले अपराध नयाँ तरिकाले बढिरहेका कारण सोही बमोजिम कानुन बनाएर अपराध नियन्त्रण गर्न आवश्यक रहेको औँल्याए । उनले भने “आज सङ्गठित अपराध सबैभन्दा ठुलो…

Read More

कैलाली : प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले धनगढी उपमहानगरपालिका-१४ ‘डि’ गाउँ फुलबारीस्थित आसरा सुधार केन्द्र फुलबारीको बुधबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन गरेका छन् । साथै सोही अवसरमा प्रहरी महानिरीक्षक कुवँरले उक्त केन्द्रको निरीक्षण गर्नुका साथै केन्द्रको परिसरमा वृक्षारोपण समेत गरे । सोही अवसरमा प्रहरी महानिरीक्षक कुँवरले उक्त केन्द्रको स्थापनाका लागि सहयोग पुर्‍याउनु हुने विभिन्न महानुभावहरूलाई प्रशंसापत्र प्रदान गरे । कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीका अन्य सुधार केन्द्र जस्तै यस शाखाले पनि आफ्नो विशिष्ट र प्रभावकारी पहिचान बनाउँदै सामाजिक सेवामार्फत नेपाल प्रहरीको पहिचानलाई अझै प्रगाढ बनाउन थप मद्दत पुर्‍याउने बताए । लागूऔषध दुर्व्यवसनीले व्यक्ति, परिवारसँगै समुदायलाई नै असर…

Read More

कैलाली : सूदूर पश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री शिवराज भट्टको प्रमुख आतिथ्यमा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग र सुदूर प्रदेश प्रहरी कार्यालय धनगढीद्वारा संयुक्त रूपमा आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा एक दिवसीय गोष्ठी २०८० धनगढीमा बुधबार सम्पन्न भएको छ । गोष्ठीमा सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री भट्टले समाजमा शान्ति सुरक्षा लगायत अपराध अनुसन्धान गर्न प्रहरी र नागरिक बिचको सम्बन्ध सुमधुर हुनुपर्ने बताए । प्रहरीले अपराध अनुसन्धानलाई थप प्रभावकारी बनाउनका लागि समयसापेक्ष नयाँ प्रविधिहरूको प्रयोगमा जोड दिँदै जानुपर्ने उल्लेख गर्दै उनले प्रहरी कार्यालयहरुको भौतिक संरचना निर्माण तथा स्रोतसाधन सम्पन्न बनाई अपराध अनुसन्धान कार्यमा प्रहरीलाई…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेश सरकार लगानी तथा विकास सम्मेलनको तयारीमा जुटेको छ । यही फागुन २३ र २४ गते हुने उक्त सम्मेलनका लागि सरकारले आवश्यक तयारी थालेको हो । सो सम्मेलनका लागि प्रदेश सरकारले लगानीकर्तासहितका विभिन्न निकायसँग छलफल अगाडि बढाएका छन् । मुख्यमन्त्री कमलबहादुर शाहले लगानीको पहिलो प्राथमिकता क्षेत्र ऊर्जा रहेको बताएका छन् । शाहले पहिलो प्राथमिकता ऊर्जा, दोस्रो पर्यटन, तेस्रो कृषि क्षेत्र भएको बताएका छन् । कृषि क्षेत्रमा पनि कोही ठुलो लगानी गर्न आउन चाहानेलाई सरकारले दिनुपर्ने सुविधा दिन तयार रहेको बताएका छन् । तर अहिलेसम्म प्रदेश सरकारले लगानी सम्मेलनमा पेस गर्ने आयोजनाबारे खुलाएको छैन । कुन क्षेत्रमा कस्ता…

Read More