Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : जीवन समर्पित गरेको जागिरमा बढुवा भएको कसलाई मन नपर्ला र ! झन् सुरक्षा निकायमा बढुवाले महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ। कामको मुल्यांकन नै बढुवाले गर्ने भएकाले सबै कर्मचारीले त्यो सपना देखेका हुन्छन्। यस्तै एउटा सपना देखेका थिए, रबिन्द्र (रमेश) भट्टले। पहाडी जिल्ला डडेल्धुराबाट राष्ट्रिय अनुसन्धान विभागमा जागिर खाएका उनी अनुसन्धान सहायक (असई)को रुपमा कर्यरत थिए। हाल कैलालीको धनगढी उपमहानगरपालिका-२ सन्तोषी टोल बस्दै आएका उनी केही दिनअघि बढुवा भएर असईबाट सई भएका थिए। तर, उनी ड्युटी गर्दागर्दै बढुवा भएका हैनन्, उनको बढुवा अस्पतालको शय्यामा सुतेका बेला भएको थियो। त्यसको मतलब अनुसन्धान विभागले उनको कामको मुल्यांकन गर्दै बढुवा गरेको थियो, त्यो…

Read More

काठमाडौं: सुदूरपश्चिम प्रदेशको बाजुरा केन्द्र भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज (सोमबार) बिहान ६:५२ बजेतिर बाजुराको कोल्टी केन्द्र भएर भूकम्प गएको हो। भूकम्पको तीव्रता ३.५ रेक्टर स्केल मापन भएको छ। उक्त कम्पन्न प्रदेशका विभिन्न जिल्लामा महसुस भएको थियो।पछिल्लो समय देशका विभिन्न ठाउँमा सानो तथा ठूला भूकम्पहरु गइरहेका छन्।

Read More

काठमाडौं: सुदूरपश्चिम विश्वविद्यालय सेवा आयोगको कार्यालयले रोजगारी खुलाएको छ । सेवा आयोगले सोमबार एक सूचना जारी गर्दै विभिन्न पदमा ६४ का लागि दरखास्त आह्वान गरेको हो। स्थायी समायोजनका लागि आयोगले ७ प्राध्यापक, २३ सह–प्राध्यापकमा, २२ उपप्राध्यापक र १२ जना प्रशासनतर्फ कर्मचारी मागेको छ।

Read More

काठमाडौं : नेपाल सरकारले कुवेतका अमिरको निधनमा शोक मनाउने निर्णय गरेको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार कुवेतका अमिर शेख नवाफ अल अहमद अल जावेर अल सबाको सम्मानमा आज शोक मनाउने तय भएको गृह मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार आज देशभरका सरकारी कार्यालयहरू एवम् विदेशमा रहेका नेपाली राजदूतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइने छ। कुवेतका अमिरको गएको मंसिर ३० गते ८६ वर्षको उमेरमा निधन भएको थियो। 

Read More

गुल्मी: गुल्मीमा बोका चोरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको जिल्ला रेसुङ्गा नगरपालिका– बस्ने २३ वर्षका वीरेन्द्र परियार र सोही स्थानकै परिवर्तित नाम ४६ रेसुङ्गा लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका डिएसपी डिल्लीनारायण पाण्डेले बताए। गत मंसिर १५ गते राति रेसुङ्गा नगरपालिका-५ बर्दबासकी बिष्णु कुमारी जोगी कुँवरले बोका खोरबाटै चोरी भएको भनी प्रहरीमा निवेदन दिएकी थिइन्। पक्राउ परेकाहरुले सोधपुछका क्रममा बोका काटेर केही मासु खाएको र केही मासु बिक्री गरेको बताएको डिएसपी पाण्डेले बताए।

Read More

बझाङ : बझाङको छबिस पाथिभेरा गाउँपालिका-३ कुम्डाका बासिन्दाले खानेपानीको अभाव झेल्दै आएका छन् । झण्डै तीन दर्जन घरधुरी भएको कुम्डा बस्तीका नागरिकले बर्षौदेखि खानेपानीको चरम समस्या झेलिरहेका हुन् । नेपालको संविधान २०७२ को धारा ३५ मा स्वास्थ्य सम्बन्धि हक अन्तर्गत प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक हुने छ भनि स्पष्ट व्यवस्था गरिएको भएता पनि कुम्डाका नागरिकलाई स्वास्थ्य त परैको कुरा हो खानेपानीको समेत हाहाकार छ । पाइपबाट मात्रै सानो पानी आउने गरेका कारण कुम्डा गाउँबाट एक घण्टाको दुरीमा रहेको ५ नम्बरमा पर्ने थलारा पचाडाबाट खानेपानी बोक्नुपर्ने बाध्यता वर्षौदेखि झेल्नु परेको स्थानीय सचिन बोहराले दुखेसो पोखे । उनले भने –…

Read More

काठमाडौँ : हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।   

Read More

दार्चुला : जिल्लाको अपि हिमाल गाउँपालिकाले चमेलिया नदीको मुहानमा काठेपूल संगै ढुङ्गे धाराहरुको निर्माण गर्न थालेको छ । गत महिना देखि पालिकाका विभिन्न ठाउँमा काठेपूल संगै ढुङ्गे धाराहरुको निर्माण कार्य भइरहेको अपि हिमाल गाउँपालिकाले जनाएको छ । चमेलिया नदीको मुहान संरक्षण संगै पर्यटक, तिर्थयात्रीहरुलाई आवत जावतमा सहजताका लागि भन्दै पालिकाले अहिले गाउँपालिकाका विभिन्न ठाउँमा काठेपूल संगै ढुङ्गे धाराहरुको निर्माण गरिरहेको गाउँपालिका अध्यक्ष भक्त सिंह ठेकरे बोहराले जानकारी दिए । गाउँपालिकाको आफनै लगानीमा पालिकाका चार ठाउँमा काठेपूल निर्माण कार्य सम्पन्न भएर पेन्टिङको काम संञ्चालन गर्ने तयारी भएको उनले बताए । गाउँपालिकाले चमेलिया नदीको मुहान संरक्षण क्षेत्रमा एउटा, कालीढुंगा ताल जाने ठाउँमा…

Read More

काभ्रेपलाञ्चोक : काभे्रपलाञ्चोकको काभे्रभञ्ज्याङ चेक पोष्टबाट अवैध रुपमा ल्याइएको १६ टनभन्दा बढी प्याज बरामद भएको छ । बिपी राजमार्गअन्तर्गत धुलिखेल नगरपालिका–९ काभ्रेभन्ज्याङमा सवारीसाधन जाँच गर्ने क्रममा चार सय एक बोरा प्याज बरामद भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ । उक्त राजमार्ग हुँदै पूर्वबाट मध्यपहाडी राजमार्गअन्तर्गत बिपी राजमार्गबाट आएका सवारीसाधनहरु जाँच गर्ने क्रममा पुरानो बिलसहित अवैध रुपमा ल्याइएको सातवटा गाडीमा चार सय एक थान बोरा बरामद गरिएको हो ।

Read More

धनगढीः रुसी सेनामा कार्यरत कैलालीका भरत शाहको कुसको शव बनाएर अन्तिम दाहसंस्कार गरिएको छ । तीन महिनाअघि रुसी सेनामा भर्ना भएका टीकापुर नगरपालिका–१ दुर्गानगरका ३६ वर्षीय भरत शाहको आईतबार परिवारले कुसको शव बनाएर अन्तिम दाहसंस्कार गरेका हुन्। परिवारले शुक्रबार मात्र उनको मृत्यु भएको खबर पाएका थिए। मृत्युको खबर पाएदेखि विक्षिप्त अवस्थामा रहेका उनका बुवा आमा र श्रीमतीले आफन्तजनको सरसल्लाहमा आज कुसको शव बनाएर स्थानीय परम्पराअनुसार टीकापुरस्थित दौलतपुर घाटमा अन्तिम संस्कार गरेका हुन्। भरतको मृत्युबारे हालसम्म परराष्ट्र मन्त्रालय र रुसी सरकारले परिवारलाई औपचारिक रुपमा जानकारी दिएको छैन। मृतक शाहका भाई मंगल शाहका अनुसार उनीसँगै कार्यरत सहकर्मीबाट शुक्रबार मृत्युको खबर पाएका थिए।…

Read More