Author: महेन्द्रनगर पोष्ट

धनगढी : कञ्चनपुरका राजनीतिक दलले शहिद भीमदत्त पन्तको शालिकमा तोडफोड भएको घटनाको घोर भत्सर्ना गरेका छन्। आज एक विज्ञप्ति जारी गर्दै नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी, राष्ट्रिय जनमोर्चा, नेपाल कम्युनिष्ट पार्टी र क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले उक्त घटनाको भत्सर्ना गरेका हुन्। मंसिर ८ गते राप्रपाद्वारा आयोजित कार्यक्रममा भीमदत्त नगरपालिका–१८ स्थित भीम वाटिकामा रहेको शहिद पन्तको शालिकमा तोडफोड गरिएको थियो। ‘शक्ति प्रदर्शनका क्रममा राप्रपाका केही अराजक उत्शृंखल नेता कार्यकर्ताहरूले भीमदत्त नगरपालिका–१८ स्थित भीम वाटिकामा रहेको महान शहिद भीमदत्त पन्तको शालिकमा तोडफोड गर्ने निन्दनिय कामको घोर भत्सर्ना गर्दछौं,’ उक्त विज्ञप्तिमा भनिएको छ। साथै उनीहरूले सर्वदलिय…

Read More

धनगढी: चीनले अब राष्ट्रिय अनुसन्धान विभाग (एनआइडी) का कर्मचारीलाई तालिम प्रदान गर्ने भएको छ। आफ्नै देशमा बोलाएर चीनले तालिम दिने भएको हो। यस अघिदेखि नै चीनले नेपाली सेना निजामती कर्मचारी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका जनशक्तिलाई विभिन्न तालिम दिँदै आएको थियो। तर अहिले भने हाल प्रधानमन्त्री कार्यालयमा लगिएको अनुसन्धान विभागको पनि क्षमता विकास गर्न तालिम दिने भएको हो। विभागका अनुसार चीनले आफ्नो देशमा बोलाएर अधिकृतहरुलाई तालिम दिने प्रस्ताव पठाएको छ। तत्कालका लागि १० जना अधिकृतलाई चीनका विभिन्न सहरमा छोटो समयको तालिम दिने प्रस्ताव उताबाट प्राप्त भएको बताइन्छ। अहिले सोही प्रयोजनको निम्ति नाम छनौट प्रक्रिया शुरु भएको बुझिएको छ।

Read More

काठमाडौं : बुद्ध एयरले नवविवाहित जोडीहरूलाई टिकट उपहार दिने भएको छ। बुद्धले मंसिर तथा पुस महिनाको विवाहपञ्चमीभित्र नवविवाहित जोडीलाई काठमाडौं-पोखराको दुईतर्फी उडान टिकट उपहार दिन लागेको हो। यसका लागि बुद्धको जहाजसँग बेहुला बेहुलीको तस्विर बुद्ध एयरको सामाजिक सञ्जालमा ट्याग वा पोष्ट गर्नुपर्नेछ। जसमध्ये बुद्धले १० जोडीलाई पोखराको दुईतर्फी टिकट उपहार दिनेछ। बुद्धले विभिन्न चाडपर्व तथा विशेष दिनमा यसरी यात्रुहरूलाई उपहार दिने गरेको छ।

Read More

धनगढी: परराष्ट्र मन्त्री एनपी साउदका कार्यकर्ताहरु छिमेकी राष्ट्र चीनतर्फ उडेका छन्। कञ्चनपुरस्थित मन्त्री साउदका निर्वाचन क्षेत्रका नेपाली काँग्रेसका नेता तथा कार्यकर्ता चीनका लागि उडेका हुन्। कञ्चनपुर क्षेत्र नम्बर २ प्रदेशस्थित प्रदेश क का सभापतिसहितको टोली चीनका लागि उडेको बताइएको छ।

Read More

धनगढी: अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरका प्रमुखको सरुवा भएको छ। हालका हाकिम अस्मान तामाङको सरुवा भएको हो। तामाङको पोखरा सरुवा भएकोमा उनको स्थानमा सहसचिव रमेश केसी आउने भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट उनी अख्तियार सुदूरपश्चिमको हाकिम भएर आउन लागेका हुन्।

Read More

पश्चिम नवलपरासी : पश्चिम नवलपरासीमा एक विद्यालयका शिक्षकले बालिकालाई निर्घात कुटपिट गरेका छन्। जिल्लाको सरावल गाउँपालिका–७ मा रहेको बर्दघाट कालिका इंग्लिस स्कुलमा अध्ययनरत एक बालिकालाई शिक्षक निरञ्जन यादवले बालिकालाई कुटपिट गरेका हुन्। कक्षा एकमा अध्ययनरत ९ वर्षीया कञ्चना राजभरलाई विद्यालय नआएको भन्दै घरमै गएर कुटपिट गरेको र विद्यालय गएपछि पनि निर्घात हुने गरी शिक्षकले पिटेको बालिकाकी आमा गन्जलाले बताइन्। यादवले लठ्ठीले पिट्दा बालिकाको शरीरभर निलडाम बसेको छ। घटनापछि आक्रोशित स्थानीयले विद्यालयमा तालाबन्दी गरेको वडा नम्बर ७ का वडा अध्यक्ष हायात खाँ धुनियाँले बताए। शिक्षक यादवले पटक–पटक विद्यालयमा बालबालिकालाई कुटपिट गर्दे आएको भन्दै विद्यालयबाट तुरुन्त बर्खास्त गर्नुपर्ने र कानुनी कारबाही गर्न…

Read More

महेन्द्रनगर : कञ्चनपुरको नौवटै स्थानीय तहमा आगामी पुस मसान्तभित्र १४ औंँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सञ्चालन हुने भएको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका कार्यालय प्रमुख गोपालदत्त भट्टले पालिकाका नगर खेलकुद समिति र खेल शाखाका प्रमुखसँगको बैठकपछि आगामी पुस महिनाभित्र पालिकास्तरीय रनिङ शिल्ड गर्ने तय भएको जानकारी दिए। यसैगरी आगामी माघ महिनाको दोस्रो साता यहाँको कृष्णपुर नगरपालिकामा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने भएको छ। ‘प्रतियोगितामा प्रत्येक पालिकामा ३० देखि ४० विद्यालय सहभागी हुनेछन्,’ उनले भने, ‘कञ्चनपुरकाट प्रदेशस्तरीय रनिङ शिल्डमा एक सय भन्दा बढी खेलाडी सहभागी हुनेछन्।’ आगामी माघको अन्तिम वा फागुनको पहिलो साता सुदूरपश्चिम प्रदेश स्तरीय रनिङ शिल्ड…

Read More

बैतडी : बैतडीकी ६१ वर्षीया चन्तरा महरा एक कक्षामा पढ्दै छिन्। पाटन नगरपालिका–८ घर भएकी उनी जनता मावि आरुबाटामा पढ्दै छिन्। गत वैशाखमै एक कक्षामा भर्ना भएकी उनी अरू बालबालिका झै नियमित विद्यालयमा आएर पढ्न थालेकी हुन्। नाती नातिनालाई विद्यालय पुर्‍याउन जाने समयमा शिक्षकहरुले पढ्न सुझाव दिएपछि आफूपनि भर्ना भएका उनी बताउँछिन्। उमेर छँदै पढ्न नपाएको भने उनी दुखी छन्। उनका लागि विद्यालयबाट पुस्तक, कापी, कलमलगायतका आवश्यक सामाग्री उपलब्ध गराइएको छ। पढाइलाई अझै अगाढी बढाउने धोको उनमा छ। गत वैशाखमा मात्रै भर्ना भएकी उनले अक्षर चिनारीसँगै नाम लेख्न र सरल शब्दहरु पढ्न थालिसकेको विद्यालयकी शिक्षिका भागरथी बिष्टले बताइन्। चन्तरा चाहाना…

Read More

जाजरकोट : कात्तिक १७ गते जाजरकोटको बारेकोट–१ रामिडाँडा केन्द्र बनाएर गएको भूकम्पबाट ज्यान गुमाएका व्यक्तिका परिवारलाई बीमाबापतको रकम हस्तान्तरण प्रक्रिया सुरु भएको छ। नलगाड नगरपालिकाका ५६ मृतकमध्ये २९ जनाको परिवारलाई रकम हस्तान्तरण गरिएको कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले जानकारी दिए। उनका अनुसारप्रति मृतक दुई लाखका दरले रकम वितरण गरिएको हो। क्रमशः सबै पालिकामा गएर अबको तीन÷चार दिनमा बिमाबापतको रकम वितरण गरिसक्ने जिसीले बताएका छन्। प्रदेश सरकारले कर्णालीमा बसोबास गर्ने नागरिकका लागि यसअघि नै प्राकृतिक दुर्घटना बीमा गर्ने कार्यक्रम अघि सारेको थियो। सोही कार्यक्रमअन्तर्गत बीमा रकम वितरण गरिएको हो। भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा…

Read More

धनगढी : बाजुरामा एक महिलाले बाटोमै बच्चा (छोरी) लाई जन्मदिएकी छन्। जिल्लाको बुढिनन्दा नगरपालिका–४ कुरु बस्ने ३१ वर्षीय पानसरा रोकायाले बाटोमै बच्चा जन्माएकी हुन्। सुत्केरी ब्यथा लाग्ने बितिकै पानसरा एक्लै मंगलवार आधारभुत स्वास्थ्य केन्द्र कुरु जादै गर्दा उनले बाटोमा छोरी जन्माएको स्वास्थ्य केन्द्रकी प्रमुख धर्मा चदाराले बताइन्। चदाराका अनुसार उनले स्वास्थ्य चौकी जादै गर्दा बाटोमा बच्चा पाइरहेको फेला पारेपछि सहयोग गरेकी थिइन्। पानसरालाइ अत्याधिक रक्तस्राव भएपछि बाटोबाट उद्धार गरेर स्वास्थ्य चौकी लगेको चदाराले बताइन्। योभन्दा पहिला पनि उनले दुई सन्तानलाई बाटोमै जन्म दिएकी थिइन्। बाजुरामा पानसरी मात्र नभइ धेरै आमा बाटोमा बच्चा जन्माउने गरेका छन्।

Read More