Author: महेन्द्रनगर पोष्ट

डडेल्धुरा: सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा हरेक वर्ष लाग्ने मेला ‘देहिजाँत’ आज सम्पन्न भएको छ। हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमाको रात (रतेडी) र दोस्रो दिन (दिउसेडी) मेला लाग्छ। हिजो रतेडी र आज दिउसेडी लागेको उग्रतारा क्षेत्र विकास समितिले जनाएको छ। २५ सय वर्ष पहिला हालको अमरगढी नगरपालिका लटाउली बस्ने साँकी जातिका स्थानीयले हलो जोत्दा हलोको फाली लागेर रगत बगेपछि देवी उत्पन्न भएर दर्शन दिएपछि त्यस दिनदेखि दुर्गा र कालीको स्वरुपमा उग्रतारा भगवतीको पूजा गरिँदै आएको जनविश्वास छ। उक्त अवसरमा जिल्लाको अमरगढी नगरपालिकाले आज स्थानीय बिदा दिएको थियो। छचोडा, खनमडा, दुमडा र जिलोडा भ्राण (भण्डार) रहेको उग्रतारा भगवती मन्दिरमा…

Read More

बर्दिया: बर्दियामा प्रहरी नायव निरीक्षक (सई) घूस रकमसहित पक्राउ परेका छन्। बढैयाताल गाउँपालिका ६, मैनापोखरस्थित इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायव निरीक्षक पवन साउदलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको बताइएको छ। आयोगका प्रवक्ता भोला दाहालका अनुसार साउदले लागू औषधको मुद्दा मिलाइदिने प्रलोभनमा सेवाग्राहीसँग ३० हजार रुपैयाँ घुस लिएका हुन्। आयोगको नेपालगञ्ज कार्यालयबाट खटिएको टोलीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालेको बताइएको छ।

Read More

पिथौरागढ: भारतको उत्तराखण्डस्थित पिथौरागढमा एक वृद्धा महिलाको हत्या आरोपमा नेपाली युवक पक्राउ परेका छन्। सुवाकोटको वड्डाकी ६५ वर्षीया माधवी चिलकोटीको हत्या आरोपमा मजदुरी गर्न भारत गएका मुगुका २६ वर्षीय युवक रिपेन्द्र नाथ पक्राउ परेका हुन। कोठाबाट निकालेको रिसमा नाथले भारतीय महिलाको हत्या गरेको स्वीकार गरेको भारतीय सञ्चार माध्यमले जनाएको छ। माधवी आइतबार बिहान आफ्नै कोठामा मृत भेटिएकी थिइन्। मृतक माधवी दिल्लीबाट केहीदिन पहिले सुवाकोट फर्किएकी थिइन्। नेपाली युवक नाथलाई रक्सी पिउने र कोठामा फोहोर गर्ने हुनाले माधवीले कोठा छाड्न भनेकी थिइन्। त्यतिबेला नाथ अर्को ठाउँमा बस्न थालेका थिए।

Read More

काठमाडौं : प्रधानसेनापति बन्ने रोलक्रममा रहेका नेपाली सेनाका उपरथी अशोक सिग्देलको पनि जन्ममिति विवादमा परेको छ। उपरथी सिग्देलको नागरिकता र शैक्षिक प्रमाणपत्रमा फरक–फरक मिति देखिएपछि उनी विवादमा तानिएका हुन्। सिग्देलले जन्ममिति सच्याई वास्तविक सेवावधिभन्दा बढी समय काम गरेको आरोप लगाउँदै यही मंसिर ४ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगमासमेत उजुरी परेको छ। नेपाली सेनाले गत शुक्रबार उपरथी सिग्देललाई रथीमा बढुवा गर्न सिफारिस गरिएको र उनकाविरुद्ध उजुरी भए एक साताभित्र दर्ता आव्हान गरेको छ। ‘शैक्षिक प्रमाणपत्रमा सिग्देलको जन्ममिति १९ माघ २०२१ छ । तर, नागरिकतामा १९ माघ २०२३ राखेर जागिर लम्ब्याउँदै गएका मात्रै छैनन् उनी भविष्यमा सैनिक प्रमुख बन्ने लाइनमा छन्,’ अख्तियारमा…

Read More

डोटी: डोटीमा एक जनाको शव फेला परेको छ। मंगलबार दिपायल सिलगढी नगरपालिका –५ पुन्नास्थित सोही ठाउँका ३० वर्षीय समीर भट्ट मृत फेला परेका हुन्। अहिले प्रहरी घटनास्थलमा रहेको र घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक राजेन्द्र बहादुर चन्दले बताए। मृतका आफन्तले समीरको हत्या भएको आशंका गरेका छन्। स्थानीय रोशन कोलीले सडकको नालीमा समीरको शव हत्या गरि फालिएको अवस्थामा फेला परेको बताए। उनले घटनाको छानविन गरि दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेका छन्।

Read More

काठमाडौँ: अहिले सामाजिक सञ्जालमा नेपाल प्रहरीका एक इन्स्पेक्टरले सर्वसाधारणलाई थप्पड हानेको एउटा भिडियो भाइरल भएको छ। मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’को प्रदर्शन स्थलमा ती सर्वसाधारणलाई प्रहरी निरीक्षकले थप्पड हान्दै ‘अपशब्द’ बोलेका छन्। इन्स्पेक्टर तिलकबहादुर बमले प्रदर्शनमा सहभागी नभएको तथा घर हिँडेको बताउँदा पनि सर्वसाधारणलाई थप्पड हानेको भिडियोमा देखिन्छ। प्रहरी कार्यालय भृकुटीमण्डपमा कार्यरत बमले थप्पड हान्दै ती सर्वसाधारणलाई भन्छन्–‘चुप, बढ्ता नबोल’ भनेका छन्। थप्पड खाँदा पनि ती सर्वसाधारणले सोधेका छन्–‘हात किन छाड्नु भो सर ?’ इन्स्पेक्टर बम रोकिँदैनन् । भन्छन्–‘किन बोल्या रु’ इन्स्पेक्टरले सर्वसाधारणलाई प्रश्न गर्न बन्देज लगाउँदै थप्पड हानेको भिडियो फेसबुक र…

Read More

एजेन्सी : हमासले बन्धक बनाएका थप ११ जनाको रिहाइ गरेको छ। इजरायली सेनाका अनुसार हमासको अक्टोबर ७ मा भएको आक्रमणपछि बन्धक बनाएका ११ जनालाई रिहा गरेको छ। ‘रेडक्रसबाट प्राप्त जानकारीको आधारमा ११ जना बन्धकहरू हाल इजरायली क्षेत्रतर्फ जाँदैछन्,’ सेनाले एक विज्ञप्तिमा भन्यो। उता, कतारी विदेश मन्त्रालयका प्रवक्ता माजिद अल अन्सारीले ट्वीटरमा भनेका छन् कि इजरायली जेलबाट ३३ प्यालेस्टाइनीहरूलाई रिहा गरिने छ। इजरायल र हमासले शुक्रबार देखि गाजामा चार दिनका लागि लडाइँ रोक्न सहमत भएपछि यस अवधिमा इजरायलले राखेका १५० प्यालेस्टिनी बन्दीहरूको बदलामा कुल ५० जना बन्धकहरूलाई रिहा गरिएको छ। यसैबीच गाजामा शुक्रबारदेखि सुरु भएको चार दिने युद्धविराम दुई दिन थपिएको…

Read More

काठमाडौँ: आज सातै प्रदेशका गृहमन्त्रीहरूले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेट्ने भएका छन्। दिउँसो ३ः३० बजे गृह मन्त्रालयमा हुने भेटमा प्रहरी समायोजनसहित प्रदेशको शान्ति सुरक्षाबारे छलफल हुने बताइएको छ। प्रदेश सरकारहरू बनेको ६ वर्ष भइसक्दा पनि प्रदेशको आफ्नै प्रहरी नहुँदा कार्यसम्पादनमा असर परेको भन्दै प्रदेशका गृहमन्त्रीहरू सङ्घीय सरकारसँग असन्तुष्ट रहँदै आएका छन्।

Read More

बझाङः बझाङका १६ वर्षीय बालक कैलालीबाट बेपत्ता भएका छन्। बझाङ जिल्ला घर भई हाल कैलालीको जोशिपुर गाउँपालिका-५ बनकट्टा बहुनिया बस्दै आएका दिपक खातीका १६ वर्षीय छोरा शेरबहादुर खाती गत शुक्रवारबाट सम्पर्क विहीन भएका हुन्। शुक्रवार राति ८ बजे धनगढी चौराहाको सिसिटिभी फुटेजमा देखिएपनि अहिले सम्म सम्पर्क हुन नसकेको बिराज रावलले बताए। शेरबहादुरलाई कसैले देखे वा भेटेमा ८६५७३३०५४,९८६५८५४९७० र ९८५८४२५७५३ मा सम्पर्क गरिदिन रावलले आग्रह गरे।

Read More

टीकापुर: कैलालीको जानकी गाउँपालिका- ७ का किसानले ११ किलोमिटर लामो नहर सफा गर्न थालेका छन्। त्यस क्षेत्रका करिब एक हजार किसानले भुर्षा सिँचाइअन्तर्गतको नहर सफाइ गर्न थालेका हुन्। उनीहरूले दैनिक डेढ किलोमिटरभन्दा बढी सफाइ गर्ने गरेका छन्। चार सय ८५ हेक्टर क्षेत्रफलमा सिँचाइ पुर्‍याउने उक्त नहर झारजंगल र पटानी हुँदा खेतमा पानी अभाव हुन थालेपछि किसान आफैंले नहर सफा गर्न थालेको भुर्षा कुला सिँचाइ समितिका अध्यक्ष गोपाल गिरीले बताए। ‘एघार किलोमिटर लामो कुलो चार दिनदेखि सफा गर्दैछौं’, अध्यक्ष गिरीले भने, ‘हजारौं किसान सहभागी छौं। यतिखेर गहुँ तथा तोरीखेतीका लागि आवश्यक पानी उपलब्ध गराउने लक्ष्य छ।’ उनले भुर्षा सिँचाइ कार्यक्रमलाई सरकारले…

Read More