Author: महेन्द्रनगर पोष्ट

धनगढी : कैलालीको धनगढी उपमहानगरपालिका–१ मा रहेको त्रिनगर माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरु शिक्षकको माग गर्दै आन्दोलित भएका छन्। उनीहरु हिजो (बुधबार) देखि उपमहानगर घेराउ गर्दै आन्दोलित बनेका हुन्। आज पनि विद्यार्थीहरुले विद्यालयको गेटमा तालाबन्दी गरेर धनगढी उपमहानगरपालिका परिसर अगाडी नाराबाजी गरिरहेका छन्। दुई हजार तीन सय ८० विद्यार्थी अध्ययनरत सो विद्यालयमा शिक्षक नेत्र खडायतको पनि सरुवा भएपछि विद्यार्थी आन्दोलित बनेका थिए। गणित विज्ञान विषयका शिक्षक खडायतको सरुवा भएपछि विद्यार्थीहरूले विषयगत शिक्षक माग गरेका छन्। उक्त विद्यालयमा ९ जना शिक्षक कार्यरत रहेकामा एक जनाको सरुवा भएपछि अब ८ जना मात्र शिक्षक कार्यरत छन्।

Read More

दार्चुला : दार्चुलामा आगो लागेर घर जलेको छ। जिल्लाको ब्याँस गाउँपालिका–३ सिना सल्याडीमा उपेन्द्र कुवर र धनसिह कुवरको घरमा आगलागी भएको हो। आज बिहान साढे ९ बजे घरमा घिउ तताउने बेला आगो लागेको पारिवारीक स्रोतले जनाएको छ। मानवीय र पशुजन्य क्षती नभए पनि पूर्ण रूपमा घर जलेर नस्ट भएको र घर भित्रको लत्ताकपडा, गरगहना, अन्नपात सबै जलेर नस्ट भएको छ।

Read More

काठमाडौँ: नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटबाट राष्ट्रिय झन्डोत्तोलन गर्दै ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ शुभारम्भ गरेका छन्। बिहीबार नेपाल भारत सीमा क्षेत्र बैतडीको महाकाली नदीको डिल झुलाघाटमा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सूर्य–चन्द्र अङ्कित राष्ट्रिय झन्डा झन्डोत्तोलन गरेर संकल्प यात्राको शुभारम्भ गरेका हुन्। स्थानीय झाँकी बाजागाजा र नारा जुलुससहित ओलीले झन्डोत्तोलन गरेका हुन्। एमालेको यात्रा शुभारम्भ स्थललाई अन्माउन लागेकी बेहुलीजस्तै सिँगारिएको थियो। एमालेले मध्य पहाडी राजमार्ग अन्तर्गतका २६ वटा जिल्लाको करिब १ हजार ८ सय ७९ किलोमिटरको यात्रा २१ दिनसम्म गर्दै छ। ‘सम्बन्ध स्थानीय सन्देश राष्ट्रिय’ भन्ने उद्घोषका साथ शुरु भएको ‘झुलाघाट चिवा…

Read More

बझाङ : ३५ वर्ष शिक्षण पेशामा बिताएका बझाङका ६३ वर्षीय गणेशबहादुर सिंह कानुन विषय पढ्दै छन्। सिंह सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजमा कानुन संकायमा भर्ना भएका हुन्। २०१७ सालमा बझाङको बुङ्गल नगरपालिकामा जन्मिएका सिंह २५ वर्षका हुँदा २०४२ सालमा स्थायी भइ शिक्षण पेसामा आबद्ध भएका थिए। महादेव माध्यमिक विद्यालयबाट शिक्षण पेसा सुरु गरेका उनले भवानी प्राथमिक विद्यालय मजिवन र दुर्गा प्राथमिक विद्यालय चिल्ठामा शिक्षण गरे। शिक्षण पेसामा हुने बेलादेखि नै कानुनी कुरामा रुचि राख्थे, उनी। शिक्षणकै क्रममा उनले प्रहरी निवेदन, तमसुक जस्ता कानुनी कागजात बनाएर स्थानीयलाई सहयोग गर्दै आएका थिए। धेरथोर कानुनी ज्ञान समेत आर्जन गरिसकेका उनी शिक्षण पेसाको अवकासपछिको जीवन…

Read More

कञ्चनपुर : कञ्चनपुरमा सशस्त्र प्रहरीले भन्सार छली गरी नेपालबाट भारत भित्र्याइरहेको बेवारीसे समान बरामद गरेको छ। आज भीमदत्त नगरपालिका–९ ब्रमदेवबाट नेपालबाट भारततर्फ लगिगरेको अन्दाजी ७४ हजार बराबरको समान बरामद गरेको हो। जसमा फेयरलवली क्रिम, कलगेट रहेका छन्। बरामद गरिएका समानहरूलाई भन्सार कार्यालय पठाइएको छ।

Read More

झापा : वैदेशिक रोजगारीका सिलसिलामा ओमान पुगेकी झापाको मेचीनगर नगरपालिका–१५ निवासी २८ वर्षीया सञ्जिता राजवंशीलाई रोजगारदाता कम्पनीले अलपत्र पारेपछि उद्धार गरेर स्वदेश फर्काइएको छ। गएको असोज ३० गते स्काई अफ दी वर्ल्ड नामक म्यानपावर कम्पनीले मासिक ५० हजार रुपैयाँ तलब दिने आश्वासनमा उनलाई ओमानको अल लुल्लाह अल मिथल्ता ट्रेडिङ कम्पनीमा पुर्‍याएको थियो। ब्युटीपार्लरको काम दिने भनेर कम्पनीले मुख्य सहरबाट टाढा एकान्तमा रहेको तीनतले भवनमा पुर्‍याएर पर्यटकलाई नुहाइदिने र मसाज गर्ने काममा जबरजस्ती लगाउने प्रयास गरेको थियो। पुरुष पर्यटकलाई नुहाइदिने र शरीर मालिस गर्ने काम गर्न अस्वीकार गरेपछि रोजगारदाता कम्पनीका अरेबियन सञ्चालकले मानसिक दबाब दिएर अज्ञात स्थानमा बन्धक बनाएर राखेको उनले…

Read More

पोखरा: त्रिभुवन आर्मी क्लब पोखरामा चलिरहेको केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ। पोखरा रंगशालामा भएको खेलमा बागमती प्रदेशलाई ४ विकेटले हराउँदै आर्मीले फाइनलमा स्थान पक्का गरेको हो। जितका लागि पाएको १२८ रनको लक्ष्य आर्मीले खेल सकिन ३० बल बाँकी छँदा नै भेट्टायो। आर्मीलाई जिताउन भीम सार्कीले ३९ तथा कुशल मल्लले २७ रन बनाए। यस्तै कप्तान विनोद भण्डारी २५ रनमा आउट भए।पहिला ब्याटिङ गरेको बागमतीले प्रतिक श्रेष्ठको अर्धशतक मद्दतमा १२७ रन बनाएको थियो। आर्मीका सहाब आलमले ४ तथा सोमपाल कामीले २ विकेट लिए।

Read More

बैतडी : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीले सुरु गरेको झुलाघाट–चिवाभञ्ज्याङ यात्रा संवाद र अध्ययनको यात्रा भएको बताएका छन्। बिहीबार बैतडीको झुलाघाटबाट यात्राको उद्घाटन गर्दै अध्यक्ष ओलीले यात्राले सरकारी अकर्मण्यता र देशको ओरालो लाग्दो अर्थतन्त्र, अराजक र अस्थिर भएको राजनीतिलाई सहि बाटोमा ल्याउने सन्दर्भमा चिन्तन मनन र नीति योजना निर्माण गर्न मद्दत पुर्‍याउने विश्वास व्यक्त गरे। ‘यो यात्रा संवादको यात्रा हो,यो यात्रा अध्ययनको यात्रा हो। यो यात्रा नेपाली जनताको राष्ट्रिय आकांक्षा ‘समृद्ध नेपाल सुखी नेपाली’ बनाइ छाड्ने संकल्प यात्रा हो’, पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले भने, ‘जसलाई नेकपा एमालेले आफ्नो उद्देश्य र गन्तव्य बनाएको छ।’ अध्यक्ष ओलीले यात्राका क्रममा…

Read More

कञ्चनपुर: कञ्चनपुरको उत्तरी क्षेत्र बन्डखोलाबाट अवैध रूपमा नदीजन्य पदार्थ चोरी तस्करी गरिरहेको अवस्थामा दुई ट्रयाक्टर प्रहरीले नियन्त्रणमा लिएको छ। कृष्णपुर नगरपालिका– १ बन्डखोलाबाट अवैध रूपमा नदीजन्य पदार्थ चोरी तस्करी गरिरहेको अवस्थामा दुई ट्रयाक्टर प्रहरीले नियन्त्रणमा लिएको हो। वाणी प्रहरी चौकी र अस्थायी प्रहरी बिट पहरियाको टोलीले अवैध रूपमा बन्डखोला दोहन गरेर नदीजन्य पदार्थ चोरी तस्करी गरिरहेको अवस्थामा ट्रलीसहित दुवै ट्रयाक्टर नियन्त्रणमा लिएको जनाइएको छ। वाणी प्रहरीका अनुसार से।१त ९८०५ र से।१त ६४७६ सातादेखि प्रहरीको नियन्त्रणमा छन्। दुवै ट्रयाक्टर खोलामा हालेर बालुवा चोर्ने क्रममा प्रहरीले नियन्त्रणमा लिएको छ। अहिले ति दुवै ट्रयाक्टर वाणी प्रहरीको नियन्त्रणमा छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता…

Read More

काठमाडौं: नेपाल एयरलाइन्सले विमानस्थल पुगेका यात्रुलाई अलपत्र पारेर प्रधानमन्त्री पुष्पकमल दाहालसहितको टोलीलाई लिएर उडेको छ। जलवायु परिवर्तन सम्बन्धी सम्मेलन कोप–२८ मा सहभागी हुन प्रधानमन्त्रीको टोली दुबई गएको हो। तर, प्रधानमन्त्री चढेको जहाजले बुधबार बेलुका टिकट लिएका ३१ यात्रुलाई विमानस्थलमै अलपत्र पारेर उडेको छ। बुधबार राति ११ः३० मा काठमाडौं–दुबई उडान भर्ने भनिएको नेपाल एयरलाइन्सको जहाजलाई समयभन्दा दुई घण्टा अघि सारेर प्रधानमन्त्रीलाई लिएर उडाउँदा यात्रु छुटेका हुन्। उडान तालिका अघि सरेको जानकारी नेपाल एयरलाइन्सले नगराएको यात्रुहरुले बताएका छन्। सोही जानकारी नपाउँदा ८ः३० बजेसम्म ३१ जना यात्रुहरु बोर्डिङ पास कक्षमा पुगेका थिए। यात्रुमध्ये प्रज्वल विक्रम राणा पनि कोप–२८ मा भाग लिन दुबई जाँदै…

Read More