Author: महेन्द्रनगर पोष्ट

धनगढी : कैलालीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जिल्लाको गोदावरी नगरपालिका-४ खैरानामा जङ्गलबाट माटो ल्याउदै गरेको ट्याक्टर दुर्घटना भएको हो। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीका अनुसार से १ त ९८०१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालक ३० वर्षीय चनक राम चौधरीको मृत्यु भएको छ। उनको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो।

Read More

काठमाडौं : नेपाली सेनाको रिक्त रथी पदमा बढुवाका लागि उपरथी निर्मलकुमार थापा सिफारिस भएका छन्। बढुवा समितीले बुधबार थापाको नाम सिफारिस गर्दै ७ दिने सूचना निकालेको छ। थापा ज्येष्ठ उपरथी थिए। सीताराम खड्काले अनिवार्य अवकाश पाएपछि सेनामा रथीको एउटा दरबन्दी रिक्त बनेको थियो। नेपाली सेनामा रथीको दुईवटा दरबन्दी रहेकामा अशोकराज सिग्देल यसअघि नै बढुवा भइसकेका थिए। ज्येष्ठताका आधारमा सिग्देल आगामी प्रधानसेनापति बन्ने लाइनमा उभिएका छन्।

Read More

काठमाडाैं : विभिन्न परोपकारी काम गर्दै आइरहेको बुहारी ग्रुपले क्यान्सर पीडित बालिकालाई सहयोग गरेको छ । गोरखा घर भएकी दीपा आलेकी ५ वर्षीया छोरीको उपचारका लागि बुहारी ग्रुपले ८५ हजार ५५५ सहयोग गरेको हो । आर्थिक अभावका कारण उनकी छोरीको उपचार हुन नकसेको बेला बुहारी ग्रुपका ३ सय सदस्यले ३ दिनमा रकम संकलन गरेका थिए । उनकी छोरी बोन म्यारोको क्यान्सरबाट पीडित रहेको बताइएको छ । उक्त खबर पाएपछि बुहारी ग्रुपले आर्थिक सहयोग संकलनको अभियान चलाएको थियो । यसअघि पनि ग्रुपले थुप्रै रकम संकलन गरि विभिन्न समस्या भएकाहरुलाई १० लाख सहयोग गरिसकेकाे छ ।

Read More

बैतडी : बैतडीमा जारी प्रधानमन्त्री कप पुरूष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताकाे सुदूरपश्चिम प्रदेशस्तरीय छनाैटमा डडेल्धुराले डाेटीमाथि शानदार जित निकालेकाे छ। प्रतियोगितामा दाेस्राे जित दर्ता गर्ने क्रममा डडेल्धुराले डाेटीलाई १० विकेटले हरायाे। जितका लागि पाएकाे ७० रनकाे सामान्य लक्ष्य डडेल्धुराले १२.१ ओभरमा बिना विकेटको क्षतिमा पूरा गर्याे। जसमा विशाल ऐेर ४७ र निशान्त बुढाऐर १७ रनमा अविजित रहे। यसअघि दशरथचन्द क्रिकेट मैदान सुन्दरखालीमा टस जितेर हारेर ब्याटिङकाे निम्ता पाएकाे डाेटी १९.४ ओभरमा ६९ रनमा समेटियो। उसका कप्तान भाेजराज भट्ट र पारस महतले १५/१५ रन हिर्काए। डडेल्धुराका लागि कप्तान सुरज देउवाले ४ , निरज ऐरले ३ विकेट हात पारे। सुरज खेलका म्यान…

Read More

काठमाडौं : नेपाली सेनाका एक जना सहसेनानी तालिमको क्रममा घाइते भएका छन्। नुवाकोटमा आयोजित सामूहिक तालिममा सहभागी सहसेनानी प्रदिप थापा घाइते भएको बताइएको छ। भैरव प्रसाद गणको सामूहिक तालिममा घाइते भएका थापालाई ग्रिनेडको छर्रा लागेको हो। दायाँ हातमा चोट लागेकाले उनको इमर्जेन्सीमा राखेर उपचार गरिएको हो।

Read More

डडेल्धुरा: डडेल्धुरा बहुमुखी क्याम्पस डडेल्धुराको नवनिर्मित भवनको उद्घाटन गरिएको छ। बिहीबार सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवाले एक समारोहका बीच भवनको उद्घाटन गरेका हुन्। उद्घाटन समारोहमा सुदूरपश्चिम प्रदेशसभा सदस्यद्वय मेघराज खड्का, सरस्वती खड्का, अमरगढी नगरपालिकाका नगरप्रमुख डिल्लीराज जोशी, क्याम्पस प्रमुख, प्राध्यापक र विद्यार्थीहरूलगायतको उपस्थिति रहेको थियो।

Read More

धनगढी : कैलालीको धनगढीमा विद्यालय स्तरीय फुटबल प्रतियोगिता हुने भएको छ। आगामी केही दिनमा प्रतियोगिताको मिति र पुरस्कार राशि घोषणा गर्ने तयारी भइरहेको  छ। लिटल फ्लावर स्पोर्ट्स क्लब धनगढीले श्री कलेज धनगढी फुटबल लिग (श्री कलेज डिएफएल–२ )२०८० फागुनको दोस्रो हप्ता देखी आयोजना गर्ने तयारी गरेको क्लबको अध्यक्ष रामचन्द्र शाहीले जानकारी दिए। कक्षा १२ सम्म सञ्चालित विद्यालयहरूले फुटबल प्रतियोगितामा सहभागिता जनाउन पाउने छन्। १६ वटा टिम सहभागी गराउने लक्ष्य लिएको अध्यक्ष शाहीले बताए। प्रतियोगिताको विजेता,उपविजेता एवं उत्कृष्ट विधाका खेलाडीहरूलाई नगद पुरस्कार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने बताइएको छ। प्रतियोगिता लिग कम नक– आउट फर्म्याटमा खेलाइने जनाइएको छ। प्रतियोगितामा…

Read More

काठमाडौं : सुदूरपश्चिम प्रदेशमाथि ८ विकेटको जित हात पार्दै कोशी प्रदेशले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटको प्लेअफमा स्थान सुरक्षित गरेको छ । ६ मध्ये ५ खेल जित्दै कोशीले प्लेअफमा स्थान सुरक्षित गरेको हो । एपीएफपछि प्लेअफमा स्थान सुरक्षित गर्ने कोशी दोस्रो टिम हो । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुदूरपश्चिमविरुद्ध जितका लागि पाएको ११९ रनको लक्ष्य कोशीले १७.४ ओभरमा ८ विकेट गुमाउँदै भेट्टायो । कोशीलाई तिजाउन ओपनर दुई काजल श्रेष्ठ र रुबिना क्षेत्रीले शतकीय साझेदारी गरे । ११८ रनको साझेदारी गरेर काजल जितका लागि १ रन बाँकी हुँदा अनु कडायतको बलमा लक्ष्मी साउदको हातबाट क्याच भइन् । ४८ बल खेलेकी काजलले…

Read More

काठमाडौं: माघ ११ गते हुने राष्ट्रियसभा सदस्य चुनावका लागि निर्वाचन आयोगले सातै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त गरेको छ। राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ७ बमोजिम देहायका ७ जना जिल्ला न्यायाधीशहरूलाई पुस १६ गतेदेखि लागू हुनेगरी निर्वाचन अधिकृत पदमा नियुक्ति गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। नवनियुक्त निर्वाचन अधिकृतले पुस १६ मै सम्बन्धित प्रदेशको प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने उनको भनाइ छ। आयोगका अनुसार सुदूरपश्चिममा ओमप्रसाद अर्याल, कोशीमा दुर्गाप्रसाद ढुंगेल, मधेसमा नारायणप्रसाद सुवेदी, बागमतीमा महेन्द्रबहादुर कार्की, गण्डकीमा केशवप्रसाद बास्तोला, लुम्बिनीमा कृपासुर कार्की र कर्णालीमा विष्णुप्रसाद अर्याल निर्वाचन अधिकृत नियुक्त भएका छन्।

Read More

कञ्चनपुर : माहाकाली सिँचाइ द्वितीय चरणअन्तर्गत शिवनगर मेन नहर फुट्दा कञ्चनपुरका कृषकलाई सिँचाइ गर्न समस्या भएको छ। जिल्लाको बेलडाँडी गाउँपालिका-५ भुर्सा विद्यालय नजिक र वडा नम्बर ३ वनपूर्वमा नहर फुट्दा कृषकलाई समस्या भएको हो। नहर फुट्दा पानी सप्लाई बन्द भएको महाकाली सिँचाइ जल उपभोक्ता समितिका केन्द्रीय अध्यक्ष भीमबहादुर थापाले बताए। जिल्लाको बेलडाँडी गाउँपालिका र बेलौरी नगरपालिकाका किसानहरु गहुँ ,लाहीलगाएतका अन्नबाली र तरकारीमा सिँचाइ गर्न समस्या भएपछि दुखि छन्। नहर फुट्दा बेलडाँडीका झिलमिला बैवाह र बैलाैरीका भुडा, सडकघाट, शिवनगरका किसान समस्यामा छन्। ‘चार दिन भयो , दुई ठाउँ नहर फुटेको’ अध्यक्ष थापाले भने, ´मर्मत गर्न समितिसँग बजेट, साधन छैन्। भएको जेसीबी…

Read More