Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणमा पूर्पक्षका लागि थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणले शुक्रबार काठमाडौं जिल्ला अदालतमा ३० लाख रुपैयाँ धरौटी बुझाएका छन्। धरौटी बुझाएर अदालतबाट छुटे पनि खाण प्रहरी नियन्त्रणमै छन्। उनलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियारमा उपस्थित गराइँदै छ। विभाग र अख्तियारले पनि बयानपछि धरौटीमा छोड्यो भने मात्र खाण प्रहरी नियन्त्रणबाट बाहिर हुनेछन्। उच्च अदालत पाटनले बिहीबार पूर्पक्षका लागि थुनामा रहेका पूर्वगृहमन्त्री खाणलाई धरौटीमा छोड्न आदेश दिएको छ।

Read More

धनगढी: नेपाल चिकित्सक संघको सुदूरपश्चिम शाखा धनगढीले सेती अस्पतालमा नवजात शिशुको मृत्युु भएको घटनामा पीडितले नै माफी मागेको दाबी गरेको छ। महेन्द्रनगरपोष्ट डटकमको समाचारलाई खण्डन गर्दै संघले सो घटनामा अस्पताल र चिकित्सकको कमजोरी नरहेको पनि जनाएको छ। घटनाका सवालमा चिकित्सकको कुनै कमजोरी नरहेको र मृतक शिशुका आफन्तका आरोपहरु निराधार रहेको संघले स्पष्ट पारेको छ। यस्तै पीडकहरुसँग अस्पताल प्रशासनले सहमति गरिसकेको बताइएको छ। यहीँ महिनाको ६ गते सेती अस्पतालमा उपचारका क्रममा नवजात शिशुको मृत्यु भएको थियो। सोही क्रममा महेन्द्रनगरपोष्टले सो समाचार सम्प्रेषण गरेको थियो। र, यो पनिः सेती अस्पतालमा नवजात शिशुको मृत्यु, आमाको पेटमा टाँका नलगाएरै डाक्टर भागे

Read More

काठमाडौं : नेपाली कांग्रेसको पुस १६ देखि १९ सम्म हुने भनिएको महासमिति बैठक सर्ने निश्चित भएको छ। अहिले जारी कार्यसम्पादन समितिको बैठकमा महासमिति बैठक सार्ने प्रस्ताव पेस भएको छ। फागुन ७ देखि १० सम्म बैठक गर्ने प्रस्ताव भएको छ। कार्यसम्पादनको बैठकअघि सभापति शेरबहादुर देउवाको कार्यकक्षमा पदाधिकारीको बैठक बसेको थियो। पदाधिकारी बैठकमा महासमिति बैठक सार्ने सहमतिपछि कार्यसम्पादनमा प्रस्ताव पेस भएको हो। यो प्रस्ताव पारित हुने सम्भावन बलियो छ । फागुन ७ देखि १० सम्म प्रस्ताव गरिएको विमलेन्द्र निधिले जानकारी दिए।

Read More

काठमाडौं: धानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की नातिनी एवम् भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालकी छोरी प्रतिभा पाठक शुक्रबार विवाह बन्धनमा बाँधिएकी छन् । प्रतिभाको गोरखाका विज्ञानबाबु रेग्मीसँग विवाह हुन लागेको हो। गोकर्ण फरेस्ट रिसोर्टमा अहिले विवाहको भव्य तयारी भइरहेको छ। मंसिर १२ गते उनीहरूबीच ‘इन्गेजमेन्ट’ अर्थात टीकाटालो भएको थियो। विवाह समारोहमा प्रचण्डका पारिवारिक सदस्य, सरकारका मन्त्रीहरू, उच्च तहका कर्मचारीहरू, संवैधानिक प्रमुख, पूर्वप्रधानमन्त्रीहरू तथा विभिन्न दलका शीर्ष नेताहरू लगायतलाई निमन्त्रणा गरिएको माओवादी केन्द्रका नेता नारायण दाहालले जानकारी दिए। रेनु प्रचण्डकी माइली छोरी हुन्। प्रतिभाले बेलायतबाट उच्चशिक्षा लिएकी छिन्। अर्थशास्त्री बिज्ञानबाबुले अक्सफोर्ड विश्वविद्यालयबाट ‘इकोनोमिक डेभलपमेन्ट’ मा स्नातकोत्तर गरेका छन्। विवाहमा जन्ती आउनेक्रम जारी…

Read More

दार्चुला : ट्रकको ठक्करबाट दार्चुलाकी एक महिलाको मृत्यु भएको छ। छोरा भेट्न दार्चुलाबाट काठमाण्डौं जाँदै गरेकी दुहुँ गाउँपालिका–४ की करिब ५५ वर्षीया शान्तीदेवी बमको ट्रकको ठक्करबाट मृत्यु भएको हो। बिहीबार बिहान दार्चुलाबाट महाकाली यातायातको सुदूरपश्चिम प्रदेश ०२–००१ ख १२५५ नम्बरको बसमा चढेकी बमलाई शुक्रबार बिहान बागमती प्रदेश ०३–००१ ख १८६६ नम्बरको ट्रकले ठक्कर दिएको हो। कपिलवस्तुको शिवपुर नगरपालिका–५ मा बस रोकिराखेको अवस्थामा शान्तिदेवी बाहिर निस्केकी थिइन्। उनलाई सोही बेला विपरीत दिशाबाट आएको ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ। ट्रकको ठक्करबाट गम्भीर घाइते बमलाई उपचारका लागि चौराह अस्पातल बुटबल लगिएको र उपचारकै क्रममा मृत्यु भएको वडा प्रहरी कार्यालय चन्द्रौटा कपिलवस्तुका प्रहरी…

Read More

सिन्धुपाल्चोक: एकपछि अर्को गर्दै विद्यार्थीको मानसिक र शारीरिक अवस्था बिग्रँदै गएपछि सिन्धुपाल्चोकको एक विद्यालयमा पठनपाठन पूर्णरुपमा बन्द गरिएको छ। पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नम्बर ७ स्थित भोटेनाम्लाङ माविका विद्यार्थीहरु कोही कराउने, कोही बरबराउने, कसैले अस्वाभाविकरुपमा शारीरिक हाउभाउ देखाउन थालेपछि विद्यालय बन्द गरिएको बताइएको छ। विद्यालयले जारी गरेको सूचनामा हिजो र आज दुई दिन विद्यालय बन्द रहेको उल्लेख छ। केही दिन यतादेखि विद्यार्थीमा स्थानीय जनविश्वास अनुसार झाँक्री (देवी देवता) चढ्न थालेको बताइएको छ। विद्यार्थीहरुमा अस्वाभाविक लक्षण देखिएपछि विद्यालय बन्द गर्नु परेको प्रधानाध्यापक गोपीकृष्ण पराजुलीको भनाई छ। एकपछि अर्को विद्यार्थीमा अस्वाभाविक मानसिक र शारीरिक समस्या देखिन थालेपछि थप विद्यार्थीमा उक्त समस्या नदेखियोस्…

Read More

धनगढीः सुदूरपश्चिम प्रदेशका १० स्थानीय तहमा सशक्त महिला, समृद्ध नेपाल परियोजना लागु गरिएको छ। नेपाल सरकारको सहकार्यमा युरोपेली संघ र संयुक्त राष्ट्र संघका चार एजेन्सी आइएलओ, युएनएफपीए, युनिसेफ र युएन ओमनको साझेदारीमा प्रदेशका १० स्थानीय तहमा परियोजना लागु गरिएको हो। बिहीबार धनगढीमा आायोजना गरिएको प्रादेशिक शुभारम्भ तथा अभिमुखीकरण कार्यक्रममा प्रदेशका सामाजिक विकास मन्त्री झपट साउँदले परियोजना लागु भएको घोषणा गरेका थिए। यो परियोजना कैलालीको धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका, चुरे गाउँपालिका, कञ्चनपुरको बेलौरी नगरपालिका, डोटीको दिपायल सिलगढी नगरपालिका, जोरायल गाउँपालिका, बाजुराको बडिमालिका नगरपालिका, बझाङको मष्टा गाउँपालिका, खप्तडछान्ना गाउँपालिका र दुर्गाथली गाउँपालिकामा सञ्चालन हुने साझेदार संस्थाहरुले जनाएका छन्। संघीय सरकारको महिला, बालबालिका…

Read More

हेटौंडा : मकवानपुरको हेटौंडा उपमहानगरपालिका १५ रातोमाटेबाट सुनसहित २ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनुषा सबैला नगरपालिका २ का ३९ वर्षीय हितेसकुमार साह र भारत पञ्जाबका ३४ वर्षीय तर्सिम सिङ रहेका छन्। उनीहरूलाई रातोमाटेस्थित चेक प्वाइन्टबाट ४ सय ५० ग्राम सुनजस्तो देखिने धातुसहित शुक्रवार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार चेकप्वाइन्टमा सवारीसाधन जाँच गर्ने क्रममा वीरगञ्जबाट आउँदै गरेको बा प्र ०३–००१ ख १७२७ नम्बरको बसमा सवार साह जुत्ताभित्र लुकाई ल्याएको करिब ४ सय ५० ग्रामको सुनजस्तो देखिने धातुको ब्रास्लेट ९ थानसहित पक्राउ परेका हुन्। यस्तै, झोलाभित्र लुकाई ल्याएको करिब ४० ग्राम सुनजस्तो देखिने धातुसहित ना ५ ख…

Read More

काठमाडौँ : नेपालको चिकित्सा शिक्षा र सेवाका लागि लामो समयदेखि लड्दै आएका प्राडा गोविन्द केसी २ बुँदे माग राखी शुक्रबार (आज साँझ ५)बजेदेखि अनशन बस्दै छन्। डा. केसीले सशस्त्र द्वन्द्वकालमा भएका जघन्य तथा मानवताविरोधी अपराधका दोषीलाई दण्डित गर्दै मृतक, घाइते र बेपत्ताका परिवारलाई न्याय हुने गरी संक्रमणकालीन न्यायप्रक्रिया शीघ्र टुंगोमा पुर्‍याउनुपर्ने, सरकारी अस्पतालमा मागअनुसार दरबन्दी थप गर्दै क्षमता बढाउने र निःशुल्क औषधि सबै पाइने सुनिश्चितता गर्नुपर्ने लगायतका माग राखेका छन्। विज्ञप्तिमा भनिएको छ‚ ‘द्वन्द्वका अधिकांश पीडितलाई अझै पनि न्यायबाट वञ्चित गरेर राखिएको छ। पीडकहरू बृहत् शान्ति सम्झौता भएदेखि प्रायः निरन्तर सत्तासीन छन्। साधारण नागरिकलाई सानो गल्तीको सजाय हुने देशमा मानवताविरोधी जघन्य अपराध गर्नेहरू उचित सजायको भागीदार बन्नु…

Read More

काठमाडौं: आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दल दर्ता गर्न निर्वाचन आयोगले दिएको समय आज सकिँदैछ। मंसिर २२ गते सूचना जारी गर्दै निर्वाचन आयोगले मंसिर २४ देखि आज २९ गतेसम्म दल दर्ता गर्न भनेको थियो, जसअनुसार शुक्रबार कार्यालय समयभित्र दल दर्ता गरिसक्नु पर्नेछ। शुक्रबारसम्ममा दर्ता गर्ने दलले मात्रै राष्ट्रियसभा सदस्य निर्वाचनमा भाग लिन पाउनेछन्। आयोगका अनुसार नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा, जनमत पार्टी, नेमकिपा र जसपालगायतले दर्ताको निवेदन दिइसकेका छन्।

Read More