Author: महेन्द्रनगर पोष्ट

धनगढी : कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको गोदावरी नगरपालिका–३ का २९ वर्षीय प्रहलाद खत्री र २५ वर्षीय विकास कट्टेल रहेका छन्। विशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय मालाखेती, कैलालीबाट सादा पोषाकमा खटिएको प्रहरीले उनीहरूलाई सोमबार गोदावरी नगरपालिका–१ बरपिपल गल्लीबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो। दुबै जनाको साथबाट ५ ग्राम २५० मिलिग्राम लागूऔषध खैरो हिरोईन फेला पारी बरामद गरेको कैलाली प्रहरीले जनाएको छ। उनीहरू विरुद्ध थप अनुसन्धान भइरहेको छ।

Read More

धनगढी : कैलाली र कञ्चनपुरमा आजदेखि नेपाल–भारत सीमास्तम्भ मर्मत तथा रङरोगन सुरु भएको छ। यसअघि भारतीय पक्षले जोर सिमा पिल्लर मर्मत तथा रङरोगन गरिसकेको छ। नेपाली पक्षले कैलाली कञ्चनपुरमा आजदेखी पिल्लर मर्मत तथा रङरोगन सुरु गरेको हो। सशस्त्र प्रहरीले सिमा पिल्लरहरुको मर्मत तथा रङरोगन गर्ने छ। कैलालीको धनगढी उपमहानगरपालिका–९ बङ्गग्राकटान स्थित ७४९/१ नम्बरको सिमा स्तम्भमा रङरोगन गरी सशस्त्र प्रहरीले सिमा स्तम्भ मर्मत तथा रङरोगन कार्यको शुरुवात गरेको हो। एक औपचारिक कार्यक्रम गरी धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल, प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल, सशस्त्र प्रहरी बल नम्बर ७ मुख्यालय अत्तरियाका प्रमुख सशस्त्र प्रहरी नायब महानिरिक्षक कुमार न्यौपाने, धनगढी उपमहानगरपालिका वडा नम्बर…

Read More

काठमाडौं : हमासको स्वास्थ्य मन्त्रालयले इजरायलले आइतबार युद्धग्रस्त गाजा पट्टीका विभिन्न क्षेत्रमा नयाँ हवाई आक्रमण गर्दा दर्जनौंको मृत्यु भएको बताएको छ। साथै सयौँ मानिसहरु घाइते भएको बताएको छ। इजरायली हवाई हमलाले उत्तरी पट्टीको जबलिया क्याम्पमा रहेको एक आवासीय भवनलाई निशाना बनाइ आक्रमण गरेको थियो। पछिल्लो केही घण्टामा ३७ जनाको ज्यान गएको बताइएको छ। यसैबीच, गाजा शहरको उत्तरमा रहेको अबु एस्कन्दर क्षेत्रमा रहेको एउटा घरलाई निशाना बनाएर इजरायली बमबारीमा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने अन्य २० जना घाइते भएका छन्। यसबाहेक प्यालेस्टाइन सिभिल डिफेन्स सर्भिसले गाजा शहरको पूर्वमा रहेको याफा स्ट्रिटमा इजरायली युद्धक विमानहरूले ध्वस्त पारेका घरहरूमा कैयौं मानिस…

Read More

काठमाडौं : विशेष अदालतमा नवनियुक्त अध्यक्ष तथा सदस्यहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। सर्वोच्च अदालतमा आज आयोजित समारोहमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले विशेष अदालतका नवनियुक्त अध्यक्ष तथा सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्। न्याय परिषद्को यही मङ्सिर ५ गते बसेको बैठकमा विशेष अदालतको अध्यक्षमा उच्च अदालत दीपायलका न्यायाधीश टेकनारायण कुँवरलाई अध्यक्ष नियुक्ति गर्न परामर्श गर्ने निर्णय गरेको थियो। सो बैठकले सदस्यहरूमा उच्च अदालत जनकपुर, राजविराज इजलासका न्यायाधीश तेजनारायण सिंह राई, उच्च अदालत विराटनगर, धनकुटा इजलासका न्यायाधीश रामबहादुर थापा, उच्च अदालत पाटनका न्यायाधीश मुरारीबाबु श्रेष्ठ, उच्च अदालत विराटनगरका न्यायाशीश रितेन्द्र थापालाई सिफारिस गरेको थियो।

Read More

काठमाडौं : वैदेशिक रोजगारमा रहेका नेपाली नागरिकलाई नेपालमा रकम पठाउँदा आधिकारिक माध्यमबाट पठाउन साइबर ब्युरोले आग्रह गरेको छ। ब्युरोले साइबर क्राइमका घटना बढेपछि उनीहरूलाई सजग गराएको हो। सोमबार एक सूचना जारी गरी ब्युरोले सामाजिक सञ्जालबाट साइबरजन्य ठगी बढेको जानकारी दिएको छ। ब्युरोले झुटा आश्वासनमा परी साइबरजन्य ठगिनबाट जोगिन सबैमा आग्रह गरेको छ।

Read More

काठमाडौंः अनलाइनमार्फत यौन व्यवसाय गरेको आरोपमा प्रहरीले सोमबार थप दुई जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले काभ्रेको भुम्लु घर भई काठमाडौंको लाजिम्पाट बस्ने २७ वर्षका सुरेशकुमार श्रेष्ठ र काठमाडौं कलंकीका सुरज खड्कालाई पक्राउ गरेको हो। यसअघि आइतबार पनि प्रहरीले काठमाडौंको विभिन्न ठाउँबाट यही आरोपमा ५ जनालाई पक्राउ गरेको थियो। उनीहरुले अनलाइनमार्फत युवतीहरुको तस्वीर पठाउने, मोलमोलाइ गर्ने गरेको पाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीले जानकारी दिए। घटनाको विषयमा अनुसन्धान भइरहेको उनले बताए।

Read More

काठमाडौं : धादिङमा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन्।  धुनिवेशी नगरपालिका-४ जीवनपुर बस्ने २७ वर्षीय रामचन्द्र बयलकोटीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो। उनीमाथि आफ्नी २० वर्षीया श्रीमती पवित्रा बयलकोटीको हत्या गरेको आरोप छ। सोही नगरपालिका-१ डुम्रेचौरस्थित सडकमा पवित्रालाई धारिलो हतियार प्रहार गरी रामचन्द्र भागेका थिए।  इलाका प्रहरी कार्यालय खानीखोला र प्रहरी चौकी जीवनपुरबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको थियो। उनी धुनिवेशी नगरपालिका-७ खानीखोला बजारमा फेला परेका थिए। प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ।

Read More

कञ्चनपुर: कञ्चनपुरमा सिकारीले पासोमा पारेको पोथी चितुवाको जिवितै उद्धार गरिएको छ। शुक्लाफाँटा नगरपालिकाको– ८ मा पर्ने प्रगति महिला सामुदायिक वनबाट बँदेल मार्न थापिएको पासोमा परेको चितुवाको उद्दार गरिएको हो। आइतबार राति चितुवा पासोमा परेको थियो। स्थानीयहरुले चितुवा पासोमा परेको देखेपछि वनलाई खबर गरेका थिए। सोमबार बिहानै चितुवालाई पासो मुक्त गरिएको डिभिजन वन कार्यालय कञ्चनपुरका रेञ्जर दुर्गेश धामीले बताए। डिभिजन वन, शुक्लाफाँटा राष्टिय निकुञ्जको टोली, राष्टिय प्रकृति संरक्षण कोषको टोली र पशु चिकित्सकसहितको टोलीले चितुवाको उद्दार गरेको हो।

Read More

काठमाडौँ : नेपालको महिला राष्ट्रिय टोलीकी गोलकिपर अन्जना रानामगर विवाह बन्धनमा बाँधिएकी छन्। उनले सोमबार भक्तपुर निवासी अविरल लामासँग लगनगाँठो कसेकी हुन्। रौतहट निवासी अन्जनाले त्रिभुवन आर्मी क्लबबाट आफ्नो व्यावसायिक फुटबल खेल्ने गर्छिन्।

Read More

दैलेख : नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार चीनसँग सहयोग लिन डराउने गरेको बताएका छन्। सोमवार झुलाघाट–चिवाभञ्ज्याङ यात्राका क्रममा ओलीले दैलेखमा आठ राजनीतिक दलहरूले बुझाएको ध्यानाकर्षपत्र बुझ्दै उनले चीन सरकारले कुनैपनि कुरामा नेपाललाई सहयोग गर्ने भनिरहँदा पनि अर्को शक्तिका कारण वर्तमान सरकार सहयोग लिनबाट डराउने गरेको बताएका हुन्। उनले राजनीतिक दलले अब राजनीतिक कुरा गरेर मात्र नहुने र विकासका लागि राजनीति गर्नुपर्ने बताए। उनले नेताहरु राजनीतिका मात्रै नभइ विकासका नेता हुनुपर्ने बताए। उनले विकास अरु देशले आएर नगर्ने भन्दै आफ्नो देशको विकास आफैँले गर्नुपर्ने भएकाले तत्काल विकासको लागि काम थाल्न नेता/कार्यकर्ताहरुलाई निर्देशन दिए । अध्यक्ष ओलीले…

Read More