Author: महेन्द्रनगर पोष्ट

कञ्चनपुर : शहीद भीमदत्त पन्तको सालिक तोडफोडमा संलग्न रहेको आरोपमा समातिएका पूर्वपञ्चहरुको पार्टी राप्रपाका १८ जना नेता-कार्यकर्ताविरुद्ध सार्वजनिक मुद्दा दायर गरिएको छ । महेन्द्रनगरस्थित स्थानीय पार्कमा रहेको सालिक तोडफोड गरेको आरोपमा पक्राउ परेका उनीहरुविरुद्ध जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सार्वजनिक अपराधको मुद्दा दायर गरेको हो । शुक्रबार गणतन्त्रको विरोध र राजसंस्थाको पुनःस्थापनाको माग गर्दै महेन्द्रनगरमा रापप्राका कार्यकर्ता प्रदर्शनमा उत्रिएका थिए । त्यसक्रममा उनीहरुले पार्कमा रहेको सालिक तोडफोड गर्नुका साथै गेटमा लेखिएको भीमदत्तको नामसमेत मेटेका थिए । उक्त तोडफोडमा संलग्न १८ जना राप्रपाका कार्यकर्ता भएको प्रहरीको भनाइ छ ।

Read More

काठमाडौँ : सरकारले तेस्रो लगानी सम्मेलन आयोजना गर्ने भएको छ । आगामी वैशाख ९ र १० गते काठमाडौँमा लगानी सम्मेलन गर्ने गरी तयारी भइरहेको अर्थमन्त्री प्रकाशशरण महतले जानकारी दिए । लगानी सम्मेलनका लागि अर्थमन्त्रीको संयोजकत्वमा निर्देशक समिति छ । उक्त निर्देशक समितिको पहिलो बैठक आइतबार बसेको हो । समितिको बैठकपछि अर्थमन्त्री महतले लगानी सम्मेलन आयोजना हुनेबारे जानकारी दिए । ‘लगानी सम्मेलनका लागि तयारी थालिएको छ । यो लगानी सम्मेलनमा विदेशी लगानीको मात्र कुरा होइन, नेपाली लगानीकर्ता र गैरआवासीय लगानीकर्तालाई पनि सँगसँगै लैजाने हो । लगानी सम्मेलनबारे विदेशी राजदूतावासलाई परिचालन गरिनेछ’, अर्थमन्त्री महतले भने । लगानी सम्मेलन आयोजना गर्नका लागि मुख्यसचिवको…

Read More

काठमाडौँ : अवकाश प्राप्त प्रहरी कर्मचारी तथा अमर शहिद प्रहरी परिवारका निमित्त एक दिवसीय कृषि सम्बन्धी तालिम प्युठान नगरपालिका-९ मरन्ठानास्थित वडा कार्यालयको सभाहलमा शुक्रबार सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय प्युठान, एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन ईकाई प्युठानको संयुक्त आयोजनामा सीपमूलक एवम् व्यावसायिक तालिम, सहज पारिवारिक वातावरण तयार गर्ने हेतूले र अवकाश प्राप्त प्रहरी कर्मचारी, अमर शहिद प्रहरी परिवारलाई मनोसामाजिक स्वास्थ्य प्रवर्द्धन र आर्थिक सबलीकरण गरी मनोबल अभिवृद्धि गर्नका लागि उक्त तालिम सञ्चालन गरिएको हो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरीक्षक ईश्वर थापाले सामूहिक सहकार्यले अवकाश प्राप्त…

Read More

काठमाडौँ : सरकारले ७१ जना सहसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्ताव अनुसार मन्त्रिपरिषद बैठकले विभिन्न निकायमा कार्यरत सहसचिवहरूको सरुवा गरेको हो । महिनौँको तयारी पछि बल्ल ७१ जनाको नामावली टुङ्गोमा पुर्‍याइएको हो । Saruwa-2023-11-26Download

Read More

काठमाडौँ : संसदीय सुनुवाइ समितिले क्यानडाका लागि नेपाली राजदूतमा सिफारिस भरतराज पौडेलको नाम अनुमोदन गरेको छ । आइतबार बसेको समितिको बैठकले पौडेलसँगको सुनुवाइपछि नाम अनुमोदन गरेको हो । अब उनलाई राष्ट्रपतिले राजदूतमा नियुक्त गर्न सक्नेछन् ।

Read More

कञ्चनपुर : सशस्त्र प्रहरीले कञ्चनपुरको सीमावर्ती क्षेत्रबाट झण्डै चार लाख बराबरको अवैध समान बरामद गरेको छ। सशस्त्र प्रहरी बल प्रस्तावित सीमा सुरक्षा गुल्म गड्डाचौकीको टोलीले भीमदत्त नगरपालिका–१० चौकीसाता सीमावर्ती क्षेत्रबाट भन्सार चोरीछलीका अवैध समान बरामद गरेको हो। सशस्त्र प्रहरी बल ३५ नम्बर शैलेश्वरी गण मातहत रहेको प्रस्तावित सीमा सुरक्षा गुल्म गड्डाचौकी इन्चार्ज सशस्त्र प्रहरी नायव उपरीक्षक सुदन आचार्य नेतृत्वको टोलीले चौकीसाता क्षेत्रबाट भन्सार छलीको अवैध समान बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ। शसस्त्र प्रहरी बल ३५ नम्बर शैलेश्वरी गणका गणपति प्रेम बहादुर रावलले भारतबाट चोरी तस्करी गरेर भन्सार छलेर समान नेपाल भित्र्राउँदै गरेको अवस्थामा सशस्त्र प्रहरीका डिएसपी आचार्य नेतृत्वको टोलीले…

Read More

रसुवा : मानिस बेपत्ता बनाएको आरोपमा पक्राउ परेका दुई प्रहरीलाई कारागार चलान गरिएको छ। जिल्ला प्रहरी कार्यालय रसुवामा कार्यरत प्रहरी सहायक निरीक्षक रामविद्या शाह र प्रहरी वरिष्ठ हवल्दार जगतनारायण वछाड थारू कारागार चलान भएका हुन्। पक्राउ गरिएको व्यक्ति जिल्लास्तरमा ल्याउने क्रममा थुमनका एक नागरिक बीचबाटोमै गायव गराएको आरोप उनीहरू माथि लागेको छ। मानिस कुटपिट गर्ने गोसाइँकुण्ड गाउँपालिका–१ थुमनका करिव ४२ वर्षीय काले भन्ने छिरिङ तामाङलाई थुमनबाट प्रहरी नियन्त्रणमा लिइ जिल्ला प्रहरी धुञ्चे ल्याउँदै गर्दा रोङ्गा दोभानको नजिक उत्तरतर्फको भिरबाट बेपत्ता बनाएको आरोपमा सुरक्षाकर्मीद्वय पक्राउ परेका हुन्। सुरक्षा संयन्त्र नअपनाई पक्राउ गरिएका नागरिक बाटोमा बेपत्ता पारेको अभियोगमा जिल्ला सरकारी वकिल कार्यालयमार्फत…

Read More

काठमाडौं : राजतन्त्र पुनःस्थापनाको अभियानमा रहेका व्यवसायी दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिट फिर्ता भएको छ। गत शुक्रबार दोस्रो दिनको आन्दोलन गर्न लाग्दा प्रसाईं घरमै नजरबन्दमा परेको भन्दै वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले रिट दायर गरेका थिए। उक्त रिट न्यायाधीश कुमार चुडालको इजलासमा बहस हुँदै गर्दा प्रसाईं खुल्ला रुपमा भाषण गरिरहेको प्रसंग उठेपछि वरिष्ठ अधिवक्ता भण्डारीले रिट फिर्ता लिएका हुन्।

Read More

काठमाडौं : पोखरामा शनिबार राति एक सुन पसलको ताला काट्दाकाट्दै बालक पक्राउ परेका छन्। पक्राउ पर्नेमा रुपा गाउँपालिकाका १८ वर्षीय एक बालक छन्। राति करिब १२ बजेको समयमा पोखरा ९ न्युरोडमा रहेको स्याङ्जा ज्वयलर्स तथा सुनचाँदी पसलको सटरको ताला काट्दै गर्दा ती बालक पक्राउ परेका थिए। उनलाई सिभिआर चिप्लेढुंगा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले नियन्त्रणमा लिएको थियो। ती बालकबाट २ थान हेक्सा ब्लेड र एक थान काटिसकेको तालासहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी श्रवणकुमार विकले जानकारी दिए। चोरी उद्योग मुद्दामा उनलाई अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ।

Read More

काठमाडौं : पोखरा भइरहेको केपी ओली कप टी–२० क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबका ओपनर कुशल भुर्तेलको शतकको मदतमा पुलिस क्लबले मधेश प्रदेशलाई दियो १७६ रनको लक्ष्य दिएको छ। मधेश प्रदेशविरूद्ध टस जितेर पहिले ब्याटिङ गरेको पुलिसका लागि कुशलले १०२ रन जोडेका हुन्। उनले ५७ बलमा ८ चौका र ७ चौका प्रहार गरे। कुशलको शतकसँगै पुलिसले ५ विकेटको क्षतिमा १७५ रन जोड्यो। पुलिसका लागि अर्का ओपनिङ ब्याट्सम्यान सुनिल धमलाले ४५ रन बनाए। उनले ४७ बलमा ४ चौका प्रहार गरे। धमला र कुशलबीच पहिलो विकेटका लागि १६ ओभरमा १३८ रनको साझेदारी भयो। समूह सी को यो खेलमा पुलिसका लागि करण केसीले ५…

Read More