Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा आजदेखि पुनः सञ्चालनमा आउँदै छ। त्यसका लागि सडक पुनः रङरोगन गरिएको छ। ठाउँ ठाउँमा बोर्ड राखिएका छन्। यस सेवाका लागि ११ वटा बस थपिएको यातायात व्यवस्था विभागले जनाएको छ। काठमाडौं उपत्यकाको यातायात क्षेत्रमा सुधार ल्याउने उद्देश्यले द्रुत बस सेवा सञ्चालनमा ल्याएको सरकारले जनाएको छ। रत्नपार्कदेखि सूर्यविनायकसम्म १३ दशमलव ४ किलोमिटर दूरी रहेको छ। द्रुत बस सेवा सञ्चालनपछि सो दूरीको यात्रा करिब ४५ मिनेटको हुनेछ। रत्नपार्क, भद्रकाली, माइतीघर, बबरमहल, नयाँ बानेश्वर, शान्तिनगर, कोटेश्वर जडीबुटी, कौशलटार, गट्ठाघर, चारदोबाटो, सूर्यविनायकलगायत १९ स्थानमा बस स्टप रहनेछ। त्यहाँबाट उक्त बस चढ्न र ओर्लन सकिनेछ।

Read More

काठमाडौं : गाजामा युद्धविराम घोषणा भएको दोस्रो दिन थप १३ इजरायली बन्धक र चार थाई नागरिकलाई हमासले रिहा गरेको छ। उनीहरूलाई हमासले रेडक्रसको जिम्मा लगाएको हो। त्यसको सट्टा ३९ प्यालेस्टाइनी कैदीहरूलाई पनि रिहा गरिएको इजरायलको कारागारले पुष्टि गरेको बीबीसीले जनाएको छ। कतारको मध्यस्थतामा भएको युद्धविरामको पहिलो दिन शुक्रबार १३ इजरायली बन्धक र इजरायली जेलबाट ३९ प्यालेस्टाइनीहरूलाई रिहा गरिएको थियो। इजरायल र हमासले धमाधम कैदी र बन्धकको रिहाइ गरिरहँदा हमासको अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइ हुन सकिरहेको छैन। सरकारले यसका लागि दुवै पक्षबीच वार्ताको मध्यस्थता गरिरहेको कतारसँग सहयोग मागेको छ।

Read More

राजेन्द्र पनेरु, कञ्चनपुर: शुक्लाफाँटा नगरपालिका–३ पीपलाडीकी मिना चौधरीलाई खेतबारीमा रोपेको तरकारी बालीका लागि रासायनिक मल खोज्दै हिँड्नु परेको छैन । दुई वर्षअघि कृषक पाठशालामा सहभागी भएकी चौधरीले स्थानीयस्तरमै पाइने जैविक पदार्थको प्रयोग गरी मल बनाउन सिकेकी छिन् । चार वर्षअघिदेखि नगरपालिकामा सञ्चालन गरिएको ‘स्कील अप’ परियोजनामार्फत सञ्चालित कार्यक्रममा सहभागी भएर चौधरीले माटोमा रहेको जैविक विविधतालाई जोगाउन सहयोग पुर्‍याउने बोकासी मल बनाउन सिकेकी हुन् । ‘पहिलो वर्ष घरमै तयार गरिएको बोकासी मल प्रयोग गर्दा रासायनिक मल हालेजस्तो तरकारीको उत्पादन भएन,’ उनले भनिन्मा, ‘माटोमा मल बिस्तारै घुलमिल भएपछि दोस्रो वर्षदेखि तरकारी बालीको उत्पादन सोचेजस्तै गरी उत्पादन भएको छ ।’ चौधरीले हिउँदमा गोलभेँडा,…

Read More

काठमाडौं: नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले सम्पर्कमा नरहेका २६ जना कर्मचारीलाई हाजिर हुन आउन अनुरोध गरेको छ। कार्यालय आज सूचना जारी गर्दै आफूखुसी गैरहाजिर रहेको र खोजतलास गराउँदा तथा प्रहरी नियमावली २०७१ को नियम ११५ को देहाय (२) बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा समेत उनीहरू कार्यालयको सम्पर्कमा नआएको कार्यालयले जनाएको छ। गैरहाजिर हुने सुदूरपश्चिमका पाँच जना रहेका छन्। कंचनपुर घर भएका सन्दीप कामी, दार्चुला घर भएका अरविन्द सिंह धामी, बैतडी घर भएका सुमन सिंह, बाजुराका दिपेश सुनार र कैलालीका रविन चौधरी सम्पर्कविहिन रहेको कार्यालयले जनाएको छ। सूचना प्रकाशित भएको सात दिनभित्र आफू गैरहाजिर  रहनुको कारणसहित उपस्थित हुन भनेको…

Read More

काठमाडौं  : पुस महिनाभित्र ४ हजार ५ सय शिक्षक दरबन्दी खुला हुने भएको छ । शिक्षक सेवा आयोगले त्यसको लागि प्रक्रिया अघि बढाइसकेको जनाएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ५ दिनअघि चैतसम्ममा देशैभरका शिक्षकको रिक्त हुने दरबन्दी सार्वजनिक गरेपछि आयोगले दरबन्दी खोल्ने तयारी गरेको हो । आयोगका प्रशासकीय प्रमुख कमलप्रसाद पोखरेलले केन्द्रले आयोगलाई विवरण बुझाएपछि विज्ञापन खोल्ने जानकारी दिए । उनले भने– ‘विवरण आएपछि आरक्षणको लागि प्रतिशत छुट्टयाएर विज्ञापन खोल्नेछौं । आयोगले ढिलोमा पुस मसान्तसम्ममा विज्ञापन खोल्ने तयारी गरेको हो ।’ शिक्षा तथा मानवस्रोत विकास केन्द्रका महानिर्देशक दीपक शर्माले केन्द्रको नियमित प्रक्रियाअन्तर्गत देशैभरका जिल्ला शिक्षा समन्वय इकाईले…

Read More

काठमाडौँ : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल  सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी पहाडी भूभागमा आंशिक बदली र तराई भूभागमा आंशिक बदली  रहनेछ। देशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राति भने सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेश पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। देशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

Read More

धनगढी : धनगढीको संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेड धनगढीको ११ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिवार एक कार्यक्रमकाबिच धनगढीको ओम प्यालेसमा आयोजना गरिएको वार्षिक साधारण सभा सम्पन्न भएको हो। यस पटकको साधारण सभामा शेयर सदस्य भन्दा अन्य अतिथिलाई आमन्त्रण नगरिएका कारण भाषण भन्दा छलफल बढी भएको सहभागीहरूले बताएका छन् । संगम सहकारीले प्रत्येक वर्ष सदस्य सङ्ख्या वृद्धि गर्दै लगेका छ । संगम बचत तथा ऋण सहकारी संस्था धनगढीका अध्यक्ष मनमोहन विष्टले संस्थाले सदस्यको सङ्ख्या वृद्धि सँगै वित्तीय स्रोतमा पनि सकारात्मक परिवर्तन गरेको जानकारी दिए । उनका अनुसार आर्थिक वर्ष २०७९/८० मा मात्रै ४ सय ५३…

Read More

बैतडी : बैतडी–दार्चुला जोड्ने कर्कले पुल भासिएको छ। दार्चुलाको शैल्यशिखर नगरपालिका–३ कर्कले र बैतडीको डिलाशैनी गाउँपालिका-रुद्रेश्वर जोड्ने चमेलिया नदीमाथिको बेलिब्रीज भासिएको हो। केही दिनअघि उक्त पुलको दार्चुलातर्फको मुख्य पिलर भएको ठाउँमा पूरै जमिन भासिएको सवारी चालकहरूले बताएका छन्। पहिरोले पुलको मुख्य पिलर तलतिरको जमिन भासिएपछि दुर्घटनाको जोखिम बढेको छ। दुर्घटनाको जोखिम बढेसँगै पुलमा ठूला गाडी आवागमनमा रोक लगाइएको ट्रक चालक शेरसिंह कार्कीले बताए। उक्त पुल भएर बैतडीको रुद्रेश्वर, सिमार, गण्न्ना लगायतका क्षेत्रमा पुगिन्छ भने दार्चुलाको चमेलिया जलविद्युत् आयोजना, बिटुले, मार्मा, अपि हिमालको मकिरागाडसम्म आवतजावत गर्ने सवारीसाधन यसै पुल भएर गुड्ने गरेका थिए। पुलको तलतिरको जमिन भासिएकाले दुर्घटनाको जोखिम बढेको हो।…

Read More

काठमाडौं : त्रिभुवन विमानस्थलबाट भारतको नयाँ दिल्लीका लागि उडेको विमान पुनस् काठमाडौं फर्काइएको छ । प्राविधिक समस्या देखिएपछि नारायणघाटमाथिको आकाशबाट विमान डाइभर्ट गरिएको विमानस्थलका प्रवक्ता सुभाष झाले बताए । एआई २१६ उडानको उक्त विमानमा १२५ जना यात्रु थिए । काठमाडौंबाट साँझको ७ बजेर २ मिनेटमा उडेको विमान ७ बजेर ३२ मिनेटमा आकस्मिक ल्याण्ड गरिएको हो । आज उडान नहुने भएपछि यात्रुहरूलाई होटलमा लगिएको छ ।

Read More

धनगढीः कैलालीका दुई पसलमा प्रहरीले छापा मारेको छ। दुबै पसलबाट प्रहरीले ६ लाख ४१ हजारभन्दा बढी मूल्यका अवैध सामान जफत गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको सादा पोसाकको प्रहरी टोलीले गौरीगङ्गा नगरपालिका–८ बढैपुर स्थित डिल्लीराम आचार्यले सञ्चालन गरेको म्याक्स जनरल स्टोर र गोविन्द शर्माले सञ्चालन गरेको बेरोजगार किराना पसलबाट अवैध सामान बरामद भएको हो।

Read More