Author: महेन्द्रनगर पोष्ट

डोटी : डोटीमा एक किशोरीमाथि सामूहिक करणी गरेको आरोपमा तीन जना पक्राउ परेका छन्। जिल्लाको बडिकेदार गाउँपालिका-२ का तीन युवक सामूहिक करणीको आरोपमा पक्राउ परेका हुन्। पक्राउ पर्नेमा बडीकेदार गाउँपालिका- २ का १८ वर्षीय गोपाल साउँद, १९ वर्षीय करन साउँद र २६ वर्षीय प्रेम धामी रहेको डोटी प्रहरीले जनाएको छ। उनीहरूले मंसिर १ गते साँझ साढे ६ बजे १७ वर्षीय किशोरीलाई सामूहिक जबरजस्ती करणी गरेको आरोप छ। घटना १ गतेको भएपनि प्रहरीलाई २ गते सूचना प्राप्त भएपछि आरोपित तीनै जनालाई सोही दिन प्रहरीले नियन्त्रणमा हो।

Read More

कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिका घेराउ गरिएको छ। असोज १ गतेसम्म नदीजन्य पदार्थको उत्खननका लागि ठेका लगाउनु पर्ने भएपनि तीन महिनासम्म नलगाएको भन्दै स्थानीयले नगरपालिका घेराउ गरेका हुन्। असोज १ गते सम्म नदीजन्य पदार्थको उत्खननका लागि ठेका लगाउनु पर्ने भए पनि भीमदत्तले विभिन्न कारण देखाएर समयमै ठेका सम्झौता गर्न नसक्दा भीमदत्त नगरपालिका ११, १२ र १३ का स्थानीय तथा निर्माण व्यवसायी आन्दोलनमा उत्रिएका छन्। यस वर्ष समयमै महाकालीका नगरपालिकाको वेवास्ताका कारण काम गर्न नपाउँदा दैनिक छाक टार्न समस्या भएको आन्दोलित स्थानीय बताउँछन्। ढुवानी व्यवसायी राजु विष्टले नगरपालिकाका जनप्रतिनिधिको चरम लापरबाही, ढिलासुस्ती र क्रसर व्यवसायीको मिलेमतोमा व्यवसायीहरुलाई मारमा पारेको र अविलम्ब…

Read More

कास्की : कास्कीको पोखराको एउटा होटलमा एक जना युवती मृत भेटिएकी छन्। पोखरा–८, नागढुंगास्थित होटलको कोठामा तनहुँ भीमाद घर भएकी ३८ वर्षीय सुकु विक मृत भेटिएकी हुन्। यो घटना मंगलबार दिउँसोको भएको कास्की प्रहरीले जनाएको छ। सुकुसँगै एक जना युवक मंगलबार दिउँसो ३ बजे उक्त होटल पुगेका थिए। तर, एक घण्टापछि ‘एटीएमबाट पैसा झिक्छु’ भन्दै ती युवक होटलबाट निस्केको होटल सञ्चालकले प्रहरीलाई प्रारम्भिक जानकारी दिएका छन्। युवक फर्केर नआएपछि साँझ सञ्चालक उनीहरू बसेको कोठामा पुगेका थिए। त्यहाँ अचेत देखेपछि प्रहरीलाई खबर प्राप्त भएको र अस्पतालले मृत घोषणा गरेको कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले जानकारी दिए। सुकुलाई चरक मेमोरियल अस्पताल लगिएको…

Read More

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शितल निवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्। बुधबार बिहान राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता भएको हो। भेटवार्तामा राष्ट्रपति पौडेलले भूकम्प प्रभावितका समस्या समाधान गर्न प्रधानमन्त्री दाहाललाई आग्रह गरेका थिए। राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच मुलुकको समसामयिक राजनीतिक घटनाक्रमका विषयमा पनि छलफल भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।

Read More

काठमाडौं : नेपाली बजारमा बुधबार पनि सुनको भाउ बढेको छ। सोमबारदेखि बढ्ने क्रममा रहेको सुनको भाउले बुधबार पनि निरन्तरता पाएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १६ हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १५ हजार नौ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला तीन सय रूपैयाँ बढेको हो। मंगलबार छापावाल सुन प्रतितोला एक लाख १६ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १५ हजार छ सय ५० रूपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, बुधबार चाँदीको मूल्य भने स्थिर रहेको छ।

Read More

कञ्चनपुर : पाँच अर्ब ७५ करोड रुपियाँ लागतमा भारतको सहयोगमा कञ्चनपुरको चाँदनी दोधारामा एकीकृत भन्सार जाँच चौकी (आइसिपी) निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ। भारत सरकारले आइसिपी निर्माणका लागि डिपिआर तयार गरेर पठाएको इन्टरमोडल यातायात विकास समितिले जनाएको छ। आइसिपी निर्माणका लागि भारत सरकारले नै ठेक्का प्रक्रिया अगाडि बढाउने छ। समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले आइसिपी निर्माण भएपछि सुदूरपश्चिमको निर्यात व्यापार प्रवर्धनमा सहयोग हुने उनले जानकारी दिए। सुुदूरपश्चिममा न्यून आयात निर्यात हुने गरेकामा आइसिपी निर्माण भएपछि यस क्षेत्रको व्यापार बढ्न सक्ने अनुमान गरिएको उनले जानकारी दिए। भारतको गुजरात, दिल्ली नजिक पर्ने हुँदा आइसिपी प्रयोग गरेर निर्यात बढाउन…

Read More

काठमाडौं : युद्धरत इजरायल र प्यालेस्टाइनी लडाकु समूह हमास गाजामा बन्दी बनाइएका ५० जनालाई रिहा गर्न सहमत भएका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार यो सहमतिलाई इजरायली सरकारले अनुमोदन गरेको छ। यो अनुमोदनसँगै पहिलो चरणमा महिला तथा बालबालिका मुक्त हुने छन्। आज बिहान इजरायलको मन्त्रिपरिषदले गाजामा अपहरण गरिएका लगभग ५० बन्धकहरूलाई रिहा गर्न सुरक्षित गर्ने सम्झौतालाई अनुमोदन गरेको हो। बाँकी बन्दीहरुका बारेमा केही नखुलाइए पनि पहिलो चरणमा ५० बन्दी रिहा गरेपछि इजरायलले प्रत्येक एक दिन युद्धविराम लम्ब्याउने र हमासले १० जनाका दरले बन्दी छाड्ने सहमति भएको छ। सहमति इसराइलले गजामा भैरहेको हवाई तथा अन्य सैन्य आक्रमण चार दिनलाई स्थगित गर्नेछ। दुई पक्षको…

Read More

धनगढी: कैलालीको धनगढीमा कुहिएको अवस्थामा एक महिलाको शव फेला परेको छ । धनगढी उपमहानगरपालिका– ६ को कार्यालय नजिक मट्यारीमा अन्दाजी ३३ वर्षीया महिलाको शव फेला परेका वडाध्यक्ष भागीराम चौधरीले जानकारी दिए। विद्यार्थीहरुले शौच गर्न झाडीमा गएका बेला शव देखेको उनले बताए। महिलाको शरीरको तल्लो भागमा किरा परेको छ। घटनाबारे अहिले प्रहरीलाई खबर गरिएको छ। घटनास्थलमा प्रहरीको टोली पठाइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक कुलदिप चन्दले जानकारी दिए।

Read More

बैतडीः बैतडीको पुर्चौडी नगरपालिकाले आज (बुधबार) र भोलि स्थानीय बिदा दिएको छ। पुर्चौडी नगरपालिका–१ हाटस्थित प्रसिद्ध त्रिवेणी राताशिला धाममा गिरेगडा कफलखाना जात्रा लाग्ने भएकाले बिदा दिएको नगरपालिकाले सूचनामा जनाएको छ। पुर्चौडी क्षेत्रको मुख्य जात्राको रुपमा रहेको कफलखाना गिरेगडा जात्रामा स्थानीयहरुका साथै अन्यत्रका दर्शनार्थीहरु समेत आउने भएकाले दुई दिन सार्वजनिक बिदा दिइएको नगर प्रमुख दिपकबहादुर बमले बताए। गिरेगडा कफलखाना जात्राको अवसरमा मंसिर ६ र ७ गते अर्थात बुधबार र बिहीबार पुर्चौडी नगरपालिका क्षेत्रभित्रका सबै सरकारी तथा गैरसरकारी निकाय, शिक्षण संस्था लगायतमा स्थानीय बिदा दिएको नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ। हरेक वर्ष हरिबोधनी एकादशीको दिन गिरेगडा कफलखाना जात्रा हुँदै आएको…

Read More

काठमाडौं : जिल्ला प्रशासन कार्यालय काठमाडौंले राष्ट्रपति कार्यालय शीतलनिवास र प्रधानमन्त्री निवास बालुवाटार वरपरका क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। सो क्षेत्रमा यही ५ गतेदेखि ३० दिनसम्म पाँच जनाभन्दा बढी व्यक्ति भेला भएर जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनशन, सभालगायतका आन्दोलन वा विरोधका कार्यक्रम गर्न नपाइने जनाएका छन्। जारी निषेधाज्ञामा शीतलनिवासमा पूर्वतर्फ पवित्र वर्कसपसम्म, पश्चिममा सामाखुशी निस्किने नालासम्म, उत्तरमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको दक्षिण–पूर्वी गेटसम्म र दक्षिणमा प्रहरी अस्पताल जाने मोडसम्म रोक लगाइएको छ। यस्तै बालुवाटारमा पवित्र वर्कसप चोकबाट बालुवाटारतर्फ नेपाल राष्ट्र बैंक चोकसम्म र सभामुख निवासदेखि गैह्रीधारा जाने बाटोको पश्चिम दक्षिण एक सय मिटरसम्म निषेधित क्षेत्र तोकिएको छ। यसअघि स्थानीय प्रशासनले…

Read More