Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको छ। महासङ्घका अनुसार मंगलबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार रुपैयाँ र तेजाबी सुन एक लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार छापावाल सुन प्रतितोला एक लाख १७ हजार ८०० रुपैयाँ र तेजाबी सुन एक लाख १७ हजार २५० रुपैयाँमा कारोबार भएको थियो। यस्तै, चाँदीको मूल्य भने आज तोलामा ५ रुपैयाँले घटेको छ। आज चाँदी तोलाको १४ सय ५०रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

Read More

महेन्द्रनगर : कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा दुई हात्ती थपिँदै छन्। तीन सय पाँच वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको सो निकुञ्जमा पछिल्ला वर्षमा वन्यजन्तुको सुरक्षार्थ गरिने गस्तीका लागि हात्तीको अभाव रहेको थियो। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका अनुसार १० हात्तीको दरबन्दी रहेको शुक्लाफाँटामा हाल आठ हात्ती छन्। निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले चितवनबाट यहाँ दुई हात्ती ल्याउने विषयमा विभागबाट निर्णय भइरहेको बताए। विश्वमै दुर्लभ बाह्रसिङ्गेको प्रमुख वासस्थान रहेको शुक्लाफाँटामा ३६ पाटेबाघ, १७ गैँडालगायत चराचुरुङ्गीका साथै वन्यजन्तुको महत्त्वपूर्ण वासस्थान छ। हाल यहाँ बाघ गणना भइरहेको छ। निकुञ्जभित्र सडक सञ्जालको पहुँच नभएको र तालतलैया भएको संवेदनशील क्षेत्रमा हात्तीको सहारामा निकुञ्ज कर्मचारी एवं निकुञ्ज सुरक्षार्थ खटिएका…

Read More

बागलुङ: धेरै जागिरेहरू अवकाशपछि आराम गर्छन्। तर यहाँका एक शिक्षक ३७ वर्ष शिक्षण पेसामा बिताउँदासमेत थाकेनन्। एकहत्तर वर्षको उमेरमा उत्तिकै जोस जाँगरका साथ उनी सुन्तलाखेतीमा रमाउँदै आएका छन्। शिक्षक पेसाबाट अवकाश रहेका बागलुङ नगरपालिका–८ सिगानाका किसान अनन्तबहादुर खड्काले अवकाशपछिको समय सुन्तला खेतीमा लगाएको १० वर्ष भयो। उनले सुन्तलाखेतीबाटै वार्षिक पाँच लाख रूपैयाँ आम्दानी गर्न सफल भएका छन्। शिक्षक, प्रधानाध्यापक हुँदै स्रोत व्यक्तिबाट अवकाशप्राप्त खड्काले मासिक रु ३५ हजार पेन्सन बुझ्दै आएका छन्। आफू अहिले किसानका रूपमा सक्रिय भएको भन्दै कृषिबाट सन्तुष्ट बनेको खड्काले बताए। उनले आठ रोपनी जग्गामा लगाएको सुन्तला यसपटक चितवनका बजार पुगेको छन्। विगतका वर्षमा धादिङ र पोखराका…

Read More

रामेछाप: रामेछापमा एक शिक्षकले छात्रामाथि यौन दुर्व्यवहार गरेका छन्। लिखुतामाकोशी गाउँपालिका –७ स्थित नवदर्शन माध्यमिक विद्यालयका शिक्षक मानबहादुर सार्कीले कक्षा ९ मा अध्ययनरत छात्रामाथि यौन दुर्व्यवहार गरेको बताइएको छ। यौन दुव्र्यवहार गरेको आरोपमा निजलाई पक्राउ गरिएको छ। जिल्ला प्रहरी कार्यालय, रामेछापका प्रहरी नायव उपरीक्षक होमबहादुर पराजुलीका अनुसार शिक्षक सार्कीले गत मंसिर २७ गते दिउँसोको समयमा विद्यालय बाहिरको एउटा घरमा परीक्षाका लागि तयार पारिएको प्रश्नपत्र देखाउने भन्दै बोलाएका थिए। सोही क्रममा उनले छात्रामाथि यौन दुर्व्यवहार गरेका हुन्। छात्राले शिक्षक सार्कीले आफूमाथि यौन दुर्व्यहार गरेको जनाउँदै उजुरी हालेपछि अभियुक्तलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले बताएको छ।

Read More

डडेल्धुरा: डडेल्धुराको परशुराम नगरपालिकाको बजेटमाथि व्यापक हेरफेर भन्दै उत्पन्न भएको विवाद साम्य हुने भएको छ। माओवादी केन्द्रबाट निर्वाचित उपप्रमुख विमलाकुमारी बोहरासहित नगरसभाका बहुमत सदस्यहरूले ‘विशेष नगरसभा’ बोलाउन नगरप्रमुख भरत बडायर जोशीलाई असोज ४ गते माग गरेका थिए। अन्ततः नगरप्रमुख जोशी नगरसभा बोलाउन सहमत भएका छन्। नगर कार्यपालिकाको आइतबार बसेको बैठकले पुस २४ गते नगरसभा बोलाउने निर्णय गरेको छ। विवादित योजनाहरूबारे छलफल गरी संसोधनका लागि आगामी नगरसभामा पेश गर्ने र आगामी दिनमा नगरपालिकामा कुनै पनि विवाद उत्पन्न भएमा अन्तिम निर्णय लिने अधिकार नगर प्रमुख र उपप्रमुखमा रहने सहमति पनि भएको छ। नगरपालिकाको आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेट बनाउँदा नगर सभामासभाका…

Read More

कैलाली : सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेशन बस्ने सम्बन्धमा कृही तयारी भएको छैन। प्रदेश सभाको आठौँ एवं बर्खे अधिवेशन अन्त्य भएको अढाई महिना हुन लागे पनि अर्को अधिवेशनको तयारी छैन। प्रदेश सभामा सरकारले नयाँ विधेयक पनि दर्ता नगराएको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ। सचिवालयका सूचना अधिकारी युवराज जैसीका अनुसार प्रदेश सभा सञ्चालनका लागि अहिलेसम्म बिजनेस पेस भएको छैन। सरकारबाट हालसम्म नयाँ विधेयक दर्ता हुन नआएको भन्दै उनले बैठक पनि निश्चित भई नसकेको जानकारी दिए। ‘हुन त अहिले नै अधिवेशन सुरु गराइहाल्ने बाध्यता सरकारलाई छैन । किनभने एउटा अधिवेशन सकिएको पाँच महिनासम्म बैठक नबस्दा पनि हुन्छ’ उनले भने। एउटा अधिवेशन…

Read More

धनगढीः कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। कैलारी गाउँपालिका–७ बर्का बसन्ता स्थित हुलाकी सडक खण्डमा बा ८१ प ४२९८ नम्बरको मोटरसाईकल र से ५ प ४७७४ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा सोमबार साँझ दुर्घटना भएको हो। बा ८१ प ४२९८ नम्बरको मोटरसाइकल चालकको कैलारी गाउँपालिका वडा नम्बर-५ का २८ वर्षीय शिशिर चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। घाइते भएका शिशिरको सेती प्रादेशीक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ। दुर्घटनामा घाइते भएका से ५ प ४७७४ नम्बरको मोटरसाईकल चालक भजनी नगरपालिका-५ का २६ वर्षीय बिरबहादुर चौधरी र सोही मोटरसाइकलमा पछाडीसवार २८ वर्षीय राजेश…

Read More

धनगढी: जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी निरीक्षक(इन्स्पेक्टर) उपेन्द्र बमले आफुखुसी मुद्दामा चलखेल गर्ने गरेको पाइएको छ। हालै उनी त्यस्तै एक घटनामा मुछिएका छन्। उनले एक युवकलाई गैर कानुनी रुपमा समातेर थुनामा राखेको खुल्न आएको छ। उनले लेनदेनका विषयमा सहमति भइसकेको मुद्दामा आइतबार धनगढी उपमहानगरपालिका- २ बस्ने प्रेम खत्रीलाई थुनामा राखेको पाइएको छ। प्रेमका दाजु सुरेन्द्र खत्रीले लेनदेनका विषयमा यसअघि सहमति गराइएको भएपनि आइतबार प्रहरीले अनाधकृत रुपमा नियन्त्रणमा लिएको बताएका छन्। खत्री र सुमी बम नाम गरेकी महिला बीच पैसा लेनदेनको घटनामा प्रहरीले प्रेमलाई बेलाबेला समस्या दिइरहेको उनको आरोप छ। उपेन्द्र र सुमीबिच नाता पर्ने भएकाले खत्रीलाई जतिखेर पनि सोधपुछका लागि…

Read More

काठमाडौं- सुदूरपश्चिम प्रदेशले रितु कनौजियाको कप्तानीमा प्रधानमन्त्री कप महिला टी–२० प्रतियोगिता खेल्ने भएको छ। सुदूरपश्चिममा विन्दु रावल उपकप्तान छिन्। यस्तै कविता जैशी, सम्झना खड्का, शोभा रोकाय, अनु खडायत, सावित्रा धामी, लक्ष्मी साउद, मनिषा चौधरी पनि टोलीमा छन्। यस्तै राधिका पुजारा, रेवती धामी, जानकी थापा, रुबी पोदार पनि टिममा छन्। यस संस्करणको महिला प्रधानमन्त्री कप पुस ५ देखि १७ गतेसम्म मूलपानी र त्रिवि क्रिकेट मैदानमा हुनेछ। प्रतियोगितामा ७ प्रदेश र १ विभागीय टिम (एपीएफ) गरि ८ टिमले सहभागिता जनाउने छन्।

Read More

काठमाडौं : नेपाल सेनामा कार्यरत एक मेजरलाई महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा कारबाही गरिएको छ। श्री नम्बर २ सैन्य तालिम केन्द्रमा कार्यरत मेजरसूर्यबहादुर क्षेत्रीको दुई वर्षसम्मका लागि बढुवा रोक्का गरिएको हो। गलत मनशायले महिला कर्मचारीलाई फोन तथा सामाजिक सञ्जालमा म्यासेज पठाउने आरोप उनीमाथि लागेको थियो। साथै उनले तालिम गरिरहेकी कर्मचारीलाई कोठा सफा गर्ने बहानामा निषेधित इलाका (पुरुष अधिकृतको कोठा) मा प्रवेश गर्न लगाएर दुव्र्यवहार गर्न खोजेका थिए । ‘अनुशासन तथा आचरणसम्बन्धी कसूर’ अन्तर्गत उनलाई सजायँ सुनाइएको हो। उक्त हर्कतविरुद्ध उजुरी परेपछि मध्य पश्चिम पृतना हेडक्वार्टरका सहायक रथी कृष्णबहादुर जिसीको अध्यक्षतामा समरी जनरल सैनिक अदालत गठन गरिएको थियो। उनले सैनिक…

Read More