Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : नेपाल प्रहरीको साइबर ब्युरोले भिपिएन र डिएनएसको प्रयोग असुरक्षित र अवैध रहेको भन्दै सचेत गराएको छ। यस्ता माध्यमबाट प्रतिबन्धित सामाजिक सञ्जाल टिकटकको प्रयोग भइरहेको भन्दै ब्युरोले व्यक्तिगत तथा बैंकिङ विवरण चोरी हुन सक्ने जनाएको छ। ‘भिपिएन र डिएनएस प्रयोगले गर्दा प्रयोगकर्ताको डिभाइसमा रहेका महत्वपूर्ण डाटा, व्यक्तिगत विवरण, बैंकिङ विवरणहरूको समेत पहुँच पुर्‍याई चोरी भई आर्थिक दुरुपयोगका घटना साइबर सुरक्षाका दृष्टिकोणले समेत बढिरहेको पाइएको छ,’ ब्युरोले मंगलबार जारी गरेको सूचनामा भनिएको छ।

Read More

मकवानपुर : मकवानपुरको मनहरी गाउँपालिकामा सौतेनी छोराको कुटपिटबाट एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी गाउँपालिका-५ डिल्लीपुर बस्ने डिलबहादुर चेपाङकी कान्छी श्रीमती ५० वर्षीय सन्तमाया चेपाङ रहेको मकवानपुरका प्रहरी नायब निरीक्षक एवं प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए । मकवानपुर प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक भण्डारीका अनुसार सन्तमायालाई कात्तिक २७ गते डिलबहादुरकी जेठी श्रीमतीका २६ वर्षीय छोरा इन्द्रबहादुर चेपाङले कुटपिट गरी घाइते बनाएका थिए । घाइते सन्तमायाको चितवनस्थित सरकारी अस्पताल भरतपुरमा उपचारको क्रममा आज मृत्यु भएको प्रवक्ता भण्डारीले जानकारी दिए । कुटपिटमा संलग्न इन्द्रबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको र घटनाका बारेमा अनुसन्धान भइरहेको प्रवक्ता भण्डारीले बताए ।

Read More

काठमाडौं : पूर्वएआईजी रणबहादुर चन्दले आफू ‘हनी ट्र्यापिङ’ मा परेको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत उनले केहीबेरमा हनी ट्र्यापरको नाम पनि सार्वजनिक गर्ने उल्लेख गरेका छन्। सोमबार बिहान सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘मेरो जीवनमा धोका दिने एक जना, नाम सार्वजनिक गर्दै छु।’ त्यसपछि दिउँसो २:१३ मा अर्को स्टाटस लेख्दै चन्दले लेखेका छन्, ‘त्यो हनी ट्र्यापर हो। एक घण्टामा नाम सार्वजनिक गर्दै छु।’ केही दिनअघि उनले आफूलाई सामाजिक अभियन्ता बताउने तारा बरालसँग विवाह गर्ने सहमति गरेका थिए। सामाजिक सञ्जालमा उक्त सहमति कागज भाइरल बनेपछि उनले आफूले नशाको तालमा उक्त सहमतिमा हस्ताक्षर गरेको बताएका थिए। त्यससँगै बरालले पनि चन्दले दुई जनाबीच…

Read More

काठमाडौं : नेपाल प्रहरीका एसपी भीमबहादुर दाहाल ११ दिनदेखि थुनामा छन्। प्रदेश प्रहरी कार्यालय धरानमा कार्यरत दाहाललाई सवारी ज्यान मुद्दामा जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ गरेको हो। दाहालको गाडीको ठक्करबाट एक जनाको मृत्यु भएपछि २४ कात्तिकमा दाहाल पक्राउ परेका थिए। २४ कात्तिकको राति करिब ९ बजे दाहालले चलाएको मे १ च ७८३९ नम्बरको गाडी र मे १० प १६६९ नम्बरको मोटरसाइकल पूर्वपश्चिम राजमार्गको कन्काई नगरपालिका–८ बिरिङ पुलमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार कमल गाउँपालिका– ६ का १८ वर्षीय अनिल मडीको मृत्यु भएको थियो। घटनापछि पक्राउ परेका प्रहरी उपरीक्षक दाहाललाई म्याद थप गरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद…

Read More

काठमाडौँ : पुरानो राष्ट्रिय गान बजाएको भन्दै दुर्गा प्रसाईँविरुद्ध धनुषा प्रहरीमा जाहेरी पुगेको छ । कात्तिक अन्तिम साता जनकपुरमा ‘हिन्दु सम्राट् सेना धनुषा’ले गरेको कार्यक्रममा ‘श्रीमान् गम्भीर नेपाली’ नामको गान बजाइएको थियो । सो कार्यक्रममा प्रसाईँ अतिथि थिए । उनकै निर्देशनअनुसार उक्त गान बजाइएको थियो । प्रसाईँले राष्ट्रिय गानको अपमान गरेर अपराध गरेको भन्दै प्रसाईँविरुद्ध युवा सङ्घ नेपाल धनुषका अध्यक्ष ३० वर्षीया रोषनकुमार यादवले जाहेरी दिएको धनुषा प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जाहेरी अध्ययनका क्रममा रहेको छ । जाहेरीमा संविधान तथा कानुन प्रतिकुल हुने काम गर्न छुट नदिएको भन्दै प्रसाईँलाई हदैसम्म कैद तथा जरिवाना गर्न माग गरिएको प्रहरीले जनाएको…

Read More

काठमाडौँ : सरकारले टिकटकमाथि प्रतिवन्ध गरेको विषयमा परेको मुद्दामा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । सर्वोच्चका न्यायाधीश विनोद शर्माको एकल इजलासले मंगलबार कारण देखाउ आदेश जारी गरेको हो। रिट निवेदकको माग बमोजिम किन अन्तरिम आदेश दिनु नपर्ने हो, त्यसको कारण पेश गर्न सरकारको नाममा आदेश दिएको छ। गत कात्तिक १७ गतेको मन्त्रिपरिषद्को बैठकले नेपालमा टिकटक प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। त्यसका विरुद्ध १४ जना कानून व्यवसायी सर्वोच्च पुगेका थिए। उनीहरूले टिकटकमा लगाएको प्रतिबन्ध हटाउन माग गरेका थिए। त्यसका लागि सरकारका नाममा अन्तरिम आदेश दिनुपर्ने जिकिर गरेका थिए। तर, रिट निवेदकको माग बमोजिम सर्वोच्चले अन्तरिम आदेश भने दिएको…

Read More

काठमाडौँ : सर्वोच्च अदालतको रिक्त न्यायाधीशका लागि छ जनाको नाम सिफारिस भएको छ । न्याय परिषद्को बैठकले मंगलबार सिफारिसमा गरेकाहरूमा सारङ्गा सुवेदी,अब्दुल अजिज मुसलमान, महेश शर्मा पौड्याल, टेकप्रसाद ढुङ्गाना,सुनिल पोखरेल र बालकृष्ण ढकाल छन् । सिफारिसमा परेकाहरू मध्ये ४ जना उच्च अदालतका न्यायाधीशहरू हुन् भने बालकृष्ण ढकाल र सुनिल पोखरेल वकिल पृष्ठभूमिका हुन् । पोखरेल नेपाल बारका पूर्व महासचिव हुन् । उनी काँग्रेसनिकट हुन् । ढकाल एमाले निकट कानुन व्यवसायी हुन् । सर्वोच्च अदालतमा ७ न्यायाधीशको पद खाली थियो । सिफारिस भएका ६ जनाको संसदीय अनुमोदन भएपछि नियुक्ति हुनेछ । सर्वोच्चमा २१ जना न्यायाधीश हुन्छन् ।

Read More

काठमाडौं : नेपाल प्रहरी अस्पतालले नर्स माग गरेको छ। आज सूचना प्रकाशित गर्दै अस्पतालले २० जना स्टाफ नर्सका लागि दरखास्त आह्वान गरेको हो। अस्पतालको आन्तरिक कल्याण कोषबाट प्रहरी नायब निरीक्षक वा सो सरहको पारिश्रमिक दिने गरी २० जना स्टाफ नर्स ६ महिनाको लागि चाहिएको जनाइएको छ। योग्यता पुगेका इच्छुकले यही मंसिर १२ गतेभित्र आवेदन दिनुपर्नेछ । दरखास्त फाराम दर्ता गर्ने अन्तिम मितिसम्म १८ वर्ष पूरा भई ३० वर्ष ननाघेको हुनुपर्ने बताइएको छ। त्यस्तै, त्रिवि वा मान्यता प्राप्त शिक्षण संस्थाबाट नर्सिङ विषयमा प्रविणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरी मान्यता प्राप्त अस्पतालमा कम्तीमा एक वर्ष काम गरेको अनुभवको प्रमाणपत्र पनि…

Read More

काठमाडौं : नेपालमा अब दर्ता नभएका सामाजिक सञ्जाल सञ्चालनमा रोक लगाइने भएको छ। सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्न सरकारले निर्देशिका जारी गर्दै सञ्जाल सञ्चालन गर्ने व्यक्ति, कम्पनी वा संस्थाले अनिवार्यरुपमा दर्ता हुनुपर्ने व्यवस्था गरेको हो। ’सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्नेसम्बन्धी निर्देशिका, २०८०’ अनुसार सामाजिक सञ्जाल सञ्चालन गर्ने कुनै पनि कम्पनी वा संस्था सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकृत हुनुपर्नेछ। निर्देशिका प्रारम्भ हुनुअघि सञ्चालनमा रहेका प्लेटफर्मका हकमा भने निर्देशिका प्रारम्भ भएको मितिले तीन महिनाभित्र मन्त्रालयमा निवेदन दिएर सूचीकृत हुनसक्ने व्यवस्था गरिएको छ। त्यसअघि मन्त्रालयले दर्ताका लागि सूचनामार्फत् आह्वान गर्नेछ। दर्ता हुन चाहने व्यक्ति, संस्था वा कम्पनीले आफ्ना प्रतिनिधिलाई मन्त्रालयमा पठाएर वा…

Read More

धनगढी : कञ्चनपुरमा व्यापारीलाई ज्यान मार्ने धम्की दिने दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा दार्चुलाको लेकम गाउँपालिका-१ घर भइ हाल कञ्चनपुरको भीमदत्त नगरपालिका-३ बस्ने नरेश साँउद र बैतडीको दोगडाकेदार गाउँपालिका-७ घर भइ हाल कञ्चनपुरको भीमदत्त नगरपालिका-४ बसपार्क पछाडी डेरा गरी बस्ने चन्द्रदेब जोशी रहेका छन्। साउँद र जोशीले बेदकोट नगरपालिका- ७ लालपुरमा विगत केही समयदेखि सर्वसाधारण तथा व्यापारीलाई रकम माग गरी डर त्रास देखाइ फोन तथा म्यासेबाट ज्यान मार्ने सम्मको धम्की दिने गरेको कञ्चनपुर प्रहरीले जनाएको छ। दुबै जनालाई जिल्ला अदालत कञ्चनपुरबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ।

Read More