Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : कुवेतका लागि नेपालका राजदूत घनश्याम लम्सालले त्यहाँका युवराजधिराज सेख मेसल अल अहमद अलजबेर अलसवाहसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्। बायान राजप्रासदमा आयोजित विशेष समारोहमा उनले आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका कुवेतस्थित नेपाली दूतावासले जनाएको छ। ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्दै राजदूत लम्सालले राष्ट्रपति रामचन्द्र पौडेल तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट कुवेतका युवराजको सुख, शान्ति एवं सुस्वास्थ्यका साथै कुवेती जनताको निरन्तर प्रगतिको कामना गरे। राजदूत लम्साललाई स्वागत गर्दै कुवेतका राजकुमारले कुवेत अधिराज्यको आर्थिक विकासमा एक लाखभन्दा बढी नेपालीले गरेको योगदानको सराहना गर्दै राजदूत लम्सालको सफल कार्यकालका निम्ति हरसम्भव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। कुवेती फण्डमार्फत नेपालमा लगानी बढाउने आश्वासन…

Read More

काठमाडौँ : सर्वोच्च अदालतले टीकापुर हत्याकाण्डका थप कैदीको सजाय मिनाहा दिने राष्ट्रपतिको निर्णयविरुद्धको निवेदनमा राष्ट्रपति कार्यालयसहित सरकारको नाममा कारण देखाऊ आदेश जारी गरेको छ। बिहीबार न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको एकल इजलासले कारण देखाऊ आदेश दिएको हो । शारदा कडायत, मन्धरादेवी विष्टलगायतले गत कात्तिक २१ गते उक्त निवेदन दिएका थिए । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसको अवसर पारी कैद मिनाहा गरिदिएपछि हरिनारायण चौधरी, वीरबहादुर चौधरी, प्रदीप चौधरीलगायत गत असोज ३ गते रिहा भएका थिए। २०७२ भदौमा कैलालीको टीकापुरमा ८ सुरक्षाकर्मी र एक दूधे बालकको ज्यान जाने गरी भएको उक्त हत्याकाण्डमा जन्मकैद सजाय सुनाइएका रेशम चौधरी गणतन्त्र दिवसको अवसरमा सजाय मिनाहा…

Read More

धनगढी: अनलाइनबाट ठगी गर्ने गिरोहलाई पक्राउ गरेर सुदूरपश्चिम प्रदेश प्रहरीले आज सार्वजनिक गरेको छ । अपराधमा संलग्न नेपाल–भारतका नौ जनालाई प्रहरीले हिजो साँझ धनगढी उपमहानगरपालिका–५ तारानगरबाट पक्राउ गरेको थियो । पक्राउ पर्नेमा कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ का ३० वर्षीय विशाल सुनार, वर्ष २८ का कमल सुनार, वर्ष २२ का जयराम सुनार, भारतको दिल्ली पालङ्गा बस्ने वर्ष ३२ का अमित कुमार रहेका छन् । यस्तै, दिल्लीको उत्तमनगर बस्ने वर्ष २६ का कुनाल शर्मा, दिल्लीको करोलबाग बस्ने निखिल कुमार, दिल्ली बस्ने प्रियंसु टापु, डोटीको शिखर नगरपालिका–१० का २१ वर्षीय प्रशान्त बलायर र कञ्चनपुरको पुनर्वास नगरपालिका –६ का २९ वर्षीय मीनबहादुर सुनार पनि पक्राउ…

Read More

डडेल्धुरा : डडेल्धुराको एलिसा हार्डवेयर एण्ड सप्लायर्स सम्मानित भएको छ। राष्ट्रिय कर दिवसको अवसरमा जिल्लामै सबैभन्दा बढी आयकर तिर्ने करदाता भएको भन्दै एलिसा हार्डवेयरलाई सम्मानित गरिएको हो। डडेल्धुरा कार्यक्षेत्र अन्तर्गत दर्ता रहेका करदाताहरुमध्ये आर्थिक वर्ष २०७८/०७९ मा एलिसाले सबैभन्दा बढी कर दाखिला गरेको थियो। हार्डवेयरका सञ्चालक मनोजकुमार पाण्डेयलाई प्रमाणपत्रसहित सम्मानित गरिएको आन्तरिक राजस्व कार्यालयले जनाएको छ।

Read More

काठमाडौं : भक्तपुरमा उधोगतर्फ धेरै कर बुझाउने सान्दर्भिक निर्माण सेवा प्रालि पुरस्कृत भएको छ। कर दिवसका अवसरमा भक्तपुरको सूर्यविनायक–८ मा सञ्चालित उक्त उद्योग भक्तपुर कार्यक्षेत्र रही उद्योग क्षेत्रबाट सबैभन्दा आयकर दाखिला गरेबापत आन्तरिक राजस्व कार्यालय भक्तपुरबाट पुरस्कृत भएको हो। कम्पनीले आर्थिक वर्ष २०७९/८० मा ६७ करोड ३१ लाख ८३ हजार ७ सय १८ रुपैयाँको कारोबार गरेको छ। ७ करोड २७ लाख ३६ हजार ५ सय १५ कर योग्य आय गरेको कम्पनीले १ करोड ४८ लाख ३३ हजार ६ सय ५ रुपैयाँ कर दाखिला गरेको थियो। कम्पनीका सञ्चालक नविन बस्नेतलाई प्रमाणपत्रसहित सम्मानित गरिएको आन्तरिक राजस्व कार्यालय भक्तपुरका प्रमुख दिलीप कुमार गौतमले…

Read More

धनगढी : काठमाडौंको बल्खुमा प्रदर्शनरत दुर्गा प्रसाईंको समूह र प्रहरीबीच झडप भएको छ। बल्खु चक्रपथमा प्रदर्शन गरिरहेकाहरु प्रहरी घेरा तोडेर कालीमाटीतर्फ जान खोजेपछि प्रहरीले बल प्रयोग गरेर अश्रुग्यास र पानीको फोहोरा हानेको छ। झडपमा बैतडीका तीनसहित १० जना प्रदर्शनकारी घाइते भएका छन्। उनीहरूको बल्खुस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ। झडपमा परी घाइते हुनेमा बैतडी घर भएका चट्टान थापा, कमल शाही र लोकराज जोशी रहेको प्रहरीले जनाएको छ। त्यस्तै धादिङका शम्भु थापा, प्रकाश थापा, प्रभु शर्मा, विश्व हमाल, उर्मिला तामाङ, विक्रम क्षत्री र भरतप्रसाद पाठक घाइते भएका छन्। पाठकलाई सबैभन्दा बढी चोट लागेको छ। झडपका क्रममा एक जना प्रहरी पनि घाइते…

Read More

काठमाडौं : काठमाडौँको बल्खुमा प्रहरी र दुर्गा प्रसाईंको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउँ महाअभियान’का प्रदर्शनकारीबिच झडप भएको छ। झडपपछि प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार गरेको छ। प्रसाईंलाई प्रदर्शन गर्नका लागि बल्खु तोकिए पनि उनीहरू कालिमाटीतर्फ लाग्न खोजेपछि प्रहरीले उनीहरूलाई रोकेको थियो। प्रहरीले रोकेपछि त्यहाँ झडप सुरु भएको थियो। प्रहरीले आन्दोलनकारीमाथि पानीको फोहरा समेत प्रहार गरेको छ। प्रदर्शनकारीलाई प्रहरीले बल्खुमा नै रोकेको छ कालिमाटीतर्फ अघि बढेको आन्दोलनकारीको गाडीको साँचो पनि प्रहरीले खोसेको छ। यता प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा प्रहार गरिरहेका छन्।

Read More

धनगढी : गरिमा विकास बैंकको १७औं वार्षिक उत्सवको अवसरमा बिरामीलाई फलफूल वितरण गरिएको छ। बिहीबार धनगढीको सेती प्रादेशिक अस्पतालमा बिरामीहरुलाई फलफुल वितरण गरिएको ब्रान्च म्यानेजर हर्कबहादुर धामीले बताए। बैंकले देशैभर सामाजिक कार्य गर्दै बार्षिक उत्स्व मनाएको छ। सोही क्रममा धनगढी शाखाले पनि सेती अस्पतालमा फलफूल वितरण गरेको हो।

Read More

कञ्चनपुरः कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ शान्तिपुर बस्ने ६५ वर्षीया नारुदेवी जोशीको हत्यामा संलग्न व्यक्तिको पहिचान खुलेको छ। घर नजिकै रहेको जंगलमा घाँस काट्न गएकी जोशीकोे १९ कार्तिकमा हत्या भएको थियो। हत्यामा सोही ठाउँका महेश डगौरा संलग्न रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी कमल थापाले जानकारी दिए। विभिन्न कोणबाट अनुसन्धान गर्दै जाँदा डगौराले नै जोशीको हत्या गरेको स्वीकार गरेको एसपी थापाले बताए। लागुऔषधका प्रयोगकर्ता समेत रहेका डगौरा अपराधिक क्रियाकलापमा संलग्न थिए। उनले १४ कार्तिकमा झलारीका महेश भट्टको साइकल समेत चोरेका थिए। उनी भारतीय नागरिकलाई लुटपाट गर्ने कार्यमा संलग्न थिए। एसपी थापाका अनुसार जोशी एक्लै घाँस काट्न जंगल जाने क्रममा उनले पिछा…

Read More

डडेल्धुरा : डडेल्धुराको अजयमेरु गाउँपालिकाले एमबीबीएस अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ। गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत कार्यक्रमअन्तर्गत एमबीबीएस अध्ययन गर्ने एकजना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न लागेका हो। गाउँपालिकाले बिहीबार एक सूचना जारी गर्दै छात्रवृत्तिका लागि १५ दिनभित्र आवेदन दिन आग्रह गरेको छ। चिकित्सा शिक्षा आयोगबाट सञ्चालित एमबीबीएस प्रवेश परीक्षा उत्तिर्ण भई एमबीबीएस अध्ययनरत अजयमेरु गाउँपालिकाका स्थायी बासिन्दालाई छात्रवृत्ति प्रदान गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जितेन्द्र ओझाद्धारा हस्ताक्षरित सूचनामा भनिएको छ।

Read More