Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ: मधेश प्रदेश सरकारले प्रहरी समायोजन गर्न ३० दिनको अल्टिमेटम दिएको छ । यसबारे प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वमा दलहरूको टोली काठमाडौँ आउँदै छ । त्यसको अघिल्लो दिन बुधबार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री यादवले संविधान बनेको ८ वर्ष र प्रदेश सरकार बनेको ६ वर्ष भइसक्दा पनि अधिकार नपाएको बताए । प्रहरी प्रशासन प्रदेशको एकल अधिकार सूचीमा भएपनि अहिलेसम्म प्रदेशको मातहतमा नआएको भन्दै उनले भने, निजामती ऐन लगायतका धेरै विषय छन्, जुन प्रदेशलाई हस्तान्तरण गरिएको छैन । यसले प्रदेश सरकारलाई काम गर्न धेरै अप्ठ्यारो भएको छ ।’ यसबारे पटक–पटक प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउँदा पनि सम्बोधन नभएको उनले बताए ।…

Read More

धनगढी : पोखरा विश्व बिद्यालयद्वारा सम्बंन्धन प्राप्त धनगढीको नेपाल वस्र्टन एकेडेमी (एनडब्लुए) ले उत्कृट होटल म्यानेजमेन्ट कलेज २०२३ बाट सम्मानित हुदै अवार्ड पाएको छ। जापानको राजधानी टोकियोमा आयोजना गरिएको एक कार्यक्रममा ‘कलेज रिडर्स’ नामक संस्थाले एनडब्लुए कलेजका अध्यक्ष शैलेशकुमार सिंहले अवार्ड पाएका हुन्। अवार्ड ग्रहण गर्दे कलेजका अध्यक्ष सिहंले हजारौँ कलेजहरुका विच अन्र्तंराष्ट्रिय स्तरमा आयोजित कार्यक्रममा संस्थाले सम्मान गर्दा अन्त्यन्तै हर्षित भएको प्रतिक्रिया दिए। अध्यक्ष सिंहले सर्वोत्कृट होटेल म्यानेजमेन्ट कलेज अफ दि ईयर २०२३ उपाधिले अगामी दिनहरुमा गुणस्तरीय शिक्षा दिनका लागि थप जिम्मेवारी बढेको बताए। अवार्ड प्राप्तिको श्रेय कलेजका कार्यरत कर्मचारी, प्राध्यापक र बिद्यार्थीहरुलाई जाने भन्दै उंनले सबै बधाईको पात्र…

Read More

धनगढी : छैठौं फारवेष्ट पशुपति कप फुटबल प्रतियोगिता आगामी मंसिर २२ गतेदेखि आयोजना हुने भएको छ। बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक फारवेष्ट पशुपति युवा क्लबले प्रतियोगिता मंसीर २२ गतेदेखि आयोजना गर्ने जानकारी दिएको हो। पाचौं संस्करणको आयोजनापछि तीन बर्ष रोकिएको प्रतियोगिताको छैठौं संस्करण मंसिर २२ गतेदेखि २९ गतेसम्म धनगढी रङ्गशालामा हुने भएको हो। प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले २ लाख पाउने छन्। प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २५ हजार तथा विभिन्न विधाका उत्कृष्टले १५–१५ हजार रुपैयाँ पुरस्कार पाउने आयोजक फारवेष्ट पशुपति युवा क्लबका अध्यक्ष खेम रावतले बताए। प्रत्येक खेलको म्यान अफ द म्याचले पाँच हजार नगद पाउने छन्। सबै धनराशी…

Read More

बझाङ : बझाङमा भीरबाट लडेर एक जना युवतीको मृत्यु भएको छ । बित्थडचिर गाउँपालिका- ६ का पार्वती स्याँडाको आज दिउँसो खर काट्ने क्रममा भीरबाट लडेर मृत्यु भएको हो। उनको आज दिउँसो करिब २ बजेतिर घर नजिकैको काचडा भन्ने भीरमा खर काट्ने क्रममा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ। उनका एक छोरा छन्। योसँगै गत श्रावणदेखि कात्तिक दोस्रो सातासम्म बझाङमा रुख र भिरबाट लडेर चार पुरुष र तीन महिला गरि ७ जनाको मृत्यु भएको छ।

Read More

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्पपीडितको सहयोगका लागि एक महिनाको तलब दिने भएका छन्। भूकम्पपीडितका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा एक महिनाको तलब उपलब्ध गराउने राष्ट्रपतिले बताएको उनको सचिवालयले जानकारी दिएको छ। जाजरकोट केन्द्र भई गत शुक्रबार गएको भूकम्पले जनधनको क्षति भएको थियो। राष्ट्रपति पौडेल मंगलबार भूकम्प प्रभावित क्षेत्र पुगेर फर्किएका थिए।

Read More

पाल्पा: पाल्पामा टिप्परले किचेर एक युवतीको घटनास्थलमै मृत्यु भएको छ। अन्य ३ जना घाइते भएका छन्। मृत्यु हुनेमा पूर्वखोला गाउँपालिका –२ जल्पा बस्ने १९ वर्षीया दिलकुमारी आले रहेकी जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। प्रहरीका अनुसार बुधवार बिहान निस्दी गाउँपालिका –७ स्थित ज्यामिरे–अरुणखोला भित्री कच्ची सडकमा चुनढुङ्गा बोकेर नवलपुरतर्फ जाँदै गरेको लु २ ख ५२९ नम्बरको टिप्पर ब्रेकमा समस्या आउँदा भित्तामा ठोक्किन पुगेको थियो। ब्रेक फेल भएपछि टिप्परबाट हामफाल्ने क्रममा टायरले किचेर आलेको मृत्यु भएको प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए। उनका अनुसार टिप्परबाट हामफाल्दा अन्य ३ जना घाइते भएका छन्। घाइते हुनेमा निस्दी गाउँपालिका ७ की २५ वर्षीया…

Read More

कञ्चनपुर : तिहारका बेला प्लाष्टिकबाट बनेका माला बिक्री वितरणमा कञ्चनपुरको कृष्णपुर नगरपालिकाले प्रतिबन्ध लगाएको छ। वातावरणीय प्रदूषण कम गर्ने उद्देश्यले नगरपालिकाले प्लाष्टिकबाट बनेका माला बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको हो। प्लाष्टिकबाट बनेका माला नगरपालिका क्षेत्रभित्र बिक्री वितरण गर्न नपाउने गरी निर्णय गरिएको नगर प्रमुख हेमराज ओझाले बताए। अटेर गरेर प्लाष्टिकबाट बनेका माला बिक्री वितरण गरेको पाइए प्रचलित कानुन अनुसार हदैसम्मको कारवाही गर्नाका साथै बिक्रीका लागि ल्याइएका माला जफत गरिने उनको भनाइ थियो। उनका अनुसार नगरपालिका क्षेत्रमा तीन किसानलाई अनुदान रकम उपलव्ध गराई व्यवसायिक खेतीमा संलग्न गराइएको छ। अन्य किसानलाई पनि व्यवसायिक फूल खेती गर्नका लागि अनुदान दिने तयारीमा रहेको…

Read More

काठमाडौं : १९ वर्ष मुनिको पुरुष एसिया कप क्रिकेटमा नेपालले समूह चरणमा भारत र पाकिस्तानको सामना गर्ने भएको छ। एसियन क्रिकेट परिषद्‌ (एसीसी)ले सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपाल भारत र पाकिस्तान रहेको समूह ‘ए’मा परेको छ। समूह ‘ए’मा नेपाल, भारत, पाकिस्तान र आफगानिस्तान छन्। यस्तै, समूह ‘बी’मा बंगलादेश, श्रीलंका, यूएई र जापान छन्। एसिया कपको आगामी ८ डिसेम्बरदेखि संयुक्त अरब ईमिरेट्स (यूएई)मा हुँदैछ। नेपालले पहिलो खेल ८ डिसेम्बरमा नै पाकिस्तानसँग खेल्नेछ। दोस्रो खेलमा नेपालले अफगानिस्तानसँग १० डिसेम्बरमा खेल्ने छ। तेस्रो तथा समूह चरणको अन्तिम खेल १२ डिसेम्बरमा नेपालले भारतसँग खेल्नेछ। प्रत्येक समूहबाट शीर्ष दुई टीम सेमिफाइनलमा प्रवेश गर्ने छन्। दुवै…

Read More

काठमाडौं : रौतहटमा बम विस्फोट गरी सामूहिक नरसंहार मच्चाएको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमको मुद्दामा अन्तिम सुनुवाइ सुरु भएको छ। रौतहट जिल्ला अदालतले आलमको मुद्दामा फैसला केन्द्रित सुनुवाइ सुरु गरेको हो। जिल्ला न्यायाधीश बाबुकाजी बानियाको इजलासमा इजलास चलिरहेको छ। आइतबारदेखि आलमको मुद्दामा अन्तिम बहस सुरु भएको हो। जिल्ला अदालत रौतहटका स्रेस्तेदार उद्धव ढोडारीले केही दिनदेखि उक्त मुद्दामा बहस चलिरहेको र सबैको बहस सकिएपछि यही हप्ताभित्र फैसला सुनाउने तयारी रहेको बताए। २०६४ सालको संविधान सभा निर्वाचनको पूर्वसन्ध्यामा रौतहटको राजापुरमा बम विस्फोट भएको थियो। उक्त घटनामा प्रहरीले २०७६ सालमा पुनः अनुसन्धान गरेपछि आलमविरुद्ध अदालतमा मुद्दा पुगेको…

Read More

जाजरकोट : गत शुक्रबार राति भूकम्प जाँदा निन्द्रामा रहेकी नलगाड नगरपालिका–३ का रमिता थापा हतारहतार २ छोरा, छोरी च्यापेर घरबाहिर निस्किइन्। घर भित्रबाट बाहिर निस्किने क्रममा खुट्टामा चोट लागेर सामान्य घाइते पनि भइन्। उनी अहिले सदरमुकाम खलङ्गाको नयाँ बस्तीस्थित सडकको किनारमा रात बिताउँदै आएकी छन्। उनलाई अहिले जुन समयमा पनि भूकम्प गइरहेको र शरीर हल्लाइरहेको जस्तो महसुस हुन्छ। खुल्ला सडकभन्दा माथि त्रासले जान नसकेकी थापाका १४ वर्षीया छोरीसमेत राति सुतिरहेको समयमा ‘हल्लायो हल्लायो’ भन्दै समय समयमा बर्बराउँछन्। भूकम्पले मानसिक त्रासमा रहेका अधिकांश सदरमुकामबासी अहिले सडकको छेउछाउमा रातदिन कटाइरहेका छन्। सदरमुकामदेखि बाहिर घर भएर सदरमुकाममा भाडामा बस्दै आएका सर्वसाधारण भाडाकै घर…

Read More