Author: महेन्द्रनगर पोष्ट

डडेल्धुरा : डडेल्धुराका एक सरकारी कार्यालयका हाकिमले डडेल्धुरामा काम गर्न नसक्ने भन्दै सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालयमा निवेदन दिएका छन्। डिभिजन वन कार्यालय डडेल्धुराका डिभिजनल वन अधिकृत शम्भुप्रसाद तिवारीले डडेल्धुरामा काम गर्न नसक्ने भन्दै सरुवा गरिदिन मुख्यमन्त्री कार्यालयमा निवेदन दिएका हुन्। मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार डीएफओ तिवारीले केही दिन अघि मात्रै मन्त्रालयमा निवेदन दिएका हुन्। उनी अहिले काठमाडौंमा छन्। विकासे बजेटमा अत्यधिक कमिसन माग गरेपछि उनले कर्मचारीलाई कार्यक्रम र बजेट बाँडफाँड गर्न नसकेको वन कार्यालय स्रोतको भनाइ छ। स्रोतका अनुसार उनले व्यक्तिगत स्वार्थ पूर्ति नभएपछि घाटगद्दिमा रहेको काठलाई दुईपटक छुट पुर्जी दिएका छन्। जुन गलत हो। ‘परशुराम नगरपालिका-६ स्थित सिद्धनाथ मावि …

Read More

धनगढी : कैलालीमा घरको छतबाट खसेर राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान सहायक(असई) गम्भीर घाइते भएका छन् । धनगढी उपमहानगरपालिका–२ सन्तोशी टोल बस्ने अनुसन्धान सहायक रबिन्द्र(रमेश) भट्ट मंगलबार बिहान आफ्नै घरको छतबाट खसेर घाइते भएका हुन्। घरको छतबाट लडेर घाइते भएका भट्टको धनगढीस्थित निसर्ग हस्पिटलमा उपचार भइरहको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोश बस्यालले जानकारी दिए। बेहोस अवस्थामा उद्दार गरिएका भट्टको घाँटीको पछाडीको हड्डी भाँचिएको छ। उनको उपचार जारी छ। भट्ट राष्ट्रिय अनुसन्धान विभागको महेन्द्रनरमा अनुसन्धान सहायकका रुपमा कार्यरत थिए।

Read More

बारा : बाराको सिम्रौनगढ नगरपालिकामा गोली चल्दा एक जनाको मृत्यु भएको छ। नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमाथि जाइलागेका आन्दोलनकारीले उनी सवार गाडीमा ढुंगामुढा गरेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन सुरुमा अश्रु ग्यास प्रहार गरेको थियो। स्थिति अझै तनावग्रस्त बनेपछि प्रहरीले हवाई फायर गर्दा एक जना गम्भीर घाइते भएका थिए। जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी सुरेश काफ्लेका अनुसार गम्भीर घाइतेलाई उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पताल लगिएकोमा उनलाई चिकित्सकले मृत घोषणा गरेका छन्। मृतको परिचय खुलि नसकेको जानकारी काफ्लेले दिए।

Read More

चितवन : आफ्नै बुवा ४१ वर्षीय रामशरण चेपाङको हत्या गरेको अभियोगमा ईच्छाकामना गाउँपालिका–३ चुम्लिङटार बस्ने २१ वर्षीय सुनिल चेपाङलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ। सुनिलले सामान्य वादविवाद हुँदा ढुङगाले प्रहार गर्दा गम्भीर घाइते भएका रामशरणको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। इलाका प्रहरी कार्यालय मुग्लिङ र अस्थायी प्रहरी पोस्ट फिस्लिङबाट खटिएको प्रहरीले सुनिललाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

Read More

धनगढी: बैतडीमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ। जिल्लाको सिगास गाउँपालिका–६ बागडा भिरबाट लडेर सोही ठाँउका ४८ वर्षीय दिपेन्द्र साउदको मंगलबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ । उनी बत्थीबाट बाख्रा खरिद गरि ल्याउने क्रममा भिरबाट करीब अन्दाजी ६०÷७० मिटर तल खसेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

धनगढी: सुदूरपश्चिम प्रदेशस्थित सीमानाकामा रहेका सशस्त्र र प्रदान गरिने सेवालाई प्रविधिमैत्री बनाउने तयारी थालिएको छ। विशेषगरी बढी आवतजावत हुने नाकाहरुमा सशस्त्रलाई प्रविधिमैत्री बनाउन थालिएको हो। जसमा आज (बुधबार) मात्रै सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्ट, मन्त्रालयका सचिव सुशील वैद्यसहितको टोलीले सशस्त्रका डिआइजी कुमार न्यौपानेलाई कम्प्युटर र प्रीन्टर हस्तान्तरण गरेको छ। कैलालीको त्रिनगर, खक्रौला र कञ्चनपुरको गड्डाचौकी नाकाका लागि १/१ थान उक्त सामग्रीहरु हस्तान्तरण गरिएको हो। यस्तै सीमानाकाको तथ्यांक संकलन तथा अभिलेखिकरणका लागि मन्त्रालयले सफ्टवेयर पनि निर्माण गरिरहेको जनाएको छ। त्यस्तै सीमा सुरक्षालाई चुस्त बनाउन प्रदेशले मात्र नसक्ने भएकाले संघ सरकारले नै आवश्यक स्रोत साधन व्यवस्थापन गर्नुपर्ने मन्त्रीको भनाई छ।…

Read More

डडेल्धुरा : डडेल्धुरामा जीप दुर्घटना भएको छ। जिल्लाको नवदुर्गा गाउँपालिका–३ कुरगेडीबाट जिल्ला सदरमुकाम आउँदै गरेको ग १ ज ८१९४ नम्बरको जीप दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी प्रवक्ता तथा प्रहरी निरीक्षक कुसुम नायकका अनुसार घटना बारे थप विवरण आउन बाँकी छ। नवदुर्गा गाउँपालिका–२ का वडाध्यक्ष दिलबहादुर बिष्टले वडा नम्बर २ को रउतगाउँमा जीप दुर्घटना भएको र ८ जना घाइते भएको जानकारी दिए। उनीहरुको स्थानीय मेडिकलमा उपचार भइरहेको छ। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेकोले उपचारका लागि डडेल्धुरा अस्पताल रेफर गरिएको छ।

Read More

काठपाडौं : नक्कली कागजात बनाएको अभियोगमा नेपाल वायुसेवा निगमका अर्का एक जना अधिकृत पनि पक्राउ परेका छन्। सर्वसाधारणलाई भिजिट भिसामा खाडी मुलुक पठाउन नक्कली कागजात बनाउने गिरोहमा संलग्न भएको आरोपमा अरबिन्द यादवलाई बिहान १० बजे उनी कार्यरत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको बताइएको छ। नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरले विमानस्थलमा कार्यरत होमनाथ पोखरेललाई हिजो नियन्त्रणमा लिएको थियो। उनीहरुको भिजिट भिसामा कामदार पठाउने गिरोहमा संलग्नता देखिएको हो। नक्कली कागजात प्रकरणमा प्रहरीले यसअघि १३ जनालाई पक्राउ गरेको थियो । तीमध्ये निगमका विश्वनाथ कोइराला पनि हुन्।

Read More

धनगढी : कैलालीको धनगढीमा जग्गा प्लटिङ सम्बन्धी नयाँ मापदण्ड लागु हुने भएको छ। धनगढी उपमहानगरपालिकाले ‘जग्गा प्लटिङ सम्बन्धी कार्यविधि २०८०’ ल्याउँदै सोमबारदेखि नयाँ मापदण्ड लागु गरेको हो। शहरी विका तथा भवन निर्माण मापदण्ड, बस्ती विकास शहरी योजना तथा भवन निर्माण सम्बन्धी आधारभूत मापदण्ड र स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ को उपदफा ५ को खण्ड क अनुसार नयाँ कार्यविधि बनाएर लागु गरिइको उपमहानगरपालिकाले जनाएको छ। उक्त कार्यविधिअनुसार अब जग्गाको प्लटिङ गर्दा सडकको चौडाई कम्तिमा पनि १० मिटरको अनिवार्य हुनुपर्नेछ भने सो सडकमा कम्तिमा पनि १५ सेन्टिमिटर मोटाईको पानी पिच गर्नुपर्ने व्यवस्था गरिएको छ। सडकको दुवैतर्फ पानी बग्ने गरि…

Read More

काठमाडौं : काठमाडौं महानगरपालिकामा आजदेखि सुर्तीजन्य पदार्थ बिक्री, प्रयोग र कारोबारमा प्रतिबन्ध लगाइएको छ। महानगरले ३२ वटै वडामा सुर्तीजन्य पदार्थको बिक्रीमा पूर्ण निषेध गरिएको महानगरपालिका स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलले जानकारी दिए। उनका अनुसार आजदेखि प्लास्टिकमा प्याक गरिएका सुर्तीजन्य पदार्थको बिक्री, भण्डारण तथा प्रयोगलाई पूर्ण रूपमा निषेध गरिएको छ। प्लाष्टिकमा प्याक गरिएका कच्चा सुर्ती, खैनी, बिँडी, तम्बाखु, सुल्फा, गुट्खा, पानपराग वा यस्तै प्रकृतिका मुखमा राखेर रस लिने सुर्तीजन्य पदार्थको भण्डारण, बिक्री र प्रयोग गर्न नपाइने भन्दै महानगरपालिकाले यही मङ्सिर १२ गते सार्वजनिक सूचना जारी गरेको थियो। कसैले बिक्री वितरण गरेको पाइए नगर प्रहरीमार्फत त्यस्ता किसिमका सामग्री जफत गरी कारबाही गरिने…

Read More