Author: महेन्द्रनगर पोष्ट

धनगढी : धनगढीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास अगाडि शंकास्पद वस्तु फेला परेको छ । धनगढी उपमहानगरपालिका(४ कर्मचारी सञ्चय कोष नजिकै रहेको देउवा निवास अगाडि शनिबार राति १ बजेको समयमा शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ । कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर बिष्टले पूरानो झोलामा तार बेरिएको अवस्थामा शंकास्पद वस्तु भेटिएको बताए । उक्त वस्तु के हो ? भन्ने कुरा नखुलेको उनले बताए । शंकास्पद वस्तुलाई निष्क्रिय पार्न नेपाली सेनाको डिस्पोजल टोलीलाई बोलाइने प्रहरीले जनाएको छ । अहिले उक्त घरमा देउवाका भतिज सुदूरपश्चिमका पूर्व भौतिक पुर्वाधार मन्त्री प्रकाशबहादुर देउवा बसिरहेका छन् ।

Read More

धनगढी : सर्पले डस्दा डोटीमा एक महिलाको मृत्यु भएको छ। आदर्श गाउँपालिका–१ की २८ वर्षीया निर्मला खड्काको सर्पले डस्दा आज मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले सर्पको डसाइबाट घाइते भएकी खड्काको जिल्ला अस्पतालमा उपचारका क्रममा आज साँझ मृत्यु भएको हो। खड्कालाई दिउँसो बारीमा काम गर्ने बेला सर्पले डसेको थियो।

Read More

काठमाडौँ : भारत उत्तराखण्डको केदारनाथ नजिकै पहिरोमा परी मृत्यु भएका ४ जनामध्ये ३ जनाको शव नेपाल ल्याइएको छ। शनिबार दिउँसो कञ्चनपुरको गड्डाचौकी नाका हुँदै उनीहरूको शव नेपाल घरतर्फ लगिएको हो। पहिरोमा परी मृत्यु भएका चितवन माडीका तुलबहादुर परिवार, कृष्ण परियार र पुर्ण नेपालीको शव नेपाल ल्याइएको छ । उनीहरुको शव एउटै गाडीमा ल्याइएको छ। अर्का मृतक दैलेखका दीपक बुढाको परिवारजन त्यही भएकाले त्यही अन्त्येष्टि गर्ने तयारी छ। शुक्रबार नै बद्रीनाथबाट शव लिएर आएका चितवनका मृतक आफन्तजन साँझसम्म घर पुगेर भोली अन्तिम संस्कार गर्ने तयारीमा छ। बिहीबार राति केदारनाथ नजिकै फाटा भन्ने ठाउँमा पहिरोमा परी ४ जना नेपाली कामदारको मृत्यु भएको…

Read More

धनगढी : जिल्ला प्रहरी कार्यालय अछाममा कार्यरत एकजना प्रहरी सहायक हवल्दारको निधन भएको छ । जिल्ला प्रहरी कार्यालय बझाङ अपराध नियन्त्रण तथा अनुसन्धान समुह दरबन्दी भई अछाममा कार्यरत प्रहरी सहायक हवल्दार टंक बहादुर बोहराको निधन भएको हो । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार उनलाई शनिबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म नागरिक सहायता कक्षमा डिउटीमा खटाइएको थियो । तर उनी डिउटीकै क्रममा साढे दुई बजेको समयमा अचानक बेहोस भएका थिए । तत्काल उपचारको लागि जिल्ला अस्पताल मंगलसेन अछाममा उपचारका लागि लगिएको थियो । तर उपचारकै क्रममा सवा ३ बजे निधन भएको अछाम प्रहरीले जनाएको छ । उनको घर मंगलसेन नगरपालिका…

Read More

काठमाडौँ: आपराधिक उपद्रव गरेको आरोपमा प्रहरीले एकजना महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौँ बस्ने सपना लामिछाने छिन्। उनलाई रानीपोखरीबाट पक्राउ गरिएको काठमाडौँका एसएसपी वसन्त रजौरेले बताए। उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति आएको हुनाले अनुसन्धानका लागि नियन्त्रणमा लिइएको एसएसपी रजौरेले बताए। केहि दिनअघि काठमाडौंको चण्डोलमा राति १० बजे अर्काको घरमा गएर उनले गाडी लगायका सामग्री तोडफोड गरेको आरोप छ। तोडफोडमा संलग्न अर्की महिला फरार छिन्। शुक्रबार प्रहरीले पक्राउ गर्नुअघि उनले सामाजिक संजाल फेसबुकमा लाइभ गरेर ‘बलात्कार मुद्दा दबाउन प्रहरीले पक्राउ गरेको’ आरोप लगाएकी थिइन्। उपत्यका प्रहरी कार्यालयबाट लाइभ गरेर उनले भनेकी छन्,‘एआईजी किरण बज्राचार्यले मलाई बोलाउनुभो अनि, मेरो अर्को…

Read More

धनगढी: सुदूरपश्चिम विश्वविद्यालयले एक वर्षे बीएड सञ्चालन गर्ने भएको छ। चालू आर्थिक वर्षदेखि नै विश्वविद्यालयले एक वर्षे बीएड सञ्चालन गर्ने जनाएको छ। जसमा दुई सेमेस्टर हुनेछन्। तर यसको शिक्षा सम्बन्धि सरोकारवालाले भने आलोचना गरेका छन्। त्यस्तै सुदूरपश्चिम विश्वविद्यालयले इन्जिनियरिङ, चिकित्साजस्ता प्राविधिक कोर्सहरू काठमाडौं, वीरगञ्ज, नेपालगञ्ज, सुर्खेतका विद्यार्थीलाई पढाउन सम्बन्धन दिएको आरोप पनि लागेको छ। सुदूरपश्चिम विश्वविद्यालयले सुदूरपश्चिम प्रदेशभन्दा बाहिर प्राविधिक विषयहरुका ३२ वटा भन्दा बढी क्याम्पसहरु लाई केही दिन अघिमात्रै सम्बन्धन दिएको बताइएको हो। कमिसन लिएर विश्वविद्यालयबाट कोर्सहरु बेचिएको बताइएको छ भने त्यसको विद्यार्थी संगठनहरुले पनि विरोध गरिरहेका छन्।

Read More

काठमाडौं: बाँकेको नेपालगन्ज उपमहानगरपालिकाका तरुण नेता सन्दीप जंग शाहले एक पत्रकार र युवकलाई धम्की दिएका छन्। आफूलाई नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी तथा हालकी परराष्ट्र मन्त्री आरजु राणा देउवाको कार्यकर्ता बताउने शाहले फोनमार्फत धम्की दिएका हुन्। उसो त शाह तरुण दलको नगर सभापति हुन्। उनै शाहले स्थानीय पत्रकार आशिष मल्ल ठकुरी र भारतको दिल्लीमा रहेका उत्सव वलीलाई धम्की दिएका हुन्। उनीहरुले राप्ती सोनारी गाउँपालिका वडा नं ५ विनौनामा भएको घटना र वडाध्यक्षलाई फसाइएको विषयमा लेखेको र बोलेको भन्दै शाहले धम्की दिएका हुन्। स्रोतका अनुसार धम्की दिने शाह हात हतियार तथा खर खजाना सम्बन्धि मुद्दाका प्रतिवादी समेत हुन्। अहिले उनको…

Read More

धनगढी : कैलालीको अत्तरियामा यौनधन्दामा संलग्न ५ जना पक्राउ परेका छन् । अत्तरियाका विभिन्न होटलहरुमा अनैतिक क्रियाकलाप भइरहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीले छापा मारेरको थियो । सोही क्रममा प्रहरीको अपराध अनुसन्धान शाखाबाट खटिएको टोलीले सार्थक होटल र बिजय होटलबाट ३ पुरुष र २ महिलालाई पक्राउ गरेको हो। प्रहरीका अनुसार पक्राउ परेकामध्ये होटल सञ्चालकसमेत रहेका छन्। उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ। पछिल्लो समय अत्तरिया बजार क्षेत्रका होटलहरुमा अनैतिक क्रियाकलाप हुने गरेको गुनासो आएपछि प्रहरीले अनुगमनलाई कडा बनाउँदै आएको जनाएको छ।

Read More

धनगढी : अमेरिकामा बेपत्ता नर्स  ममता काफ्ले भट्टको हत्या उनकै श्रीमान् कञ्चनपुरका नरेश भट्टले गरेको प्रहरीको दाबी छ। अदालतमा पेश गरेको कागजातमा उनको घरकै बेडरुममा हत्या गरेर शव बाहिर कतै घिसारेको प्रतिष्ठित समाचार संस्था सीएनएनले उल्लेख गरेको छ।  सीएनएनले प्राप्त गरेका ती काजातमा घरकै बेडरुममा हत्या गरेको प्रमाणस्वरुप बेडरुम र बाथरुममा रगत देखिएको बताइएको छ।  अदालतले नर्स ममताको शव लुकाएको आरोप भट्टलाई लगाएको छ। उनको घरमा खोजी वारेन्ट जारी गरेपछि बिहीबार भट्टलाई पक्राउ गरिएको थियो र शुक्रबार अदालतमा उपस्थित भएका थिए। भट्टको अभियोग पत्रमा उजुरीमा भनिएको छ,  ‘जुलाई ३०, २०२४ मा आरोपी नरेश भट्टले आफ्नी श्रीमती ममता भट्टको हत्या गरेका थिए।’…

Read More

काठमाडौँ : नेकपा (एमाले) का नेता तथा सांसद तारा लामा तामाङले देश बनाउनको लागि कांग्रेस र एमाले मिलेर सरकार बनाएको स्पष्ट पारेका छन् । तर, प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले भने सरकारको विरुद्धमा बाहिरी शक्तिलाई पनि गुहारेको भन्दै लामाले गम्भीर टिप्पणी गरे ।  शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले वर्तमान सरकारले देशलाई समृद्धिको दिशामा डोर्‍याएको र जनतामा आशाको किरण छर्न थालेपछि केही शक्तिहरू आत्तिएको र सरकारविरुद्ध तथानाम बोलेर हिँड्न थालेको टिप्पणी गरे ।  उनले भने,‘अहिले देश समृद्धितर्फ जाने देखेपछि, नेपालभित्रकै केही तप्का छटपटाएर तथानाम बोलेर हिँडिरहेको छ । यसलाई नेपाली जनताले चिर्नेछ । यसको…

Read More