Author: महेन्द्रनगर पोष्ट

धनगढी: भारतको उत्तरखन्ड राज्यको केदारनाथ नजिकै चार नेपाली मजदुरको मृत्यु भएको छ। बिहीबार राति परेको अविरल वर्षाका कारण केदारनाथ नजिक रहेको वर्षाको पानी जम्मा गर्ने ताल (खाट गडेरे) नजिकै पहिरोमा पुरिएर चार जना मजदुरको मृत्यु भएको हो। मृतक चारै जना नेपाली नागरिक भएको बताइएको छ ।मृतकहरूलाई तुल बहादुर, पूर्ण नेपाली, किशन परियार र चीकु बोहराको रुपमा पहिचान गरिएको छ। ‘बिहीबार राति करिब १ः२० बजे भारी वर्षाका कारण फाटा हेलिप्याड नजिकै पर्ने खाट गडेरे नजिक चारजना पहिरोमा पुरिएको सूचना प्राप्त भएको थियो,’ जिल्ला विपद् व्यवस्थापन अधिकृत नन्दनसिंह राजवारले भने। सूचना पाएलगत्तै राहत र उद्धार कार्यका लागि उद्धार टोली घटनास्थलमा पठाइएको थियो।…

Read More

काठमाडौँ: नेपाली सेनामा रिक्त अधिकृत पद (सहायक सेनानी र उपसेनानी) का लागि दरखास्त आव्हान गरिएको छ। खुल्ला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्नको लागि रिक्त २८० पदका लागि आवेदन आह्वान गरिएको हो। भर्ना छनौट निर्देशनालयले आज एक सूचना जारी गर्दै योग्यता पुगेका नेपाली नागरिकले नेपाली सेनाको आधिकारिक वेबसाईटबाट अनलाइन दरखास्त फाराम भर्न सक्ने जनाएको छ। आगामी असोज ६ गतेसम्म दरखास्त दिन सकिने र दोब्बर दस्तुर तिरेर थप ७ दिनसम्म आवेदन दिन सकिने छ।

Read More

धनगढी: कराँतेका पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा रेफ्री प्रकाश चन्दले एसियन कराँते महासङ्घबाट रेफ्री पास गरेका छन्। नेपालमा यो स्तरबाट रेफ्री पास गर्ने निकै थोरै रहेका छन्। एसियन कराँते महासङ्घ को आयोजनामा फिलिपिन्सको राजधानी मनीलामा सम्पन्न भयको २२ औँ एसियन कराँते प्रतियोगिता तथा रेफ्री सेमिनारमा सहभागी भएका उनले त्यहीबाट लिखित र प्रयोगात्मक परीक्षा पास गरेर  रेफ्री पासको लाइसेन्स पाएका हुन्। ३२ देशमा २०० बढि रेफ्रीहरुले सहभागिता जनाउँदा चन्दसहित ९७ जना मात्रै उत्तीर्ण भएका थिए। नेपाल कराँते महासङ्घ राष्ट्रिय रेफ्री कमिसन सदस्य रहेका चन्दले यस अघि भारतको नयाँ दिल्लीबाट जज बी, उज्बेकिस्तानबाट जज ए र अहिले फिलिपिन्सबाट रेफ्री बी पास गरेका हुन्। उनी …

Read More

धनगढी: डडेल्धुराबाट ६ जना जुवाडे पक्राउ परेका छन्। जिल्लाको अमरगढी नगरपालिका–५ तुफानडाँडाबाट खडक देउवाको घरमा जुवातास खेलिरहेको अवस्थामा देउवासहित ६ जनालाई बिहीवार जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ। उनीहरुलाई नगद १२ हजार ३५५ र १६० पत्ता ताससहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। यस्तै बैतडीबाट ५ जना जुवाडे पक्राउ परेका छन्। बैतडीको पाटन नगरपालिका–४ मोहनपुरमा ४२ वर्षीय गणेश सिंह बिष्टले सञ्चालन गरेको अन्नपुर्ण होटेलबाट होटल साहु बिष्टसहित ५ जनालाई पक्राउ गरिएको प्रहरीले बताएको छ। इलाका प्रहरी कार्यालय पाटनबाट खटिएको प्रहरी टोलीले होटेलबाट जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिएको जनाएको छ। पाँचै जनालाई नगद ६२…

Read More

धनगढी: टाउको दुःख्ने समस्याका कारण सेती प्रादेशिक अस्पताल भर्ना भएकी एक विवाहित युवतीको मृत्यु भएको छ। बैतडीको पाटन नगरपालिका–६ घर भएर धनगढीमा नास्ता पसल सञ्चालन गर्दै आएकी २६ वर्षीया ईश्वरी भण्डारी पन्तको मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहोराले बिहीबार बिहान ५ बजे टाउको दुःख्ने समस्या लिएर प्रादेशिक अस्पताल भर्ना भएकी भण्डारीलाई ६ बजेतिर चिकित्सकले मृत घोषणा गरेको बताए। उनकाअनुसार बुधबार पनि अस्पताल पुगेकी भण्डारीलाई चिकित्सकले औषधी दिएपछि घर फर्किएकी थिइन्। तर बिहीबार बिहान पुनः अत्यधिक टाउको दुखेपछि श्रीमानले अस्पताल पुगाएका थिए। चिकित्सकले चेकजाँच गर्ने क्रममा मृत घोषणा गरेका थिए। यस्तै बैतडीमा…

Read More

काठमाडौं: अमेरिकाको भर्जिनिया राज्यमा नेपाली नर्स बेपत्ता प्रकरणमा प्रहरीले उनका श्रीमान् नरेश भट्टलाई नियन्त्रणमा लिएको छ। बिहीबार अपराह्न घरबाट प्रहरीले उनलाई हत्कडीसहित गाडीमा हालेर लगेको दृश्य स्थानीय सञ्चारमाध्यमहरुले प्रसारण गरेका छन्। भर्जिनियाको स्थानीय अनलाइन पोर्टल इन्साइड नोभा डटकमले लेखेअनुसार प्रहरीले २८ वर्षीया नर्स ममता काफ्लेको हत्या भएको आशंका गरेको छ र शव लुकाएको आशंकामा उनका श्रीमान् नरेशलाई पक्राउ गरेको हो। नरेशले पहिले स्थानीय सञ्चारमाध्यमहरुसँग श्रीमतीसँग आफ्नो कुनै झगडा पनि नभएको भन्दै जहाँ भएपनि आउन अनुरोध गरेका थिए। यद्यपि, उनी ममताको खोजी गर्न माग गर्दै भएको प्रदर्शनमा सहभागी भएका थिएनन्। मोबाइलबाटै सम्बोधन गरेका थिए र आफूले एक वर्षको बच्चाको ख्याल गर्नुपर्ने…

Read More

काठमाडौं: पछिल्लो समय बाँकेमा प्रहरी पङ्गु हुँदा शान्ति सुरक्षा खलबलिएको छ। केही समययता जिल्लामा सुरक्षा चुनौती बढ्दै गएको हो। यहीँ भदौ १ गते बेलुकामात्रै जिल्लाको राप्ती सोनारी गाउँपालिका वडा नं ५ विनौनामा एक घटना घट्यो। सो घटनामा गुण्डागर्दी छविकै बैजनाथ गाउँपालिकाका २८ वर्षीय सुलभ मल्ल र २८ वर्षीय सन्दीप विष्ट (स्याण्डी) घाइते भए। सन्दीप उनै व्यक्ति हुन्, जसले ज्यान मार्ने उद्योगदेखि गुण्डागर्दीसम्मका अनेकन मुद्दा खेपिरहेका छन्। इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी धर्म भण्डारीका अनुसार सन्दीपविरुद्ध प्रहरी र अदालतमा विभिन्न मुद्दाहरु छन्। स्रोतका अनुसार तत्कालीन युवा संघका नेता तथा जसपा हुँदै अहिले तरुण दलमा पुगेका सन्दीपविरुद्ध ५ वटा मुद्दा छन्।…

Read More

काठमाडौंः प्रहरीमा ३० वर्षे सेवा अवधिका कारण अवकाश दिने व्यवस्था तत्काललाई कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ। भदौ १६ गतेबाट अवकाश हुने भनी दिइएका पत्राचारहरू हाललाई कार्यान्वयन नगर्न, नगराउन तथा त्यस्तो आधारमा कुनै पत्राचार नगर्न नगराउन हरिप्रसाद फुयाँलको एकल इजलासले अन्तरिम आदेश दिएको छ। यस्तै पदीय जिम्मेवारीमा परिवर्तन नगर्न नगराउन तथा प्रहरी किताबखानामा यस सम्बन्धमा आवश्यक व्यवस्था मिलाउन पनि भनिएको छ। सर्वोच्चले पूर्ण सुनुवाइका लागि असोज १० गते पेशी तोक्न र अग्राधिकार दिन पनि भनेको छ। भदौ १६ गते अवकाश पाउन लागेका ९० मध्ये २१ जनाले बुधबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। ३० वर्षे सेवा अवधिका…

Read More

काठमाडौं: मकवानपुरको मनहरीमा भैँसीले बाघ मारेको छ। बिहीबार बिहान सवा ३ बजे मनहरी गाउँपालिका ६ प्रतापपुरस्थित बलबहादुर राईको गोठमा बाघ मृत भेटिएको हो । बाघले आक्रमण गरी गोठमा रहेको भैँसीलाई पनि घाइते बनाएको छ। घटनाको प्रकृति हेर्दा बाघ बुढो रहेको र भैँसीले हान्दा मृत्यु भएको जस्तो देखिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। यसलाई एउटा अनौठो घटना मानिएको छ। गोठमै भैँसीलाई आक्रमण गर्न आएको बाघ भैँसीको प्रतिकारमा मरेको छ भने बाघको आक्रमणमा परेको घाइते भैंसी अझै जीवित छ। पर्सा राष्ट्रिय निकुञ्जअन्तर्गतको मध्यवर्ती उपभोक्ता समिति मनहरीका सचिव कमल राईका अनुसार स्थानीय बलबहादुर राईको गोठमा छिरेको बाघले भैंसीको गर्दनमा आक्रमण गरेको देखिन्छ।…

Read More

धनगढी: अछाममा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। नामरथर नखुलेको अन्दाजी ३० वर्षीय पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। अछामको तुर्माखाँद गाउँपालिका–४ जंगलघाट स्थित अछाम र सुर्खेत जोड्ने कर्णाली नदिको झोलुङ्गेपुलदेखि अन्दाजी ५० मिटर तल कर्णाली नदिको किनारमा शव फेला परेको प्रहरीले जनाएको हो। सो सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको अछाम प्रहरीले जनाएको छ। यस्तै आजै बैतडीमा सर्पले डसेर एक महिला घाइते भएकी छन्। जिल्लाको दशरथचन्द नगरपालिका–२ मगराउँकी ३५ वर्षीया भावना बोहरा घाइते भएकी हुन्। उनलाई मकैबारीमा घाँस काट्नेक्रमा सर्पले डसेको थियो। बोहराको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

Read More