Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ: प्रहरी प्रधान कार्यालयले केही डीएसपी र इन्स्पेक्टरहरूको काज सरुवा गरेको छ। उपत्यकाका केही प्रमुख वृत्तका नेतृत्व फेरिएसँगै अन्य इलाका प्रहरी कार्यालयहरूमा पनि अधिकृतहरूको जिम्मेवारी हेरफेर गरिएको छ। स्रोतका अनुसार मालदार एक आकर्षक पोष्टिङ मानिने सोह्रखुट्टे वृत्तमा सिआइबीमा कार्यरत डीएसपी जागेश्वर भण्डारीलाई सरुवा गरिएको छ। उनी नेपाली काङ्ग्रेसका नेताको सिफारिसमा त्यहाँ पुगेको बताइन्छ। सोह्रखुट्टे क्षेत्रमा क्लब तथा रात्री व्यवसायको हब भएकाले प्रहरीले आकर्षक पोष्टिङ मान्ने गरेका छन्। यसअघि सोह्रखुट्टे वृत्तमा डीएसपी सत्यनारायण थापा कार्यरत थिए, जसको एक वर्षे अवधि पूरा भएको थियो। त्यस्तै, सिंहदरबार वृत्तमा डीएसपी वेद बहादुर पौडेललाई खटाइएको छ, जहाँ यसअघि डीएसपी चक्रबहादुर शाह कार्यरत थिए। अन्य स्थानमा…

Read More

धनगढी: दुर्घटनामा मृत्यु भएका जनस्वास्थ्य निरीक्षक धर्मराज खत्रीको सम्झनामा पुस १६ गते बाजुराको बडीमालिका नगरपालिकामा शोक बिदा दिइएको छ। कैलालीको धनगढीमा बिहीबार मोटरसाइकल दुर्घटना हुँदा बडीमालिका नगरपालिका–७ का खत्रीको मृत्यु भएको थियो।  उनी बडीमालिका नगरपालिकाकै मार्तडी स्वास्थ्य चौकीका प्रमुख थिए। बडीमालिका नगरपालिकाले आइतबार एक सूचना जारी गर्दै दुर्घटनामा ज्यान गुमाएका खत्रीको सम्झनामा पुस १६ गते पालिकाभर शोक बिदा दिएको जनाएको छ। नगरपालिकाले स्वास्थ्यकर्मी खत्रीको निधनले नगरपालिका परिवार अत्यन्तै दुखी र स्तब्ध भएको उल्लेख गरेको छ।

Read More

धनगढी: बैतडीमा निस्सासिएर एकजनाको मृत्यु भएको छ। कैलालीको कैलारी गाउँपालिका–६ का ३७ बर्षीय पुनाराम थारुको निस्सासिएर मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले शनिबार राति कोइला बालेर कोठामा सुतेका थारु बिहान अचेत अवस्थामा फेला परेका थिए।  उपचारका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएकोमा थारुलाई चिकित्सकले मृत घोषणा गरेका हुन्। मृतक थारुको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र पाटनमै राखिएको छ। यस्तै बाजुरामा एक जना मृत अवस्थामा फेला परेका छन्। जिल्लाको बुढीगंगा नगरपालिका–१० मालिका बजारका ६० वर्षीय दलबहादुर साउँद घर नजिकै रहेको खोलामा आइतबार मृत अवस्थामा फेला परेका हुन्। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको…

Read More

धनगढी: अछाममा मरेको कुखुराको मासु खाएका एक किशोरको मृत्यु भएको छ। जिल्लाको कमलबजार नगरपालिका–३ बयलाका १५ वर्षीय कमल बिकको मृत्यु भएको हो। ‘शुक्रबार राति मरेको कुखुराको मासु खाएर बिरामी भएका बिकको आइतबार घरमै मृत्यु भएको हो,’ जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक इश्वरीप्रसाद भण्डारीले भने, ‘चिकित्सकले प्रारम्भिक जाँचमा फूड प्वाइजनिङ भएको बताउनुभएको छ। पोष्टमार्टमका लागि शव जिल्ला अस्पतालमा राखेका छौं।’  डीएसपी भण्डारीका अनुसार सोही कुखुराको मासु खाएर अन्य तीन जना बिरामी परेका छन्। मृतककी हजुरआमा ७० वर्षीय नाम बिक, १४ वर्षीय बहिनी सीता बिक र ९ वर्षीय भाई विकास बिक बिरामी भएका छन्। उनीहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको…

Read More

काठमाडौं: नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) भरतबहादुर बोहरा अवकाशमा गएका छन्। प्रदेश समन्वय विभागका प्रमुखसमेत रहेका बोहरा आइतबारदेखि अनिवार्य अवकाशमा गएका हुन्। नेपाल प्रहरीमा विद्यमान एआईजीको ५६ वर्षे उमेर हदका कारण बोहरा अवकाशप्राप्त भएका हुन्। २०५१ चैत ५ गते प्रहरी निरीक्षकबाट उनी प्रहरी सेवामा प्रवेश गरेका थिए। उमेर हदका कारण ३० वर्षे सेवा अवधि पनि पूरा नहुँदै अवकाश हुँदा एआईजीका रूपमा उनले २ साता पनि काम गर्न पाएनन्। उनले एकसाता अघि मात्रै दर्ज्यानी चिह्न लगाएका थिए।  अवकाशमा जाने भएकै कारण सरकारले उनलाई छोटो समयका लागि एआईजीमा बढुवा गरेको थियो। बोहरा आईजीपी वसन्तबहादुर कुँवरकै ब्याची हुन्। यस्तै पर्सि मंगलबारदेखि अतिरिक्त महानिरीक्षक…

Read More

धनगढी: बझाङमा ढुंगा लागेर एक महिलाको मृत्यु भएको छ।  थलारा गाउपालिका–९ आमवगरस्थित भुवा टोलीकी ३८ वर्षीया स्वास्थ्य स्वयमसेविका पच्चकला जोशीको मृत्यु भएको हो।  जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार मालुमेला विद्यालय नजिकै सडकमा हिँडिरहेको अवस्थामा माथिबाट खसेको ढुङ्गा लागेको थियो।  यस्तै कैलालीमा पूर्ववडा सदस्यको मृत्यु भएको छ। जिल्लाको गोदावरी नगरपालिकाका पूर्ववडा सदस्य दलबहादुर बिकको निधन भएको हो। शनिबार बिकको हृदयघातका कारण मृत्यु भएको हो। ०७४ सालको चुनावमा गोदावरी नगरपालिका–३ बाट नेकपा एमालेबाट उनी वडा सदस्यमा निर्वाचित भएका थिए।

Read More

धनगढीः नेकपा माओवादी केन्द्रले आगामी निर्वाचनमा माओवादी पहिलो पार्टी भएमात्रै देशबाट भ्रष्टाचारको अन्त्य हुने दाबी गरेका छन्। शनिबार कञ्चनपुरको पुनर्वासमा माओवादीले आयोजना गरेको खबरदारी तथा पार्टी एकता समायोजनसभालाई सम्बोधन गर्दै प्रचण्डले भ्रष्टाचारीहरुले आफू नेतत्वको सरकार ढालेको दाबी गरेका छन्। उनले भने, ‘म तपाईंहरुलाई भन्न चाहन्छु, गिरीबन्धुको फाइल खुल्नेछ। त्यसलाई लुकाउन दिइने छैन। ओम्नीमा भएको भ्रष्टाचार छोडिने छैन। वाइडबडीको भ्रष्टाचार छोडिनेछैन। यो सबैको निम्ति माओवादीलाई पहिलो बनाउनुपर्छ। हेर्नुहोला, अर्को पटक माओवादी बलियो भयो भने सुशासनको नयाँ युग सुरु हुनेछ। भ्रष्टाचारीलाई लखेट्ने प्रक्रिया सुरु हुनेछ। यो विश्वास तपाईंहरुलाई दिलाउँछु।’ प्रचण्डले केपी ओली नेतृत्वको सरकारले भ्रष्टाचारको पक्षमा धेरै काम गरेको जिकिरसमेत गरेका छन्।

Read More

धनगढी: प्रधान सेनापति महारथी अशोक राज सिग्देलले  सुदूर पश्चिम पृतना र यसअन्तर्गतका विभिन्न युनिटहरूको निरीक्षण भ्रमण गरेका छन्। २०८१ पौष १२ र १३ गते भएको भ्रमणको क्रममा उहाँले पृतनाको मुख्यालय र विभिन्न युनिटहरूको वस्तुस्थिति र जिम्मेवारी क्षेत्रका विविध पक्षहरूबारे जानकारी लिएका थिए। यसैगरी, प्रधान सेनापतिले सकलदर्जालाई सम्बोधन गर्दै पृतनाको कार्यक्षमता र भविष्यका योजनाहरूका बारेमा पनि चर्चा गरे। भ्रमणको क्रममा प्रधान सेनापतिले बैतडीस्थित श्रीवक्स गुल्म, बझाङस्थित वीरभद्रजंग गुल्म र डोटी जिल्लाको सिलगढीस्थित भैरव प्रसाद गणले सञ्चालन गरिरहेको सामुहिक तालिमको निरीक्षण गरेका थिए। सो क्रममा उनले तालिमको विविध पक्षहरूसँग सम्बन्धित जानकारी प्राप्त गरे। भने तालिमरत सकलदर्जालाई सम्बोधन समेत गरे। प्रधान सेनापतिले सामुहिक…

Read More

धनगढी: कैलालीमा जालपादेवी केबलकारको निर्माण सुरु भएको छ। शनिबार एक कार्यक्रमकाबीच केबलकार योजनाको शिलान्यास गरिएको हो। परराष्ट्रमन्त्री आरजु राणा देउवाले कैलालीको चिसापानीदेखि राजकाँडा जोड्ने केबलकारको शिलान्यास गरेकी हुन्।  चन्द्रागिरी केबलकारका सञ्चालकसमेत रहेका नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र जिल्ला समन्वय समिति कैलालीका पूर्वसभापति सूर्यबहादुर थापाको समूहले जालपादेवी केबुलकार निर्माण गर्न लागेको हो। सञ्चालक चन्द्रप्रसाद ढकालले जालपादेवी केबलकारले सुदूरपश्चिमसहित छिमेकी प्रदेशको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा योगदान पुगाउने विश्वास व्यक्त गरे। पर्यटन प्रवद्र्धनका लागि पनि केबलकार कासेढुंगा सावित हुने उनको दाबी थियो। एक वर्षमा निर्माण सम्पन्न गर्दै सो केवलकार सञ्चालनमा ल्याउने उद्देश्यका साथ काम थालिएको बताइएको छ। आयोजनास्थलमा एक हजार…

Read More

धनगढी: नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी पार्टी बलियो र देशको एक नम्बरको पार्टी भए देशमा सुशासनको नयाँ युग सुरु हुने बताएका छन्। कंचनपुर जिल्लाको पुनर्वासमा आयोजित भ्रष्टाचार र वेथितिका विरुद्ध खबरदारी तथा पार्टी एकता समायोजन सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन्। सरकारले गरेका भ्रष्टाचारका हरेक काण्डलाई खोतलेर कारबाही गरिने उद्घोष गर्दै अध्यक्ष प्रचण्डले भने – ‘हामीलाई दिनमा एक नम्बरको पार्टी भए मात्रै देशमा भ्रष्टाचारको अन्त्य हुने छ। मलाई विश्वास छ भ्रष्टाचारको पक्षको यो सरकारले यति धेरै भ्रष्टाचार गरेको छ। भ्रष्टाचारीलाई यसै छोडिने छैन। गिरिबन्दु, यति ओन्नीमा, नक्कली भुटानी सरणार्थी बनाएर गरिएको भ्रष्टाचार, वाइडबडी…

Read More