Author: महेन्द्रनगर पोष्ट

मोरङ : विराटनगरको सातघुम्तीमा रहेको एक कबाडी गोदाममा बुधबार दिउँसो आगलागीमा घाइते भएका चार जनालाई नेपाली सेनाको ‘स्काइ ट्रक’ मार्फत थप उपचारका लागि काठमाडौं कीर्तिपुर वर्न सेन्टर ल्याईएएको छ । मोरङ प्रहरी प्रहरी प्रमुख दिपक पोखरेलका अनुसार विराटनगर महानगरपालिका- ७ की ५५ वर्षीया रिता सरदार, वडा ६ की ६० वर्षीया सुशीला पासवान,५८ वर्षीय किशोर पासवान र ३० वर्षीया पिंकी कामत घाइते छन् । उनीहरू चार जनालाई नै थप उपचारका लागि काठमाडौं ल्याईएको हो । घाइतेमध्ये रिता र सुशीलाको अवस्था गम्भीर छ । आगलागीमा विराटनगर-७ का ३० वर्षीय दीपक मण्डल र पहिचान नखुलेका थप एक गरी दुई जनाको मृत्यु भएको हो…

Read More

काठमाडौँ : प्रमुख सत्तारूढ गठबन्धन दलका शीर्ष नेताहरूबिच भेटवार्ता भएको छ । बुधवार अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, काँग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबिच भेटवार्ता भएको हो । एनसेलको शङ्कास्पद शेयर खरिद-बिक्रीबारे चर्चा र बहस भइरहेका बेला सत्तारुढ तीन दलका नेताहरूबिच भेटवार्ता र छलफल भएको हो । नेताहरूबिच एनसेल खरिद विक्री प्रकरण बारे कुराकानी भएको बुझिएको छ । तीन नेताबिच छानबिनका लागि समिति गठन गर्नेबारे कुराकानी भएको बालुवाटार स्रोतले जनाएको छ । मङ्गलवार साँझ पनि गठबन्धन दलका नेताहरूबिच भएको छलफलमा उक्त कारोबार शङ्कास्पद भन्दै छानबिन गर्ने सहमति जुटेको थियो । तर सरकारले…

Read More

काठमाडौँ : दूरसञ्चार सेवा प्रदायक एनसेलविरुद्ध रिट दायर भएको छ । एनसेलको ८० प्रतिशत शेयर बिक्री अवैध भएको भन्दै अन्तरिम आदेशबाट बदर गर्न माग गर्दै बाजुराका गोकुलबहादुर रोकायाले उच्च अदालत पाटनमा रिट हालेका हुन् । पाँच वर्षअघि स्वीडिस कम्पनी टेलियासोनेरासँग १.३ बिलियन अमेरिकी डलरमा आजियाटाले किनेको एनसेलको ८० प्रतिशत सेयर अहिले ५० मिलियन अमेरिकी डलरमा किस्ताबन्दीमा भुक्तानी गर्ने गरी भएको बिक्री शङ्कास्पद भएको भन्दै अनुसन्धानका लागि पनि आदेश माग गरिएको छ । यसअघि यही मंसिर १४ गते रिट दायर गरेका रोकायाको रिटमा मंसिर १५ मा उच्च अदालतका न्यायाधीश दिपेन्द्र अधिकारीको इजलासले कारण देखाऊँ आदेश जारी गरेको थियो ।

Read More

काठमाडौंः अहिले एमालेका नेता तथा केन्द्रीय सदस्य ऐन महर जोडिएको एउटा अडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । रश्मिला धामी भनिएकी महिला र महरको बीचमा भएको भनिएको उक्त अन्तरंग सम्वाद सामाजिक सञ्जालमार्फत बाहिर आएको हो । आफूसँग सबन्धमा रहेको भनिएकी ती महिलाले ‘बर्बाद पार्छु’ भनेपछि ऐन महरले परिस्थितिलाई साम्य बनाउन सो संवाद गरेको देखिन्छ । सार्वजनिक अडियोमा महरले अडियोमा ती महिलासँग सम्बन्ध रहेको तर आगामी दिनमा परिवारसँग मिलेर बस्न र ‘डिभोर्स’ नगर्न अनुरोध गरेका छन् । महिलाले दुई जनाको बीचमा शारीरिक सम्पर्क भएपछि आवश्यक औषधी किन्न महरले आनाकानी गरेको भन्दै आक्रोश पोखेकी छन् । बझाङबाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेका महरले…

Read More

धनगढीः कञ्चनपुरको लालझाडी गाउँपालिकाका इन्जिनियरमाथि कुटपिट गर्ने निर्माण व्यवसायीले सार्वजनिक रुपमा माफी मागेका छन्। सडक निरीक्षणको क्रममा गुणस्तरहीन काम सदर नगरेको भन्दै इन्जिनियर रामप्रसाद अवस्थीलाई कुटपिट गर्ने निर्माण व्यवसायी भीमसेन रानाले बुधवार सार्वजनिक रुपमै गल्ती भएको भन्दै माफी मागेका हुन्। बजार सडक स्तरोन्नति आयोजनाको निरीक्षण गर्न बोलाएर लालझाडी वडा नम्बर २ घर भएका सो आयोजनाको ठेक्का पाएका भीमसेन राना, जगदिश राना र नरेश रानाले इन्जिनियर अवस्थीलाई मंसिर ११ गते दिउँसो कुटपिट गरेका थिए। उनीहरूले आवेगमा आएर इन्जिनियर अवस्थीलाई कुटपिट गर्नु गल्ती भएको स्वीकार्दै सार्वजनिक रुपमा इन्जिनियर अवस्थीसँग माफी मागेका हुन्। लिखित कागज गर्दै उनीहरूले आगामी दिनमा कुनै किसिमको दुर्व्यवहार र…

Read More

काठमाडौँ : दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियटा लिमिटेडको शेयर खरिद बिक्रीका सम्बन्धमा ४८ घण्टाभित्र आफ्नो धारणा सार्वजनिक गर्न प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले सरकारलाई निर्देशन दिएको छ । त्यस्तै, यो प्रकरणबारे ३० दिनभित्र विस्तृत अनुसन्धान र जाँचबुझ गरी आवश्यक कारबाही गर्न पनि सरकारलाई निर्देशन दिइएको सभापति ऋषिकेश पोखरेलले जानकारी दिए । लेखा समितिको अब बस्ने बैठकमा प्रधानमन्त्रीलाई बोलाएर यस विषयमा जानकारी माग्ने पनि समितिले निर्णय गरेको छ । एनसेल खरिद बिक्रीका क्रममा विद्यमान कानुनी व्यवस्थाको छिद्र खोजेर आर्थिक चलखेल भएको तथा प्रक्रिया मिचिएका विषयमा पनि गम्भीर हुन समितिले निर्देशन दिएको छ । विद्यमान कानुनमा देखिएका अस्पष्टतालाई आवश्यक परिमार्जन र संशोधनका…

Read More

काठमाडौँ : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीले न्यायाधीश कमल प्रसाद ज्ञवालीको पुतला दहनमा प्रहरीले हस्तक्षेप गरेको छ । बुधबार अखिल क्रान्तिकारीले काठमाडौँको बुद्धनगर चोकमा न्यायाधीश ज्ञवालीको पुतला दहन गरेको थाहा पाएपछि प्रहरी पुगेर पुतला नियन्त्रणमा लिनुका साथै सहभागीहरूलाई तितर-बितर पारेको थियो । पुतला दहन गर्न अखिल क्रान्तिकारी नेताहरू नरेन्द्र सी, लोकराज जोशी लगायत १५-२० जनाको उपस्थिति रहेको थियो । काठमाडौँ जिल्ला अदालतले ‘विप्लव’ लगायतका नेताहरूलाई अदालतले ३५ दिने पक्राउ पुर्जी जारी गरेको विरोधमा पुतला दहन गरेको अखिल क्रान्तिकारीले जनाएको छ ।

Read More

काठमाडौँ : दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर स्वामित्व खरिदबिक्री भएको विषयमा यथार्थ जानकारीसहित विवरण १५ दिनभित्र पेश गर्न सङ्घीय संसद्अन्तर्गतको अर्थ समितिले नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ । समितिले आज यस विषयमा प्राधिकरणलाई छलफलका लागि बोलाएर जानकारी लिएको थियो । प्राधिकरणसँगको छलफलपछि समितिले एनसेल खरिदबिक्रीको वास्तविकतासहितको सम्पूर्ण विवरण १५ दिनभित्र लिखित रुपमा पेश गर्न निर्देशन दिइएको सभापति सन्तोष चालिसेले जानकारी दिए । “आजको छलफलका क्रममा उठेका विषय र एनसेलको स्वामित्व खरिदबिक्रीका सन्दर्भमा विस्तृत अध्ययनसहित जानकारी पेश गर्न निर्देशन दिने निर्णय भएको छ”, सभापति चालिसेले भने । समितिको आजको बैठकमा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले एनसेल आजियटा लिमिटेडले…

Read More

धनगढी : कञ्चनपुरका राजनीतिक दलले शहिद भीमदत्त पन्तको शालिकमा तोडफोड भएको घटनाको घोर भत्सर्ना गरेका छन्। आज एक विज्ञप्ति जारी गर्दै नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी, राष्ट्रिय जनमोर्चा, नेपाल कम्युनिष्ट पार्टी र क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले उक्त घटनाको भत्सर्ना गरेका हुन्। मंसिर ८ गते राप्रपाद्वारा आयोजित कार्यक्रममा भीमदत्त नगरपालिका–१८ स्थित भीम वाटिकामा रहेको शहिद पन्तको शालिकमा तोडफोड गरिएको थियो। ‘शक्ति प्रदर्शनका क्रममा राप्रपाका केही अराजक उत्शृंखल नेता कार्यकर्ताहरूले भीमदत्त नगरपालिका–१८ स्थित भीम वाटिकामा रहेको महान शहिद भीमदत्त पन्तको शालिकमा तोडफोड गर्ने निन्दनिय कामको घोर भत्सर्ना गर्दछौं,’ उक्त विज्ञप्तिमा भनिएको छ। साथै उनीहरूले सर्वदलिय…

Read More

धनगढी: चीनले अब राष्ट्रिय अनुसन्धान विभाग (एनआइडी) का कर्मचारीलाई तालिम प्रदान गर्ने भएको छ। आफ्नै देशमा बोलाएर चीनले तालिम दिने भएको हो। यस अघिदेखि नै चीनले नेपाली सेना निजामती कर्मचारी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका जनशक्तिलाई विभिन्न तालिम दिँदै आएको थियो। तर अहिले भने हाल प्रधानमन्त्री कार्यालयमा लगिएको अनुसन्धान विभागको पनि क्षमता विकास गर्न तालिम दिने भएको हो। विभागका अनुसार चीनले आफ्नो देशमा बोलाएर अधिकृतहरुलाई तालिम दिने प्रस्ताव पठाएको छ। तत्कालका लागि १० जना अधिकृतलाई चीनका विभिन्न सहरमा छोटो समयको तालिम दिने प्रस्ताव उताबाट प्राप्त भएको बताइन्छ। अहिले सोही प्रयोजनको निम्ति नाम छनौट प्रक्रिया शुरु भएको बुझिएको छ।

Read More