Author: महेन्द्रनगर पोष्ट

सुर्खेत : जाजरकोट भूकम्पमा घाइते भई नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका लागि ल्याइएका ४८ बिरामी निको भएर घर फर्किएका छन् । अब भूकम्पमा परी घाइते भएका जाजरकोट र रुकुम पश्चिमका छ जना बिरामीमात्र भेरी अस्पतालमा उपचाररत रहेको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र बाँकेका स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए । ‘सबैजसो बिरामी निको भएर घर फर्किसक्नुभएको छ, अब भेरीमा शल्यक्रिया गरिएका छ बिरामीमात्रै हुनुहुन्छ’, उनले भने, ‘उहाँहरूको स्वास्थ्य अवस्था सामान्य भएका कारण अस्पतालको ‘पेइङ वार्ड’मा राखेर उपचार भइरहेको छ ।’ भूकम्पमा परी घाइते भएर उपचारका लागि भेरीमा आएका बिरामीलाई अस्पतालभित्र अलग्गै ‘डिजास्टर वार्ड’ तयार पारिएको थियो । बिरामी निको भएर घर फर्किएपछि उक्त…

Read More

धनगढी : जाजरकोट भूकम्पमा परेका सदस्यलाई मेरोमाइक्रोफाइनान्स लघुबित्त बित्तिय संस्था कालिमाटी जाजरकोट शाखाले आठ लाख रुपैयाँ बराबरको राहत बितरण गरेको छ। कार्तिक १७ गते गएको भूकम्पमा परी नलगाड नगरपालिका – १ देखि ७ सम्मका तथा बारेकोट र रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाका सदस्यलाई संस्थाले राहत दिएको हो। पाली, कल्पत, डाँडागाउँ, कैना, चाउलिचौर, करुवा, कट्के, बाङ्गेडाँडा, गराक्ली, औल, भारगाउँ, थाप्ला, लह, खनटाकुरा, कालिमाटी, दल्ली, बारेकोट गाउँपालिका ८ कोल्लेनी गाउँ, सागुतारा गाउँ, रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाका चिसापानी, भल्म, घेत्मा, पिपलगैरा र जाजरकोटको भेरी नगरपालिका १ रिम्नाका गरी विभिन्न केन्द्रमा आवद्ध ३ सय ९८ जना पीडितलाई राहत उपलब्ध गराइएको संस्थाको अनुगमन कार्यालय बिरेन्द्रनगर सुर्खेतका…

Read More

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टिका लगाउने भएका छन्। राष्ट्रपति पौडेलले विहान बुधबार बिहान १० बजेर ५१ मिनेटमा बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट टिका र आर्शिवाद लिने राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।

Read More

बैतडी : बैतडीमा भिरबाट लडेर एक पुरुषको मृत्यु भएको छ। जिल्लाको डिलाशैनी गाउँपालिका ७ का ५० वर्षीय नरेन्द्रबहादुर ऐरको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए। सोमबार राति ८ बजे घरबाट स्थानीय बजार द्वाली जान्छु भनि हिँडेका ऐर मनेकुडास्थित बाटोबाट लडेर २ सय मिटर तल खसी मृत अवस्थामा फेला परेका हुन्। ऐरको शव मंगलबार बिहान फेला परेको हो। घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

धनगढी : कैलालीको धनगढीमा एक जना युवक मृत अवस्थामा भेटिएका छन्। धनगढी उपमहानगरपालिका–३ को भाटभटेनी पछाडि आफ्नै घरमा २० वर्षीय नरेन्द्र बिष्ट मृत भेटिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदिप चन्दले बिष्ट आफ्नै घर कोठामा पंखामा झुण्डिएको अवस्थामा मृत मंगलबार बिहान भेटिएको जानकारी दिए। उनको मृत्युको कारण भने खुलेको छैन। बिष्टको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ।

Read More

काठमाडौं : नेपाल दूरसञ्चार प्राधिकरणले सरकारको निर्णयअनुसार टिकटक बन्द गर्न इन्टरनेट सेवा प्रदायकहरूलाई पत्राचार गरेकोले आज साँझसम्म सबैतिर टिकटक बन्द हुनसक्ने छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक द्वेष फैलाएको भन्दै टिकटक बन्द गर्ने निर्णय गरेको थियो । लगतै दूरसञ्चार प्राधिकरणले सरकारको निर्णय कार्यान्वयनका लागि सेवा प्रदायकलाई पत्राचार गरेको थियो । दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले भने, ‘हामीले टिकटकलाई पनि इमेल लेखेका छौँ । आजसम्म सबै ब्लक हुन्छ होला ।’

Read More

बैतडी : बैतडीको सिगासकी एक महिला ४ दिन देखि बेपत्ता रहेकी छन् । सिगास गाउँपालिका ९ चुवाकी २४ वर्षीया तारादेवी ढाँट (अधिकारी) शनिबारदेखि बेपत्ता रहेकी उनका श्रीमान दिपक ढाँटले बताए । यही कार्तिक २२ गते बझाङको बित्थडचीर गाउँपालिका वडा नम्बर ८ धरानस्थित माइती घरमा गएकी तारा शनिबार माइती घरबाट फर्केकी तर उनी घर नपुगी बाटोबाटै बेपत्ता भएकी जानकारी आएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले बताए । माइतबाट घर फर्कीसकेकी तारा घर नपुगेपछि उनको खोजी गरिदिनका लागि परिवारजनले प्रहरीमा सोमबार निवेदन दिएका छन् । बेपत्ता ताराको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । कसैले फेला पारेमा नजिकको प्रहरी…

Read More

काठमाडौं : देशका केही भू–भागमा आज हिमपातको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको हो ।  जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत पहाडी भू–भागमा आंशिक बदली रहेको छ । कोसी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

Read More

काठमाडौँ । यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गोवद्र्धन पर्वत, बली, गोरु र हलिको पूजा आजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ ।   कार्तिक शुक्ल प्रतिपदाका दिन गोवद्र्धन पर्वत, बली, गोरु र हलिको पूजा आजा गरी सम्मान प्रकट गर्ने गरिन्छ । आजका दिनमा घर आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवद्र्धन पर्वत मानी पूजा गरिन्छ । द्वापर युगमा भगवान् श्रीकृष्णले हत्केलाले गोवद्र्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवद्र्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराई बताउछन् ।  गोवद्र्धन पूजा प्रतिपदाका दिन सूर्योदय भएका दिन गर्नुपर्ने विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका…

Read More

काठमाडौं : सरकारले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेसँगै सामाजिक सञ्जालमा नयाँ बहस सुरु भएको छ। समाज टिकटकका कारण विभिन्न विकृतिहरु फैलिएको भन्दै केही समयका लागि टिकटक बन्द गर्न लागिएको सरकारको प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन्। सरकारको यस निर्णयलाई लिएर राजनीतिक वृत्तमा पनि फरक फरक धार देखिएको छ भने टिकटकबाट भाइरल भएकाहरूको प्रतिक्रिया पनि फरकफरक छ। यसैबीच टिकटकबाटै भाइरल बनेकी अमरगढी नगरपालिका-८ लटाउलीको पवित्रा साँकी अर्थात् मिस पविले आफूले टिकटक बारे केही पनि नभन्ने प्रतिक्रिया दिएकी छन्। समाजिक सञ्जाल फेसबुकमा उनले लेखेकी छन्, ´मलाई टिकटक बारे केही भन्नू छैन्। यो पोष्ट हेरेपछि फोन, म्यासेज केही नगर्नु…

Read More