Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : जुवाको खालबाट पक्राउ परेका चक्र बमसहित नौ जना धरौटीमा छुटेका छन्। जुवा ऐन अन्तर्गत अनुसन्धान भइरहेका उनीहरूलाई जिल्ला प्रशासन कार्यालयले बुधवार १५ हजार धरौटीमा छाडेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं एसपी कुमोध ढुङ्गेलले बताए। शनिबार उनीहरूलाई मैतिदेवीको एक डान्स सेन्टरमा जुवा खेलिरहेको अवस्था प्रहरी वृत्त अनामनगरले सञ्चालक गजित बिष्टसहितलाई पक्राउ गरेको थियो। पक्राउ परेकाहरूमा बम, शङ्कर आचार्य, सुर्पमान स्याङतान, नरेन्द्र विष्ट (गम्भीर), गणेश विष्ट (गजित) रोशन सिंह, टाइम मगर, घनश्याम अधिकारी थिए। तत्कालीन समयमा प्रहरीले जुवाको खालबाट एक लाख ९० हजार रुपैयाँ समेत बरामद गरेको थियो।

Read More

धनगढीः नेकपा (एमाले) ले मध्यपहाडमा आफ्नो शक्ति प्रदर्शन र संगठन विस्तारका लागि गर्ने भनेको मध्यपहाडी यात्राको तयारीका लागि दुईजना उपमहासचिवको टोलीलाई स्थलगत रुपमा खटाएको छ। पूर्वतर्फ उपमहासचिव प्रदिप ज्ञवाली र पश्चिमतर्फ अर्का उपमहासचिप विष्णु रिमालको नेतृत्वमा टोली खटाइएको हो। एमाले केन्द्रीय कार्यालयका अनुसार उपमहासचिव प्रदिप ज्ञावालीको टोली हिजो साँझै विराटनगर पुगेको छ भने अर्का उपमहासचिव बिष्णु रिमालको टोली आज बिहान धनगढीतर्फ आएको छ। उपमहासचिवसँगै एमाले सुदूरपश्चिम प्रदेश कमिटीका निवर्तमान अध्यक्ष एवं बैतडीबाट प्रतिनिधि सभा सदस्य दामोदर भण्डारी, एमाले सुदूरपश्चिम प्रदेश कमिटीका सचिव रणबहादुर चन्द लगायतका नेताहरु काठमाडौंबाट धनगढीतर्फ आएका छन्। उनीहरुले धनगढी हुँदै बैतडी र अन्य विभिन्न जिल्लाहरुको स्थलगत निरीक्षण…

Read More

धनगढीः कैलालीको कैलारी गाउँपालिकाका एक जना वडाध्यक्षको मोटरसाइकल चोरी भएको छ। गएराति कैलारी गाउँपालिका वडा नम्बर ९ का वडाध्यक्ष वसन्त चौधरीको अपाची मोटरसाइकल चोरी भएको प्रहरीले जनाएको छ। उनको सुदूरपश्चिम प्रदेश ०१००९ प ९३२३ नम्बरको बाइक गोठमा राखिएको बेला चोरी भएको हो ।

Read More

धनगढीः सरकारी कार्यालयको समय एक घण्टा कम भएको छ। आजदेखि आगामी माघ १५ गतेसम्म कार्यालय समय बिहान १० बजेदेखि अपरान्ह ४ बजे तोकिएको छ। शुक्रबारको दिन दिउँसो ३ बजे कार्यालय बन्द हुने छ। बैंक तथा वित्तीय संस्थाहरु भने माघ १५ गतेसम्म शुक्रबार बिहान १० बजे खुलेर दिउँसो साढे १ बजे बन्द हुन्छन्। जाडो समयमा दिन छोटो हुने भएकाले कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म कार्यालय समय एक घण्टा कम हुने गरेको छ।

Read More

धनगढीः कञ्चनपुरमा भान्छा कोठामा जुवा खेलिरहेको अवस्थामा प्रहरीले ८ जना जुवाडेलाई पक्राउ गरेको छ। शुक्लाफाँटा नगरपालिका १ का फलेन्द्र रानाको भान्छा कोठामा जुवातास खेलिरहेको अवस्थामा ८ जनालाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा सोही ठाँउका २९ वर्षीय तेजबहादुर रानासहितका छन्। उनीहरूको साथबाटनगद ४० हजार ९ सय २७ रुपैँया र तास ३ गड्डी बरामद गरिएको छ।

Read More

काठमाडौँ: सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ। मन्त्रिपरिषद्को नियमित बैठक मंगलबार बस्दै आए पनि यो पटक बिहीबार बसेको हो। बैठकबाट संसद्को चालु अधिवेशन अन्त्यको सिफारिस गर्ने सम्भावना छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संसद् अधिवेशन अन्त्य गर्ने व्यवस्था छ।

Read More

काठमाडौँ: आज कात्तिक १६ गते देखि सरकारी कार्यालयहरुको दैनिक सेवा समय एक घन्टा कम हुने भएको छ। जाडो समयमा दिन छोटो हुने भएकाले सरकारले वर्षका ३ महिना कार्यालय समय ६ घन्टा मात्रै तोकेको छ। कात्तिक १६ देखि माघ १५ गतेसम्म सरकारी कार्यालयको सेवा अवधि बिहान १० बजेदेखि साँझ चार बजेसम्म कायम कायम हुने सरकारी नियम छ। अन्य समय भने बिहान १० बजे खुल्ने सरकारी कार्यालयहरु साँझ ५ बजेसम्म सञ्चानल हुँदै आएका छन्।

Read More

कैलाली: पालिका अध्यक्षले युवतीलाई अँगालो मारेर नाचेको भिडियो भाइरल भएपछि कैलालीको जोशीपुर गाउँपालिकाले ध्यानाकर्षण भएको जनाएको छ। ‘पिउँदिन भन्दाभन्दै पिलायो साथीले’ भन्ने गीतमा युवतीसँग नाचेको भिडियोलाई गलत रुपमा नबुझ्न भन्दै गाउँपालिकाले विज्ञप्तिमार्फत जनाएको छ। हिजो निकालिएको विज्ञप्तिमा भनिएको छ, ‘शंकर सामुदायिक वन उपभोक्ता समितिको मिति २०८०र०७र११ गते वार्षिक सधारणसभामा उद्घाटन सत्रमा वेलुकाको समयमा आयोजित कार्यक्रममा यस गाउँपालिका प्रमुखज्यूको नेपाली गित संगितमा नृत्य भएको छ, यस विषयलाई लिएर विभिन्न मिडिया र सामाजिक संजालमा गलत प्रचार भईरहेकोमा ध्यानाकर्षण भएको छ । यसलाई गलत रुपमा नबुझन र गलत प्रचार नगर्न अनुरोध गर्दछौ।’ केही दिनयता कैलालीको जोशीपुर गाउँपालिका अध्यक्ष चित्रबहादुर थारुले नाचेको भिडियो सामाजिक…

Read More

काठमाडौं : आईसीसी टी–२० क्रिकेट विश्वकप छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले ओमानविरुद्ध टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ। टीयू मैदानमा कप्तान रोहित कुमार पौडेलले टस जितेर फिल्डिङ रोजेका हुन्। नेपालका लागि करण केसीले पहिलो विकेट लिएका छन्। केसीले कश्यप प्रजापतीलाई आउट गरेका हुन्। केसीको बलमा आशिफ शेखले क्याट आउट गराएका हुन्। प्रजापतीले ५ बलमा ८ रन बनाएर पेभेलिएनमा फर्किए। उनले दुई चौका हानेका थिए। समूहगत चरणको अन्तिम खेल अगाडि नै समूह ‘ए’बाट नेपाल र ओमान सेमिफाइनलमा पुगेका छन्। आजको खेलबाट समूह विजेता बन्ने लक्ष्य रहेको छ। छनोट प्रतियोगिताको पहिलो खेलमा नेपालले सिंगापुरलाई ८ विकेटले र दोस्रो खेलमा…

Read More

टीकापुर : कैलालीको टीकापुरस्थित टीकापुर पार्कमा दसैँपछि पर्यटक बढेका छन्। पार्कमा आजभोलि दैनिक सयौँदेखि हजारौँ पर्यटक आउन थालेका छन्। दसैँ सुरु भएदेखि नै पार्कमा पर्यटक बढेका हुन्। पार्कमा आन्तरिक पर्यटक वनभोज र अन्य जिल्लाका पर्यटक अवलोकनका लागि आउने गरेका छन्।पार्कमा हरेक वर्ष यो याममा पर्यटक बढ्ने गर्छन् । बर्खामा पर्यटकको संख्या घटेको टीकापुर पार्कमा चाडपर्वसँगै पर्यटक पनि भित्रिन थालेका छन् । पार्कमा कात्तिकको १५ गतेसम्म १० हजार पर्यटकले पार्क अवलोकन गरेका छन्। पार्कमा सबैभन्दा बढी कात्तिक ८ गते एक हजार आठ सय र ९ गते एक हजार पाँच सय पर्यटक भित्रिएका छन्। कात्तिकमा मात्रै पार्कमा पर्यटकबाट दुई लाख ५० हजार…

Read More