Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : नेपाली सेनाको भर्ना छनोट निर्देशनालयले अधिकृत क्याडेट पदका लागि आवेदन आव्हान गरेको छ। रिक्त २२९ अधिकृत पद खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्नको आवेदन माग गरिएको भर्ना छनोट निर्देशनालयले एक सूचना जारी गर्दै जानकारी दिएको हो। मंसिर २३ गतेसम्म आवेदन दिन सकिने उल्लेख छ। दोब्बर दस्तुर बुझाएर भने एक हप्ता पछिसम्म आवेदन दिन सकिनेछ।

Read More

काठमाडौ्: हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो देशको पहाडी भूभागहरूमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी भूभागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। साथै देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। राति देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना…

Read More

धनगढी : घरेलु टोली भारतले आइसिसी विश्वकप २०२३ मा श्रीलंकालाई ५५ रनमा अल आउट गर्दै सेमिफाइनलमा स्थान बनाएको छ। मुम्बईको वानखेडे स्टेडियममा भएको खेलमा भारतले श्रीलंकालाई ३ सय २ रनले हराउँदै सुरुवाती सात खेलमा जितका साथ शीर्षस्थानमा रहँदै दुई खेल अगावै सेमिफाइनलमा स्थान पक्का गरेको हो। भारतले दिएको ३५८ रन पछ्याउने क्रममा श्रीलंका १९ दशमलब ४ ओभरमा ५५ रन बनाउँदा अलआउट हुँदै ३०२ रनको विशाल अन्तरले हारेको हो। श्रीलंकालाई जम्मा ५५ रनमा सिमित राख्न भारतका बलरहरु मोहम्मद शमीले पाँच विकेट, मोहम्मद सिराजले तीन विकेट तथा जसप्रीत बुमराहले एक विकेट लिए। श्रीलंकाका पाँच जना ब्याटर खाता नै नखोली आउट…

Read More

काठमाडौँ : प्रहरीले चिनीको कृत्रिम अभाव सिर्जना गरेको पाइएमा प्रहरीको निःशुल्क हटलाइन १०० मा सम्पर्क गर्न आग्रह गरेको छ। प्रहरीले बिहीबार एक सूचनामार्फत चिनीको कालोबजारी, जम्माखोरी वा कृत्रिम अभाव सिर्जना गरेको पाइएमा त्यसको सूचना हेलो सरकार, प्रहरीको निःशुल्क हटलाइन १०० वा नेपाल प्रहरीको आधिकारिक सामाजिक सञ्जालमा जानकारी दिन आग्रह गरेको हो। यस्तै प्रहरीले चिनीको अभाव हुन नदिन प्रहरीको सम्पूर्ण इकाइहरुलाई सक्रिय परिचालन गरेको जनाएको छ। तिहारको मुखमा बजारमा कृत्रिम अभाव सृजना गरी चिनीको अभाव भएको जनगुनासो आएपछि सम्पूर्ण इकाइहरुलाई सक्रिय परिचालन गरेको प्रहरीले बताएको छ।

Read More

काठमाडौं : कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका उपाध्यक्ष होमप्रकाश चौधरी (कुर्मी)ले प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ज्ञवालीलाई भकुरेका छन्। बिहीवार दिउँसो आफ्नो कार्यकक्षमा प्रवेश गरी उपाध्यक्ष कुर्मीले हातपात गरी गालीगलौज गरेका प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले बताएका छन्। वादविवादका क्रममा ज्ञवालीको ‘नेम प्लेट’ र उनको कार्यकक्षमा रहेको टेबुलको सिसा पनि फुटेको छ। उपाध्यक्ष कुर्मीले चढ्दै गरेको गाडी आफूलाई नचाहिने भन्दै गत असार २५ गते फिर्ता गरेका थिए। त्यसयता अधिकृत ज्ञावलीले चढ्दै आएका थिए। लोसपाबाट निर्वाचित अध्यक्ष कमलेशशरण चौधरी र माओवादी केन्द्रबाट निर्वाचित उपाध्यक्ष कुर्मीबीच सुरुदेखि नै विवाद हुँदै आएको छ। विवादकै कारण गाउँसभा, बजेट पारित हुन हरेक वर्ष ढिला हुँदै आएको छ। यो विवादमा…

Read More

डडेल्धुरा : डडेल्धुरा सदरमुकाम नजिकैको चिम्रिकोटदेखि टुडिँखेल जोडने सडक स्तरोन्नतीका क्रममा निर्माण व्यवसायीले गुणस्तरहीन निर्माण सामाग्री प्रयोग गरिरहेको भन्दै स्थानीय युवाहरुले निर्माण कार्य रोकेका छन्। अमरगढी नगरपालिका–४ खलंगास्थित जयबाबा घटाल युवा क्लवको अगुवाईमा गुणस्तरहीन काम भइरहेकोले सम्बन्धित कार्यालयसँग अनुरोध गरेर सडक निर्माण कार्य रोकिएको स्थानीय युवा खगेन्द्र ठकुराठीले जानकारी दिए। सुदूरपश्चिम प्रदेश सरकार मातहतको भौतिक पुर्वाधार विकास कार्यालय डडेल्धुराले उक्त कच्ची सडकमा नाली निर्माणका लागि पूजा एण्ड पवन निर्माण सेवा डडेल्धुरासँग सम्झौता गरेर निर्माण कार्य भइरहेको हो। सडकको नाली ढलान गर्ने क्रममा माटो मिसिएको बालुवा र गुणस्तरहीन गिट्टी प्रयोग गरेको पाइएपछि तत्काल निर्माण व्यवसायी र सम्बन्धित कार्यालयलाई जानकारी गराएर निर्माण कार्य रोक्न…

Read More

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गुण्डा नाइके रिगल भनिने योगराज ढकाललाई सरकारले दिएको कैद मिनाहा बदर गर्ने सर्वोच्च अदालतको फैसलालाई स्वागत गरेका छन्। बिहीबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरू सँग कुराकानी गर्दै सभापति लामिछानेले योगराज ढकाल रिगलको कैद मिनाहा बदर गर्ने सर्वोच्च अदालतको फैसलालाई स्वागत गरेका हुन्। उनले आफूहरूले कैद मिनाहाका लागि सडक र सदनमा पनि जोडदार माग गरेको र राष्ट्रपतिलाई समेत गएर भेटेको कुरा स्मरण गरे। उनले सरकारले यस त्रुटिबाट पाठ सिकेर आगामी दिनमा विधिको शासनको महसुस गर्नुपर्ने बताए। ‘सर्वोच्च अदालतको यो फैसलालाई स्वागत गर्न चाहन्छौँ। सबैभन्दा जोडदार सडकमा पनि, सदनमा पनि, प्रक्रियामा पनि र राष्ट्रपतिलाई अपिल पनि…

Read More

काठमाडौं : अभियन्ता तारा बरालले नेपाल प्रहरीका पूर्वएआईजी रणबहादुर चन्दसँग बिहे गर्ने सहमति गरेकी छन्। उनीहरूले कानुनी रुपमै बिहेको प्रक्रिया अगाडि बढाएका हुन् । बराल र चन्दले बिहे गर्न सहमति कागजातसमेत गरेका छन्। बराल एकल महिला हुन् भने बैतडी पुर्ख्यौली घर भएका चन्दको श्रीमतीको निधन भएको हो। यसअघि नै चन्द र बरालबीच सम्बन्ध रहेको चर्चा चलेको थियो।

Read More

काठमाडौं : आइसिसी टी-२० विश्वकप २०२४ अन्तर्गत एसिया छनोटको सेमिफाइनलमा भोलि मुलपानी मैदानमा नेपाल र युएईबीच खेल हुनेछ। सो खेलमा जित हात पार्ने टिम २०२४ को टी-२० विश्वकपमा छनोट हुनेछ। मुलपानी मैदानमा प्यारापिटको व्यवस्था नभएको र दर्शकलाई हेर्ने ठाँउ सीमित भएको हुँदा अनलाइनमार्फत् ३५ सय मात्र टिकट बेच्ने नेपाल क्रिकेट संघले जनाएको छ। संघले मैदानमा टिकट बुथ नहुने तथा दशर्कलाई घरमै बसेर खेल हेर्न समेत अनुरोध गरेको छ। यस्तै अतिथिका लागि पास वितरण नगरिने पनि संघको भनाइ छ।

Read More

धनगढी : नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्र सिंह ऐरीले आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोट फाइनलको सेमिफाइनल खेल खेल्ने सम्भावना बढेको छ। यसअघि छनोटको पहिलो खेल अन्तर्गत सिंगापुरविरुद्धको खेलअघि भएको अभ्यासका क्रममा उनको बाँया खुट्टाको एंकलमा चोट लागेको थियो। चोटपछि उनले एसिया छनोटको फाइनलका सबै खेल गुमाउने भनिएपनि ओमानविरुद्धको खेलअघि अभ्यासमा देखिएका थिए। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ओमानविरुद्धको खेल चलिरहँदा दिपेन्द्रले नेट अभ्यास गर्न पुगेका थिए। पछिल्लो समय उच्च लयमा देखिएका ऐरी छनोट खेल अघि नै चोट बोक्न पुगेका थिए। ऐरी ब्याटिङसँगै बलिङ र उत्कृष्ट फिल्डिङ पनि गर्ने गर्छन्। ओमानविरुद्धको खेलमा नेपाल ५ रनले पराजित हुँदा पनि दिपेन्द्रको अभाव…

Read More