Author: महेन्द्रनगर पोष्ट

डडेल्धुरा : डडेल्धुराको भित्रीमधेशमा पर्ने परशुराम नगरपालिकामा नगरस्तरीय क्रिकेट प्रतियोगिता हुने भएको छ। नगरको वडा नम्बर ६ को कार्यालयको आयोजनामा ‘स्वर्गिय नरबहादुर धामी स्मृति पाँचौं नगरस्तरीय पुरुष खुल्ला क्रिकेट प्रतियोगिता’ हुने भएको हो। स्व. धामी सोही वडाका पूर्व वडासदस्य थिए। वडा नम्बर ६ कै पुरानो चौकीको खेलमैदानमा हुन लागेको उक्त क्रिकेट प्रतियोगिताको विजेताले ६१ हजार ५५५ रुपैयाँ र उपविजेताले ३१ हजार ५५ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र पाउने वडाध्यक्ष खगेन्द्रबहादुर सिंहले जानकारी दिए। साथै उत्कृष्ट बलर र ब्याटस्म्यानलाई उचित पुरुस्कारसमेत दिइने उनले बताए। प्रतियोगिता यहि कात्र्तिक १८ गतेदेखि हुने आयोजकले जनाएको छ।

Read More

धनगढी : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इजरायलमा सम्पर्कविहीन भएका नेपाली नागरिक विपिन जोशी सकुशल फिर्ताको कामना गरेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आइतबार भएको भेटपछि आयोजित पत्रकार सम्मेलनमा गुटेरेसले हमासको आक्रमणमा मृत्यु भएका नेपालीहरुप्रति श्रद्धाञ्जली व्यक्त गरे। महासचिव गुटेरेसले विश्वभर शान्ति मिसनमा नेपालले गरेको योगदानको प्रशंसा गरे।

Read More

काठमाडौं: यहि अक्टोबर ७ मा इजरायली सैन्य क्षेत्र र शहरहरूमा हमासले आक्रमण गरेको थियो। १० नेपालीसहित त्यहाँ कम्तीमा एक हजार ४०० जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। यस्तै उक्त आक्रमणको बदलामा इजरायले गाजापट्टीमा हवाइ हमला गरेको थियो। त्यसबाट करिब ७ हजार भन्दा माथि प्यालेस्टाइनी मृत्यु भइसकेको छ। इजरायलले गाजामा खाद्यान्न, पानी र बिजुलीको आपूर्तिमा कटौती पनि गरेको छ। हमासले हतियार र विस्फोटक पदार्थ बनाउन प्रयोग गर्ने भन्दै इन्धनको सबै आपूर्तिमा रोक लगाएको हो। अहिले गाजा क्षेत्र शवले भरिएको छ। तर पनि इजरायलले गाजामा आकाश, जमिन र समूद्रबाट आक्रमण जारी राखेको छ। इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहूले अब हमासविरूद्धको दोस्रो…

Read More

धनगढी : कैलालीमा करेन्ट लागेर छोरीको मृत्यु भएको छ भने आमा घाइते भएकी छन्। जिल्लाको भजनी नगरपालिका–२ पल्टिपुर बस्ने ४१ वर्षीया प्रेमी डगौराकी १३ वर्षीया छोरी सुस्मा डगौराको करेन्ट लागेर मृत्यु भएको हो। घरको आँगनमा आमासँगै पंखाको हावाबाट धानको भुस केलाउने क्रममा पंखाको तार सर्ट भएर करेन्ट लागेर दुवै जना गम्भीर घाइते भएका थिए। उपचरका लागि प्राथमिक स्वास्थ्य केन्द्र भजनीमा लगिएको सुस्माको मृत्यु भएको हो भने उनकी आमा प्रेमी डगौराको उपचार जारी छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

धनगढी : आफ्नै छोरीमाथि जबर्जस्ती करणीको प्रयास गर्ने धनगढीमा एक पूर्व प्रहरी अर्थात् रिटायर्ड सईलाई प्रहरीकै मिलेमतोमा लुकाइएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीमा धनगढीकै पन्त थरका रिटायर्ड सईले आफ्नै छोरीलाई करणी गर्ने प्रयास गरेको भन्दै उजुरी परेको महिना दिन हुन लाग्दा समेत पक्राउ नगरिएको हो। काठमाडौंमा पढ्दै जागिर गर्ने ती युवती धनगढी (घर) आएकी थिइन्। घर आएकी छोरीलाई पन्तले करणी प्रयास गरेका थिए। घटना असोज १३ गते रातिको भएपनि आफ्ना अन्दाजी ५० वर्षीय बुवाविरुद्ध अन्दाजी २२ वर्षीया छोरीले करणी प्रयासको आरोपमा असोज १९ गते उजुरी दिएकी थिइन्। उजुरीपछि पन्त फरार थिए। तर, स्रोतका अनुसार दसैंमा मात्र आरोपितले घरमा आएर टीका…

Read More

धनुषा : धनुषामा महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक झाँक्रीलाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा सबैला नगरपालिका- ११ का ३२ वर्षीय विष्णुदेव ठाकुर रहेका छन्। ठाकुरलाई बिरामी महिलालाई झारफुक गरी निको पार्ने भन्दै मसानघाट पुर्‍याएर बलात्कार गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक रञ्जन अवाले बताए। ठाकुरविरुद्ध जवरजस्ती करणी कसुरमा मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको उनले बताए। डीएसपी अवालेका अनुसार गत कात्तिक ५ गते अष्टमीको राति ती महिलालाई झाँक्री ठाकुरले मसानघाटमा लगेका थिए। भूतप्रेत लागेकोले महिला बारम्बार बिरामी भइरहेको भन्दै झारफुक र तन्त्रमन्त्रका लागि झाँक्री ठाकुरले महिला र उनका श्रीमानलाई मसानघाट लगेका थिए। मसानघाटमा श्रीमान् बस्न…

Read More

कैलाली : कैलालीमा घरको आँगनको विषयमा विवाद हुँदा बुवाको हत्या गर्ने छोरालाई प्रहरीले पक्राउ गरेका छ। आफ्नै बुवा ४५ वर्षीय हिरा सिंह चौधरीको हत्या गरेको अभियोगमा जानकी गाउँपालिका-३ लाईकपुर चौधरी गाउँ बस्ने २४ वर्षीय गणेश चौधरीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो। आफ्नै घरको आँगनमा घरायसी विवादको क्रममा ढुङ्गाले प्रहार गर्दा हिरा सिंहको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरी टोलीले गणेशलाई पक्राउ गरेको हो।

Read More

धनगढी : बारामा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ११ जना घाइते भएका छन् । चितवनबाट वीरगञ्ज जाँदै गरेको ना७ख ४७४९ नम्बरको बस शनिबार राति जितपुर उपमहानगरपालिका-२ सिमरा चोकमा दुर्घटना हुँदा भारतको मोतिहारी घर भई वीरगञ्ज बस्दै २७ वर्षीय मुकेश साहको मृत्यु भएको हो। दुर्घटनामा बाराको कलैया उपमहानगरपालिका-२० का ४५ वर्षीय वीरबहादुर महतो, पर्साको वीरगञ्ज महानगरपालिका-८ का ३० वर्षीय सुरज साह कानु, सोही ठाउँका १८ वर्षीय प्रिया गुप्ता, १६ वर्षीया मनिषा साह र २८ वर्षीय मोहन साह रहेका छन्। यस्तै वडानम्बर १२ बस्ने २३ वर्षीया सेजल गुरुङ, सोही ठाउँका ५२ वर्षीय ललन चौरसिया, २७ वर्षीय राजनकुमार गुप्ता,…

Read More

सुर्खेत : दैलेख क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद दिक्पाल शाहीलाई पश्चिम सुर्खेतका नागरिकले पोष्टरमा  टासेर प्रश्न गरेका छन्। सांसद शाहीको फोटोलाई पोष्टर बनाएर प्रश्न गरिएको छ, ‘माननीय ठेकेदार दिक्पाल शाहीज्यू बाटो कहिले बन्छ।’ सांसद शाहीको निर्माण कम्पनीले मदन भण्डारी राजमार्गअन्तर्गत सुर्खेत बड्डिचौरदेखि खम्बागाडे खण्डको १२ किलोमिटर सडक कालोपत्रेको जिम्मा लिएको लामो समय भइसक्दासमेत बन्न नसकेपछि उनको व्यापक आलोचना हुन थालेको हो। गत वर्षको असारमा पूर्व सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सडक स्तरोन्तिको शिलान्यास गरेका थिए। पूर्वाधार विकास निर्देशनालय सुर्खेत र सांसद शाहीको निर्माण कम्पनी अनक जयदेवी जेभी बाँकेबीच ४२ करोड ४७ लाख ६१ हजार…

Read More

काठमाडौं : भारती मानन्धरले दशैँ सकिएसँगै पुनः रिले अनशन सुरु गरेकी छन्। श्रीमानको हत्या गरेको आरोपमा थुनामा रहेका गुण्डा नाइके रिगल भनिने योगराज ढकाललाई संविधान दिवसको अवसरमा आममाफी दिएपछि प्रतिवादमा उत्रिएकी नेपालगञ्जकी मानन्धरले पुनः रिले अनशन सुरु गरेकी हुन्। श्रीमान चेतन मानन्धरको हत्या अभियोगमा जेल परेका रिगललाई गत असोज ३ गते सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएपछि परिवारले विरोध गर्दै आएका छन्। रिगल विरुद्ध २८ असार २०७२ मा नेपालगञ्जको धम्बोजी चोकमा चेतनमाथि खुँडा प्रहार गरी हत्या गरेको अभियोग थियो। उनलाई जिल्ला अदालत बाँकेका तत्कालीन न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७६ साल वैशाखमा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो। घटनामा संलग्न…

Read More