Author: महेन्द्रनगर पोष्ट

महेन्द्रनगर : कैलाली र कञ्चनपुरमा सशस्त्र प्रहरी बलद्वारा आजदेखि नेपाल–भारत सीमास्तम्भ मर्मत तथा रङरोगनको काम सुरु भएको छ । यसअघि भारतीय पक्षसितको समन्वयमा नापी विभागले सीमास्तम्भ मर्मत तथा रङरोगन गर्दै आएको भए पनि यस पटक सरकारले सशस्त्र प्रहरी बललाई त्यसको जिम्मेवारी दिएको छ । कैलालीको बङ्गग्राकटान र कञ्चनपुरको डोकेबजारबाट मर्मत सम्भारको काम सुरु भएको सशस्त्र प्रहरी बल नं ७ वैजनाथ मुख्यालय अत्तरीयाका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले जानकारी दिए । कञ्चनपुरतर्फ सशस्त्र प्रहरीको नं ३५ गण मुख्यालय र कैलालीमा नं ३४ गणले सो कार्य सुरु गरेको छ । त्यसैगरी सशस्त्र प्रहरी बल नं ३५ गणका गणपति सशस्त्र प्रहरी…

Read More

धनगढीः कैलालीको टीकापुरबाट लागुऔषधसहित तीन जना पक्राउ परेका छन्। जिल्लाको टीकापुर नगरपालिका–१ बनगाउँबाट आइतवार साँझ ८ सय ८० मिलिग्राम लागुऔषधसहित सोही नगरपालिका–३ शंकरपुरका २५ वर्षीय कमल श्रीपाईली समेत ३ जनालाई प्रहरीले पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको टोलीले उनीहरूलाई लागुपदार्थसहित पक्राउ गरेको जनाएको छ।

Read More

दिपायल : डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार भएका छन् । राजपुर स्थित सुजङ्ग बोर्डिङ स्कुलमा अध्ययनरत विद्यार्थीहरु रातीको समयमा फरार भएका हुन् । केआईसिँह गाउँपालिका – ७ सलेना घर भई कक्षा १० मा अध्ययनरत वर्ष १७ का सुशील बलायर र सोही पालिकाको वडा नम्बर ६ घर भई कक्षा ८ मा अध्ययनरत वर्ष १६ का भोज खड्का होस्टेलबाट भागेका हुन् । सुशील लोक बहादुर बलयरका छोरा हुन् भने भोज हिम्मत खड्काका छोरा हुन् । स्कुलका डाइरेक्टर नरेश बलायरका अनुसार आइतबार रातिको समयमा होस्टेल छोडेर तीन जना भागेका थिए । जसमध्य एक जना सोमबार सिलगढी स्थित आफ्नो घर पुगेका छन् भने…

Read More

काठमाडौँ : रुसी सेनामा कार्यरत मृत्यु हुने नेपालीको संख्या ६ पुगेको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रालयले हालसम्म रुसी सेनामा गएका ६ जना नेपालीको मृत्यु भएको जनाएको हो । मृत्यु हुनेमा गोरखाका सन्दीप थपलिया, कपिलवस्तुको वाणगंगा–१ का रूपक कार्की, पोखराका देवान राई, स्याङ्जा पुतलीबजार–५ का पितम कार्की, दोलखाको मेलङ–६ का राज कुमार रोका र इलामका गंगाराज मोक्तान रहेका मन्त्रालयले जनाएको छ । सरकारले कसैको प्रलोभनमा परी वा गलत सूचनाको आधारमा रुसी सेनामा भर्ना नहुन अनुरोध गरेको छ । यस्तो छ विज्ञप्ति रुसी सेनामा निधन भएका नेपालीहरु सम्बन्धी प्रेस विज्ञप्ति यस मन्त्रालयले मिति २०८०।०४।१६ मा एक प्रेस विज्ञप्ति…

Read More

काठमाडौँ: सर्वोच्च अदालतमा प्रस्तावित ६ जना न्यायाधीश विरुद्ध १० वटा उजुरी परेको छ । संसदीय सुनुवाइ समितिमा उनीहरूविरुद्ध उजुरी परेको हो भने तीन जना विरुद्ध एक वटा पनि उजुरी परेको छैन। उजुरी नपर्नेहरूमा महेश शर्मा पौडेल, सुनिलकुमार पोखरेल, बालकृष्ण ढकाल छन्। सबै भन्दा बढी उजुरी पर्नेमा सारंगा सुवेदी छन् उनलाई पाँच वटा उजुरी परेको छ। न्याय परिषद्ले सर्वोच्च अदालतका न्यायाधीश पदका लागि सिफारिस गरेका सारंगा सुवेदी, अब्दुल अजित मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुङ्गाना सुनिलकुमार पोखरेल र बालकृष्ण ढकाल विरुद्ध उजुरी आह्वान गरिएको थियो। गत मंसिर ८ देखि सोमबारसम्ममा १० वटा उजुरी प्राप्त भएको समिति सचिवालयले जनाएको छ। उजुरीको समय…

Read More

मुगु: हिमाली जिल्ला मुगुका विभिन्न उच्च स्थानमा यस वर्षको सुरुवाती हिमपात हुन थालेको छ। आइतबार रातिबाट बदली हुँदै गएपनि आज बिहानैदेखि उच्च भूभागमा हिउँ र बेँसीमा पानी पर्न सुरु गरेको हो । मुगुम कार्मारोङ गाउँपालिकामा पर्ने यार्सा पाटन, कोईकी हिमाल मुगु र डोल्फु क्षेत्रमा हिमपात सुरु भएको डोल्फु गाउँका नेग्मा सेराव लामाले जानकारी दिए। उनका अनुसार प्रमुख पर्यटकीय क्षेत्र रारा र मुर्माटपमा पनि बिहानैदेखि हिउँ पर्न सुरु भएको र चिसो असाध्यै बढेको छ। रारा घुम्न आएका पर्यटन हिमपात तथा पानीले हवाई र स्थलमार्ग बन्द हुनसक्ने भन्दै बिहानै यहाँबाट घरतर्फ जान तरखर गरेका रारा राष्ट्रिय निकुन्जका रेन्जर हिमाली खत्रीले जानकारी दिए।…

Read More

काठमाडौं : जिल्ला अदालत काठमाडौँले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवसहित उच्च नेताहरू विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। उनीहरू विरुद्ध जिल्ला अदालत काठमाडौंमा २०७६ असोज ९ गते राज्यविरुद्धको कसुर मुद्दा दायर भएको थियो। २०८० साल मङ्सिर १० गतेको आदेश अनुसार मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को ५८ ९१३० ३५ दिनको पक्राउ पुर्जी जारी गरिएको अदालतको सूचनामा उल्लेख छ। पक्राउ पुर्जी भएको शीर्ष नेताहरू विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा अखिल नेपाल किसान महासङ्घ क्रान्तिकारीका अध्यक्ष राजु कार्कीविरुद्ध ३५ दिने पक्राउ पुर्जी जारी भएको छ।

Read More

धनगढी : कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको गोदावरी नगरपालिका–३ का २९ वर्षीय प्रहलाद खत्री र २५ वर्षीय विकास कट्टेल रहेका छन्। विशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय मालाखेती, कैलालीबाट सादा पोषाकमा खटिएको प्रहरीले उनीहरूलाई सोमबार गोदावरी नगरपालिका–१ बरपिपल गल्लीबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो। दुबै जनाको साथबाट ५ ग्राम २५० मिलिग्राम लागूऔषध खैरो हिरोईन फेला पारी बरामद गरेको कैलाली प्रहरीले जनाएको छ। उनीहरू विरुद्ध थप अनुसन्धान भइरहेको छ।

Read More

धनगढी : कैलाली र कञ्चनपुरमा आजदेखि नेपाल–भारत सीमास्तम्भ मर्मत तथा रङरोगन सुरु भएको छ। यसअघि भारतीय पक्षले जोर सिमा पिल्लर मर्मत तथा रङरोगन गरिसकेको छ। नेपाली पक्षले कैलाली कञ्चनपुरमा आजदेखी पिल्लर मर्मत तथा रङरोगन सुरु गरेको हो। सशस्त्र प्रहरीले सिमा पिल्लरहरुको मर्मत तथा रङरोगन गर्ने छ। कैलालीको धनगढी उपमहानगरपालिका–९ बङ्गग्राकटान स्थित ७४९/१ नम्बरको सिमा स्तम्भमा रङरोगन गरी सशस्त्र प्रहरीले सिमा स्तम्भ मर्मत तथा रङरोगन कार्यको शुरुवात गरेको हो। एक औपचारिक कार्यक्रम गरी धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल, प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल, सशस्त्र प्रहरी बल नम्बर ७ मुख्यालय अत्तरियाका प्रमुख सशस्त्र प्रहरी नायब महानिरिक्षक कुमार न्यौपाने, धनगढी उपमहानगरपालिका वडा नम्बर…

Read More

काठमाडौं : हमासको स्वास्थ्य मन्त्रालयले इजरायलले आइतबार युद्धग्रस्त गाजा पट्टीका विभिन्न क्षेत्रमा नयाँ हवाई आक्रमण गर्दा दर्जनौंको मृत्यु भएको बताएको छ। साथै सयौँ मानिसहरु घाइते भएको बताएको छ। इजरायली हवाई हमलाले उत्तरी पट्टीको जबलिया क्याम्पमा रहेको एक आवासीय भवनलाई निशाना बनाइ आक्रमण गरेको थियो। पछिल्लो केही घण्टामा ३७ जनाको ज्यान गएको बताइएको छ। यसैबीच, गाजा शहरको उत्तरमा रहेको अबु एस्कन्दर क्षेत्रमा रहेको एउटा घरलाई निशाना बनाएर इजरायली बमबारीमा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने अन्य २० जना घाइते भएका छन्। यसबाहेक प्यालेस्टाइन सिभिल डिफेन्स सर्भिसले गाजा शहरको पूर्वमा रहेको याफा स्ट्रिटमा इजरायली युद्धक विमानहरूले ध्वस्त पारेका घरहरूमा कैयौं मानिस…

Read More