Author: महेन्द्रनगर पोष्ट

बैतडी : स्थानीय सरकारले क्रिकेट खेललाई प्राथमिकता दिनुपर्ने नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बताएका छन्। बैतडीको दशरथचन्द क्रिकेट मैदान,सुन्दरखालीमा २०औँ संस्करणको बिडिसिए कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उद्घाटन समारोहमा बोल्दै स्थानीय सरकारले क्रिकेट खेललाई प्राथमिकतामा नराखेको बताएका हुन्। देशको नम्बर १ खेल क्रिकेट बनिसकेको अवस्थामा पनि स्थानीय सरकारले अझै यो खेलको विकासका लागि स्थानीय तह सक्रिय नरहेका चन्दको भनाइ छ। उनले भने, ‘स्थानीय तहहरूले क्रिकेट  खेलमा लगानी गरिरहेका छैनन्। यसले खेल र खेलाडीप्रति अपमानको महसुस भएको छ।  युवाहरूको चाहना क्रिकेटमा छ। तर यो खेलप्रति लगानी छैन।’ देशका उच्चस्तरका नेता क्रिकेट जित्दा बधाई  मात्रै दिने गरेका भए पनि यसको विकासमा ध्यान…

Read More

काठमाडौं :  चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो चौमासिक अवधिमा रू ५७ अर्ब ७१ करोडभन्दा बढी सार्वजनिक ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गत असार मसान्तसम्ममा रू २२ खर्ब ९९ अर्ब ३५ करोड २४ लाख बराबर रहेको सार्वजनिक ऋण कात्तिक मसान्तसम्म पुग्दा रू २३ खर्ब ५७ अर्ब छ करोड नाघेको हो । कार्यालयको गत कात्तिक मसान्तसम्मको तथ्याङ्कअनुसार हालसम्म नेपालले तिर्न बाँकी आन्तरिक ऋण रू ११ खर्ब ८३ अर्ब ५७ करोड २१ लाख र बाह्य ऋण रू ११ खर्ब ७३ अर्ब ७९ करोड ६६ लाख रहेको छ । चालु आवको चार महिनामा सरकारले आन्तरिक ऋणको साँवाब्याज भुक्तानीमा रू…

Read More

काठमाडौं : यूएईमा जारी राष्ट्र संघीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप २८) लाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिमालयलाई बचाउन आग्रह गरेका छन् । सम्बोधनको सुरुमै प्रचण्डले आफू ३० मिलियन नेपालीको सन्देश बोकेर आएको उल्लेख गर्दै तापक्रम वृद्धिले हिमालय सताइएकाले यसलाई बचाउन आफूहरूको स्पष्ट सन्देश रहेकाे बताए ।  प्रचण्डले नेपालको जलवायु परिवर्तनमा शून्य भूमिका भए पनि असर भने सबैभन्दा धेरै भोग्नुपरेको भन्दै अन्तर्राष्ट्रिय जगतलाई सचेत गराएका छन् । उनले भने, ‘म हालैको आईपीसीसी प्रतिवेदनका निष्कर्षहरूप्रति गहिरो रुपमा चिन्तित छु, जसमा जलवायु प्रेरित प्रकोपहरूले हिमालयमा कीर्तिमान तोडिरहेका छन् । विश्वव्यापी उत्सर्जनमा लगभग शून्य योगदान भए पनि नेपालले जलवायु परिवर्तनको प्रत्यक्ष, असमान…

Read More

काठमाडौं : दोलखाको बिगु गाउँपालिका-१ बाट बरामद भएको ११ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका १४ जनामध्ये ९ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएको छ। शुक्रबार जिल्ला न्यायाधीश डिल्लीरत्न श्रेष्ठको इजलासले सुन प्रकरणमा दावा भन्ने आकार लामा, टासी भन्ने ग्याङ रू, नुर्बु छिरिङ शेर्पा, पेम्बा तामाङ, च्याङ्बा भन्ने चस्मान तामाङ, सनद प्रधान, लाल बहादुर तामाङ, केशर तामाङ र माधवकुमार मगर गरी ९ जनालाई थुनामा पठाउन आदेश गरेको हो। सोही प्रकरणमा पक्राउ परेका तिलक विकलाई ८८ लाख, दिपेन्द्रराज शाक्यलाई ९३ लाख ५० हजार र महिमा माझीलाई १ करोड ७९ लाख ४० हजार धरौटीमा रिहा गर्न आदेश गरेको छ। उनीहरूले तस्करी…

Read More

डडेल्धुरा : डडेल्धुराका ओमप्रकाश पन्त करातेको अन्तराष्ट्रिय प्रशिक्षक बन्न सफल भएका छन्। एसियन कराते महासंघले लिएको अन्तराष्ट्रिय प्रशिक्षकको परिक्षामा उनी पास भएका हुन्। जिल्लाको अमजमेरु गाउँपालिका–६ कानाकोटमा जन्मेका ३४ वर्षीय पन्त २०६२ सालबाट खेलकुद क्षेत्रमा सक्रिय छन्। उनी योभन्दा अगाडि अजयमेरु गाउँपालिकाको मुख्य खेलकुद प्रशिक्षक थिए। सानैदेखिको अन्तराष्ट्रिय कोच बन्ने सपना पूरा भएपछि उनले खुसी व्यक्त गरे।

Read More

जाजरकोट: जाजरकोटको नलगाड नगरपालिकाकी भूकम्पपीडित एक किशोरीमाथि कुटपिटपछि बलात्कार भएको छ। ठूली आमाको परिवारसँगै बसेकी उनी २६ कात्तिक राति नजिकैको चौरमा बलात्कृत भएकी हुन्।बलात्कार अभियोगमा २१ वर्षीय गोपाल वादी पक्राउ परेका छन्। घटनाको अनुसन्धान गरेर प्रहरीले बुझाएको प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालय जाजरकोटले जिल्ला अदालतमा शुक्रबार गोपालविरुद्ध अभियोगपत्र दायर गरेको छ। अभियोग पत्रमा उल्लेख भएअनुसार २६ कात्तिकको अन्दाजी ८ः३० बजे पीडित किशोरी केही पर रहेको शौचालय पुुगेर फर्किँदै थिइन्। पछाडिबाट मुख छोपी रुन कराउन नदिएर गोपालले उक्त स्थानदेखि करिब ६० मिटर पर रहेको कृषि विद्यालयनजिकैको बाँझो जग्गामा लगी लडाए र प्रतिकार गर्दा उल्टै कुटपिटपछि बलात्कार गरे। बलात्कारपछि किशोरी हिँड्न नसक्ने…

Read More

कैलाली : नेपाल इङ्लिस ल्याङ्गवेज टिचर्स एसोसियन (नेल्टा) कैलालीको अध्यक्षमा धर्मदेव नौन्याल निर्वाचित भएका छन्। नवगठित कार्यसमितिको उपाध्यक्षमा भिम केसी, सचिवमा सुमन श्रेष्ठ , कोषाध्यक्षमा रमेश प्रसाद जोशी, सदस्यहरुमा मोहन सिंह साउँद, सुभाष चन्द्र भण्डारी , निर्मला जोशी, पार्वती जोशी, कुञ्जा भट्ट, र चुडामणि गजुरेल रहेका छन्। एघारौं वार्षिक साधारण सभा एक कार्यक्रमका बिच नेल्टा कैलालीको कार्यसमिति चयन गरिएको हो। अध्यक्ष लक्ष्मण दत्त भट्टको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश नेल्टाका अध्यक्ष रामजी हमाल थिए। कार्यक्रममा नेल्टा कैलालीको स्थापना कालदेखी संस्थाको बिकासमा महत्वपूर्ण योगदान पुगाएको भन्दै पुर्व अध्यक्ष तथा सल्लाहाकार केशव दत्त भट्टलाइ सम्मान गरिएको थियो।

Read More

काठमाडौं : नेकपा एमालेले मध्यपहाडी पुष्पलाल लोकमार्गको दूरी छोट्याउन अध्ययनका लागि इन्जिनियहरुसहितको टोली परिचालन गरेको छ। मंसिर १४ गतेबाट मध्यपहाडी लोकमार्गअन्तर्गत आसपासका क्षेत्रहरुमा नागरिकसँग जोडिने अभिायन थालेको एमालेले मध्यपहाडी लोकमार्गको दूरी छोटो बनाउनका लागि विज्ञहरुसहितको टोली परिचालन गरेको हो। पार्टीका उपाध्यक्ष विष्णु पौडेलले अभियानमा इन्जिनियहरुसहित जाने र लोकमार्गको दूरी छोटो बनाउने उपाय र आधारबारे अध्ययन गर्ने बतए। उनले मध्यपहाडी पुष्पलाल लोकमार्गलाई कम्तिमा पनि डबल लेनमा स्तरोन्नति गर्नेतर्फ अभियानले ध्यान दिने पनि बताए। लोकमार्गका ठाउँठाउँमा सुरुङ मार्गको डिजाइन गरेर भएपनि लोकमार्गको दूरी छोटो बनाउने बारेमा एमालेले अभियानका क्रममा अध्ययन गर्ने बताए।

Read More

काठमाडौं : उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले कानुनलाई हातमा लिने र अराजकता फैलाउनेलाई छुट दिन नसकिने बताएका छन्।  भरतपुर विमानस्थलमा आज पत्रकारहरूसँग कुराकानी गर्दै गृहमन्त्री श्रेष्ठले संघीय लोकतान्त्रिक गणतन्त्र, समाजवाद उन्मुख समावेशी लोकतन्त्रलाई कार्यान्वयन गर्न अवरोध गर्ने स्थिति आउन नदिने बताए। संविधानले संस्थागत गरेको लोकतान्त्रिक प्रणालीले नागरिकलाई दिएको अधिकार सुनिश्चित गर्नुपर्नेमा गृहमन्त्री श्रेष्ठको जोड थियो।

Read More

काठमाडौं: लुम्बिनीमा शनिबार बिहान स्कूल बसले मोटरसाइकललाई ठक्कर दिँदा एकै घरका दुई जनाको मृत्यु भएको छ। अर्का एक गम्भीर घाइते भएका छन्।  लुम्बिनी सांस्कृतिक नगरपालिका–४ महुबारीस्थित लुम्बिनी–ककरहवा सडक खण्डमा आज बिहान ९ बजे दुर्घटना भएको हो। रूपन्देहीको लुम्बिनीबाट कालीदहतर्फ जाँदै गएको लु ३७ प ८४८२ नम्बरको मोटरसाइकललाई लु १ क १७७८ नम्बरको बसले पछाडिबाट ठक्कर दिँदा लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर–४ का २१ वर्षका महम्मद इसाद र १६ वर्षकै रूपसना खातुनको घटनास्थलमै मृत्यु भएको हो। दुईघटनामा मोटरसाइकलमै सवार १२ वर्षकै अप्सना खानुत घाइते भएकी छन्। घाइते अप्सनाको भैरहवास्थित भीम अस्पतालमा उपचार भइरहेको छ। घाइते खातुनको अवस्था गम्भीर छ। रूपन्देहीका प्रहरी प्रवक्ता…

Read More