Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : धादिङ भलिबल टिमका कप्तान मनोज श्रेष्ठ मृत भेटिएका छन्। धादिङ प्रहरीे बिहीबार मनोज रुखमा झुन्डिएको अवस्थामा फेला परेको जनाएको हो। धादिङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रताप तामाङले सामाजिक सञ्जालमार्फत प्रतिभाशाली खेलाडी गुमाएको बताउँदै श्रद्धाञ्जली व्यक्त गरेका छन्। घटनाबारे प्रहरी निरीक्षकको कमाण्डमा अनुसन्धान भइरहेको बताएको छ।

Read More

धनगढी : नेकपा (क्रान्तिकारी कम्युनिष्ट पार्टी) का प्रवक्ता धर्मेन्द्र बाँस्तोला बिगत आठ दिनदेखि प्रहरी हिरासतमा छन्। उनले चलाएको स्कार्पियोले मोटरसाइकललाई ठक्कर दिँदा दाङको राप्ती गाउँपालिका–५ का २९ वर्षीय बसन्तराम चौधरीको मृत्यु भएपछि बाँस्तोला हिरासतमा रहेका हुन्। पूर्वपश्चिम राजमार्गअन्तर्गत् कात्तिक २ गते राति पौने १० बजेतिर दाङको राप्ती गाउँपालिका–५ सिंङ्गे नजिकै बा ९ च ७१९८ नम्बरको नेता बाँस्तोलाले चलाएको स्कार्पियोले विपरीत दिशातर्फ गइरहेको रा ६ प ५७३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। सुर्खेतको पञ्चपुरी नगरपालिका–९ का बाँस्तोलाले चलाएको स्कार्पियोले मोटरसाइकललाई ठक्कर दिँदा दाङको राप्ती गाउँपालिका–५ का २९ वर्षीय बसन्तराम चौधरीको मृत्यु भएको थियो। उक्त दुर्घटनाका घाइते चौधरीलाई टाउकोमा चोट लागेको अवस्थामा…

Read More

कञ्चनपुर: कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ८ पारिफाँटाकी १९ वर्षीय कलावती पन्तले तीन वर्षअघि धर्मजनता माध्यमिक विद्यालयमा कक्षा–९ मा अध्ययनरत हुँदादेखि नै कबड्डी खेल्न सुरु गरिन् । बाल्यकालबाटै कबड्डी खेल्ने उनको चाहना विद्यालयका खेलकुद शिक्षक गणेश धामीले खेल सुरु गरेर पूरा गरिदिनुभयो । स्कुलमा कबड्डी खेल्न थालेको तीन वर्षमै कलावतीले आफ्नो आफूलाई चर्चाको शिखरमा पुर्याइन् । शिक्षकको सहयोगको भरमा कबड्डीमा आएकी कलावती हालै चीनमा सम्पन्न एसियाली खेलकुद प्रतियोगितामा महिला कबड्डी टोलीको महत्वपूर्ण खेलाडी थिइन् । उक्त प्रतियोगितामा काँस्य पदक विजेता महिला कबड्डी टोलीमा १२ महिला खेलाडीमध्ये सात सुदूरपश्चिम प्रदेशका थिए । उक्त टोलीका सबै खेलाडी विभागीय टोलीमा आबद्ध रहे पनि कलावती भने…

Read More

धनगढी : इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका बझाङको जयपृथ्वी–६ का गणेशकुमार नेपालीको शव नेपाल ल्याइएको छ। परराष्ट्र मन्त्रालयका सहसचिव शरदराज आरणकाअनुसार नेपालीको शव आज बिहान नेपाल ल्याइएको हो। फ्लाई दुबईको विमानमार्फत आज बिहान ७ बजे उनको शव ल्याइएको उनले जानकारी दिए। इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका १० विद्यार्थीमध्ये हालसम्म पाँच जनाको शव नेपाल ल्याइएको, बाँकी पाँचजनाको शव ल्याउन सम्बद्ध नातेदारको डिएनए सङ्कलन गरी पठाइएको र अन्य शव पनि चाँडै नेपाल ल्याइने उनले बताए । हालसम्म नेपालीसहित दार्चुला मालिकार्जन–४ का लोकेन्द्रसिंह धामी, दार्चुला लेकम–५ का दीपेशराज विष्ट, कैलाली घोडाघोडी–४ का नारायणप्रसाद न्यौपाने तथा कैलाली बौनियाँ–३ का आशिष चौधरीको शव…

Read More

बैतडी: बैतडीमा भीरबाट लडेर एक जना पुरुष गम्भीर घाइते भएका छन्। जिल्लाको सिगास गाउँपालिका–२ कोटिलाका ५० वर्षीय हिरा धामी बुधवार साँझ भीरबाट लडेर गम्भीर घाइते भएका हुन् । परिवार स्रोतका अनुसार हिरा वडा नम्बर २ कै खोल्टेबाट घर फर्किरहेका बेला साँझ गाजरी–धौलाडी भित्री सडकबाट लडेका थिए। लडेर घाइते भएका उनको टाउको, घाँटी र घुँडामा चोट लागेको बताइएको छ। भीरबाट लडेर गम्भीर भएका उनलाई उपचारको लागि धनगढी लगिएको छ।

Read More

बैतडी : बैतडीको डिलाशैनी गाउँपालिकाका पूर्व अध्यक्ष उकेन्द्रबहादुर बोहराको निधन भएको छ। सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा उनको बिहीबार बिहान निधन भएको हो। डिलाशैनी गाउँपालिका–३ घर भएका ४५ बर्षीय बोहराको असोज २९ गते स्वास्थ्यमा समस्या आएपछि डडेल्धुरा हुँदै सेती प्रादेशिक अस्पताल लगिएको थियो। क्षयरोगबाट पीडित बोहराको उपचारकै क्रममा मृत्यु भएको उनका भाइ भोजबहादुर बोहराले बताए। २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट डिलाशैनी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए।

Read More

धनगढीः कैलालीको धनगढीबाट लागुऔषधसहित पाँच जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–९ बङग्राकटानबाट ७ सय २० मिलिग्राम लागुऔषधसहित धनगढी–७ मनेहराका २१ वर्षीय नरेश राना र धनगढी–१७ पथरियाका १९ वर्षीय हितेश राना पक्राउ परेका हुन्। यस्तै धनगढी उपमहानगरपालिका–२ जुगेडाबाट ३ सय ९० मिलिग्राम लागुऔषधसहित सोही ठाँउका २८ वर्षीय राकेश भट्टसहित तीन जना पक्राउ परेका छन्। अस्थायी प्रहरी पोष्ट जुगेडा कैलालीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उनीहरुको साथबाट लागूऔषध फेलापारी पक्राउ गरेको हो। कैलाली प्रहरीका अनुसार पाँचै जनालाई बुधवार साँझ पक्राउ गरिएको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Read More

डडेल्धुरा: डडेल्धुरामा एक पैदलयात्रीको मृत्यु भएको छ। जिल्लाको गन्यापधुरा गाउँपालिका-३ चम्कोट स्थित केआई सिंह राजमार्गमा गएराति पैदलयात्रीको मृत्यु भएको हो।   हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री सोही ठाँउका अन्दाजी ५५ वर्षीय राजु देउवाको बुधबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको लागि डडेल्धुरा अस्पताल डडेल्धुरामा पु¥याउँदा डाक्टरले मृत घोषणा गरेको थियो। हाल फरार रहेको सवारी साधनको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको डडेल्धुरा प्रहरीले बताएको छ।

Read More

दाङ : दाङमा १६ दिने नवजात शिशुको हत्या प्रयास गरेको अभियोगमा सुत्केरी आमा पक्राउ परेकी छिन्। लमही नगरपालिका वडा नम्बर ७ कप्तानगञ्ज निवासी २५ बर्षिय निरम चौधरीलाई आफ्नै नवजात शिशुको हत्या प्रयास गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ। बुधबार दिउँसो उनले घरमा कोही नभएको अवस्थामा तरकारी काट्न प्रयोग गरिने चक्कुले घाँटीमा प्रहार गरेको पाइएको छ । वडा प्रहरी कार्यालय लमहीले आमालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरी निरिक्षक शंकर श्रेष्ठले जानकारी दिए। सुत्केरी आमाले आफैंले जन्मदिएको शिशुको हत्या प्रयास किन गरिन भन्ने बारेमा अनुसन्धान भइरहेको छ। घाइते बच्चालाई उपचारको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही लगिएको छ।

Read More

काठमाडौँ: अमेरिकाको मेन राज्यस्थित ल्युस्टन सहरमा एक अज्ञात बन्दुकधारीले गोली हानी हालसम्म १६ जनाको हत्या गरेका छन्। ती बन्दुकधारीको प्रहरीले खोजी गरिरहे पनि फेला पार्न सकेका छैनन्। यस घटनामा अन्य ५० जना भने घाइते भएको बीबीसीले जनाएको छ। प्रहरीले आफू बसेको ठाउँबाट अन्त नगइ त्यहीँ सुरक्षित रहन अपिल गरेको छ ।

Read More