Author: महेन्द्रनगर पोष्ट

धनगढी: कैलालीमा नेपाल प्रहरीका सादा पोसाकका प्रहरी (घुमुवाहरु) ह्वात्तै बढाइएको छ। चाडपर्व सुरु हुँदै गर्दा जिल्लाका विभिन्न स्थानमा घुमुवा प्रहरीहरु ह्वात्तै बढाइएको हो। स्रोतका अनुसार अहिले घुमुवाहरु थपेर १ दर्जन बढी पुगाइएको छ। घुमुवाहरुको सँख्या एकाएक बढाइएपछि प्रहरीभित्र आर्थिक रुपमा गैरव्यवसायिक गतिविधि बढ्ने अनुमान पनि गरिएको छ। हालैमात्र एक बदनाम असईलाई डडेल्धुराबाट काजमा कैलाली ल्याएर घुमुवा खटाइएको पाइएको छ। असई राजेश चौधरीलाई प्रदेश प्रहरी कार्यालयले काजमा कैलाली ल्याएकोमा कैलाली प्रहरीले पूर्वी क्षेत्रको घुमुवाको रुपमा पठाएको हो। स्रोतका अनुसार एक नेताको सिफारिसमा चौधरीको काज गरिएको थियो। काजमा आएका उनी विवादित प्रहरी कर्मचारी हुन्। अहिले उनैलाई घुमुवा पठाइएकोमा प्रहरीभित्रै विरोध भएको छ।…

Read More

बैतडीः बैतडीका विभिन्न स्थानमा चितुवा देखिन थालेपछि त्रास बढेको छ। पछिल्लो समयमा जिल्लाको दशरथचन्द नगरपालिका र पाटन नगरपालिकाका विभिन्न स्थानमा लगातार चितुवा देखिन थालेपछि त्रास बढेको स्थानीयहरुले बताएका छन्। दशरथचन्द नगरपालिकाका वडा नम्बर १ गुरुखोला खालमा शुक्रबार पासोमा परेको चितुवा शनिबार दिउँसो पासो चुँडालेर भागेपछि गाउँमा चितुवाको त्रास बढेको छ।चितुवा घाइते अवस्थामा भएकाले आक्रमण गर्न सक्ने स्थानीयले बताएका छन्। यस्तै पाटन नगरपालिका वडा नम्बर ४ को क्षेत्रमा दिउँसै चितुवा देखिएको स्थानीयहरुले बताएका छन्। चितुवाले घरपालुवा गाईवस्तु मार्न थालेपछि स्थानीयहरुमा त्रास बढेको बताइएको छ। पछिल्लो समयमा मानव–वन्यजन्तुबीचको द्वन्द बढ्दै गएको डिभिजन वन कार्यालयका रेञ्जर दिनबन्धु रोकायाले बताए। वन्यजन्तुहरुको बासस्थान नष्ट हुँदै…

Read More

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले आज (मंगलबार) अपराह्न ४ बजे पत्रकार सम्मेलन गर्ने भएका छन्।  असोज १० देखि १२ गतेसम्म परेको वर्षाले काठमाडौँ उपत्यकासहितका जिल्लामा जनधनको ठुलो क्षति भएपछि प्रधानमन्त्रीले पत्रकार सम्मेलनमार्फत राहत प्याकेज घोषणा गर्न लागेका हुन्।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बाढीपहिरो र डुबानबाट भएको क्षतिको विवरणसमेत सार्वजनिक गर्ने र राहत प्याकेज घोषणा गर्ने तयारी गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

Read More

काठमाडौं: संघीय संसदको संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित दुई न्यायाधीशविरुद्ध उजुरी आह्वान गरेको छ। समितिले सूचना प्रकाशित गर्दै प्रस्तावित न्यायाधीशद्वय नृपध्वज निरौला र नित्यानन्द पाण्डेयविरुद्ध उजुरी आह्वान गरेको हो। प्रस्तावित न्यायाधीश नियुक्तिका लागि उपयुक्त छैनन् भन्ने लागेमा १० दिनभित्र सूचना वा उजुरी दर्ता गराइसक्नुपर्नेछ। उजुरी समितिको सचिवालयमा वा सिधै इमेलमा र जिल्ला प्रशासन कार्यालयमार्फत दर्ता गराउन सकिनेछ।

Read More

काठमाडौँः प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न १८ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ। १८ मध्ये सुदूरपश्चिमका भने तीन वटा निर्माण कम्पनी छन्। कालोसूचीमा परेका कम्पनीहरूलाई एक वर्षदेखि तीन वर्षसम्म कुनै पनि सरकारी कार्यालयमा काम गर्न नपाउने गरी कारबाही गरिएको हो। सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा ९१० बमोजिम सूचना प्रकाशित भएको मितिदेखि लागू हुने गरी विभिन्न २१ निर्माण व्यवसायी तथा आपूर्ति कर्तासँग कुनै कारोबार नगर्न सूचनामार्फत आग्रह गरिएको हो।

Read More

काठमाडौंः नेपाल प्रहरीमा एक एआईजी र पाँच डिआईजीको पद रिक्त भएको छ। हालै नेपाल प्रहरीका एआईजी श्यामलाल ज्ञवाली अवकाशमा गएका थिए। उनी अवकाशप्राप्त भएपछि बढुवा हुन सकेको छैन। सोही कारण अहिले एक एआईजीको पद रिक्त छ। यस्तै, डिआइजी यज्ञबिनोद पोखरेलले अवकाश पाएका छन्। निमित्त प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईले सोमबार उनको बिदाई गरेका छन्। पोखरेल खातामा स्रोत नखुलेको पैसा भेटिएपछि गत महिना विवादमा परेका थिए। सोही कारण दुई साताअघि उनलाई मधेस प्रदेशको प्रहरी प्रमुखबाट हटाइएको थियो। उनको अवकाशसँगै नेपाल प्रहरीका एआइजीको एक र डिआइजीको पाँच पद रिक्त भएका छन्। असोज २१ सम्म कार्यसम्पादन मूल्याङकन बुझाउने समय भएकाले त्यसपछि…

Read More

धनगढीः कैलाली र कञ्चनपुरमा लागूऔषधसहित तीन जना पक्राउ परेका छन्। तीनै जनालाई सोमबार नियन्त्रणमा लिइएको हो। कञ्चनपुर प्रहरीका अनुसार एकजना भारतीय नागरिकलाई पनि पक्राउ गरिएको छ। पक्राउ पर्नेमा लखिमपुर जिल्ला पलिया बस्ने २८ वर्षीय बलराम सिंह रहेका छन्। उनलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागूऔषध नियन्त्रण ब्युरो शाखा महेन्द्रनगरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीलेभीभमदत्त नगरपालिका वडा नम्बर ३ भासीबाट पक्राउ गरिएको हो। उनको साथबाट १.८२ ग्राम लागूऔषध खैरो हेरोइन बरामद गरिएको छ भने ८ हजार एक सय नगद पनि बरामद गरिएको छ। यस्तै, जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागू औषध नियन्त्रण ब्युरो शाखा महेन्द्रनगरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले बेदकोट…

Read More

धनगढी: भारतसँग जोडिएका कैलाली र कञ्चनपुरका नाकाबाट हुने आवागमनलाई सहज बनाउने सहमति भएको छ। दुई जिल्लामा रहेका त्रिनगर, खक्रौला र गड्डाचौकी नाकामा आवागमनलाई सहज पार्ने सहमति दुई देशका सुरक्षा अधिकारीबीच भएको हो। भारतको गौरीफन्टामा बसको दुवै देशका सुरक्षा अधिकारीको समन्वयात्मक बैठकले यस्ताे सहमति गरेको हो। सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वार्टर कैलालीका सशस्त्र प्रहरी उपरीक्षक दलबहादुर पाण्डेयले चाडपर्वको समयमा भारतबाट ठूलो संख्यामा नेपालीहरू स्वदेश फर्किने भएकाले आवागमनमा सहजीकरण गर्ने सहमति भएको जानकारी दिए । ‘विगतमा चाडपर्वको समयमा नेपालीहरू सीमा नाकामा लुटिने समस्या थियो,’ एसपी पाण्डेले भने, ‘यसपटक सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा सुरक्षा बलले सहजीकरण गर्ने सहमति भएको…

Read More

धनगढी: कैलालीमा दुई वटा माेटरसाइकल एकआपसमा ठाेक्किदा दुई जनाकाे मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्गअन्तर्गत गाैरीगंगा नगरपालिका -१ काे गप्कामा दुई मोटरसाइकल ठोक्किदा कैलालीको जानकी गाउँपालिका-८ बस्ने २० वर्षीय निर्मल चाैधरी र कञ्चनपुरकाे शुक्लाफाँटा नगरपालिका-७ का २६ वर्षीय चिरञ्जीवी मल्लकाे मृत्युु भएकाे हो। कैलाली प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक कबिन्द्रसिंह बाेहाेराले पश्चिमबाट पूर्वतर्फ गइरहेको से ६ प ६२७९ नम्बरको मोटरसाइकल चौधरी र विपरीत दिशाबाट आइरहेको बा ९५ प ९२५२ नम्बरको माेटरसाइकल मल्लले चलाएका थिए। `दुर्घटनामा गम्भीर घाइते भएका दुबै जनालाई राति नै धनगढीकाे नवजीवन अस्पताल पुगाइएकाे थियाे,´ डिएसपी बोहराले भने, `तर चिकित्सकले मृत घाेषणा गरे। शव परीक्षणका लागि सेती प्रादेशिक…

Read More

काठमाडौं: नेपाल प्रहरीका डिआइजी यज्ञबिनोद पोखरेलले अवकाश पाएका छन्। निमित्त प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले सोमबार उनको बिदाई गरेका छन्। बिदाइ समारोहलाई सम्बोधन गर्दै निमित्त प्रहरी महानिरीक्षक राईले सेवा निवृत्त भएका प्रहरी नायव महानिरीक्षक पोखरेलले संगठनबाट सुम्पिएको जिम्मेवारी इमानदारीताका साथ सम्पन्न गरेको उल्लेख गरे। यद्यपी पोखरेल खातामा स्रोत नखुलेको पैसा भेटिएपछि गत महिना विवादमा परेका थिए। त्यसपछि उनलाई जिम्मेवारीमुक्त गरेर हेडक्वाटर तानिएको थियो। त्यसक्रममा उनीमाथि छानबिन पनि थालिएकोमा अहिलेसम्म छानबिन सकिएको छैन। छानबिनकै क्रममा उनलाई दुई साताअघि मधेस प्रदेशको प्रहरी प्रमुखबाट हटाइएको थियो। २०५२ साल कात्तिक २७ गते प्रहरी निरीक्षक पदमा भर्ना भएका पोखरेल उमेरहदका कारण अवकाश…

Read More