Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ छातीमा असहज महसुस भएपछि अस्पताल भर्ना भएका छन् । मङ्गलवार साँझ उनलाई थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको हो । अस्पताल स्रोतका अनुसार प्रधानमन्त्री दाहालको कोरोनरी एन्जिओग्राम गर्ने तयारी भइरहेको छ । उनलाई वार्डमा भर्ना गरिएको छ । डा. यादव भट्टसहितको चिकित्सकको टोली प्रधानमन्त्री दाहालको उपचारमा खटिएको छ ।

Read More

काठमाडौँ: इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका नेपालीहरूको शव केहिदिन भित्रमा नेपाल पठाइने भएको छ । इजरायलस्थित नेपाली राजदूतावासले शव नेपाल पठाउने प्रक्रिया अगाडि बढेको जनाएको छ। पहिचान भएका शवहरूको कानुनी प्रक्रिया पूरा गरेर २/३ दिनमा नेपाल पठाउने भएको हो । गत शनिबार हमास समूहको आक्रमणमा परी १० जना नेपाली विद्यार्थी मारिएका थिए । तीमध्ये ५ जनाको शव नेपाली दूतावासलाई प्राप्त भएको छ । प्राप्त भएका शवहरूको कानुनी प्रक्रिया पूरा गरेर नेपाल पठाइने दूतावासले जनएको हो।

Read More

धनगढी : कैलालीबाट डोटीको बड्डीकेदार जाँदै गरेको बस दुर्घटना भएको छ। जोशीपुरदेखि डोटीको बडिकेदार जाँदै गरेको सु.प.प्र.०१००१ख २३४५ नम्बरको बस सहजपुर नजिकै दुर्घटना भएको प्रहरीले जनाएको छ। सुपर गुरास यातायातको बस चुरे गाउँपालीका ३ सहजपुरमा दुर्घटना प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरीयाले जनाएको छ। प्रहरीका अनुसार बस अनियन्त्रीत भएर सडकको नालामा खसेको हो । बसमा सामान्य क्षती भए पनि सवार यात्रु सकुशल रहेको बताइएको छ।

Read More

काठमाडौं : नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ साताव्यापी बेलायत भ्रमण सकेर स्वदेश फर्किएका छन् । पार्टीका कार्यक्रममा भाग लिन गत साता बेलायत पुगेका उनी आज कतार एयरवेजको क्यूआर–६४६ उडानमा दोहा हुँदै अपरान्ह साढे ४ बजे काठमाडौँ आइपुगेका हुन् । महासचिव गुरुङलाई माओवादी केन्द्रका केन्द्रीय सदस्य विमल अधिकारीसहित सचिवालयका पाँच जनाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् । त्यसअघि माओवादी केन्द्रीय कार्यालयले गुरुङका स्वकीय सचिव, पिएसओ र चालकसहितलाई भिआईपी पास उपलब्ध गराउन आग्रह गर्दै विमानस्थल कार्यालयलाई पत्र लेखेको थियो । माओवादीको प्रवासी संगठन जनप्रगतिशील मञ्चको निमन्त्रणामा गुरुङ असोज २३ गते बेलायत गएका हुन् ।

Read More

काठमाडौँ : नेपालका पहिलो पुस्ताका इतिहासकार चित्तरञ्जन नेपालीको सोमबार निधन भएको छ । भीमसेन थापा र रणबहादुर शाहबारे उनले लेखेका दुई कृति असाध्यै लोकप्रिय र चर्चित छन् । उनले नै पहिलो पटक नेपाली इतिहासका यी दुई प्रमुख पात्रबारे लेखेका थिए र त्यसपछि मात्र उनीहरूबारे थप अध्ययन सुरु भएको मानिन्छ । नेपाल भाषा एकेडेमीका पूर्व चान्सलर पनि रहेका नेपालीको ९४ वर्षको उमेरमा निधन भएको हो । उनको चाबहिलको ओम अस्पतालमा उपचार भइरहेको थियो । उनको वास्तविक नाम भने नारायणप्रसाद राजभण्डारी हो । साहित्यकार पनि रहेका नेपालीले लेखनमा आफ्नो वास्तविक नाम भने प्रयोग गरेनन् । नेपाली २०१३ मा पहिलो पटक मदन पुरस्कार…

Read More

काठमाडौँ : इजरायलमा हमासको आक्रमणमा परी ज्यान गुमाएका नेपाली विद्यार्थीका परिवारलाई प्रवासी नेपालीले १५ लाख रुपैयाँ सङ्कलन गरी राहत प्रदान गरेका छन् । मृतक १० जनाका परिवारलाई जनही एक लाख ४० हजार रुपैयाँ र घाइते ४ जना विद्यार्थीलाई जनही ३० हजार हुनेगरी सो रकम एमाले अध्यक्ष केपी शर्मा ओलीमार्फत हस्तान्तरण गरिएको हो । एमालेनिकट प्रवासी नेपाली मञ्च इजरायलमा आबद्ध सदस्य र शुभेच्छुकहरुबाट सङ्कलन गरिएको ५ लाख २० हजार रुपैयाँमा प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीले घोषणा गरेको १० लाख रुपैयाँसमेत थपेर पीडित परिवारलाई राहत प्रदान गरिएको हो । मञ्चका अन्तर्राष्ट्रिय कमिटी अध्यक्ष सञ्जय थापाले मंगलवार एमाले अध्यक्ष ओली निवास बालकोट पुगेर…

Read More

डडेल्धुरा : अमरगढी नगरपालिका–३ ले नदी तथा खोलामा जेनेरेटर प्रयोग गरी माछा मार्न प्रतिबन्ध लगाएको छ। गलबार एक सूचना प्रकाशित गर्दे वडा कार्यालयले नदी तथा खोलामा जेनेरेटर प्रयोग गरी माछा मार्न प्रतिबन्ध लगाएको हो। ‘अमरगढी नगरपालिका–३ क्षेत्र भित्रका नदी तथा खोलामा केही व्यक्तिहरुले जेनेरेटर बाट करेन्ट प्रवाह गरी माछा मारीरहेका भनी जनगुनासो आएको छ,’ वडाअध्यक्ष तीर्थबहादुर ऐरद्धारा हस्ताक्षरित सूचनामा भनिएको छ, ‘यसले पारिस्थितिक पद्धती र जैविक विवधतामा प्रतिकुल प्रभाव पार्ने देखिएकोले कोही कसैले नदी खोलामा करेन्ट प्रवाह गरी माछा नमार्नु होला।’ जेनेरेटर बाट करेन्ट प्रवाह गरी माछा मारेको देखेमा प्रहरी वा वडा कार्यालयमा खबर गर्न पनि वडा कार्यालयले आग्रह गरेको…

Read More

धनगढी : प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रहरी दिवस देशबासीको साझा उत्सव भएको बताएका छन्। मंगलबार ६८औँ प्रहरी दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले प्रहरी दिवस, नेपाल प्रहरीको मात्र नभई सम्पूर्ण देशबासीको साझा उत्सव र दिवस भएको बताएका हुन्। उनले आजको दिन नेपाल प्रहरीले समाजमा पु¥याएको योगदान, अहोरात्र प्रदान गरेको सुरक्षा, आम नागरिकलाई समस्याको समयमा दिएको काँध र मातृभूमिको लागि तर्पण गरेको बलिदान, चुनौतीपूर्ण परिस्थितिमा राष्ट्रपतिको स्वयंसेवी भावनाद्वारा प्रेरित भई गरेको कर्तव्यनिष्ठताप्रति सम्मान प्रकट गर्ने राष्ट्रिय अवसर समेत भएको बताए। नेपाल प्रहरीको गौरवशाली इतिहासमा यस गरिमामय संगठनले धेरै बाधा, अवरोध र चुनौतीहरूको सामना र परास्त गरेर आजको…

Read More

डडेल्धुराः डडेल्धुराको आलिताल गाउँपालिकाका पहिरो पीडितलाई समाजसेवी विनय प्रकाश मल्लले राहात उपलब्ध गराएका छन। पहिरोले विस्थापित आलिताल गाउँपालिका–१ माला गाउँ र भोका गाउँका २४ परिवारलाई उनले खाद्यान्न उपलब्ध गराएका हुन्। डडेल्धुराको अमरगढी नगरपालिका–४ खलंगा घरभइ हाल जापन बस्दै आएका मल्लले एक परिवारलाई २५ किलो चामल, दुई किलो दाल, एक लिटर तेल र एक किलो नुनका दरले खाद्यान्न उपलब्ध गराएका मल्लले जानकारी दिए। पहिरोले विस्थापित भएपछि २४ परिवार जंगलमा टेण्ट भित्र बस्दै आएका छन्। नेपालीहरुको मुख्य चाँड दसैंकाका बेला छाक टार्न खाद्यान्न उपलब्ध गराएको उनको भनाइ छ। गत साउन महिनामा पहिरोले गाउँ पुरै छियाछिया भएपछि स्थानीयहरुलाई साउन ८ गतेदेखि जनज्योती आधारभुत…

Read More

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले ठूलो रकमसहित चिनियाँ मूलका भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा चीनको सिचुआन प्रान्तबाट आएका थिन्ले छोदेन रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख तथा प्रहरी नायब महानिरीक्षक अर्जुन चन्द ठकुरीले जानकारी दिए। उनका अनुसार आजै दिउँसो चीनको सिचुआन प्रान्तबाट आइ दिल्लीतर्फ जान लागेको अवस्थामा निजलाई १६ हजार चार सय ३० अमेरिकी डलर, ५४ हजार चार सय ५१ चिनियाँ युआन र पाँच हजार भारतीय रुपैयाँसहित पक्राउ गरिएको हो। छोदेनलाई प्रहरी बृद्ध गौशालामा राखी आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ। पक्राउ परेका छोदेन र उनको साथमा भारतीय राहदानी भएको प्रहरी नायब महानिरीक्षक चन्द ठकुरीले…

Read More