Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : भ्रष्टाचार मुद्दामा दोषी ठहर भएपछि यातायात व्यवस्था कार्यालय इटहरीका तत्कालीन प्रमुखसहित पाँच जना कारागार चलान भएका छन्। राजश्व हिनामिना गरी भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट दोषी ठहर भएका ५ जनालाई पक्राउ गरी जेल चलान गरेको हो।सोमबार प्रहरीले तत्कालीन प्रमुख नयराज नेपाल, लेखा प्रमुख मणिराज दाहाल, कुमारबहादुर कटुवाल, टीकाराम अधिकारी र देवराज नेपाललाई पक्राउ गरेको थियो। उनीहरूलाई प्रहरीले जिल्ला अदालत मोरङमा बुझाएर अदालतमार्फत कारागार चलान भएका हुन्। विशेष अदालतले ०७९ चैत ८ गते गरेको फैसलाअनुसार भ्रष्टाचार मुद्दामा नयराजलाई ८ वर्ष कैद र १२ करोड ३५ लाख २९ हजार ३४२ रुपैयाँ जरिवाना तोकेको छ। मणिराजलाई ७ वर्ष ११ महिना २३ दिन…

Read More

काठमाडौं : दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियटा लिमिटेडको शेयर कारोबार विवादमा परेको छ । मलेसियन कम्पनी ‘आजियटा ग्रुप बर्हाड’ले गत एनसेलको ८० प्रतिशत शेयर स्वामित्व अर्को कम्पनी ‘स्पेक्ट्रलाइट युके लिमिटेड’लाई बेच्ने निर्णय गरेपछि यो व्यावसायिक कारोबारको कानुनी प्रक्रियाको वैधता र आर्थिक पादर्शितामाथि गम्भीर प्रश्न उब्जिएका छन् । नागरिकस्तरदेखि संसदीय समितिसम्ममा यो विषयले प्रवेश पाएको छ । यो कारोबारको वास्तविकता खोजेर जानकारी गराउन सरकार र मातहतका निकायमाथि चर्को दबाब छ । यही सन्दर्भमा एनसेल शेयर खरिद–बिक्रीपछि उब्जिएका मूलभूत प्रश्नलाई राससले केलाएको छ । १. नियामकलाई किन जानकारी भएन ? एनसेलको शेयर खरिद–बिक्री हुँदा सम्बन्धित क्षेत्रका नियामक निकायलाई जानकारी भएको देखिँदैन…

Read More

काठमाडौँ : अलपत्र विकास आयोजना सरोकार सङ्घर्ष समिति, पूर्वी अछामले समृद्धिको अभियान अवरुद्ध पारिएको भन्दै विभिन्न १२ बुँदे माग अघि सारेको छ। सङ्घर्ष समितिले आज (मंगलबार) पत्रकार सम्मेलन गर्दै पूर्वी अछाममा विकास निर्माणका कार्यक्रम सुचारु गर्न माग गरेको हो । समितिले अघि सारेका मागहरूमा जंगलघाट कर्णाली पुल यथाशिघ्र यहि आर्थिक बर्षबाट निर्माण सुरु गरिनुपर्ने, सञ्चय कोषले तयारी गरेको ४३९ मेगावाटको वेतन कर्णाली सरकारी लगानीमै यथाशीघ्र अगाडि बढाईनुपर्ने, दुई पटक टेण्डर आह्वान भइसकेको टुनिवगर पक्की पुल र टेण्डर प्रकृयामा रहेको तल्लो डुङ्गेश्वर पक्की पुल सकेसम्म एउटै प्याकेजमा टेण्डर दिई यही आर्थिक बर्षबाट निर्माण थालनी गरिनुपर्ने, झण्डै डेढ दशकदेखि अलपत्र परेको ९…

Read More

बैतडी : बैतडीमा एक जना युवक मृत फेला परेका छन्। मृत फेला पर्नेमा जिल्लाको डिलाशैनी गाउँपालिका-३ तल्लाछेपट्टाका ३० वर्षीय श्रीकान्त बोहरा रहेका छन्। बोहरा मंगलबार दिउँसो आफ्नै घरको कोठामा झुण्डीएको  अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय  बैतडीका प्रहरी  प्रवक्ता खेम बिक्रम केसीले जानकारी दिए। घटनाको कारण खुल्न सकेको छैन्। प्रहरीले घटनाका बिषयमा थप अनुसन्धान गरिरहेको प्रहरी प्रवक्ता केसीले बताए।

Read More

काठमाडौं: रथीमा बढुवा सिफारिस भएका उपरथी अशोकराज सिग्देल विवादमा तानिएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनको ‘जन्ममिति विवाद’ छानबिन गरेर जानकारी गराउन रक्षा मन्त्रालयलाई पत्र पठाएको छ। जंगी अड्डाले मङ्सिर ८ मा सिग्देललाई बढुवा गर्नेबारे सूचना प्रकाशन गरेको थियो। सूचना प्रकाशन गरेको ७ दिनपछि जंगी अड्डाले उनलाई रथीमा बढुवा गर्न सिफारिस गरेको हो। तर, उनको रथीमा बढुवा गर्न मन्त्रिपरिषद्मा पेस गर्नुपर्ने फाइल रक्षा मन्त्रालयमा छ। सिग्देलको अर्को ‘विवादित’ फाइल पनि रक्षा मन्त्रालयमा पुगेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग स्रोतका अनुसार सिग्देल बिरुद्ध आयोगमा उजुरी आएको थियो। सोही अनुसार अख्तियारले आवश्यक छानबिन गरेर रिपोर्ट पठाउन रक्षा मन्त्रालयमा पठाएकाे हो। रुपन्देहीको सिद्धार्थनगर…

Read More

धनगढी: परराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा अवस्था अज्ञात रहेका कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि पहल गरिदिन फेरि कतार सरकारसँग आग्रह गरेका छन्। परराष्ट्र मन्त्रालयमा मंगलबार कतारका राजदूत मिशाल मोहम्मद अल अन्सारीसँग विद्रोही हमासको नियन्त्रणमा रहेका भनिएका जोशीको रिहाइका लागि सबै उपाय लगाउन आग्रह गरेका हुन्। जवाफमा राजदूत अन्सारीले इजरायल र विद्रोही हमासबीच पुनः सुरु भएको युद्ध रोक्न कतार सरकारले पहल गरिरहेको बताए। साथै उनले नेपाली विद्यार्थी जोशीसहितका अपहरणमा परेकाहरुको रिहाइका लागिसमेत प्रयास जारी रहेको जवाफ दिए। ‘इजरायल र हमासबीच पुनः युद्ध सुरु भएको छ। परिस्थिति जटिल छ। यद्यपि, अर्को युद्ध विरामका लागि पहल भइरहेको छ,’ परराष्ट्रमन्त्री साउदसँग राजदूत अन्सारीले भने, ‘हामीले…

Read More

धनगढी : नेकपा (एमाले)को ‘झुलाघाट–चिवाभन्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ जारी छ। मध्यपहाडी यात्रा अभियानअन्तर्गत अध्यक्ष केपी शर्मा ओलीसँगै एमालेका शिर्षस्थ नेता अहिले संकल्प यात्रामा छन्। बैतडीको झुलाघाटबाट सुरु भएको अभियानमा सुदूरपश्चिम घर भएका असन्तुष्ट नेता डा. भीम रावल भने सहभागी भएनन्। पार्टीको राष्ट्रिय अभियानमा आफूलाई औपचारिक निम्ता नगरिएको भन्दै उनी यात्रामा सहभागी छैनन्। तर, एमालेको मध्यपहाडी यात्रा अभियानअन्तर्गत अछाममा तीनवटा सभा गरेर अध्यक्ष केपी शर्मा ओली कर्णाली प्रदेशतर्फ लागेपछि रावल गृहजिल्ला पुगेका छन्। आफ्नै गृहजिल्लामा पार्टीको सभा हुँदासमेत आफूलाई बाइपास गरिएको भन्दै पूर्वउपाध्यक्ष रावल असन्तुष्ट छन्। ओली कर्णाली तरेर दैलेख पुगेलगत्तै आइतबार रावल गृहजिल्ला अछाम जान धनगढी पुगेका थिए। मंगलबार…

Read More

दार्चुलाः दार्चुलामा एक महिलामाथि निर्घात कुटपिट भएको छ। जिल्लाको नौगाड गाउँपालिका–१ कसाड निवासी ३० वर्षीया बसन्ती ठगुन्नामाथि निर्घात कुटपिट भएको हो। ठगुन्नालाई मङ्सिर १५ गते राति जेठाजु नाता पर्ने जयराम ठगुन्नाले निर्धात कुटपिट गरेको पीडित ठगुन्नाले बताएकी छन्। उनी नौगाड गाउँपालिका कार्यपालिका सदस्य समेत हुन्। उनी नेपाल काम्यूनिष्ट पार्टी (एकीकृत समाजवादी) बाट गाउँकार्यपालिका सदस्यमा निर्वाचित भएकी थिइन्। कुटपिटबाट टाउँको र अनुहारमा गहिरो चोट लागि घाइते भएकी ठगुन्नाको मङ्सिर १६ गते जिल्ला अस्पताल, दार्चुलामा उपचार सम्भव नभएपछि थप उपचारको लागि धनगढी रिफर गरिएको जिल्ला अस्पताल, दार्चुलाका सूचना अधिकारी डम्मरदत्त भट्टले बताए। रातिको समयमा घर भित्र प्रवेश गरी जेठाजुले निर्धात रुपमा कुटपिट…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र नेपालका लागि इजरायली राजदूत हनान गोडरबिच भेटवार्ता भएको छ। भेटको क्रममा आज मुख्यमन्त्री शाहले इजरायलमा हमास आक्रमणबाट ज्यान गुमाएका नेपालका १० जना विद्यार्थीको परिवारलाई सान्त्वनास्वरुप राहत उपलब्ध गराउन राजदूतलाई आग्रह गरेका छन्। मृतकका अभिभावकलाई भेट गर्न पनि मुख्यमन्त्रीले राजदूतलाई आग्रह गरे। ‘लर्न एण्ड अर्न’ कार्यक्रम अन्तर्गत इजरायल पुगेका सुदूरपश्चिम विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीको डेढ महिना अगाडि हमास आक्रमणबाट ज्यान गएको थियो। हमासले बन्दी बनाएर लगेको कञ्चनपुरका विपिन जोशीको तत्काल उद्धार र परिवारलाई राहतका लागि पनि मुख्यमन्त्रीले राजदूतलाई आग्रह गरेको मुख्यमन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ।

Read More

दार्चुला : दार्चुलामा सम्पर्क कार्यालय रहने गरी महाकाली नदी नियन्त्रण आयोजनाको कार्यालय बैतडी सरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय मातहतको आयोजनाको नाम परिवर्तन गरी नदी नियन्त्रण अयोजनाको कार्यालय बैतडीको पाटन सरेको हो। कार्यालय पाटन सरेपछि हिजो (सोमबार) आयोजना प्रमुखसहित कर्मचारीहरू बैतडीको पाटन गएका छन। आज (मंगलबार) पाटनमा कार्यालय व्यवस्थापनसहित कार्यालयको खाता संञ्चालनको तयारी गरिएको छ। दार्चुलामा सम्पर्क कार्यालय रहने गरी कार्यालयका खरिदार गीता जोशीलाई सम्पर्क व्यक्ति तोकिएको छ। सम्पर्क कार्यालयमा नयाँ इन्जिनियर र सव इन्जिनियर आउने भएका छन। सिँचाइ तथा नदी व्यवस्थापन आयोजनाका नामले बैतडीको पाटनमा कार्यालय खुलेको इन्जिनियर विनोद बहादुर चन्दले जानकारी दिए। सिँचाइ तथा नदी व्यवस्थापन आयोजनाका…

Read More