Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ: विपद् व्यवस्थापनमा कमजोरी भएको भन्दै धादिङका प्रमुख जिल्ला अधिकारीको हेरफेरपछि प्रहरी प्रमुख पनि फेरिएका छन्। प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय धादिङको कमान्ड एसपी दिपेन्द्र शाहीलाई दिइएको छ। यसअघि धादिङका कार्यरत एसपी गौतम केसीलाई हेडक्वार्टर तानिएको छ। यसअघि गृह मन्त्रालयले धादिङ र काभ्रेका प्रमुख जिल्ला अधिकारीहरूको हेरफेर गरेको थियो। गृह मन्त्रालयले धादिङमा सहसचिव सुमन घिमिरे र काभ्रेमा अर्का सहसचिव उमेश ढकाललाई प्रमुख जिल्ला अधिकारीको जिम्मा दिएको छ। धादिङका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे र काभ्रेका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईंलाई भने मन्त्रालय तानिएको छ। दुवै प्रजिअ र जिल्लाका सुरक्षा निकायका प्रमुखमाथि विपद् व्यवस्थापनमा तत्परता नदेखाएको गुनासो छ। जल तथा…

Read More

धनगढीः डडेल्धुरा जिल्ला सदरमुकामका घर तथा जग्गाधनीले मुआब्जा पाएको महिनौँ पुगे पनि सडक क्षेत्रमा पर्ने संरचना भत्काउन अटेरी गरेका छन्। सडकको क्षेत्राधिकारभित्रै पर्ने भौतिक संरचना र जग्गाको मुआब्जा व्यक्तिलाई वितरण गरिए पनि सडकको क्षेत्राधिकार खाली नगरिएको हो। मुआब्जा बुझेका धनधनीले संरचना नभत्काएपछि अन्तिम पटकका लागि ३५ दिनको अवधि दिइने निर्णय भएको छ। प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेको अध्यक्षतामा बसेको बैठकले संरचना भत्काउन अन्तिमपटक ३५ दिने सूचना प्रकाशित गर्ने निर्णय गरेको हो। प्रमुख जिल्ला अधिकारी न्यौपानेका अनुसार सदरमुकामको बागबजारदेखि उग्रतारा मन्दिरको मुल गेटसम्मका घर तथा जग्गाको सम्पूर्ण मुआब्जा वितरण भइसकेको छ। सडक डिभिजन कार्यालय डोटीका अनुसार मुआब्जा वितरण गरेर महाकाली राजमार्गको नाममा…

Read More

कैलाली: सुदूरपश्चिम प्रदेशको प्रदेश लोकसेवा आयोगले वार्षिक प्रतिवेदन प्रदेश प्रमुख नजिर मियाँसमक्ष पेश गरेको छ। आयोग अध्यक्ष यज्ञराज बोहरा, सदस्यहरू लक्ष्मण बहादुर खड्का र भागरथी रानासहितको टोलीले प्रदेश प्रमुख मियाँलाई आर्थिक वर्ष २०८-८१ चौथो वार्षिक प्रतिवेदन पेश गरेको हो। प्रदेश निजामती सेवा, प्रदेश प्रहरी सेवा, प्रदेश अनुसन्धान ब्युरो, प्रदेश अन्य सरकारी सेवा प्रदेश सङ्गठित संस्थाको सेवा, स्थानीय सरकारी सेवा र स्थानीय तहको साङ्गठनिक संस्थाको सेवाको पलमा उपयुक्त उम्मेदवार छनौट गरि सार्वजनिक प्रशासनलाई सक्षम, सुदृढ,र सेवामुखी बनाउने आयोगको उद्देश्य रहेको अध्यक्ष बोहराले प्रदेश प्रमुख मियाँलाई जानकारी गराएका थिए। आयोगले वर्षभरि गरेको काम कारबाही समेटेर तयार पारिएको प्रतिवेदनमा जम्मा ९ परिच्छेद र…

Read More

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री चार बजे आइपुगेलगत्तै मन्त्रिपरिषद् बैठक बस्न लागेको हो। तर समय भने तय भइसकेको छैन । बैठकमा प्रधानमन्त्री ओलीले बाढी पहिरोको क्षतिका बारेमा मन्त्रिहरुसँग जानकारी लिने बुझिएको छ। सरकारले बाढी पहिरोबाट मृत्यु भएका परिवार र घाइतेलाई राहत उपलब्ध गराउने बारे पनि निर्णय हुन सक्ने बताइएको छ।

Read More

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ल्याएको बजेटमा एउटै प्रदेशसभा निर्वाचन क्षेत्रलाई प्राथमिकता दिएको भेटिएको छ। कैलाली क्षेत्र नम्बर ५ (२) अर्थात धनगढीको मुख्य क्षेत्रमा बजेट खन्याइएको हो। प्रदेशले बजेटमा धनगढीका एक सय तीन वटा सडकसहित भौतिक संरचना निर्माण, सामाजिक क्षेत्र गरी एक सय ६४ वटा विकास योजना अटाएका छन्। जसका लागि ७२ करोड ४६ लाख रुपैयाँ विनियोजन भएको छ। यो क्षेत्रबाट नेपाली कांग्रेसबाट प्रकाश देउवा निर्वाचित भएका हुन्। उनी प्रदेश सरकारका पूर्वभौतिक पूर्वाधार विकासमन्त्री समेत हुन्। प्रदेश सरकारले ल्याएको बजेटमा पुँजीगततर्फ १८ अर्ब ७६ करोड २४ लाख रुपैयाँ छुट्ट्याइएको छ। जसको ठुलो हिस्सा धनगढीका लागि छुट्याइएको हो।

Read More

काठमाडौँ: गृह मन्त्रालयले दुई जिल्लाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ)हरूको सरुवा गरेको छ। मन्त्रालयले आज काभ्रेपलाञ्चोक र धादिङका सिडिओहरूलाई फेरेको हो। प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त जानकारी अनुसार जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी सूर्य प्रसाद सेडाईलाई गृह मन्त्रालयमा सरुवा गर्दै सेडाईको स्थानमा मन्त्रालयका उमेश ढकाललाई काभ्रेपलाञ्चोकको प्रमुख जिल्ला अधिकारीको रूपमा पठाइएको छ। यस्तै, धादिङका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेलाई पनि गृह मन्त्रालयमा झिकाएर पाण्डेको स्थानमा मन्त्रालयका सुमन घिमिरेलाई प्रमुख जिल्ला अधिकारीको रूपमा पठाइएको छ।

Read More

धनगढीः कैलालीमा पाँच जना फरार प्रतिवादी पक्राउ परेका छन्। जिल्ला अदालत कैलालीको विभिन्न मिथिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भएका तथा अहिले फरार रहेका पाँच जनालाई आइतबार पक्राउ गरिएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले लागूऔषध मुद्धामा २५ दिन कैद सजाय तोकिएका धनगढी उपमहानगरपालिका–२ सन्तोषीटोल बस्ने २८ वर्षीय यज्ञबहादुर ओली र २४ वर्षीय सुरेशबहादुर ओली पक्राउ परेका छन्। स्तै, चोरी मुद्धामा एक महिना तीन दिन कैद सजाय र ३० हजार जरिवाना तोकिएका घोडाघोडी नगरपालिका वडा नम्बर १० पहलमानपुर बस्ने २२ वर्षीय लोकेन्द्र बम तथा चेक अनादर मुद्धामा एक हजार जरिवाना तोकिएका धनगढी उपमहानगरपालिका वडा नम्बर १ पुष्पलाल…

Read More

धनगढीः कञ्चनपुरमा ६ जना जुवाडे पक्राउ परेका छन्। जिल्लाको दोधरा चाँदनी नगरपालिका वडा नम्बर ६ स्थित धने गुरुङको घरमा जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई पक्राउ गरिएको हो। कञ्चनपुर प्रहरीका अनुसार सोही नगरपालिका वडा नम्बर ४ बस्ने ४९ वर्षीय मोहनबहादुर सिंहसहित ६ जनालाई पक्राउ गरिएको हो। उनीहरुको साथबाट २२ हजार एक सय ३० रुपैयाँ नगदसहित दुई थान मोबाइल र एक गड्डी तास पनि बरामद गरिएको छ।

Read More

काठमाडौंः मौसम पूर्वानुमान महाशाखाले देशभर मनसुनी वायुको प्रभाव रहेको उल्लेख गर्दै भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जानकारी दिएको छ। अहिले हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। आज दिउँसो देशभर बदली रही पहाडी भू-भागका केही तथा बाँकी भू-भागका एक-दुई स्थानमा वर्षा हुन सक्नेछ । त्यस्तै राति कोशी र गण्डकी प्रदेशका केही र बागमती प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ। आगामी २४ घण्टामा पहाडी भू-भागका केही तथा बाँकी भू-भागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। त्यस्तै मंगलबार बिहान…

Read More

धनगढी: सुदूरपश्चिम प्रदेशमा दसैं, तिहार र छठ पर्वका लागि सुरक्षा योजना बनाइएको छ। प्रदेश प्रहरी कार्यालयका अनुसार प्रदेशका नौं वटै जिल्लामा लागु गर्नका लागि सुरक्षा योजना बनाइएको हो। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी रविन्द्र केसीका अनुसार सुरक्षा योजनाअन्तर्गत प्रदेशभर थप चार हजार प्रहरी परिचालन गरिने भएको छ। `चार्ड पर्वमा हुनसक्ने सम्भाबित घटना र अपराधीक क्रियाकलाप नियन्त्रण गर्न सुरक्षा रणनीति तयार गरेका छौं,´ उनले भने, `चाडपर्वको समय बढी घटना तथा दुर्घटना हुने गरेका छन्। हामीले त्यो नियन्त्रण गर्ने रणनीति तयार गरेका छौं । त्यसका लागि सामान्य समयकोभन्दा थप चार हजार प्रहरी परिचालन गरेका छौं।´  उनका अनुसार दसैं–तिहारमा हुने जुवा, तास…

Read More