Author: महेन्द्रनगर पोष्ट

धनगढी: अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासका प्रमुख रामबहादुर लिम्बू कुरुम्बाङ फेसबुक अकाउन्ट ह्याक भएको छ। आज (शनिबार) उनले आफ्नो अकाउन्ट ह्याक भएको जानकारी दिए। यस्तै आफ्नो अकाउन्टबाट ह्याकरले अवाञ्छित सन्देशहरु पठाइएकोमा उनले क्षमा मागेका छन्। सूचना हत्याउन ह्याकिङ भएको हुनसक्ने अनुमान गरिएको छ।

Read More

काठमाडौँ : मनाङ एयरको ९ एन-एएनजे कलसाइन भएको हेलिकप्टर दुर्घटनामा गम्भीर घाइते भएका पाइलट प्रकाश सेढाईंको ह्याम्स अस्पतालमा उपचार जारी छ। शनिबार बिहान लुक्लाबाट लोबुचे (सोलुखुम्बु) उडेको हेलिकप्टर दुर्घटनामा गम्भीर घाइते भएका सेढाईंलाई थप उपचारका लागि आजै भारतको नेसनल बर्न सेन्टर मुम्बईमा लैजाने तयारी भएको अस्पतालले शनिबार साँझ एक विज्ञप्ति जारी गरी जानकारी दिएको छ। अस्पतालका अनुसार साँझ साढे सात बजे उनलाई विमानमार्फत् थप उपचारका लागि भारत लैजाने तयारी भएको हो। उनको उपचार इमर्जेन्सी कक्षमा सुरू गरी भेन्टिलेटरमा राखेर उपचार गरिएको डाक्टर सबिन कोइरालाद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ। अस्पतालका अनुसार उनको मुखको भाग, हातखुट्टा लगायत ४५ देखि ५० प्रतिशत…

Read More

काठमाडौँ: इजरायलमा मृत्यु भएका १० जना नेपाली विद्यार्थीको शव इजरायल सरकारले नै पठाउने भएको छ । शव नेपाल पठाउन लाग्ने सम्पूर्ण खर्च इजरायल सरकारले नै बेहोर्ने भएको हो । शव कहिले पठाउने भन्ने विषयमा भने यकिन हुन सकेको छैन् । ‘१० जनाको शव नेपाल ल्याउन लाग्ने सबै खर्च इजरायल सरकारले नै बेहोर्नेछ । सबै प्रकृया पुरा गरेर नेपाल पठाउने भन्ने कुरा छ । कति समयमा नेपाल पठाउँछन् भन्ने यकिन भएको छैन् । तर, इजरायल सरकारले नै पठाउनेछ’ परराष्ट्र मन्त्रालय स्रोतले भन्यो । शव नेपाल सरकारले नै ल्याउने कि के गर्ने भन्ने थियो । तर, इजरायल सरकारले आफ्नै खर्चमा शव पठाउने…

Read More

काठमाडौं : नेपाली काँग्रेसको कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले राजीनामा दिएका छन् । पार्टी प्रदेश सभापति समेत रहेका थापाले नैतिकताका आधारमा पदबाट राजीनामा दिएको बताएका छन् । कार्की बागी उम्मेदवार बनेर मुख्यमन्त्री नियुक्त भएपछि उनले नैतिकताको आधारमा राजीनामा दिएका हुन् । काँग्रेसले गठबन्धनको तर्फबाट माओवादी उम्मेदवार इन्द्र आङ्बोलाई समर्थन गरेको थियो । थापा यसअघि दुई पटक मुख्यमन्त्री बनेपनि सर्वोच्चको आदेशपछि पदमुक्त भएका थिए । मुख्यमन्त्रीका लागि दुई पटकसम्म विश्वासको मत लिने प्रयास गरेपनि उनलाई ४७ मत नपुगेकाले पदबाट हटेका थिए । यसैबीच प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीलाई सत्ता…

Read More

काठमाडौँ : नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नयाँ हुँ भन्ने राजनीतिक दलहरूले आफूलाई पुष्टि गरेर देखाउनुपर्ने बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीप्रति संकेत गर्दै उनले नयाँ भन्ने कुरा मितिको आधारमा नभई संस्कृति र प्रवृत्तिको आधारमा हुने भएकाले नयाँ राजनीतिक दलहरूले आफूलाई नयाँ हुँ भन्ने प्रमाणित गरेर देखाउनुपर्ने तर्क गरेका हुन्। दसैँ, तिहारलगायतका चाडपर्वको अवसर पारेर नेकपा (एमाले) झापा–काठमाडौं सम्पर्क मञ्चले काठमाडौँमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले कुनै राजनीतिक दल पुरानो हुँदैमा सकियो भन्न नमिल्ने बताए। उनले मुलुक बनाउन सकिन्छ भन्ने अठोट लिएर प्रमुख राजनीतिक दलहरू एकजुट भएर अघि बढनुपर्ने आवश्यकता पनि औँल्याए । ‘कसैले भन्दैगर्दा पुरानाका दिन गए। पुराना…

Read More

मोरक्को : माथिल्लो अरुण जलविद्युत आयोजनामा १ खर्ब ३० अर्ब रुपैया सहुलियतपूर्ण ऋण सहायता जुटाउन विश्व बैंक सकारात्मक भएको छ । विश्व बैंक दक्षिण एसिया क्षेत्रका उपाध्यक्ष मार्टिन रेजर र विकास वित्त तर्फका उपाध्यक्ष आकिहिको निसिओसँगको समीक्षा बैठकमा आज अर्थमन्त्री डा. प्रकाशशरण महतले राखेको प्रस्तावमा सकरात्मक निष्कर्ष निस्किएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ । रणनीतिक महत्वको माथिल्लो अरूण जलविद्युत आयोजनामा विश्व बैंकको सहुलियतपूर्ण कर्जाको अंश बढाउने, निजी क्षेत्रबाट स्वलगानी बढाउने विषयमा नेपाली उच्चस्तरीय प्रतिनिधिमण्डलले आगामी हप्ता वासिङटनमा प्राविधिक तथा वित्तीय पक्षसँग छलफल गर्न लागेको अर्थमन्त्रीको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार, सहुलियतपूर्ण ऋृण उपलब्ध गराउने संरचना अन्तर्राष्ट्रिय विकास सहायता ९आइडिए०को २१…

Read More

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले प्रदेश संरचना खारेज गर्नुपर्ने बताएका छन्। सङ्घीयताअन्तर्गत प्रदेश संरचना मुलुकका लागि घाँडो भएकाले त्यसलाई खारेज गर्नुपर्ने उनको तर्क थियो। पार्टीद्वारा शनिवार ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष थापाले वैदेशिक ऋणको भरमा कहिलेसम्म प्रदेश संरचनालाई कायम राख्ने ? भनी प्रश्न गरे। नेपालजस्तो सानो देशका लागि सयभन्दा बढी मन्त्री र ५-७ सयको संख्यामा सांसद आवश्यक नभएकाले त्यसलाई कटौती गर्नुपर्ने उनले प्रस्ताव गरे। अध्यक्ष थापाले वर्तमान व्यवस्था भ्रष्ट भएको भन्दै त्यसमा सुधारका निम्ति तयार हुन प्रमुख राजनीतिक दलहरूलाई आग्रह गरे। उनले भने, ‘प्रदेश संरचना आवश्यक छैन। यसलाई खारेज गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो। प्रदेश…

Read More

धनगढीः समाजवादी मोर्चाको भेलालाको लागि प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड धनगढी आउने भएका छन्। प्रचण्ड असोज २९ गते समाजवादी मोर्चाको भेला सम्बोधनका लागि धनगढी आउन लागेका हुन्। प्रचण्ड आइतवार नेपालगन्जको कार्यक्रममा सहभागी भएर सोहि दिन धनगढी आउने कार्यक्रम रहेको जनाइएको छ। यसअघि धनगढीमा हुने भनिएको मोर्चाको भेला दुई पटक स्थगित भएको थियो। एकपटक एमसीसी सम्झौता कार्यान्वयनको विषयलाई लिएर मोर्चा घटक दलहरूबीच विवाद हुदा र अर्को एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधनका कारण भेला स्थगित भएको थियो।

Read More

काठमाडौं :नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवर लण्डनबाट फर्किएका छन् । उनी श्रीमती लक्ष्मी र छोरा दिग्दर्शनसँगै कतार एअरवेजको उडानमार्फत काठमाडौं आईपुगेका हुन् । महानिरीक्षकसँगै डिआइजी बिष्णु केसी,वरिष्ठ उपरीक्षक दानबहादुर कार्की र शेखर खनालको पनि बिहान साढे ९ बजे स्वदेश फिर्ती भएको छ । दोश्रो वरियताका एआइजी टेकप्रसाद राई पनि अमेरिका भ्रमणमा रहेको हुँदा महानिरीक्षक कुँवरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एआइजीहरु श्याम ज्ञवाली,सन्दिप भण्डारी,किरण बज्राचार्य,टेकबहादुर तामाङ्गले स्वागत गरेको बताइएको छ । कुँवर बेलायतमा आयोजित प्रहरी सुरक्षासम्बन्धी अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी भएर फर्किएका हुन् । आजै नेपालका लागि साउदी अरेबियाका राजदूत स्वदेश फर्किएका छन् । राजदूत साद नासेर ए।अबुहेमद मध्यान्ह साढे १२ बजे कतार…

Read More

काठमाडौं : राष्ट्रिय ट्रमा सेन्टरको ल्याबमा प्रयोग हुने किट खरिदमा अनियमितता गरेको भन्दै सेन्टरका प्रमुख डा. बद्री रिजालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । रिजालले रोग पत्ता लगाउन प्रयोग हुने ल्याबको किट खरिदका लाग रिएजेन्टको मिलेमतोमा भ्रष्टाचार गरी आफूनिकट ‘डिसोभन’ ओम सर्जिकललाई दिने गरी टेण्डर खुलाएको भन्दै अख्तियारमा उजुरी परेको हो । अख्तियार स्रोतका अनुसार भदौ २० गते खुलाइएको टेण्डरको अन्तिम म्याद भने यही असोज १९ गते रहेको छ । रिजाल ल्याबका विभिन्न ३४ किसिमका सामानहरु खरिदका लागि आफूनिकट व्यवसायीलाई मात्रै हुने गरी विश्व स्वास्थ्य संघको प्रिक्वारिफाइड भनेर माग गरिए पनि भारतबाट उत्पादित सामाग्री ल्याउने गरी आफूनिकट ‘डिसोभन’…

Read More