Author: महेन्द्रनगर पोष्ट

धनगढी: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इजरायल बेपत्ता भएका विपिन जोशीको खोजी कार्य तीव्र रहेको बताएका छन् । कैलालीको चौमालास्थित गौरीगङ्गा नगरपालिकाको नवनिर्मित भवन उद्घाटन गर्दै प्रधानमन्त्रीले ‘प्रचण्ड’ले इजरायल लगायत वरिपरिका देशमा पनि विपिनको खोजी भइरहेको बताएका हुन् । । प्यालेस्टाइन विद्रोही समूह हमासको आक्रमणमा परी १० नेपालीको मृत्यु भएको थियो । त्यस क्रममा बेपत्ता भएका कन्चनपुर भिमदत्त ३ का जोशी अहिलेसम्म सम्पर्कविहीन छन् । प्रधानमन्त्री ‘प्रचण्ड’ले अहिले इजरायलमा मात्र नभई हमास आबद्ध देशहरुम पनि खोजी भइरहेको बताए । ‘वरिपरिका सबै देशहरू र हमाससँग सम्बन्धित देशमा पनि खोजी भइरहेको छ पहल भइरहेको छ’, प्रधानमन्त्री ‘प्रचण्ड’ले भने, ‘मलाई विश्वास छ चाँडै उहाँ…

Read More

धनगढी : नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले देशको जिम्मा माओवादीले लिनुपर्ने बताएका छन् । सोमबार समाजवादी मोर्चाले सुदूरपश्चिमको धनगढीमा आयोजित सन्देशसभामा बोल्दै उनले माओवादीबाहेक अन्यले जिम्मा लिन नसक्ने जिकिर गरे । ‘देशलाई दुःख परेको छ । जनतालाई दुःख परेको छ । पहिले पनि युद्धबाट माओवादीले जवाफ दिएको छ’, उनले भने, ‘अहिले पनि देशको जिम्मा माओवादीले नै लिनुपर्छ । कम्युनिस्टहरूले लिनुपर्छ । समाजवादी मोर्चाले लिनुपर्छ । समस्या पर्दा काँध थाप्ने भनेको माओवादीले हो । कम्युनिस्टहरूले हो ।’ अहिले देशको राजनीति जटिल मोडमा पुगेको भन्दै आफूहरूले सचेतापूर्वक जिम्मा लिएर जवाफ दिने उनले जिकिर गरे ।

Read More

कठमाडाै‌ : ललितपुरको अन्नपूर्ण प्राकृतिक अस्पतालले इजरायलबाट फर्केका नेपालीलाई एक महिना निःशुल्क मनोवैज्ञानिक परामर्श सेवा दिने भएको छ । ‘मेन्टल हेल्थ म्याटस्’ भन्ने हेतुका साथ युद्धग्रस्त क्षेत्रबाट फर्किएका नेपालीहरूलाई सहयोग गर्नका लागि अस्तालले एक महिने निःशुल्क प्राकृतिक उपचार तथा मनोपरामर्श दिने भएको हो । ‘प्रत्यक्ष युद्ध देखेर नेपाल फर्किएका विद्यार्थीको मानसपटलमा त्यसको गहिरो प्रभाव परेको हुन सक्ने भएका कारण उनीहरूका लागि निःशुल्क उपचार सेवा दिन लागिएको अस्पतालका सञ्चालक तथा मेडिकल डाइरेक्टर डा. स्कन्द डाँगीले बताएका छन् । त्यसका लागि न्युरोसाइक्र्याटिस्ट डा. प्रदीप पाण्डे, प्राकृतिक चिकित्सक तथा योग विशेषज्ञ डा. स्कन्द डाँगी, आयुर्वेद चिकित्सक डा. रमेश पौडेल, योग थेरापिस्ट सविन महर्जन,…

Read More

काठमाडौँ : भारतको नागपुरमा हाइ पर्फमेन्स क्याम्प सकेर नेपाली राष्ट्रिय क्रिकेट टिम आज सोमबार स्वदेश फर्कने भएको छ । टी–२० विश्वकप एसिया क्षेत्र छनोटको तयारीमा रहेको नेपाली टोलीले भारतको नागपुरमा राजस्थान रोयल्सको एकेडेमीमा क्याम्प राखेको थियो । नेपालको टिम दिल्ली एयरपोर्ट हुँदै नेपाल आइपुग्ने नेपाल क्रिकेट सङ्घ क्यानले जनाएको छ । नेपाली टोलीले कात्तिक १ गतेबाट हङकङ र युएईसँग त्रिकोणात्मक सिरिज खेल्नेछ । कात्तिक १३ गतेबाट हुने एसियन क्षेत्र छनोट अघि नेपालले तयारी स्वरूप त्रिकोणात्मक सिरिज खेल्न लागेको हो ।

Read More

धनगढी : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले घोडाघोडी बहुमुखी क्याम्पस सुखड, कैलालीमा शैक्षिक भवन शिलान्यास गरेका छन्। सोमबार एक कार्यक्रमकाबीच प्रधानमन्त्री प्रचण्डले घोडाघोडी बहुमुखी क्याम्पसको भवन शिलान्यास गरेका हुन्। सो सुविधा सम्पन्न शैक्षिक भवन नेपाल सरकार राष्ट्रिय योजना आयोगको आर्थिक वर्ष २०६०/०६१ को अनुदान कार्यक्रम अन्तर्गत प्राप्त अनुदानवाट निर्माण हुनेछ। समाजवादी मोर्चाको धनगढी सभालाई सम्बोधन गर्न सुदुरपश्चिम पगेका प्रधानमन्त्री प्रचण्डले त्यहाँ रहँदा विभिन्न कार्यक्रममा सहभागी हुनेछन्।

Read More

काठमाडौं: गोलघरभित्र राखिएका चूडामणि उप्रेती ‘गोरे’लाई सुन्धारा कारागार प्रशासनले बाहिर निकालेको छ। गोरेले आफूमाथि सुरक्षा खतरा नरहेको बताएपछि गोलघरबाट अर्को स्थानमा सारिएको हो। गएको शुक्रबार उनलाई गोलघरबाट बाहिर निकालिएको कारागार स्रोतले जानकारी दियो। पाँच वर्षयता उनलाई कारागारको गोलघरभित्र राखिएको थियो। अब भने कारागारमै अरू कैदीसरह रहनेछन्। साढे ३३ किलो सुन तस्करी र मोरङको उर्लाबारीका सनम शाक्य हत्या प्रकरणमा जिल्ला अदालत मोरङले उनलाई दोषी ठहर गरेको थियो।

Read More

काठमाडौं : सत्तासाझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति, महामन्त्री तथा सहमहामन्त्रीहरूलाई छलफलमा बोलाएका छन् । आज अपराह्न ४ बजे आफ्नै निवास धुम्बाराहीमा बस्ने गरी देउवाले बैठक बोलाएका हुन्। उनले बैठकका एजेन्डा भने खुलाएका छैनन्। देउवाले उपसभापतिहरू पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग छलफल गर्न लागेका हुन् । कोसी प्रदेशमा विकसित पछिल्लो राजनीतिक घटनाक्रम र अबको रणनीतिबारे छलफल हुन सक्ने बैठकमा सहभागी हुने एक पदाधिकारीले बताए ।

Read More

कञ्चनपुर: जङ्गली हात्ती नियन्त्रण गर्नका लागि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका चार वडामा स्वचालित बत्ती जडान कार्य सुरु गरिएको छ । हात्तीको बथानले किसानको खेतबारीमा छिरेर धान, उखुलगायत बालीमा नोक्सानी पुर्याउन थालेपछि बत्ती जडान कार्य सुरु गरिएको हो । हात्ती प्रभावित वडा नं ५, ६, ९ र १० मा बत्ती जडान भइरहेको वडा नं ५ का अध्यक्ष चक्रबहादुर खडकाले बताए । उनका अनुसार सम्बन्धित वडा कार्यालयले बजेटको व्यवस्था गरी बत्ती जडान गर्न थालेका हुन् । वडा नं ५ मा ३०, वडा नं ६ मा ६०, वडा नं ९ मा १६ र वडा नं १० मा ४० वटा बत्ती जडान भइरहेको अध्यक्ष खडकाले…

Read More

काठमाडौं : काठमाडौंमा हुने त्रिकोणात्मक क्रिकेट सिरिजका लागि राष्ट्रिय क्रिकेट टिमको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ क्यानले रोहित पौडेलको कप्तानीमा १८ सदस्यीय नेपाली टिमको घोषणा गरेको हो । पौडल कप्तान रहेको नेपाली टिममा आरिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, दिपेन्द्र ऐरी, सन्दीप जोरा, गुल्सन झा, सोमपाल कामी, करन केसी, प्रजित जिसी, ललित राजभण्डारी, अभिनाश बोहरा, विवेक यादव, सागर ढकाल, बिनोद भण्डारी, लोकेश बम, सुर्य तामाङ र मौसम ढकाल रहेका छन् । हङकङ र यूएईलाई समावेश गरेर नेपालले काठमाडौंमा त्रिकोणात्मक क्रिकेट सिरिजको आयोजना गर्दैछ । टी ट्वान्टी विश्वकप छनोटको तयारी स्वरुप सिरिज आयोजना हुन लागेको हो । लिग चरणका…

Read More

कैलालीः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक न्याय र सुशासनमा सरकार दृढ रहेको बताएका छन्। माओवादी नेता कृष्ण बढुवाल (महेश) को श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् बडुवाल सुदूर पश्चिम प्रदेश कमिटी उपाध्यक्ष हुन्। निमोनिया बाट ग्रसित बढुवालको असोज १० गते भारत उपचारका लागी लैजाने क्रममा निधन भएको थियो। आज प्रधानमन्त्री प्रचण्ड बढुवालको स्मृतिमा आयोजित शोक सभामा पुगेका थिए। उनले सामाजिक न्याय र सुशासनका काम गर्दै महेश जस्ता योद्धाहरूको सपना पूरा गर्ने लक्ष्यमा सरकार रहेको बताए। समाजवादी मोर्चाको सन्देश सभामा सहभागी हुन् प्रधानमन्त्री आज कैलाली आएका हुन् । धनगढीमा सन्देश सभा हुनु अघि प्रधानमन्त्री लम्की चुहा नगरपालिका पुगेका…

Read More