धनगढी : कैलालीमा कस्तुरीको बिनासहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको चुरे गाउँपालिका– १ बस्ने दानबहादुर विक रहेका छन्। सुदूरपश्चिम प्रदेश प्रहरी महेन्द्रनगरको अनुसन्धानको टोलीले बिहीबार कैलालीको चुरे गाउँपालिका– १ बस्ने विकलाई २ थान कस्तुरीको बिनासहित पक्राउ गरेको हो। प्रहरी नायब निरीक्षक सुशील चन्दको नेतृत्वमा खटिएको साधा पोसाकको प्रहरी टोलीले पक्राउ गरेका विकबाट दुई पिस कस्तुरी बरामद गरेको जनाइएको छ। घटनाको अनुसन्धान भइरहेकोले विस्तृत जानकारी आउन बाकी रहेको प्रहरीले जनाएको छ।
Author: महेन्द्रनगर पोष्ट
डडेल्धुरा : फारवेस्टर्न एग्रो जाइन्ट लिमिटेडले चौथो वार्षिक साधारण सभा पुष २५ गतेका लागि बोलाएकोछ। कम्पनीको पुष ३ गते बसेको संचालक समितिको बैठकले कम्पनी कै रजिष्टर्ड कार्यालय अमरगढी नगरपालिका– १ मौरडा डडेल्धुरामा बिहान १० बजे बस्ने गरी सभा आव्हान गरेको हो। सभामा संचालक समितिको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै आर्थिक वर्ष २०७९।०८० को लेखापरीक्षण सहितको वासलात, नाफा, नोक्सान हिसाब र नगद प्रवाह लगायतको वित्तीय विवरणहरु पारित गर्ने एजेण्डा रहेको छ। साथै, चालु आर्थिक वर्ष २०८०।०८१ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत सभाको कार्य सूचीमा समावेश भएको छ।
डडेल्धुरा: एउटा सरकारी विद्यालयमा कार्यरत शिक्षक विद्यालय परिसरमा रहेको मैदानको घाँस बेचेर तलब खान्छन् भन्दा पत्यार नलाग्न सक्छ। तर त्यो यथार्थ डडेल्धुराको भित्रीमधेश क्षेत्र परशुराम नगरपालिका–६ चन्दनीस्थित सिद्धनाथ माध्यमिक विद्यालयका निजी स्तरका शिक्षकले भोग्दै आएका छन्। २०३१ मा स्थापना भएको विद्यालयले हजारौँ विद्यार्थी उत्पादन गरेर शिक्षा, स्वास्थ्य, कर्मचारी र राजनीतिक क्षेत्रमा दक्षजनशक्ति दिएको उक्त विद्यालयको आन्तरिक स्रोत नहुँदा समस्या छ। निजी स्रोतका शिक्षक एवं कर्मचारीलाई तलब खुवाउनकै लागि गाउँमा चन्दा सहयोगदेखि विद्यालयको दुई बिघा क्षेत्रफलमा हुने घाँस बिक्री गरेर समेत आर्थिक जोहो गर्नुपरेको विद्यालयका प्रधानाध्यापक गौरीदत्त भट्टराईले बताए। ‘स्थानीय सामुदायिक वनले विगतमा सहयोग गर्दा विद्यालय सञ्चालनमा अलि सहयोग पुगेको थियो,’…
धनगढी: प्रधानमन्त्री कप महिला टी-२० राष्ट्रिय प्रतियोगितामा साविक विजेता सुदूरपश्चिम पहिलो खेलमै पराजित भएको छ। मुलपानी मैदानमा आज भएको खेलमा सुदूरपश्चिमलाई विभागीय टोली एपीएफले ९ विकेटले पराजित गरेको हो। सुदूरपश्चिमले दिएको ८८ रनको लक्ष्य एपीएफले १६.१ ओभरमा १ विकेट मात्र गुमाउदै पुरा गरेको थियो। एपिएफकी ओपनर ज्योती पाण्डेले नटआउट ४९ रन र इन्दू बर्माले नटआउट ३१ रन जोडिन्। पाण्डेले ४८ बलमा ९ चौका र बर्माले ४४ बलमा ४ चौका हिर्काए। त्यसअघि कप्तान सीता रानामगर ४ रनमै आउट भएकी थिइन्। टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ९ विकेटको क्षतिमा ८७ रन जोड्यो। सुदूरपश्चिमका लागि कविता जोशीले सर्वाधिक २२ रन जोडिन्। बलिङमा…
धनगढी : माघ ११ गते हुने राष्ट्रिय सभा चुनावका लागि निर्वाचन आयोगले सुदूरपश्चिम प्रदेशका लागि प्रदेश सभा भवन, धनगढीमा मतदानस्थल तोकेको छ। आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले सुदूरपश्चिम प्रदेशका लागि प्रदेश सभा भवन, धनगढीमा मतदानस्थल तोकेको जानकारी दिएका हुन्। उनकाका अनुसार प्रत्येक प्रदेशमा एक/एक वटा मतदान स्थल र सोही मतदान स्थलमा दुई/दुई वटा मतदान केन्द्र राख्ने निर्णय भएको हो। जसमा ७ वटा मतदान स्थल र १४ वटा मतदान केन्द्र तोकेको छ। कोशी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय, विराटनगर मतदानस्थल तोकिएको छ। मधेश प्रदेशका लागि महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्र, जनकपुरधाममा मतदानस्थल राखिएको छ। बागमती प्रदेशका लागि श्री…
कञ्चनपुर : कञ्चनपुरमा जङ्गली हात्तीबाट हुने क्षति कम गर्न प्रभावित क्षेत्रमा १३ ठाउँमा साइरन जडान गरिएका छन्। जङ्गली हात्ती बस्ती पस्नु पूर्व जानकारी गराई सर्वसाधारणलाई सचेत पार्नका लागि साइरन जडान गरिएका हुन्। तराई भूपरिधि कार्यक्रम (ताल) ले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती समितिसँग समन्वय गरी जङ्गली हात्तीबाट हुने क्षति न्यूनीकरण गर्न साइरन जडान गरेको हो। ‘ताल’ कार्यक्रमका सहप्रबन्धक कमलराज राईका अनुसार सोभाताल, त्रिशक्ति तथा शुक्लाफाँटा मध्यवर्ती क्षेत्रअन्तर्गत पर्ने हात्ती प्रभावित क्षेत्रमा साईरन जडान गरिएका छन्। मध्यवर्ती क्षेत्रक्षेत्रअन्तर्गतका बेलौरी नगरपालिका–५, शुक्लाफाँटा नगरपालिका–१२ र लालझाडी गाउँपालिका–४ मा साइरन जडान गरिएका हुन्। यसैगरी त्रिशक्ति मध्यवर्तीअन्तर्गत पर्ने शुक्लाफाँटा नगरपालिका–१, २, ३, ४ र ५ मा…
काठमाडौं : हिजो एक कार्यक्रमा धर्मबारे विवादित अभिव्यक्ति दिएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीको अहिले चौतर्फी आलोचना भइरहेको छ । काठमाडौँमा आयोजित उपत्यकाव्यापी संयुक्त बृहत् ख्रीष्टमस महोत्सव २०८० कार्यक्रममा उनले उनले क्रिश्चियनलाई मान्दिनँ भन्नु संविधानलाई मान्दिनँ भन्नु सरह भएको बताएका थिए । उनले संविधान मान्दिनँ भन्नेहरू देशद्रोही भएको समेत बताएका थिए । सोही अभिव्यक्तिपछि उनी आलोचित बन्न पुगेका छन् । उक्त अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा विभिन्न दलका शीर्ष नेतादेखि जनताले विरोध गरिरहेका छन् । जिम्मेवार व्यक्तिले धर्मबारे विवादस्पद अभिव्यक्ति दिनू गैरजिम्मवार भएको बताउँदै बर्खास्त गर्नसमेत माग गरिएको छ । आफ्नो आलोचना भएपछि तिनै मन्त्रीले सामाजिक सञ्जालमार्फत स्पष्टिकरण…
केरला : भारतको केरलामा कोभिड-१९ को नयाँ भेरियन्ट जेएन वानबाट ३ जनाको मृत्यु भएको छ । भारत भरमा सबैभन्दा धेरै संक्रमित केरलामा नै रहेका भारतीय सञ्चार माध्यमले जनाएका छन् । केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले जारी गरेको तथ्याङ्क अनुसार बुधबार केरलामा कोभिड-१९ को ३०० संक्रमित फेला परेका छन् । केरला बाहेक भारतभरमा जम्मा ५८ जनामा संक्रमण देखिएको छ केरलामा सक्रिय सङ्क्रमितको संख्या बढेर २ हजार ३४१ पुगेको छ। केरला बाहेक, अन्य सबै राज्यहरूमा सक्रिय सङ्क्रमितको संख्या ३२८ मात्र छ ।
काठमाडौं: नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला एक लाख १९ हजार रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ। महासंघका अनुसार बुधबार पनि सोही मूल्यमा कारोबार भएको थियो। यस्तै, चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले बढेको छ। आज चाँदी तोलाको १४ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।
बझाङ : बझाङमा जीप दुर्घटना हुँदा चालक घाइते भएका छन्। जिल्लाको बुंगल नगरपालिका-२ गिरौ सुगर बगर स्थित भित्री कच्चि सडक खण्डमा जीप दुर्घटना भएको हो। बुंगल नगरपालिका-१ गोइचन बस्ने हर्क बहादुर बोहराले चलाएको से१ज७९४ नम्बरको जीप गरी ब्याक गर्ने क्रममा एक्कासी सडकबाट १०० मिटर तल खसी दुर्घटना हुँदा चालक बोहरा घाइते भएका हुन्। चालक बोहराको टाँउकोमा चोट लागेको र उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र देउरा पठाएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। घाइते बोहराको अवस्था मध्यम रहेको छ। आज बिहीबार बिहान साढे ६ बजेको समयमा दुर्घटना भएको र स्थानीयले जानकारी गराएपछि अस्थायी प्रहरी पोष्ट बिजगडाबाट ३ जनाको प्रहरी टोली घटना…