धनगढी: कञ्चनपुरमा भरुवा बन्दुकसहित २ जना पक्राउ परेका छन्। भीमदत्त नगरपालिका–९ टुडिखेल बस्ने ५३ वर्षीय गगन तरामी र ५५ वर्षीय प्रेमबहादुर धामी पक्राउ परेका हुन्। दुबै जनालाई २ नाल भरूवा बन्दुक, २ प्याकेट बारुद, बन्दुकको सिसा ३८ टुक्रा, फलाम २७ टुक्रा, बन्दुकको क्याप १२ वटा र खुकुरी २ थानसहित फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। इलाका प्रहरी कार्यालय ब्रहमदेव र सशस्त्र प्रहरी बल बिओपी खल्लाबाट खटिएको संयुक्त गस्ति टोलीले भीमदत्त नगरपालिका–९ कालीगाडा खोलाबाट दुबै जनालाई पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
Author: महेन्द्रनगर पोष्ट
धनगढी: डेंगु संक्रमणबाट डडेल्धुराका एकजनाको मृत्यु भएको छ। अजयमेरू गाउँपालिका –१ का कोटेलीका आन्दाजी ५२ वर्षीय राम सिंह खडकाको संक्रमबाट मृत्यु भएको हो। रोजगारीको शिलशिलामा भारतको बेङ्गोर भएका बेला उनलाई डेंगु संक्रमण भएको पारिवारिक स्रोतले बताएको छ। त्यहाँबाट उपचारका लागि कैलालीको सेती प्रादेशिक अस्पताल ल्याइएका उनको उपचारकै क्रममा मृत्यु भएको बताइएको छ। उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। उनका २ सन्तान रहेका छन्।
धनगढी: डडेलधुरामा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्। हिजो मंगलबार पर्शुराम नगरपालिका ९ नौलास्थित दैजि जोगबुढा सडक खण्डमा पर्शुराम यातायातको लु १ ज ४५७९ नम्बरको बोलेरो जिप दुर्घटना भएको हो। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार जिप अनियन्त्रित भई सडकबाट अन्दाजी १०० मिटर तल खसेको थियो। सो जिप दुर्घटना हुँदा जिपमा सवार चालक सहित १४ जना मध्ये पर्शुराम नगरपालिका ११ सलेता बस्ने वर्ष ४० की मोतिदेवी सार्की र आलिताल गाउँपालिका ७ थली बस्ने वर्ष ३८ की धना देवी बुढाको घटनास्थलमै मृत्यु भएको हो। यस्तै प्रहरीका अनुसार डडेल्धुराको पर्शुराम नगरपालिका ११ सलेता बस्ने वर्ष…
काठमाडौं: भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी आज दिउँसो काठमाडौं आइपुग्दै छन्। नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलको निमन्त्रणामा द्विवेदी पाँच दिने नेपाल भ्रमणमा आउन लागेका हुन्। उनी दिउँसो एअर इण्डियाको उडान नम्बर एआई २१५७ मा नयाँ दिल्लीबाट दिउँसो २ बजे काठमाडौं आइपुग्ने कार्यक्रम रहेको छ। भ्रमणको क्रममा नेपाली समकक्षी सिग्देलसँग औपचारिक भेटवार्तासँगै राष्ट्रपति, प्रधानमन्त्री, रक्षामन्त्रीसँग भेट गर्ने र शीतल निवासमा मानार्थ सेनापतिको पदवी बुझ्ने तालिका छ। भारतीय सेनाध्यक्ष मुक्तिनाथ दर्शन जाने कार्यक्रम पनि तय गरिएको छ। उनी नेपाल भ्रमण पूरा गरेर आगामी आइतबार बिहान पौने १० बजे भुटान एअरलाइन्सको उडानमा नयाँ दिल्ली फर्कने भ्रमण बनेको छ।यसअघि सेनाध्यक्ष सेनाकै जहाजमा आउने…
काठमाडौं: गृह मन्त्रालयले नेपाल प्रहरीमा ५ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) को दरबन्दी थप गर्ने तयारी अघि बढाएको छ। मन्त्रालय स्रोतकाअनुसार जनपदतर्फ ३ जना र प्राविधिकतर्फ २ जना गरेर ५ डीआईजी दरबन्दी थप गर्ने प्रस्ताव अर्थ मन्त्रालयमा स्वीकृतीका लागि पठाइएको छ। प्रहरी प्रधान कार्यालय अन्तरगत रहेको योजना तथा अन्वेषण निर्देशनालयले तीनजनाको दरबन्दी थप गर्नुपर्ने प्रस्ताव अघि बढाएपछि प्रहरी प्रधान कार्यालयले उक्त प्रस्ताव गृह मन्त्रालयमा पेश गरेको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, नेपाल प्रहरी शिक्षालय (भरतपुर तालिम केन्द्र) र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा डीआईजीको दरबन्दी थप गर्नुपर्ने प्रस्ताव गरिएको हो। यी तीनवटै ठाउँमा एसएसपीको दरबन्दी रहे पनि अहिले डीआईजी…
काठमाडौं: नेपाल प्रहरीकी बदनाम इन्सपेक्टर भनेर चिनिएकी बिनुकुमारी शाहीलाई मुद्दा चलाउन सिआईबीले सिफारिस गरेको छ। ललितपुरको प्रहरी प्रभाग भैंसेपाटीमा व्यापारीलाई थुनामा राखेर पैसा असुलिएको घटनामा इन्स्पेक्टर शाहीलाई पनि प्रतिवादी बनाउन प्रहरीले सिफारिस गरेको हो। इन्स्पेक्टर शाही समेत हनि ट्रापिङ गिरोहमा मिलेको प्रहरी अनुसन्धानको निष्कर्ष छ। सोही अनुरुप करिब दुई महिना लामो अनुसन्धानपछि मंगलबार अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालय पुगेको छ। जसमा इन्स्पेक्टर शाहीसहित ६ जनाविरुद्ध मुद्दा चलाउन सिआइबी (नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्युरो) ले सिफारिस गरेको छ। जसमा दुई जना फरार छन्। गिरोहका नाइके ताज इस्लाम, उनका सहयोगी सुष्मा विक र भिमादेवी थापा तथा प्रहरी हवल्दार महेन्द्र हमाल थुनामै छन्।…
धनगढी : बझाङमा एक वर्षीया नाबालिकाको घाँटी थिचेर हत्या गरिएको छ। जिल्लाको सुर्मा गाउँपालिका–१ नउलाका ३२ वर्षीय प्रेमबहादुर बोहराले एक वर्षीया नाबालिकाको घाँटी थिचेर हत्या गरेका हुन्। बोहराले एक वर्षीय गीता साउँदको घाँटीमा च्यापेर हत्या गरेका प्रहरीले बताएको छ। प्रहरीका अनुसार बोहराले अछामको मंगलसेन नगरपालिका–३ का प्रेम साउँदकी श्रीमती २० वर्षीया मनकला साउँदलाई विवाह गरेर २०८१ भदौ २२ गते ल्याएका थिए। मनकला र बोहराको बिचमा २०८१ मङ्सिर २ गते विवाद भएपछि उनले नाबालिकाको घाँटी थिचेका हुन्। बोहरालाई बझाङ प्रहरीले पक्राउ गरेको छ। जिल्ला सरकारी वकिलको कार्यालयबाट सात दिनको म्याद थप गरेर अनुसन्धान जारी रहेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ।
काठमाडौं: नेपाल प्रहरीका ३२ जना प्रहरी नायव निरीक्षकलाई प्रहरी वरिष्ठ नायव निरीक्षक पदमा बढुवा गर्न सिफारिस गरिएको छ। मंगलबार बसेको बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फका उनीहरुलाई वरिष्ठ नायव निरीक्षक पदमा बढुवा सिफारिस गरेको हो। प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उप-नियम (४) बमोजिम सिफारिस गरिएको सूची सार्वजनिक गरिएको छ। सार्वजनिक सूचीअनुसार, सिफारिस प्राप्त अधिकृतहरूले अब प्रहरी वरिष्ठ नायव निरीक्षक पदमा पदोन्नति पाउनेछन्। बढुवा सिफारिस हुनेमा भरत बहादुर चन्द, मम बहादुर साउँद, महेन्द्र प्रसाद काफ्ले लगायतका व्यक्तिहरु रहेका छन्। यस्तै नेपाल प्रहरीका १५५ जना प्रहरी सहायक निरीक्षकलाई प्रहरी नायव निरीक्षकमा बढुवा गर्न सिफारिस गरिएको छ। मंगलबार बसेको…
धनगढी: डडेल्धुराको परशुराम नगरपालिका-९ नौलामा भएको जिप दुर्घटनामा मृत्यु भएकाको सनाखत भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा परशुराम नगरपालिका-९ सल्लेटाकी ४० वर्षीया मोतिदेवी सार्की र आलीताल गाउँपालिका-७ की ३८ वर्षीया धनादेवी बुढा रहेका छन्। उनीहरुको घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनामा परी ९ जना घाइते भएको जनाइएको छ। घाइतेको भने महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। कञ्चनपुरको बेदकोट नगरपालिकाको दैजीदेखि परशुराम नगरपालिकाको जोगबुडातर्फ गइरहेको लु १ ज ४५७९ नम्बरको बोलेरो जिप कञ्चनपुर र डडेलधुराको सीमा नजिकै नौलामा मंगलबार दिउँसो दुर्घटना भएको थियो। जिप सडकबाट सय मिटर तल खसेको प्रहरीले जनाएको छ। जिपमा १२ जना सवार रहेको प्रहरीले जनाएको…
काठमाडौं: नेपाल प्रहरीका प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले शान्ति सुरक्षाको स्थिति थप मजबुत बनाउन नेपाल प्रहरी प्रतिबद्ध रहेको बताए। मंगलबार गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यतामा धनगढीमा आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा बोल्दै आईजीपी कुँवरले यस्तो बताए हुन्। उनले शान्ति सुरक्षाको स्थिति थप मजबुत बनाउन, व्यावसायिक तथा सहज प्रहरी सेवा सुनिश्चित गराउन, कानुनको निष्पक्ष कार्यान्वयन गर्न, न्यायको प्रत्याभूति दिलाउन र विकासमैत्री वातावरण सिर्जना गर्न नेपाल प्रहरी प्रतिबद्ध रहेको बताए। गोष्ठीबाट प्राप्त निर्देशनलाई अक्षरस पालना गरी समग्र प्रदेशमा शान्ति सुरक्षा तथा सुशासन कायम गर्न थप सक्रियताका साथ काम गर्नुपर्नेमा उनले जोड दिए। स्थानीय तहको उपनिर्वाचनमा विगतमा सामना गरिएका सुरक्षा चुनौतिहरू तथा जोखिमहरूको…