Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : राष्ट्रिय सुरक्षा परिषद्ले नेपालगञ्ज घटनामा बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्य र बाँके प्रहरी प्रमुख सन्तोषसिहं राठोरको कमजोरी भएको निष्कर्श निकालेको छ । बुधबार प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको परिषद्को बैठकले उनीहरुलाई फिर्ता बोलाइ अन्य व्यक्ति पठाउन सरकारलाई सुझाव दिएको छ । स्रोतका अनुसार घटनाका पूर्व सूचनालाई गम्भिरताका साथ नलिएकाले मंगलबारको अवस्था सिर्जना भएको परिषद्को ठहर छ । उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्का, परराष्ट्रमन्त्री एनपी साउद, अर्थमन्त्री प्रकाशशरण महत, प्रधानसेनापति प्रभुराम शर्मा लगायतको उपस्थिति रहेको बैठकले राष्ट्रिय सुरक्षा परिषद्को पाँचौं वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७८/७९, नेपालको संविधानको भाग २८ को धारा २६६ को उपधारा (३)…

Read More

डडेल्धुरा : तलब खुवाउन समस्या परेको भन्दै नवदुर्गा गाउँपालिकाले ७५ जना करारका कर्मचारीको म्याद थप नगर्ने निर्णय गरेको छ । कार्यपालिका बैठकले करारका सबै कर्मचारीहरुको म्याद थप नगर्ने निर्णय गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत रवि कुमार चौधरीले बताए । गाउँपालिका अध्यक्ष लक्ष्मि प्रसाद अवस्थीका अनुसार गाउँपालिकाको आन्तरिक आय न्यून छ । राजस्व बाँडफाँड अन्तरगतको रकम संघिय सरकारले कटौती गरेपछि करारका कर्मचारीहरु लाई तलब खुवाउन समस्या परेको छ । वडा नं. १ का अध्यक्ष शेर साउदका अनुसार यसअघिका जनप्रतिनिधिले मापदण्ड विपरीत कर्मचारी भर्ना समेत गरेका थिए । आर्थिक अवस्था कमजोर संगै देशमा आर्थिक मन्दि बढेकाले करारका कर्मचारीहरुको म्याद थप नगरिएको हो…

Read More

काठमाडौं : कृषि, सहकारी तथा प्राकृतिक स्रोत तथा सुशासन समितिका अध्यक्षद्वय डा आरजु राणा देउवा तथा प्रकाश पन्थले नेतृत्व गरेको ११ सदस्यीय संयुक्त संसदीय प्रतिनिधिमण्डलले बङ्गलादेशका सभामुख सिरिन सर्मिन चौधरीसँग शिष्टाचार भेट गरेको छ । त्यस अवसरमा दुवै पक्षले नेपाल र बङ्गलादेशबीचको आपसी सम्बन्ध विस्तारमा दुवै देशका संसदीय समितिले निर्वाह गरेका भूमिकाको सराहना गरेका थिए । ढाकास्थित नेपाली दूतावासका अनुसार मङ्गलबार भएको उक्त भेटमा दुवै पक्षले पारस्परिक सम्बन्धलाई अझ सुदृढ बनाउनेबारेमा विचार आदानप्रदान गरेका थिए । नेपाली संसदीय प्रतिनिधिमण्डलले कृषिमन्त्री डा मुहम्मद अब्दुर रज्जाकसँग पनि छलफल गरेको छ । भेटका अवसरमा दुवै पक्षले कृषि क्षेत्रमा सहकार्य तथा प्रविधि हस्तान्तणका साथै…

Read More

डडेल्धुरा : कार्यसम्पादन मूल्यांकनमा जिल्ला प्रशासन कार्यालय डडेल्धुरा सुदूरपश्चिम प्रदेशमा पहिलो भएको छ । गृह मन्त्रालयले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याकंन विवरण अनुसार जिल्ला प्रशासन कार्यालय डडेल्धुरा प्रदेशभर पहिलो भएको हो । जिल्ला प्रशासन कार्यालय डडेल्धुराका नायब सुब्बा चन्द्र रोकायाका अनुसार देशभरका ७७ जिल्लामध्ये जिल्ला प्रशासन कार्यालय डडेल्धुरा सातौँ स्थानमा परेको छ । गत आर्थिक वर्षमा पाँचौ स्थानमा रहेको जिल्ला प्रशासन कार्यालय यसवर्ष भने सातौँ स्थानमा परेको हो ।

Read More

काठमाडौँ : नेपाल प्रहरीको साइबर ब्युरोले साम्प्रदायिकता भड्काउने सामग्री प्रकाशन/प्रसारण नगर्न आग्रह गरेको छ । पछिल्लो समय विभिन्न ठाउँमा जातीय र धार्मिक द्वन्द्व भड्कने स्थिति बनेपछि ब्युरोले सचेत गराएको हो । अटेर गरेर त्यस्ता गतिविधि गर्नेलाई कानूनी कारबाहीको दायरामा ल्याइने ब्युरोले जनाएको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै ब्युरोले सामाजिक सञ्जाल र अनलाइन माध्यमको दुरुपयोग गरी जातीय, धार्मिक सद्भावमा खलल पुर्‍याउन गतिविधि नगर्न र राष्ट्रिय एकतामा आँच आउने तथ्यहीन सामग्री प्रकाशन/प्रसारण नगर्न अनुरोध गरेको छ ।

Read More

काठमाडौँ : पक्षघातका भएका माओवादी केन्द्रका केन्द्रीय सचिव एवं सुदूरपश्चिम इन्चार्ज डिलाराम आचार्यको स्वास्थ्य अवस्था खतरामुक्त रहेको चिकित्सकले जानकारी दिएका छन् । आचार्यमा मुटुसम्बन्धी पुरानो समस्या भएकाले न्युरो र मुटुसम्बन्धी एकसाथ उपचार भइरहेको कार्यकारी निर्देशक सन्तोष पौडेलले जानकारी दिए । तीन महिने विशेष रूपान्तरण अभियान अन्तर्गत मङ्गलवार अछामको साँफेबगर पुगेका आचार्यको बुधवार बिहान पक्षघात भएको थियो । अछामको बयलपाटा अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई सेनाको हेलिकप्टरमा नेपालगन्जको कोहलपुर ल्याइएको थियो । आचार्यलाई सामान्य अवस्थामा फर्किने भने समय लाग्ने पौडेलले बताए ।

Read More

काठमाडौँ : मंगलबार बझाङ केन्द्रबिन्दु बनाएर गएको भूकम्प, त्यसबाट भएको क्षति र सरकारको कार्ययोजनाबारे छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक बोलाएका छन् । बिहीबार बिहान प्रधानमन्त्रीले बोलाएको बैठकमा भूकम्पबाट भएको क्षति, राहत, पुनर्स्थापना लगायतका विषयमा छलफल हुनेछ। बैठक बस्नुपूर्व बुधबार दिउँसो प्रधानमन्त्रीले बझाङ जिल्लाका जनप्रतिनिधि र राजनीतिक दलका नेताहरू बोलाएर भूकम्पको क्षति र त्यसपछिको वस्तुस्थितिबारे जानकारी लिएका छन् ।

Read More

काठमाडौँ : सरकारले नेपाल र मलेसिया सरकारका परराष्ट्र मन्त्रालयहरूबीच द्विपक्षीय परामर्श संयन्त्र स्थापना गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल र मलेसिया सरकारका परराष्ट्र मन्त्रालयहरूबीच द्विपक्षीय परामर्श संयन्त्र स्थापना गर्ने निर्णय गरेको सञ्चार तथा सूचनाप्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । cabinet-17Download

Read More

धनगढीः सुदूरपश्चिम प्रदेशको बझाङमा भुईँचालो आएको २४ घण्टा नहुँदै १६८ पाराकम्प गएका छन्। भूकम्प मापन केन्द्र सुर्खेतले बझाङका विभिन्न ठाउँ केन्द्रबिन्दु भएर भूकम्प र परकम्प जाने क्रम जारी रहेको जनाएको छ। मंगलबार दिउँसो २ बजेर ४० मिनेटमा बझाङको तालकोट केन्द्रबिन्दु भएर पाँच दशमलव तीन म्याग्निटिउडको भूकम्प गएको थियो। त्यसपछि ३ बजेर ६ मिनेटमा चैनपुर आसपास केन्द्र बिन्दु बनाएर भूकम्प गएको थियो। केन्द्रकाअनुसार बझाङका विभिन्न ठाउँ केन्द्रबिन्दु भएर मङ्गलवारदेखि बुधबार दिउसोसम्म १६८ पराकम्प गएका छन्। जसमा चार रेक्टर स्केल माथिका ११ वटा पराकम्प गएका छन्।

Read More

काडमाडौंः प्रधानमन्त्री कार्यालय सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा भर्खरै बैठक थालिएको जनाइएको छ। बैठकमा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, अर्थमन्त्री डा प्रकाशशरण महत, परराष्ट्रमन्त्री एनपी साउदको उपस्थिति पनि छ। त्यसैगरी, प्रधानसेनापति प्रभुराम शर्मा, प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार शंकरदास बैरागी, मुख्य सचिव बैकुण्ठ अर्याललगायत पनि बैठकमा सहभागी छन्। प्रधानमन्त्री अध्यक्ष रहने सुरक्षा परिषदमा रक्षामन्त्री,गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्य सचिव र प्रधानसेनापति सदस्य रहने व्यवस्था छ।

Read More