Author: महेन्द्रनगर पोष्ट

डडेल्धुरा : डडेल्धुराको अमरगढी नगरपालिकामा टोल स्तरीय वडा कप भलिबल हुने भएको छ। जिल्लाको अमरगढी नगरपालिका-२ र ३ को काँडे कोटमा बैजनाथ कृषि समूहको आयोजना र अमरगढी नगरपालिका वडा नम्बर २ र ३ को प्रायोजनमा खुला वडा कप भलिबल प्रतियोगिता हुन लागेको हो। भलिबल प्रतियोगितामा २ र ३ नम्बर वडाका खेलाडीले मात्रै सहभागीता जनाउन पाउने कार्यक्रमका संयोजक हरेन्द्र भण्डारीले जानकारी दिए। प्रतियोगिता यहीँ कात्तिक ३ र ४ गते काँडे कोटको खेल मैदानमा हुनेछन्। संयोजक भण्डारीका अनुसार टिम दर्ता शूल्क एक हजार दुई सय रुपैयाँ रहेको छ। प्रथम पुरस्कार १२ हजार एक, दोस्रो हुनेलाई सात हजार एक, तेस्रो हुनेलाई चार हजार…

Read More

दार्चुला: दार्चुलामा १ किलो ६ सय ग्राम चरेससहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बझाङ जिल्ला बुङ्गल नगरपालिका-७ का ३६ वर्षीय उज्जल बोहरा र सोही ठाउँका २८ वर्षीय राम बहादुर बोहरा रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहले जानकारी दिए। बुधबार बिहान दार्चुलाको मालिकार्जुन गाउँपालिका-८ पस्तिबाट उनीहरुलाई पक्राउ गरिएको उनले बताए। विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दार्चुला र शंकरपुर पस्ती चौकीबाट खटिएको प्रहरी टोलीले चरेससहित पक्राउ गरेको जनाइएको छ।

Read More

डडेल्धुरा : उच्च शिक्षा अध्ययनपछि मात्रै विवाह गर्ने योजना बनाएका हर्कबहादुरको पारिवारिक दबाबका कारण २०५३ मंसिरमै विवाह भयो। मंसिरकै महिनामा बुवाको निधन भयो। त्यसपछि २०५६ सालमा उनी विवाह गर्दा लागेको ऋण तिर्न भारतको मुम्बई हानिए। २०३३ सालमा डडेल्धुराको अमरगढी नगरपालिका–७ पोखरमा जन्मेका हर्कबहादुर कैनीले उग्रतारा माविबाट २०५२ सालमा एसएलसी उत्तिर्ण गरेका थिए। ०५६ सालमा विवाह गर्दा लागेको ऋण तिर्न मुम्बइ पुगेका उनले एक निजी कार्यालयमा चिया पकाउने काम सुरु गरेका थिए । सोही क्रममा विज्ञापन र सिरियल छायाङक गर्ने कम्पनीसँग जोडिने अवसर पाए उनले। अनि चिया पकाउने काम छोडेर नयाँ कामतर्फ लागे, तर बिना तलब । ‘५ महिनासम्म काम सिकेपछि…

Read More

धनगढीः कैलाली र कञ्चनपुरमा झन्डै दुई लाखका सामान बरामद गरिएको छ। कैलालीका विभिन्न स्थान धनगढी उपमहानगरपालिका-३ मिलनचोकबाट अबैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी ५१ हजार मूल्य बराबरको लेडिज सुट, चिनी, मिश्री, नरिवल, हार्डवेयरका सामान मंगलवार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको हो। यसैगरि, भजनी नगरपालिका-३ काँडाबाट अबैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी १ लाख ६ हजार ७ सय मूल्य बराबरको सुतीको कपडा, धोतीको कपडा, कुर्ता सुरुवाल लगायतका सामान बुधबार बिहान प्रहरीले बेवारिसे अबस्थामा फेला पारी बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ। यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका-१० ब्यारेल नजिकबाट अबैध रुपमा भारतबाट भन्सार छली ल्याएका…

Read More

काठमाडौं : त्रिकोणात्मक श्रृखला अन्तरगत नेपाल र यूएईबीच अहिले केहीबेरमा टि-२० क्रिकेट खेल सुरु हुँदैछ। मुलपानी क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ। आज नेपालीका श्याम (मौसम) ढकालले डेब्यू गर्ने भएका छन्। सन्दीप लामिछानेले प्रतियोगिताबाट नाम फिर्ता लिएपछि उनले अवसर पाएका हुन्। नेपालले कात्तिक २ र ४ गते हङकङसँग र कात्तिक ६ गते यूएईसँग प्रतिस्पर्धा गर्नेछ। हङकङ र यूएईले कात्तिक ५ र ८ गते एकअर्काको सामना गर्नेछन्। अंक तालिकाको शीर्षमा रहने दुई टोलीले उपाधिका लागि कात्तिक १० गते प्रतिस्पर्धा गर्नेछन्।

Read More

काठमाडौं : नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पार्टी बनाएर चुनावमा लड्न चुनौती दिएका छन्। बुधबार भक्तपुरमा आयोजित एक कार्यक्रममा उनले पूर्वराजा ज्ञानेन्द्रलाई पार्टी खोलेर वा पुरानै पार्टीबाट चुनाव लडेर देखाउन चुनौती दिएका हुन्। ‘कुनै वंशको शासन नेपालमा नेपाली जनतालाई स्वीकार्य छैन। असल काम गरेको छु, त्याग तपस्या र बलिदान गरेको छु भन्ने लागेको छ भने आए हुन्छ ’ उनले भने, ‘हामी अहिले देशका समस्या पहिचान गर्नेकुरामा अघि बढेका छौं । यो गठबन्धन ५ वर्षको लागि हामीले बनाएका छौँ।’ उनले कुनै वंशको शासन नेपालमा नेपाली जनतालाई स्वीकार्य नरहेको भन्दै भक्तपुर र झापाका जनताले यसबारेमा सोच्नुपर्ने समेत बताएका छन्।

Read More

टीकापुर: गत असोज २९ गते वर्षासँगै आएको हावाहुरीले कैलालीमा केराखेतीमा ठूलो क्षति पुर्‍याएको छ। विज्ञापन add पाँच बिघा क्षेत्रफलमा केराखेती गरेका टीकापुर–५ झन्झटपुरका रेवन्त साउदको केराबारीमा करिब ७५ प्रतिशत क्षति भएको छ। बारीमा भएका अधिकांश केराका बोट हावाहुरीले ढालेको छ। ‘उत्पादन लिने बेलामा हावाहुरीले केराका सबै बोट नोक्सान गर्‍यो’, साउदले भने, ‘वर्षभरिको मेहनत खेर गयो। लगानी पनि डुब्यो।’ अर्का केरा उत्पादक किसान रामबहादुर कुँवरले पनि जोशीपुरको झवही, टीकापुरको शङ्करपुर र जानकीको गोलौरीमा गरी ३२ बिघा क्षेत्रफलमा केराखेती गरेका छन्। ‘अहिलेसम्म कति बोट ढले भन्ने यकिन छैन’, उनी भन्छन्, ‘गएको वर्ष खडेरीले केरा बिग्रियो अहिले फेरि हावाहुरीले ठूलो क्षति गर्‍यो।’ अर्का…

Read More

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहालले मुस्ताङमा जलवायु परिवर्तनबाट हुने क्षति रोक्नका लागि झण्डै ५० करोड सहयोग उपलब्ध गराउने घोषणा गरेका छन्। आज (बुधबार) मुस्ताङको जोमसोममा राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्रको आयोजनामा आयोजित जलवायु संवाद कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै यस्तो घोषणा गरेका हुन्। ‘पछिल्लोसमय नेपालले जलवायु परिवर्तनका गम्भीर समस्या भोगिरहेको छ। हिमालय क्षेत्रमा यसको गम्भीर देखिएको छ। मुस्ताङ जिल्लामा पनि गम्भीर असर देखिएको कुरा मैले प्रत्यक्ष सुन्ने अवसर प्राप्त गरें। मैले संयुक्त राष्ट्रसंघको महासभा, रोममा आयोजित विश्व खाद्य सम्मेलनमा यसबारे गम्भीर रूपमा कुरा राखेको छ,’ प्रधानमन्त्रीले भने।

Read More

काठमाडौँ: गाजापट्टीमा भएको हवाइ हमलामा पाँचसय जना मारिएका छन् । गाजापट्टीको अल अहली ब्याप्टिस्ट अरब अस्पतालमा भएको हवाई हमलामा पाँच सयजना मारिएका हुन् । हवाइ हमलापछि अस्पताल भग्नावशेषमा परिणत भएको छ । भग्नावशेषमा सयौँ मानिस च्यापिएको अनुमान गरिएको छ । गाजाको स्वास्थ्य मन्त्रालयकाअनुसार अस्पतालमा भएको हमलामा मारिनेमा धेरै महिला र बालबालिका छन्। संयुक्त राष्ट्रसङ्घद्वारा सञ्चालित शरणार्थीहरूको आवासीय विद्यालयमा पनि आक्रमण भएको बताइएको छ । हमासको स्वास्थ्य मन्त्रालयले इजरायली डिफेन्स फोर्सले आक्रमण गरेको जनाएको छ । इजरायलले भने आफूहरूले अस्पतालमा आक्रमण नगरेको दावी गर्दै प्यालेस्टाइनकै अर्को कट्टरपन्थी समुह प्यालेस्टाइनी इस्लामिक जिहादले रकेट प्रहार गरेर अस्पताल ध्वस्त पारेको दावी गरिरहेको छ ।…

Read More

काठमाडौँ : नेपाली सेना र सशस्त्र प्रहरी बलले दसैँका बेला घर जाने आफ्ना सुरक्षाकर्मीका लागि यातायात सेवा उपलब्ध गराएको छ। आ–आफ्ना कर्मचारीलाई आवतजावतमा सहजताका लागि सेवा उपलब्ध गराइएको नेपाली सेना र सशस्त्र प्रहरीले जानकारी दिएको छ। नेपाली सेनाले सहुलियतमा हवाई तथा स्थल यातायात सेवा उपलब्ध गराएको जनाएको छ भने सशस्त्र प्रहरीले निःशुल्क यातायात सेवा उपलब्ध गराएको जानकारी गराएको छ। नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार यस वर्षको बडादसैँमा घर जाने नेपाली सेनाका बहालवाला सकलदर्जा तथा तिनका आश्रित परिवारलाई सहुलियतको यातायात सुविधा उपलब्ध गराएको जानकारी दिएको छ। निर्देशनालयका अनुसार सडक सञ्जालको पहुँच पुगेका स्थानमा सवारीसाधन (बस) मार्फत चार सय…

Read More