Author: महेन्द्रनगर पोष्ट

धनगढी: धनगढीमा लाखौंका अवैध सामान बरामद गरिएको छ। शनिबार धनगढी उपमहानगरपालिका-६ जाली भन्ने स्थानबाट वडा प्रहरी कार्यालयको टोलीले अवैध सामान बरामद गरेको हो। वडा प्रहरीका प्रमुख इन्सपेक्टर जनक ढुङ्गानाका अनुसार से १ ह २१८६ नं. को अटोरिक्सामा महिला र पुरुषका विभिन्न लुगा कपडाहरु लुकाइछिपाइ राखिएको अवस्थामा फेला पारी बरामद गरिएको हो। यस्तै पाच लाख दुई हजार दुई सय पन्ध्र मूल्य बराबरको कपडा र तीन लाख बराबरको अटोसहित आठ लाख दुई हजार दुई सय पन्ध्र मूल्य बराबरको सो सामान थप कारबाहीका लागि नियन्त्रणमा लिइ आवश्यक कार्वाहीको लागि त्रिनगर भन्सारमा पठाइएको प्रहरीले जनाएको छ।

Read More

बझाङः बझाङमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको बित्थडचिर गाउँपालिका–९ उडीकी ४५ वर्षीया गौमतीदेवी बोहराको शनिबार गाँजो(खर) काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको बित्थडचिर गाउँपालिका–९ का वडा अध्यक्ष हरिचन्द्र जोशीले बताए। गाँजो काट्न गएकी बोहरा आज बिहान ६ बजेतिर भिरबाट लडेकी थिइन्। भिरबाट लडेकी उनको घटनास्थलमै मृत्यु भएको उनका आफन्तले जानकारी दिएका छन्। बोहरा भिरबाट अन्दाजी ३,४ सय मिटर तल खसेकि थिइन्।

Read More

धनगढी: अछामका २ वटा पालिकामा एक लेखा अधिकृतले कब्जा जमाएको आरोप लागेको छ। लेखा अधिकृत नारदप्रसाद खनाललाई दुई पालिका कब्जा गरेको आरोप लागेको हो। जिल्लाको बान्नीगढी जयगढ गाउँपालिकाका लेखा प्रमुख खनाललाई अर्को पालिकाको पनि जिम्मेवारी दिलाइएपछि उनलाई कब्जाको आरोप लागेको हो। काँग्रेस निकट कर्मचारी खनालले राजनैनिक सेटिङमा दोहोरो जिम्मेवारी हत्याएको कर्मचारीहरुकै आरोप छ। खनालले अहिले बान्नीगढी र रामारोशन गाउँपालिकाको लेखा प्रमुखको जिम्मेवारी सम्हालिरहेका छन्। भदौ २९ गतेबाट खनालले रामारोशनको जिम्मेवारी पाएका हुन्। यसअघि रामारोशनमा लेखापाल विवेक तिमिल्सिनाले लेखाको काम गर्दै आएका थिए। अहिले तिमिल्सिना खनाल मातहत रहेर काम हेर्दै आएका छन्। खनाल कार्यरत दुबै पालिकामा काँग्रेस नेतृत्वकै सरकार रहेको छ।…

Read More

काडमाडौं: देउडा सांस्कृतिक मञ्चको आयोजनामा देउडा आईडल २०८० हुने भएको छ। आयोजकले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै कार्यक्रम बारे जानकारी दिएको हो। सुदूरपश्चिम र कर्णाली प्रदेशको भाषा संस्कृतिसँगै भेषभुषाको जगेर्ना गर्ने उद्धेश्यले कार्यक्रम आयोजन गर्न लागिएको आयोजक संस्थाले जनाएको छ। देउडा आईडलको अडिसन कर्णाली र सुदूरपश्चिमका १९ जिल्लामा संचालन हुने छ। प्रत्येक पालिकामा प्रतिभा छनोटका लागि अडिसन हुने आइडका संयोजक महेश कुमार औजीले बताए। देउडा आईडलको प्रायोजनमा हिमाल डेन्टल हस्पिटल गरेको छ। भने, कार्यक्रमको प्रत्यक्ष प्रशारण टिभी टुडे टेलिभिनले गर्ने भएको छ। पत्रकार सम्मेलनमा बोल्दै टिभी टुडे टेलिभिजनका कार्यकारी अध्यक्ष जनक राज पन्तले देउडा आईडल सुदूर र कर्णालीका प्रतिभाहरुका लागि…

Read More

काठमाडौँ : नेपालमा यस वर्षको मनसुन बाहिरिन केही दिन ढिलो हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाख:ले जनाएको छ । नेपालमा मनसुन बहिर्गमनको औसत मिति अक्टोबर २ तारिख रहे पनि यस वर्षको मनसुन औसत मितिभन्दा केही दिन ढिलो बाहिरिने सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ । महाशाखाले शुक्रबार विशेष मौसम बुलेटिन निकालेर हाल बङ्गालको खाडीको उत्तर–पश्चिम भागमा विकास भइरहेको न्यूनचापीय प्रभावले मनसुन बहिर्गमन ढिलो हुने प्रक्षेपण गरेको हो । महाशाखाका मौसमविद् सञ्जिव अधिकारीले मनसुन बाहिरिने मिति अक्टोबर २ भए पनि वर्षा गराउने प्रणाली (न्यूनचापीय क्षेत्र) को विकास भएकाले अबको केही दिन बदली र वर्षाको सम्भावना रहेको बताए ।…

Read More

कपिलवस्तु : कपिलवस्तुको बुद्धभूमि नगरपालिका–३ रनगाई परीक्षामा सबैभन्दा कम अङ्क ल्याउने एक बालिकामाथि कुटपिट भएको छ । नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका कक्षा ६ मा अध्ययनरत वर्ष ११ को छात्रा बढी अङ्क ल्याउने छात्रबाट कुटिएकी छन् ।  विद्यालयका एक शिक्षकले परीक्षामा थोरै अङ्क ल्याउनेलाई धेरै अङ्क ल्याउनेले पिट्ने नियम बनाइ आन्तरिक परीक्षा सञ्चालन गरिएको थियो । प्रतिस्पर्धामा सबैभन्दा थोरै नम्बर आएपछि आफ्नै साथीबाट कुटाइ खाएको पीडित बालिकाले बताइन्। कुटपिटले विद्यार्थीको ढाडमा चोट लागेको छ । सिकाइ सुधारका लागि शारीरिक पीडा हुनेगरी कुटपिट हुनु गतल भएको पीडित बालिकाका अभिभावक नोखइ थारुले बताए। विद्यालयले सजाय दिएपछि अभिभावकले विद्यालयमा पुगी ध्यानाकर्षण गराएका छन् ।…

Read More

सुर्खेत : सुर्खेतमा एक निजी विद्यालयमा आगजनी भएको छ । सुर्खेतको वीरेन्द्रनगर–६ स्थित उषा बालबाटिका बोडिङ्ग स्कुलको होस्टेलमा एक बालकको मृत्यु भएपछि आफन्तले विद्यालयमा आगजनी गरेका छन् । शुक्रवार विद्यालको होस्टेलमा बसेर अध्यन गरिरहेका बालकको शव भुण्डिएको अवस्थामा फेला परेपछि आफन्त आन्दोलित बनेका हुन् । बालकको शव बुझ्न नमानेका आफन्तले विद्यालयमा आगजनी गरेपछि स्थिती नियन्त्रण बाहिर जान थालेपछि प्रहरीले हस्तक्षेप गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार स्थिती नियन्त्रणमा लिने प्रयास भइरहेको छ । कक्षा दुईमा अध्ययनरत दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका–१ का ८ वर्षीय सलाम पुलामीमगर साँझ साढै चार बजे बेडमै झुण्डिएको अवस्थामा फेला परेका थिए । यस विषयमा विद्यालयले…

Read More

धनगढी : धनगढीमा  टिप्पर र मोटरसाइकलको एक आपसमा ठोक्किँदा एक जना गम्भीर घाइते भएका छन्। घाइते हुनेमा धनगढी उपमहानगरपालिका-१३ का १८ वर्षीय अनिल कुवर रहेका छन्। शनिबार प्रदेश प्रमुख कार्यालय अगाडी घरेलु चोकनिर से १ ख १८२० नम्बरको टिप्परले से ३ प ८४८ नम्बरको मोटर साइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक कुवर गम्भीर घाइते भएका हुन्। घाइते कुँवर नवजीवन अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। टिप्पर चालक प्रहरीको नियन्त्रणमा रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

बाजुरा : अनन्ते मेलाको अवसरमा बडिमालिका नगरपालिकाले भोलि अर्थात् आइतबार सार्वजनिक बिदा दिएको छ। बाजुराका विभिन्न स्थान तथा बडिमालिका नगरपालिकामा बढी महत्वका साथ मनाइने स्थानीय पर्वको अवसरमा बिदा दिने निणर्य गरेको हो। विभिन्न वडामा लाग्ने दशै तिहार पछिको दोस्रो स्थानिय पर्व अनन्ते मेलाको अवसरमा आइतबार नगरपालिका भरीका स्थानीय तह अन्तरगतका सरकारी कार्यालय विद्यालय तथा संस्थाहरूमा सार्वजनिक बिदा दिइएको नगरपालिकाले जनाएको छ। बडिमालिका नगरपालिकाको २४ औं कार्यपालिका बैठकको निणर्यानुसार नगरभित्रका वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक तथा संस्थागत विद्यालय लगायत सबैमा सार्वजनिक बिदा हुने नगर प्रवक्ता धर्मराज पाध्यायले बताएका छन्।

Read More

टीकापुर : विभिन्न अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भइरहेको आक्रमणको विरुद्ध टीकापुर क्षेत्रका स्वास्थ्यकर्मीहरुले प्रदर्शन गरेका छन्।  ‘चिकित्सक तथा स्वास्थ्यकर्मी माथिको हिंसा बन्द गर, चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सुरक्षित वातावरणमा काम गर्न देऊ’ भन्ने नाराका साथ उनीहरुले प्रदर्शन गरेका हुन्। टीकापुर अस्पताल, साथी अस्पताल लगायतका स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले टीकापुर बजारमा ब्यानरसहित प्रदर्शन गरेका हुन्। ब्यानर, प्लेकार्ड सहित बजार परिक्रमा गरेपछि कोणसभालाई सम्बोधन गर्दै टीकापुर अस्पतालका डाक्टर डबल बुढाले विभिन्न अस्पतालहरुमा स्वास्थ्यकर्मी र चिकित्सकमाथि भइरहेका घटनाको विरोधमा आन्दोलनमा उत्रिएको बताए। टीकापुर अस्पतालका स्वास्थ्यकर्मीहरुले पाँच दिनदेखि आन्दोलनका विभिन्न कार्यक्रमहरु गरिरहेका छन्। शुक्रबारदेखि टीकापुर अस्पतालको इमरजेन्सी सेवाबाहेकका सबै काम ठप्प पारी आन्दोलनमा…

Read More