Author: महेन्द्रनगर पोष्ट

काठमाडाैँ : विशेष अदालतले मुद्दा मिलाइदिन्छु भन्दै घुस खाने प्रहरी सहायक निरीक्षक शर्मा प्रसाद यादव र बरिष्ठ प्रहरी हवल्दार मन्जित कुमार झा भ्रष्टाचारी ठहर गरेको छ । बिहीबार विशेष अदालतका न्यायाधीशहरू डा खुशीप्रसाद थारू, तेजनारायण सिंह राइ र मुरारीबाबु श्रेष्ठको इजलाशले सेवाग्राहीसँग मुद्दा मिलाइदिन्छु भनेर बीस हजार घुस खाने प्रहरीलाई भ्रष्टाचारी ठहर गरेको हो । अदालतले यादव र झालाइ एक महिना कैद र जनही १० हजार रूपैयाँ जरिवाना हुने फैसला गरेको छ ।  महोत्तरीको प्रहरी चौकी, कान्तिबजारका ईन्चार्ज रहेका यादवले महोत्तरी जिल्ला अदालतबाट भएको फैसलाको कार्यान्वयन नगर्नको लागि छलफल गराउने भनी सेवाग्राहीसंग घुस खाएका थिए । उनीहरू २०८० फागुन २७…

Read More

धनगढी : भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत् परियोजनाको बाँध दोस्रोपटक खोलिने भएको छ। एनएचपिसी लिमिटेड र धौलीगंगा पावरस्टेसनले जिल्ला प्रशासन कार्यालयलाई पठाएको पत्रअनुसार यही असार २९ गते शनिबार बिहान ६ बजेदेखि ३० गतेसम्म परियोजनाको बाँध खोलिने जनाएको छ। बाँध खोलेका बेला र त्यसपश्चात्का केही घण्टा महाकाली नदीको जलस्तर बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए। एनएचपिसी लिमिटेड, धौलीगंगा पावरस्टेसन, धारचुला, पिथौरागढ भारतबाट प्राप्त पत्रअनुसार वर्षात्का कारण परियोजनाको जलाशयमा पानीको प्रवाह दिनप्रतिदिन वृद्धि भएकाले सरसफाइका लागि बाँधको ढोका खोलिन लागिएको हो। बाँध खोलेका बेला नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन र…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीकी पत्नी सोडारी भ्रष्टाचार मुद्दामा दोषी ठहर भएकी छिन्। नक्कली शैक्षिक प्रमाण पत्र पेश गरेर शिक्षकको जागिर खाएको दाबीसहित उनीविरुद्ध उजुरी परेको थियो। अख्तियारले २०७९ सालको असोज ७ गते गीता विरुद्ध विषेश अदालतमा मुद्धा दर्ता गरेको थियो। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले विहीबार सोडारीलाई दोषी ठहर गर्दै ६ महिना कैद र १० हजार जरिवानाको फैसला गरेको छ। विषेश अदालतका प्रवक्ता धन बहादुर कार्कीले गीता सोडारी दोषी ठहर भएको र उनलाई ६ महिना कैद र १० हजार जरिवाना गरिएको बताए। गीताविरुद्ध विषेश अदालतमा दर्ता भएको मुद्धामा कैद र जरिवाना…

Read More

धनगढी : धनगढीमा सञ्चालित निसर्ग अस्पतालको नवीकरण रोकिएको पाइएको छ। सरकारले निर्धारण गरेको मापदण्ड पूरा नगरेपछि निसर्गको नवीकरण रोकिएको हो। स्वास्थ्य संस्था मापदण्ड २०७७ बमोजिम ५० शैय्या भन्दा बढीमा अस्पतालहरुमा शव गृहको व्यवस्था, शव वाहनको व्यवस्था, फोहोरमैला व्यवस्थापन, रक्त सञ्चार सेवाको व्यवस्थापन हुनुपर्ने उल्लेख छ। तर, निसर्गमा उक्त सेवा उपलब्ध छैनन्। यस्तै अस्पतालको जग्गा, भवन र फोहोर व्यवस्थापनमा मुख्य समस्या छन्। जनशक्ति र उपकरण व्यवस्थित छैनन्। अस्पतालमा ज्येष्ठ नागरिक, बालबालिका तथा अपांगमैत्री हुनुपर्ने, अनिवार्य रूपमा ब्लड बैंक, शवगृह र सुरक्षा व्यवस्था हुनैपर्ने भए पनि अस्पतालले यी नियम मानेको छैन्। तत्कालीन सुदूरपश्चिमका सामाजिक विकासमन्त्री गोविन्द बोहराले पहुँचकै आधारमा सो अस्पताललाई एक…

Read More

धनगढी : धनगढीको मोहना नदी किनारमा वेवारिसे अवस्थामा शव फेला परेको छ । धनगढी उपमहानगरपालिका–९ को मोहना नदीको किनारमा बिहीबार वेवारिसे अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर बिष्टले बिहीबार दिउँसो नदीको किनारमा अन्दाजी ३० ३५ वर्षको देखिने पुरुषको शव फेला परेको जानकारी दिए । उनको पहिचान भने गर्न सकिएको छैन । घटनास्थल कार्य सकेर प्रहरीले वेवारिसे अवस्थाको शवलाई सेती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ । वर्षातको समय भएकाले शव बगेर आएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।

Read More

काठमाडौं: सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री दीर्घबहादुर सोडारीकी पत्नी गीता सोडारी भ्रष्टाचार मुद्दामा दोषी ठहर भएकी छिन्। आज विशेष अदालतको फैसलाले उनलाई दोषी ठहर गरेको हो। उनले नक्कली शैक्षिक प्रमाण पत्र पेश गरेर शिक्षकको जागिर खाएको दाबीसहित अख्तियारमा उजुरी परेको थियो। सो उजुरीपछि अख्तियारले अदालतमा मुद्दा दायर गरेको थियो। अख्तियारले उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ को उपदफा १ बमोजिम कैद सजाय र जरिवाना मागदाबी गर्दै मुद्दा दायर गरेको थियो। स्रोतका अनुसार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले उनलाई दोषी ठहर गरेको हो। नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा शिक्षकको जागिर खाएको भन्ने अख्तियार दुरुपयोग अनुसन्धान…

Read More

काठमाडौं : गृहमन्त्री र गृहसचिवको नाम लिएर भिजिट भिसामा मान्छे विदेश पठाउन दबाब दिने गृह मन्त्रालयका कर्मचारी निर्मल विष्ट पक्राउ परेका छन् । विष्टले ‘गृहमन्त्री रवि लामिछाने, उनको सचिवालय र गृह सचिव एकनारायण अर्याललगायतसँग कुरा भइसकेको छ’ भन्दै असार २१ गते ९शुक्रबार० थाइल्याण्ड हुँदै तेस्रो मुलुक जान लागेका २० जनालाई नरोक्न भनेर त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत सुरेश पन्थीलाई टेलिफोनबाट अनुचित दबाब दिएको प्रहरीको दाबी छ । प्रमुख अध्यागमन अधिकृत पन्थीले दबाब अस्वीकार गरी मन्त्रालयमा सोधखोज गरेपछि विष्टको उक्त कुरा बाहिरिएको थियो । गृह मन्त्रालयमा रहेर भिजिट भिसामा विदेश पठाउने धन्दामा संलग्न रहेको पाइएपछि गृहसचिव अर्यालले असार २५…

Read More

धनगढी : धनगढी नाइरोबी फ्लाई किराको आतङ्क देखिएको छ। धनगढीमा अस्पतालहरूमा किराका कारण भएको समस्यासहित आउने बिरामीहरुको सङ्ख्या बढेको हो। धनगढीका निजी अस्पतालहरूमा दैनिक किराका कारण छालामा भएको समस्यासहित बिरामीहरू पुग्ने गरेका छन्। चिकित्सकका अनुसार मानिसको शरीरमा किराको सम्पर्कपछि रसायन निस्किन्छ। रसायनका कारण मानिसको छालामा फोका हुने तथा पाक्ने हुन्छ। किराको सम्पर्कबाट बच्न चिकित्सकले आग्रह गरेका छन्। चिकित्सकले किरालाई हातले नछुने, लामो बाहुला भएको सर्ट र पाइन्ट लगाएर छालालाई ढाक्ने, झुलक प्रयोग गर्ने, झ्याल र ढोकाहरू बन्द गर्ने र वातावरण सफा राख्न भनेका छन्। किराको सम्पर्कमा आएका बिरामीहरूले छालालाई धुने तथा चिकित्सकको सुझाव अनुसार औषधीको प्रयोग गर्न भनिएको छ। कसरी…

Read More

धनगढीः कैलालीको कैलारी गाउँपालिकामा पावर टिलर दिने भन्दै किसानलाई ठग्ने तीन सहकारीका अध्यक्षहरू रिहा भएका छन्। जिल्ला प्रशासन कार्यालयबाट ठगीमा संलग्न कालीमाई सहकारी संस्थाका अध्यक्ष अमृत चौधरी, बाल सशक्तीकरण नेपालका अध्यक्ष योगेश योगी र अखुवा कृषि सहकारी संस्थाका अध्यक्ष सीताराम चौधरी मङ्गलवार पक्राउ परेका थिए। उनीहरूलाई जिल्ला प्रहरी कार्यालय, कैलालीले बुधवार थुना मुक्त गरेको हो। जिल्ला प्रहरी कार्यालय, कैलालीमा उनीहरूका विरुद्धमा ठगीको उजुरी नपरेपछि छोडिएको हो। जिल्ला प्रशासनमा पीडितहरूले उजुरी दिने बताएपछि प्रहरीमा उजुरी नपरेको कैलाली प्रहरीले बताएको छ। किसानहरूलाई पावर टिलर बाढ्ने भन्दै ठगी गरेको उनीहरूको विरुद्धमा ठगी मुद्‍दा चलाउन सकिने भएपनि उजुरी नपरेपछि समस्या भएको हो। माओवादी केन्द्रको…

Read More

धनगढी : गरिमा विकास बैंक धनगढी शाखाले धनगढी उपमहानगरपालिका नगर प्रमुख शैक्षिक गुणस्तर सुधार कार्यक्रम सन्चालनका लागि छनौट भएका नमुना विद्यालयका बालिकाहरूको पोशाकका लागि नगर प्रमुख शैक्षिक सुधार कोषमा आर्थिक सहयोग गरेको छ । बैंकका शाखा प्रबन्धक हर्क बहादुर धामीले बुधबार धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमाललाई रु ५० हजारको चेक हस्तान्तरण गरे । बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत नगरप्रमुख शैक्षिक सुधार कोषमा आर्थिक सहयोग गरिएको शाखा प्रबन्धक धामीले जानकारी दिए ।

Read More