Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : कैलालीको टीकापुर नगरपालिका–१ विशालनगरमा हुरीले ढालेको रुखले किच्दा वृद्धको मृत्यु भएको छ। विशालनगरस्थित गल्ली नं ६ मा सोमबार राति आएको हावाहुरीले रुख ढाल्दा   ७० वर्षका दलु पुरीको ज्यान गएको हो ।  रुख ढलेर घर च्यापिँदा पुरीको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरीक्षक लोकराज अवस्थीले जानकारी दिए।

Read More

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले आइसिसी पुरुष टी-२० विश्वकप क्रिकेट प्रतियोगितामा सहभागी हुन अमेरिकामा रहेको नेपाली टोलीलाई उच्च मनोबलका साथ खेल्न शुभकामना दिएका छन्। राष्ट्रपति पौडेलले नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रतिनिधिमण्डलका सदस्यलाई टेलिफोन गरेर उच्च मनोबलका साथ प्रतियोगितामा सहभागी हुन शुभकामना दिएका हुन् । उनले सम्पूर्ण नेपाली क्रिकेट टोलीका साथमा रहेको भन्दै उच्च मनोबलका साथ मैदानमा उत्रिएर सफलता प्राप्त गर्ने विश्वास व्यक्त गरेको राष्ट्रपति पौडेलको स्वकीय सचिवालयले जनाएको छ । राष्ट्रपति पौडेलले नेपालले खेल्ने खेल सम्पूर्ण नेपालीले विश्वभर जहाँ भए पनि हेरेर नेपाली टोलीको हौसला बढाउने पनि विश्वास व्यक्त गरेका छन् । नेपालले टी-२० विश्वकप अन्तर्गत आज राति ९: १५…

Read More

बाजुरा:  बाजुरामा बहुबिवाह सम्बन्धी कसुर मुद्धामा अदालतले दोषि ठहर गरेपछि फरार रहेका एक जना पक्राउ परेका छन् । जिल्लाको बडिमालिका नगरपालिका ७ जिल्लीका २८ बर्षिया मन बहादुर बिकलाई  सोमबार प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको टोलिले बिकलाई उनकै घरबाट पक्राउ गरी कैद तथा जरिवाना भुक्तानका लागि जिल्ला अदालत बाजुरामा पेश गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । फरार रहेका विकलाई जिल्ला अदालत बाजुराले २०७९ असार २९ गते बहुबिवाह सम्बन्धी कसुर मुद्धामा ११ महिना ७ दिन कैद र दश हजार जरिवाना तोकेको थियो ।

Read More

धनगढीः कैलालीमा मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ। पुर्व–पश्चिम राजमार्गमा पुर्वदेखि पश्चिम तर्फ गईरहेको से ७ प १८७८ नम्बरको मोटरसाईकले घोडाघोडी नगरपालिका-४ भालुफटामा ठक्कर दिदा सोही ठाउँ बस्ने ५१ वर्षीय पैदलयात्री नरबहादुर धामीको मृत्यु भएको हो। मोटरसाईकलले ठक्कर दिँदा धामी गम्भिर घाईते भएका थिए। धामीको घोडाघोडी अस्पताल सुखड पछि निसर्ग अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। घाइते भएका मोटरसाईकल चालक घोडाघोडी नगरपालिका-४ का ४५ वर्षीय टेकेन्द्र नेपालीको घोडाघोडी अस्पताल सुखडमा उपचार भईरहेको प्रहरीले जनाएको छ। मोटरसाईकल प्रहरीले नियन्त्रणमा लिएको छ।

Read More

काठमाडौँ : भारतीय लोकसभा चुनाव नतिजा आज सार्वजनिक हुने भएको छ । सबै ५४२ लोकसभा सिटहरूको मतगणनामा पहिले हुलाक मतपत्रको मतगणना सुरु हुनेछ र आधा घण्टापछि ईभीएममा परेको मत गणना हुनेछ ।कुनै पनि केन्द्रमा मतपत्र नभएको खण्डमा सिधै ईभीएमबाट मतगणना सुरु हुनेछ ।  प्रमुख निर्वाचन आयुक्त राजीव कुमारले अप्रिल १९ देखि जुन १ सम्म सात चरणमा भएको मतदानमा देशका ९६.८ करोड दर्ता भएका मतदातामध्ये ६४.२ करोड मतदाताले आफ्नो मताधिकार प्रयोग गरेको बताएका छन । राजीव कुमारकाअनुसार यस सम्पूर्ण प्रक्रियामा १.५ करोड चुनावी कर्मचारी र सुरक्षाकर्मीहरू तैनाथ गरिएको थियो। १७ औँ लोकसभाको कार्यकाल १६ जुनमा सकिँदै छ।  नतिजासँगै भारतमा अर्को सरकार…

Read More

काठमाडौँ : आज संघीय संसदको दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दै छ । आज ११ बजे बोलाइएको प्रतिनिधि सभाको बैठकमा बैठकमा राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल प्रारम्भ हुने कार्यसूची रहेको छ । आइतबारदेखि शुरु भएको बजेटमाथिको छलफल आज पनि जारी रहने छ । त्यस्तै आजको बैठकमा कांग्रेसका पूर्व संबिधान सभा सभासद सूर्यमान गुरुङ, पुर्व सांसद शैयद मेहराज अहमद शाह र कांग्रेसकै पूर्व राष्ट्रिय सभा सांसदखगेन्द्र राज रेग्मीको निधन भएकोमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । त्यस्तै राष्ट्रिय सभाको बैठक मंगलबार आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल सक्ने…

Read More

काठमाडौँ : नेपालमा स्थानीय वायु,  पश्चिमी वायुको आंशिक प्रभाव सँगै भारतको पश्चिम उत्तर प्रदेश देखि पश्चिम बंगलादेश सम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ। हाल कोशी र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मुख्यतया सफा रहेको छ।कोशी  र गण्डकी प्रदेशको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ । आज दिउँसो कोशी, मधेश, बागमती,लुम्बीनी र गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। कोशी, मधेश, बागमती,लुम्बीनी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित…

Read More

काठमाडौं: आइसिसी ट्वान्टी–२० विश्वकपअन्तर्गत नेपालले समूह ‘डी’ को पहिलो खेलमा मंगलबार नेदरल्यान्ड्ससँग खेल्दै छ। डलासको ग्रान्ड प्रायरी स्टेडियममा हुने यो खेल नेपाली समयअनुसार राति ९: १५ बजेबाट सुरु हुने छ। नेपाली टोली एक दशकपछि ट्वान्टी–२० विश्वकप फर्किएको छ। दुवै टोली जितसँगै यात्रा सुरु गर्न चाहन्छन्। यी दुई टोलीबीच हालसम्म १२ ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल भइसकेका छन् र स्थिति लगभग बराबरीको छ। नेदरल्यान्ड्सले ६ खेल जितेको छ भने नेपालले पाँच खेल जितेको छ। एक खेलको नतिजा आएको छैन। सन् २०२१ को कुरा गर्ने हो भने दुई टोलीबीच ६ वटा खेल भएका छन् र दुवैले तीन–तीन खेल जितेका छन्। ट्वान्टी–२० विश्वकपमा दुवै टोली…

Read More

काठमाडौं : गृह मन्त्रालयले चार जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी (सहायक सिडिओ) को सरुवा तथा पदस्थापन गरेको छ ।  मन्त्रालयको गत जेठ १६ गतेको निर्णयानुसार उक्त हेरफेर भएको हो । जसअनुसार डडेल्धुराका सहायक सिडियो धर्मराज जोशीलाई कञ्चनपुर सरुवा गरिएको छ भने सिराहाका भीमराज कोइराला सुनसरी पुगेका छन् ।  कञ्चनपुरका अशोककुमार भण्डारी डडेल्धुरा सरुवा हुँदा सुनसरीका ओमप्रसाद भट्टराईलाई उपसचिवको रुपमा गृह मन्त्रालय ल्याइएको छ ।  गृहले चार उपसचिवको पनि सरुवा तथा पदस्थापन गरेको छ । जसअनुसार उपसचिव सूर्यप्रसाद उपाध्यायलाई अध्यागमन विभागको निर्देशक बनाइएको छ ।  उपसचिव युवराज अर्याल र कृष्णप्रसाद हुमागाईलाई सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा क्रमशः धादिङ र नुवाकोट खटाइएको…

Read More

काठमाडौं : कास्कीमा विद्यार्थीलाई कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ परेका छन् । पोखरा महानगरपालिका ३२ स्थित युनिभर्स ईङ्लिस बोर्डिङ स्कुलमा कक्षा ५ मा अध्ययनरत ९ वर्षका एक बालकलाई कुटपिट गरेको आरोपमा सोही विद्यालयका शिक्षक सुदिप अधिकारीलाई पक्राउ गरिएको हो। पक्राउ परेका अधिकारी कास्की जिल्लाको रुपा गाउँपालिका वडा ६ स्थित खोलाको छेउमा बसोबास गर्दै आएका छन्। बालकको होमवर्क नगरेको र अक्षर नराम्रो भएको कारण देखाउँदै उनको संवेदनशील भागमा लठ्ठीले प्रहार गरी घाईते बनाएको अभियोगमा अधिकारीलाई पक्राउ गरिएको हो। बालकका अभिभावकले जाहेरी दिएपछि जिल्ला कास्कीको प्रहरी टोलीले २० गते शिक्षक अधिकारीलाई पक्राउ गरेको हो। अधिकारलाई बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ६६…

Read More